Wednesday, 23 August 2017

पत्रकार महासंघलाई विभिन्न वैदेशिक शाखाले बुझाए ज्ञापनपत्र ।


कृष्ण सारू मगर
काठमाण्डौ ७, भदौ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पन्न २५ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष गोविन्द आचार्य लगायत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघको वैदेशिक शाखाका रूपमा स्थापित युके, युरोप र कतार शाखाले संयुक्त आयोजना गरी सफल कार्यकालको शुभकामना तथा बधाई दिए ।

नेपाल पत्रकार महासंघको मातहतमा रहेका विभिन्न ८ वैदेशिक शाखाले जिल्लासरहको मान्यता पाउनु पर्ने, सबै सभासदलाई मताधिकार दिइनुपर्ने, वैदेशिक शाखाहरुलाई समेटेर प्रदेश कमिटी बनाइनु पर्ने, वैदेशिक शाखाबाट केन्द्रमा प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने लगायतको मागलाई नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका वैदेशिक शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो ।


उक्त बैठकमा युरोप, युएई, कतार, भारत, कोरिया, युके शाखाका प्रतिनिधिले सहभागीता जनाएको शाखाहरुले संयुक्त रुपमा ज्ञापनपत्र महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई बुझाएको वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडेले बताए ।

सो कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, सचिवहरु रेम विक, लक्ष्मी पुन मगर, प्रकाश थापा, राम प्रसाद दाहाल, लेखा समितिका संयोजक रोशन पुरी लगायतका केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।


कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष आचार्यले महासंघको वैदेशिक शाखाहरुलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने सुझावलाई सम्बोधन गर्दै उनले भने महासंघलाई सबै पत्रकारहरुको साझा मन्च बनाउनका लागि छिट्टै नै अल्पकालिन र दीर्घकालिन योजना ल्याउने बताएका छन् । निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले शुरुवातमा महासंघको विदेश शाखालाई सम्पर्क केन्द्रका रुपमा मात्र लिएकोमा अहिले उनीहरुको क्रियाशिलता र सक्रियताका आधारमा महासंघको सांगठानिक संरचनामा राख्नुपर्ने अवस्था आइसकेको बताए । नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा नयाँ नेतृत्व लागि पर्ने बताए ।

वैदेशिक शाखा युरोपका अध्यक्ष केजिन राईको स्वागत तथा कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको कार्यक्रमलाई शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सभापतित्व गरेका थिए ।

Monday, 21 August 2017

सिंगल फोटो भोटिङ गेममा सरा पुन मगर बिजयी ।


०६ भदौ २०७४
 महिलाहरुको महान पर्ब हरितालिका तीजको उपलक्ष्यमा मनको साथी पेजले आयोजना गरेको 💁Single Photo Voting Game🌺 सम्पन्न भएको छ । साउन २४ गते देखि शुरु गरिएको यस प्रतियोगितामा २४ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।


साउन २९ गते लाईकको आधारमा १० जना प्रतियोगीहरु पहिलो चरणबाट फाइनल चरणमा लगिएको थियो । पहिलो चरणबाट १० जना प्रतियोगीहरुले फाईनल चरणमा प्रवेश पाएतापनि आफ्नो व्यस्तका कारण प्रिति राना मगरले फाईनल चरणमा सहभागी जनाउन असमर्थ रहनु भयो ।


९ जना सहभागीता रहेको फाईनल चरण भदौ ३ गतेदेखि शुरु भई भदौ ५ गते राती ११ बजे सम्म गरिएको थियो । फाईनल चरणमा लाईकको आधारबाट १,१७० लाईक ल्याई सरा पुन मगर प्रथम, १,१०२ लाईक ल्याई आनालिस मगर द्धितिय र ८२१ लाईक ल्याई सुमु मगर तृतिय भएका छन् ।

