Saturday, 29 April 2017

जनमुक्ति मञ्च कतारले वृहत भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।



दाेहा - २८ अप्रिल २०१७
 जनमुक्ति मञ्च कतारले नेपालकाे समसामयिक राजनीतिक परिस्थिति, स्थानीय निर्वाचन, पार्टीले लिएको रणनीति र जनमुक्ति मंचकाे भूमिका बिषयक बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य तथा जनमुक्ति मंच कतारका अध्यक्ष श्री राज खम्बू ज्यूकाे सभापतित्व र जनमुक्ति मंच कतारका सल्लाहकार श्री महेन्द्र थापा मगरकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।


 जसमा विशिष्ट अतिथि श्री मन थापा मगर, अतिथि जनमुक्ति मंचका बरिस्ठ उपाध्यक्ष भीम सारु मगर, उपाध्यक्ष ताेर्ण लिम्बू , उपाध्यक्ष तथा महिला विभाग प्रमुख निता बमजन तामाङ, उपमहासचिव टम बहादुर थापा मगर रहनु भएको थियो । मञ्चका बरिस्ठ उपाध्यक्ष भिम सारु मगरले स्वागत मन्तव्य राख्नुभएको थियो त्यस्तै अर्का उपाध्यक्ष तथा महिला बिभाग प्रमुख श्रीमती निता तामाङले शुभकामना दिदै मञ्च स्थापना भएको अहिले दुई बर्ष पुरा भएको र त्यो दुई बर्षको अन्तरालमा  मञ्चले  धेरै राजनीतिक गतिविधि तथा समाजसेवाका काम सम्पन्न गरेको बताउदै आउने दिनहरुमा पनि निरन्तररुपमा यस्ता खालका कार्यहरु गरिरहने बताएका थिए ।


जनमुक्ति विचारधारा प्रेमीहरुकाे उल्लेख्य  उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा रहनु भएको पूर्व जनमुक्ति युवा महासँघ रुपन्देही जिल्ला अध्यक्ष तथा लुम्बिनी राज्य समितिका  संयोजक  समेत रहनु भएका श्री मन थापा मगरज्यूले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय निर्वाचन र पार्टीले लिएको रणनीतिको बारेमा प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमलाई समापन गर्दै मन्चका अध्यक्ष खम्बुले पार्टी स्थानीय चुनावमा होमिएको हुनाले समतामुलक,भ्रस्टाचारमुक्त, शान्त र समृद्ध मुलुक निर्माण गर्नको लागि उक्त चुनावमा जनमुक्ति पार्टीलाई (चुनाव चिन्ह "घर"मा) भोट हाल्न सम्पूर्ण आदरणीय न्यायप्रेमी जनताहरुलाई अनुरोध गरेका थिए भने कार्यक्रम संचालन पार्टीका संघीय परिषद सदस्य तथा मञ्चका महासचिव श्री राम किरण तामाङले गर्नुभएको थियो ।।।

No comments:

Post a Comment