Saturday, 29 April 2017

जनमुक्ति मञ्च कतारले वृहत भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।



दाेहा - २८ अप्रिल २०१७
 जनमुक्ति मञ्च कतारले नेपालकाे समसामयिक राजनीतिक परिस्थिति, स्थानीय निर्वाचन, पार्टीले लिएको रणनीति र जनमुक्ति मंचकाे भूमिका बिषयक बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य तथा जनमुक्ति मंच कतारका अध्यक्ष श्री राज खम्बू ज्यूकाे सभापतित्व र जनमुक्ति मंच कतारका सल्लाहकार श्री महेन्द्र थापा मगरकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।


 जसमा विशिष्ट अतिथि श्री मन थापा मगर, अतिथि जनमुक्ति मंचका बरिस्ठ उपाध्यक्ष भीम सारु मगर, उपाध्यक्ष ताेर्ण लिम्बू , उपाध्यक्ष तथा महिला विभाग प्रमुख निता बमजन तामाङ, उपमहासचिव टम बहादुर थापा मगर रहनु भएको थियो । मञ्चका बरिस्ठ उपाध्यक्ष भिम सारु मगरले स्वागत मन्तव्य राख्नुभएको थियो त्यस्तै अर्का उपाध्यक्ष तथा महिला बिभाग प्रमुख श्रीमती निता तामाङले शुभकामना दिदै मञ्च स्थापना भएको अहिले दुई बर्ष पुरा भएको र त्यो दुई बर्षको अन्तरालमा  मञ्चले  धेरै राजनीतिक गतिविधि तथा समाजसेवाका काम सम्पन्न गरेको बताउदै आउने दिनहरुमा पनि निरन्तररुपमा यस्ता खालका कार्यहरु गरिरहने बताएका थिए ।


जनमुक्ति विचारधारा प्रेमीहरुकाे उल्लेख्य  उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा रहनु भएको पूर्व जनमुक्ति युवा महासँघ रुपन्देही जिल्ला अध्यक्ष तथा लुम्बिनी राज्य समितिका  संयोजक  समेत रहनु भएका श्री मन थापा मगरज्यूले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय निर्वाचन र पार्टीले लिएको रणनीतिको बारेमा प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमलाई समापन गर्दै मन्चका अध्यक्ष खम्बुले पार्टी स्थानीय चुनावमा होमिएको हुनाले समतामुलक,भ्रस्टाचारमुक्त, शान्त र समृद्ध मुलुक निर्माण गर्नको लागि उक्त चुनावमा जनमुक्ति पार्टीलाई (चुनाव चिन्ह "घर"मा) भोट हाल्न सम्पूर्ण आदरणीय न्यायप्रेमी जनताहरुलाई अनुरोध गरेका थिए भने कार्यक्रम संचालन पार्टीका संघीय परिषद सदस्य तथा मञ्चका महासचिव श्री राम किरण तामाङले गर्नुभएको थियो ।।।

Thursday, 20 April 2017

साउदीमा अलपत्र परेकी सुमित्रा थापा मगर भोलि नेपाल फक्रिदै ।


२० अप्रिल २०१७ साउदी अरब
एक हप्ता अगाडी साउदीको रफा भन्ने ठाउँबाट उद्धार गरिएकी बुटवल रुद्रपुरकी सुमित्रा थापा गलामी मगरलाई नेपाल मगर संघ, साउदी अरबले सा. रि. १,५०५/- (झन्डै ४१ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ । सुमित्रा, भोलि दिउँसो एअर अरेवीया मार्फत नेपाल फर्किदै छिन् ।

उनलाई स्वदेश फर्काउन नेपाली दूताबासले खेलेको भूमिका, जिफन्ट साउदी, केहि दिन उनलाई आश्रय दिनुहुने तुलसी गुरुङ र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण मगर साथीहरू प्रति नेपाल मगर संघ साउदी अरबियाले हार्दिक धन्यवाद दिएको छ ।

Sunday, 16 April 2017

लोक दोहोरी गायिका जुना श्रीस मगरलाई कतारमा सम्मान ।


मगर र मगरहरुको कला तथा संस्कृतिलाई जिवित राख्नको निमित्त सक्दो कोशिश गर्ने प्रतिवद्धता— जुना श्रीसमगर

बिवेक पुलामी मगर, १६ अप्रिल दोहा कतार

नेपाल मगर संघ, शाखा कतारले मिति १४ अप्रिल २०१७ शुक्रबारको दिन गल्फ प्याराडाईज होटलमा “भेटघाट, परिचयात्मक तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ । नेपाल मगर संघ, दोहा कतारका अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, प्रमुख अतिथि चर्चित लोकप्रिय लोक दोहोरी गायिका जुना श्रीस मगर हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा संस्थाका प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो ।  अन्य अतिथिहरुमा नेपाल प्रवासी  मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर संघ, शाखा कतार एरिया समितिहरु बाट दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर,सनैया ए एरिया समितिका कोषाध्यक्ष कृष्ण सोरालीमगर अनि संस्थाका पदाधिकारीहरु, कला तथा सांस्कृतिक विभागका पदाधिकारीहरुको माझ सम्पन्न भएको छ ।  भने कार्यक्रम केन्द्रिय का.वा. महासचिव  बिवेक पुलामी मगरले संचालन गर्नु भएका थियो । कार्यक्रममा पाल्नु भएका पाहुनाहरु तथा उपस्थित सवैका संस्थाका प्रथम उपाध्यक्ष शेर ब.रोका मगरले मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो ।