Final round contestant video

बिजयी प्रतियोगीहरुलाई मनको साथी पेजबाट प्रथम पुरस्कार स्वरूप प्रथम रु. २,००० ( दुई हजार रुपैयाँ ) र एक महिना सम्म मनको साथी पेजमा मोडल वाचको रुपमा फोटो राखिने, द्धितिय पुरस्कार रु. १,५०० ( एक हजार पाँच शय ) र तृतिय पुरस्कार रु. १,००० ( एक हजार रुपैयाँ ) रहेको छ ।

First round contestant video

बिजेताहरु संगै प्रतियोगितामा सहभागीता जनाउनुहुने सम्पूर्ण प्रतियोगीहरु, उपस्थित भई प्रतियोगीहरुको मनोबल बढाउने र सहयोग गर्नुहुने सहयोगी व्यक्तित्वहरु र मनको साथी पेजलाई माया गर्नुहुने सम्पूर्णमा मनको साथी पेजका एडमिनहरुको तर्फबाट धन्यबाद व्यक्त गरिएको छ । साथै आगामी दिनहरुमा यस्ता किसिमका विभिन्न ज्ञानबर्दक, रोमान्चक र सन्देश मुलक प्रतियोगिताहरु आयोजना गरिरहने जानकारी पनि दिईएको छ ।

फाइनल राउण्डमा पुग्नुभएका प्रतियोगीहरुको फोटोहरु...

Sunday, 13 August 2017

NRNA NCC कतारको सातौं कार्यकालको सचिबमा प्रतिबद्धता सहित श्रेष्ठको दर्ता ।

कृष्ण सारू मगर
दोहा-कतार, १२ अगष्टको हुन त दिल कुमार श्रेष्ठ ? विगत २००७ देखि श्रमिकका रूपमा प्रवेश गरेका स्थाई घर पर्वत जिल्ला साविक थापाठाना- २ भई हाल फलेवास नगरपालिका -२ बस्ने बाबा टेक ब. श्रेष्ठ तथा आमा कुश कुमारी श्रेष्ठको कोख बाट माहिला सन्तानको रूपमा जन्मेका वर्ष ३२ का दिल कुमार श्रेष्ठ माहिला छोरा हुन् ।

पत्रकारिताको साथै सदैव संस्थागत सामाजिक गतिविधिहरुमा रुचि राख्नुका साथै विभिन्न संस्थामा आबद्ध रहि सचिव तथा महासचिव लगाएतका जिम्मेवारीहरु बहन गरिसकेका श्रेष्ठले कतारमा रहेका तमाम नेपालीहरूको विभिन्न दु:ख पीडा तथा समस्यालाई प्रतक्ष निगरानीमा सरोकार राख्ने उनि लामो समय देखि विभिन्न संचार क्षेत्रमा आवद्ध कुशल तथा सकृय रहेर विभिन्न अनलाइन तथा अन्तराष्ट्रिय साप्ताहिक राजधानी पत्रिकाका पत्रकार हुन् ।

मध्ये पूर्वका सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूले गैर आवासिय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा उम्मेद्धवारी दर्ता गरेको राज्यसत्ता डटकमका कृष्ण सारू मगर संगको छोटो वार्तालापमा बताए ।

गैर आवासीय नेपाली संघ कतार च्याप्टरको सचिव पदमा उम्मेदवारी दिएका दिल कुमार श्रेष्ठले अहिलेको कतारको परिवेशमा आफ्नो उमेद्ववारीको मुल एजेन्डा एवं उद्देश्यका बारेमा निम्न लिखित बुँदागत रूपमा प्रतिबद्दता ब्यक्त गर्न गरेका छन् ।

उम्मेदवारी सचिवमा किन ?

१)  एनआरएन भित्रका सम्पूर्ण गतिविधिहरुलाई कतारमा कार्यरत नेपालीहरुमा जति सक्दो छिटो ल्याउदै सबै जाती, धर्म क्षेत्र तथा लिङ्गको कतारमा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववारका रुपमा आफुलाई उभ्याउने ।

२) कतारमा कार्यरत श्रमिकहरुको हक, हित, अधिकार एवं समस्या निराकरणको गर्न हर सम्भब प्रयास गर्ने ।

३) साझा संस्थामा रहेर आम गैर आबसिय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुने ।

४) कतारमा रहेको कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने ।

५) वर्तमान परिप्रेक्षमा नेपाल सरकारबाट लादिएको पुनः श्रम स्विकृती लिनु पर्ने जस्ता ज्वलन्त समस्याहरुकोनिराकरण लागि पहल प्रयत्न गर्ने ।

६) गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सम्पूर्ण कागजातहरुलाई सुरक्षित राख्ने ।

७) गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साङाठनिक जिबनमा गरेका उपलब्धिहरुलाई ईतिहासको रुपमा सुरक्षित राख्ने ।

८) कतारमा रहेका पेसा कर्मी, बुद्धिजिबी र ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बडने ।

९) साझा संस्थामा रहेर सामाजिक क्षेत्रमा बटुलेका अनुभबलाई गैर आवासिय नेपालीहरुको हितको लागि उपयोग गर्ने ।

मध्यपूर्वमा कार्यरत हामी तमाम गैर आवासीयहरुका यी बुलन्द आवाजलाई उठाउनको लागि आफू पनि क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरी मैले यो उम्मेद्धवारी दर्ता गरेको छु । उनले भने ।  पार्षद सदस्यको जिम्मेबार पदमा रहेर संस्थालाई समाजिक योगदान दिनु आफ्नो मानवीय दायित्वबोध गरी सचिवको जिम्मेबारी बहन गर्ने छु । उनले भने । यस गरिमामय संस्थाको २ वर्ष कार्यकाल २०१७ –२०१९ को सचिव पदमा उम्मेदवारी दर्ता गरेको अवगत गराउँदै कतारमा रहनु हुने समस्त गैर आवासीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरू शुभेच्छुक तथा सम्वन्धित सबैमा आ-आफ्नो अमुल्य भोट दिई सह्योग गर्नु हुन हार्दिक अनुरोध समेत गरेका छन् । राष्ट्रिय समन्वय परिषद्का अधिकांश कार्यक्रमहरुमा निरन्तर सहभागी भइरहेकोले उक्त जिम्मेवारीलाई सहजरूपमा बहन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ सचिव पदमा दर्ता गरेको हो ।

उनले थप्दै भने, समाजिक तथा सकरात्मक सोचलाई दायित्वबोध, गरी अनुशासित एवं निष्पक्ष कार्य सम्पादन जस्ता गहन विषय संस्थागत जीवनका आधार हुन भन्ने यथार्थतालाई आत्मसाथ गर्दै भोलिका दिनहरुमा राजनैतिक, साम्प्रदायिक घेरा बाट माथि उठेर विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा कार्य गर्ने प्रतिबद्धताका साथ संस्थाको परिषद सदस्य पदमा दर्ता गरिएको प्रतिवद्धता गरेका छन् ।

कतारको NRNA NCC को सातौ अधिवेशनको महासचिब पदमा नवराजले गरे दर्ता ।

कृष्ण सारू मगर,

दोहा-कतार १२ अगष्ट एनआरएनए कतारको अधिवेशन नजिकै गर्दा दोहामा उमेद्वारी दिनेको भिड लाग्ने गरेको छ l सातौं अधिवेशनको लागी उमेद्वारी दिने क्रमसंगै अर्घाखाँचीका तनहुँका नवराज बिकले  पनि एनआरएन कतारको महासचिव पदमा उमेद्ववारी दर्ता गरेका छन् l