उक्त कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगर नेपाल मगर सांस्कृतिक संघ, केन्द्रिय समिति काठमाण्डौंको कार्यसमितिको सदस्य पदमा रहेर पनि नेपाली श्रोता माझ कुशल कलाकारिता मार्फत् आफ्नो कलालाई पस्किदै आउनेक्रममा आफुलाई सफल लोकदोहोरी गायिकाको रुपमा स्थापित गराउन सफल हुनुभएकोले नेपाली लोकसंगीत पारखीहरुमा अगाडि बढ्न थप हौसला मिलोस् भन्ने कामनाका साथ नेपालको मौलिक लोक सँस्कृति तर्पm उहाँले दिनु भएको अमुल्य योगदानको उँच्च मुल्याङ्कन गर्दै संघको तर्फवाट सम्मान–पत्र र मायाको चिनो नेपाल मगर संघ, शाखा कतार को तर्फबाट अध्यक्ष महेन्द्र थापा मग र प्रमुख सल्लाहकार भिम तरामु मगरले प्रदान गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख अथिती जुना श्रीसमगरले सम्पुर्ण कतारवासी मगरहरु तथा नेपाल मगर संघ, शाखा कतारलाई सम्मानको लागि धेरै धेरै  धन्यवाद दिनु भई आफु संधै रिणी भएको र यसको लाज राख्नको लागि मगर र मगरहरुको कला तथा संस्कृतिलाई जिवित राख्नको निमित्त सक्दो कोशिश गर्ने प्रतिवद्धता गर्नु भयो ।


अन्तमा, नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले राष्ट्रको गहना कलाकारहरु लाई सम्मान गर्नु पाउनु हाम्रो संस्थाको लागि पनि गौरवान्वित कुरा हो अनि हाम्रो संस्थाले कला र कलाकार को सधै सम्मान गरीरहने भन्नुभयो । नव वर्ष २०७४ सालको उपलक्ष्यमा आयोजना भएको शुभकामना सांझ बसन्त फिल्मस् प्रा.ली. कतारलाई र कार्यक्रम आयोजक समितिलाई चर्चित लोकदोहरी गायिका जुना श्रीस मगर संग भलाकुसारी गर्नका लागि वातावरण मिलाउनु भएकोमा विशेष धन्यवाद दिनु  हुंदै उपस्थित सम्पुर्णलाई कार्यक्रममा सहभागि भएर सफल पारिदिनु भएकोमा धन्यवाद सहित कार्यक्रम समापन गर्नु भयो ।

Tuesday, 4 April 2017

मगर/मगर्नी कल्चर ड्रेस प्रतियोगिताको उपाधि मनिसा थापा मगरलाई ।


मेघा थापा मगर
२२ चैत २०७३ , मगर समुदाय, मगर समाज र परिवेशलाई अझ उजागर गर्ने मनसायको उपज हामीले मगर संस्कृति, संस्कार, भाषा, पहिरन र प्राचीन मगरहरुको चिनोलाई सम्बर्द्धन गर्ने हेतुले यस I Love Magar/Magarni पेज मार्फत भइरहेको मगर/मगर्नि एकल (single) कल्चर ड्रेस फोटो प्रतियोगिताको उपाधि मनिसा थापा मगरले प्राप्त गरेकी छिन् भने अनिल थापा मगर द्धितिय र शर्मिला पुलामी मगर तृतिय भएका छन् ।


 फागुन २३ गतेबाट शुरु भएको यस प्रतियोगितामा विभिन्न ठाउँबाट १३६ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । विभिन्न ६ समुहमा बिभाजन गरि खेलाईएको यस प्रतियोगिताको फाइनलमा ७ जना प्रतियोगीहरु छनोट भएका थिए । जसमध्ये भोटिङ कोड र एडमिनहरुले दिएको नम्बरको आधारमा उहांहरुलाई बिजेता घोषित गरिएको थियो ।


फाइनल चरणको प्रतिस्पर्धामा सबै भन्दा बढि कमेन्ट भोट प्राप्त गर्नुभएकी तनहुँ बाट प्रतियोगि कोट नं MGR59 मनिसा थापा मगर उहाँले २४४० भोट प्राप्त गर्दै पोसाकको अाधारमा दिईने एड्मिन भोटिङ यसै पेजका एड्मिन ज्युहरु लगायत मगर समाज (मगरको झुरुम छान्के इम) ग्रुपको एड्मिन ज्युहरुको सयुक्त निर्णय बाट उहाँले ४०% भोट प्राप्त गर्दै यस प्रतियोगिताबाट प्रथम त्यस्तैगरि दोस्रो धेरै कमेन्ट भोट प्राप्त गर्नुभएको देवदह, ४ भवानिपुर, रुपन्देही प्रतियोगी कोड नं MGR57 अनिल थापा मगर उहाँले २१९४ भोट प्राप्त गर्दै पोसाकको अाधारमा दिईने एड्मिन् भोटिङ उहाँले ४०% प्राप्त गर्दै प्रतियोगिताबाट दोस्रो र तेस्रो धेरै कमेन्ट प्राप्त गर्नुभएकि नवलपरासीकी प्रतियोगी कोड नं MGR124 सर्मिला पुलामी मगर उहाँले १६५० भोट प्राप्त गर्दै पोसाकको अाधारमा दिईने एड्मिन भोटिङ उहाँले ४५% प्राप्त गर्दै प्रतियोगिताबाट तेस्रो हुनुभएकी थिइन् ।