गैर आवसीय नेपाली सघंको अभियानलाई निरन्तरता दिदै पार्षद सदस्यको रुपमा (२०११–२०१३) कार्यकालमा साहित्य विभागको उपप्रमुख, त्यसै गरी (२०१३–२०१५) कार्यकालमा युवा संयोजक साथै बर्तमान (२०१५–२०१७) मा गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषदको मिडिया पब्लिकेसन सेन्टर सदस्य (MPC) मेम्बरको जिम्मेवारीलाई  सफलता पुर्वक सम्हाली सकेका स्थानीय घर तनहुँका बि.कले एक दशकको अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव, ज्ञान र शीपलाई संगाल्दै तमाम श्रमिकहरुको हितमा कृयाशिल रही समस्त नेपाली समुदायको भावनालाई कदर गर्दै नेपाल र कतार बिचको द्धौत्य सम्बन्धलाई प्रगाढ बनाउदै संस्थाको हित र मुल्य मान्यतालाई आत्मसाथ गर्दै महासचिव पदमा उम्मेदवारी दिएका बि.क.ले समस्त पञ्जिकृत सदस्यहरुमा अमुल्य मत दिई विजय गराउन हार्दिक अपिल छन् ।
महासचिवमा नै उम्मेद्वारी किन ?
१, रोजगारीको शिलशिल कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधानका लागि पहल गरिनेछ ।
२, कतारमा स्थापित विभिन्न सामाजिक संघ सस्थाहरु संग समन्वय, सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिइने छ ।
३, कतारमा कार्यरत श्रमिक नेपालीहरु लाई यहाँको कानुन, भाषागत ज्ञान, ट्राफिक नियम, सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा शीप र क्षमता विकास तालिम लगायत सम्बन्धि बस्तुगत अवस्थाको सुष्म अध्यन गरि प्रत्यक्ष रुपमा लाभान्वित बनाउन लागी जोड दिइनेछ ।
४, नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउन प्रयत्न गरिने छ ।
५, नेपाली संस्कार, संस्कृतिको संरक्षण-सम्वर्द्धन तथा प्रवर्द्धनलाई स्थापना गर्न तिब्रता दिनुका साथै नेपालको पर्यटन क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न जोड दिइने छ ।
सामाजिक यात्राको क्रममा प्रवासमा नेपाली समुदायबाट हरेक दुःख सुखमा साथ र समर्थन निरन्तर रुपमा पाएका उनले विश्व सञ्जालमा फैलिएको यस गैर आवसीय नेपाली सघंको उद्धेश्य प्राप्तिका लागी एनआरएनए एनसीसी कतारको महासचिव पदमा आफ्नो उम्मेदवारी दिएका बि.क.ले सम्पुर्ण गैर आवसीय नेपालीहरुको हित र प्रगतीको पक्षमा विशुद्ध समाजिक भावनाले अगाडी बढ्ने विश्वासलाई सफल बनाउन पुर्ण अपेक्षा निम्न र उद्धेश्य प्राप्तिका लागी उनले आफ्नो उम्मेदवारी दावी गर्दै प्रतिबद्धता यसरी सार्वजनिक गरेका हुन् ।

सम्पूर्ण पार्षद् सदस्यहरुसंग नजिक बाट नियाल्दै जीवनमा महत्वपुर्ण पाठ सिक्ने अवसर समेत पाएकोमा सबैमा कृतज्ञ प्रकट समेत गरेका छन् ।

Saturday, 12 August 2017

सर्जक तथा गायक मगरको तीज गीत कोशेली युट्युबमा ।


कृष्ण सारू मगर
मानमा-बहराईन, ११ अगष्ट विगत लामो समय देखी बहराईनलाई कर्म थलो बनाउँद‌ै आएका चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक तथा सर्जक निर बिरही राना र चर्चित मोडल गायिका प्रिन्सेस नलिनाको सुमधुर स्वरमा सजिएको "नाच काली ‘नाच यसपाली त संगै भैइयो भाँच कम्मर भाँच’ को म्युजिक भिडियोलाई बजार ब्यावस्थापन तथा तमाम श्रोताहरूको मागलाई मध्ये नजर गरी उक्त एल्बमलाई यूटुबमा समेत सार्वजनिक गरेको सर्जक निरविरही राना मगरले हामीलाई बताए ।

बहराईनमा नै हिमालय हर्टको छायांकन गरेको उक्त म्युजिक भिडियो गीति एल्बममा निर बिरही राना मगर र देव पाठकले शब्द संकलन गरेका छन् ।

स्रोतका अनुसार बिमल थापा मगरले लय तथा संगीत भरेका हुन् । चर्चित कोरियोग्राफर तथा अभिनय बुद्ध लामा र गायिका प्रिन्सेस नलिनाको रहेेको उक्त म्युजिक भिडियो बचन कुमार राईको निर्देशनमा निर्माण भएको हो ।

सम्पादन दिल लिङ्गदेन लिम्बू (बाजे) ले सम्पादन गरेका हुन् । राष्ट्रिय लोक तथा दोहोरीका चर्चित गायक अशिम महतको ब्यावस्थापनमा हमाल म्युजिक प्रालिले उत्पादन गरेको हो ।

थप जानकारी तथा म्युजिक भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
https://youtu.be/LA7dzu5iEC8

कतारमा NRNA NCC ले उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक गर्यो ।


कृष्ण सारू मगर
दोहा-कतार १२ अगष्ट, सातौ राष्ट्रिय महाधिवेशन बाट चयन हुने राष्ट्रिय समन्वय परिषद्को लागी दर्ता भएका उम्मेदवारहरुको प्रारम्भिक नामावलीलाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले सार्वजनिक गरेको छ ।

स्रोतका अनुसार संघले राष्ट्रिय समन्वय परिषद कतारको सातौ राष्ट्रिय महाधिवेशन बाट चयन हुने विभिन्न पदका लागि राष्ट्रिय समन्वय परिषद्का लागी दर्ता गरिएका उम्मेदवारहरुको नामावलीलाई सातौ राष्ट्रिय महाधिवेशनका निर्वाचन समितिले निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि संघका कार्यबाहक महासचिव तेेेज कटुवालले सार्वजनिक गरेको हो ।

सातौ राष्ट्रिय महाधिवेशन निर्वाचन समिति
एनआरएनए एनसीसी कतार ।
http://nrnaqatar.org/wp-content/uploads/2017/08/Candinate-Name-list_2017.pdf

Thursday, 10 August 2017

मगर संघले गरे कलाकार बलबक्रमलाई बिदाई ।


बिजय कुमार मगर
दोहा-कतार, १० अगष्ट नेपाल मगर संघ, शाखा कतारले संघकी महिला उपाध्यक्ष इशोरा थापा मगरको सभापतित्वमा संघका आजिवन सदस्य तथा लोकदोहरी गायक बलबिक्रम थापा मगरलाई गत ६ अगस्ट आइतबारका दिन दोहाको मुन्ताजा पार्कमा विदाई कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।

उक्त कार्यक्रममा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर सल्लाहकार सदस्यहरु क्रमशः भिम तरामु मगर, खिम राना मगर, लिलम चिदी मगर मनर्थ सदस्य टेक रसाइली र संघका निवर्तमान सचिव रबिन मगर, कोषाध्यक्ष केशव राना मगर, लगायत संघका अन्य विभिन्न विभागीय पद्धेन पदाधिकारी सदस्यहरूको बाक्लो उपस्थिति जनाएको विदाई समारोहमा कलाकार मगरले संघलाई दिएको योगदानको उच्च मुल्यांकन गरी सभाध्यक्ष ईशोरा थापा मगरको सह्योगमा संघले कदर पत्र प्रदान गर्दै, दोसल्ला ओढाएर सम्मानित भएका हुन् ।


यसैगरी सोही समारोहमा कला तथा साँस्कृतिक बिभागका निवर्तमान सचिव रविन मगरले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।
सहभागी सबै कलाकार तथा संघमा आवद्ध पद्धेन पदाधिकारी सदस्यहरूको सम्मान तथा पवित्र खादालाई ग्रहण गरी सफल यात्राको कामना लिँदै दोहा-कतारलाई बीटमार्दै विदाई भए राष्ट्रिय लोक तथा दोहोरी गायक बलबिक्रम थापा मगर ।

अन्त्यमा औंपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दै सभापति इशारा थापा मगरले भनिन् । कतारमा लोक तथा दोहोरी फाँटमा निकै चर्चा कमाएका गायक बलबिक्रमलाई मगर संघ शाखा कतारले एक राम्रो कुशल तथा अब्बल कलाकारलाई बिदाई गर्नु पर्दाको क्षणले निकै दुखी तुल्यायको महशुस गरेको छु । ईशोरा थापा मगर निवर्तमान कला तथा साँस्कृतिक विभागीय संयोजक हुन् ।


निकै चर्चा कमाएका गायक बलबिक्रम थापा मगरलाई सुन्दर भविष्य तथा शुभयात्राको कामना गर्नु हुने विभिन्न वक्ताहरू प्रति सम्बोधन गर्दै गायक मगरले भने, आफू संगै हरेक मोडमा साथ पाएका मगर संंघ शाखा कतारको मायाँ, हौसला, प्रेरणा तथा प्राप्त सम्मानलाई कहिल्यै नबिर्सने बताए । उनले थप्दै भने, जननी जन्म मातृभुुुमी नेेेपाल देखि भौतिक शरिर भौगोलिक दुुुरीले कोसौ टाढा रहेता पनि आफ्नो कलाको माध्यम बाट हुन सक्ने सह्योगमा कुनै कसरत बाँकी नराख्ने समेत गायक मगरले प्रतिबद्धता जनाएका छन् ।

संघका कोषाध्यक्ष केशव राना मगरको स्वागत तथा महासचिव बिजय मगरको संचालनमा कार्यक्रम सम्पन्न गरेको थियो ।

Saturday, 5 August 2017

पाल्पाली समाजको पाँचौ साधारण सभा तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न ।


कृष्ण सारू मगर
दोहा-कतार, ५ अगष्ट मध्ये पाल्पाली सेवा समाज कतारले पाल्पाली सेवा समाजको प्रतिवद्धता,
निश्वार्थ समाज सेवा आजको आवश्यकता " भन्ने मुल नाराका साथ पाँचौं साधारणसभा तथा सम्मान कार्यक्रमलाई ४ अगष्ट २०१७ सुक्रबारका दिन बिन उम्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा " गैर आवासीय नेपाली संघका अध्यक्ष विनेश तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।


बिजय कुमार मगर, रमेश कनौने मगर सहित निर्वाचन समितिका संयोजक समाजसेवी बिल गुरूङ्गले निर्विरोध चयन भएका निम्न तपशिलका
पदाधिकारीहरूलाई सार्वजनिक गर्दै, बाँकी रिक्त पदपूर्ति रहने गरी घोषणा गरेको हो ।

अध्यक्षमा ईश्वर काफ्लेलाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् ।
प्रथम उपाध्यक्ष महल के.सी. द्धितिय उपाध्यक्ष हेम बगाले मगर, रहेका छन् यसैगरी महासचिवमा दुर्गा अधिकारी, सचिब रामलाल खाती भए । कोषाध्यक्षमा मीन बहादुर सारु मगर, सह-कोषाध्यक्ष ढकेश्वर भण्डारीलाई जिम्मेवारी दिएको छ ।
सदस्यहरू क्रमशः सरोज गौडेल, धनबहादुर गाहा मगर, सन्तोस काफ्ले, रामचन्द्र पाठक, पोसराज भट्टराई, गणेश बि.क. गिरिराज बस्याल रहेका छन् ।


उक्त कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्द पाल्पाली तथा गैर पाल्पालीहरूको बाक्लो उपस्थिति रहेको पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रमको पाल्पा स्थित कुटुम्ब एफ.एम.९७.८ मेघाहर्ज रेडियो कतारका प्रतिनिधि उत्तम भट्टराईको सह्योगमा प्रतक्ष प्रसारण गरिएको थियो ।


शुभकामना मन्तब्यको क्रममा प्रदेश १ नं.को प्रतिनिधित्व गर्दै खोटाङ्ग सेवा समाजका अध्यक्ष ललित लिम्बू, प्रदेश नं-७ को प्रतिनिधित्व गर्दै, सु.प.से.समाजका अमृत शाही, लगायत विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै अग्रिम शुभकामना दिएका थिए । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कतारका सचिव नवराज बि.क. नेपाली महिला समाजकी अध्यक्ष सुस्मिता भुसाल, नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार समाजसेवी सियाराम चौधरी, लगायतका विभिन्न वैचारिक संगठनका वक्ताहरूले बाईसे चौविसे मगराँत राजा देखि सेन राजाको विषयमा व्याख्या विश्लेषण गर्दै पाल्पा आफैंमा पनि कला, सस्कृतिक र  सम्पदाको धनी, नेपालकै ऐतिहासिक धरोहर मानिने रानीमहल (ताजमहल) लाई पर्यटकीयका लागि प्रचुर संभावित बोकेको पाल्पाको वारेमा विभिन्न समयमा निकै चर्चा बटुल्ने गरेको भएता पनि ओझेलमा परेको विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै यसको संरक्षण-संवर्द्धन, प्रवर्द्धन विकासका लागि वर्तमान राज्यले विशेषगरी पहल गर्नु पर्ने औंल्याए ।


प्रमुख अतिथि विनेश तामाङ्गले अन्य संघ, संस्थाको निमन्त्रणामा पाईने स्वागत भन्दा पाल्पाली समाजको स्वागत तथा सम्मान निकै उधारणीय रहेको उल्लेख गर्दै भन्नू भयो । स्थानिय पाल्पाली ढाका उधोग बाट तैयारी ढाकाटोपी पाल्पाको पहिचान हो । यति मात्रै होईन सिङ्गो नेपाल र नेपालीको पहिचान हो। शिरको शोभा हो राष्ट्रको गौरव हो । भन्दै, प्रशंसा गरेका तामाङले पाँचौ साधारणसभाले कतारमा स्थापित संस्थापक, देखि वर्तमान नेतृत्वले जस्तैविभिन्न संघ, संस्था संगठन संग समन्वय, सहकार्य गर्दै अहम भुमिका रहने धारणा राख्दै अग्रिम शुभकामना दिए ।


सम्मानित हुनेहरूमा अनाथ तथा दृष्टिविहिन अभियानका लागि योगदान पुर्‍याउने विभिन्न संघ, संस्था, संगठन, विशिष्ट समाजसेवी, तथा बुद्धिजीवी, समाजलाई प्रतक्ष वा अप्रत्यक्ष योगदान पुर्‍याउने विभिन्न पदमा आशिन पदाधिकारी, खेलाडीहरू लगायत अन्य महानुभावहरूलाई पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रमका सभाध्यक्ष लिलम चिदी मगर, प्रमुख अतिथि र विशेष अतिथिहरूको सह्योगमा समाजले पाल्पालीको पवित्र चिनो ढाकाटोपी तथा कदर पत्र तथा सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अतिथि ज्यूहरु बाट उद्घाटन हुँदै ।

समाजको आर्थिक विवरणको प्रतिवेदनलाई समाजका कोषाध्यक्ष मिन बहादुर सारू मगरले सार्वजनिक गरेका थिए ।
संगठानिक प्रगति विवरणको प्रतिवेदनलाई सचिव दुर्गा अधिकारीले प्रस्तुत गरेका हुन् ।

रामलाल खातीको स्वागत तथा सचिव दुर्गा अधिकारीको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लिलम चिदी मगरले गरेका थिए ।