कृष्ण सारू मगर
दोहा-कतार, ५ अगष्ट मध्ये पाल्पाली सेवा समाज कतारले पाल्पाली सेवा समाजको प्रतिवद्धता,
निश्वार्थ समाज सेवा आजको आवश्यकता " भन्ने मुल नाराका साथ पाँचौं साधारणसभा तथा सम्मान कार्यक्रमलाई ४ अगष्ट २०१७ सुक्रबारका दिन बिन उम्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा " गैर आवासीय नेपाली संघका अध्यक्ष विनेश तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
बिजय कुमार मगर, रमेश कनौने मगर सहित निर्वाचन समितिका संयोजक समाजसेवी बिल गुरूङ्गले निर्विरोध चयन भएका निम्न तपशिलका
पदाधिकारीहरूलाई सार्वजनिक गर्दै, बाँकी रिक्त पदपूर्ति रहने गरी घोषणा गरेको हो ।
अध्यक्षमा ईश्वर काफ्लेलाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् ।
प्रथम उपाध्यक्ष महल के.सी. द्धितिय उपाध्यक्ष हेम बगाले मगर, रहेका छन् यसैगरी महासचिवमा दुर्गा अधिकारी, सचिब रामलाल खाती भए । कोषाध्यक्षमा मीन बहादुर सारु मगर, सह-कोषाध्यक्ष ढकेश्वर भण्डारीलाई जिम्मेवारी दिएको छ ।
सदस्यहरू क्रमशः सरोज गौडेल, धनबहादुर गाहा मगर, सन्तोस काफ्ले, रामचन्द्र पाठक, पोसराज भट्टराई, गणेश बि.क. गिरिराज बस्याल रहेका छन् ।
उक्त कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्द पाल्पाली तथा गैर पाल्पालीहरूको बाक्लो उपस्थिति रहेको पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रमको पाल्पा स्थित कुटुम्ब एफ.एम.९७.८ मेघाहर्ज रेडियो कतारका प्रतिनिधि उत्तम भट्टराईको सह्योगमा प्रतक्ष प्रसारण गरिएको थियो ।
शुभकामना मन्तब्यको क्रममा प्रदेश १ नं.को प्रतिनिधित्व गर्दै खोटाङ्ग सेवा समाजका अध्यक्ष ललित लिम्बू, प्रदेश नं-७ को प्रतिनिधित्व गर्दै, सु.प.से.समाजका अमृत शाही, लगायत विभिन्न प्रदेशको प्रतिनिधित्व गर्दै अग्रिम शुभकामना दिएका थिए । यसैगरी नेपाल पत्रकार महासंघ शाखा कतारका सचिव नवराज बि.क. नेपाली महिला समाजकी अध्यक्ष सुस्मिता भुसाल, नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार समाजसेवी सियाराम चौधरी, लगायतका विभिन्न वैचारिक संगठनका वक्ताहरूले बाईसे चौविसे मगराँत राजा देखि सेन राजाको विषयमा व्याख्या विश्लेषण गर्दै पाल्पा आफैंमा पनि कला, सस्कृतिक र सम्पदाको धनी, नेपालकै ऐतिहासिक धरोहर मानिने रानीमहल (ताजमहल) लाई पर्यटकीयका लागि प्रचुर संभावित बोकेको पाल्पाको वारेमा विभिन्न समयमा निकै चर्चा बटुल्ने गरेको भएता पनि ओझेलमा परेको विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्दै यसको संरक्षण-संवर्द्धन, प्रवर्द्धन विकासका लागि वर्तमान राज्यले विशेषगरी पहल गर्नु पर्ने औंल्याए ।
प्रमुख अतिथि विनेश तामाङ्गले अन्य संघ, संस्थाको निमन्त्रणामा पाईने स्वागत भन्दा पाल्पाली समाजको स्वागत तथा सम्मान निकै उधारणीय रहेको उल्लेख गर्दै भन्नू भयो । स्थानिय पाल्पाली ढाका उधोग बाट तैयारी ढाकाटोपी पाल्पाको पहिचान हो । यति मात्रै होईन सिङ्गो नेपाल र नेपालीको पहिचान हो। शिरको शोभा हो राष्ट्रको गौरव हो । भन्दै, प्रशंसा गरेका तामाङले पाँचौ साधारणसभाले कतारमा स्थापित संस्थापक, देखि वर्तमान नेतृत्वले जस्तैविभिन्न संघ, संस्था संगठन संग समन्वय, सहकार्य गर्दै अहम भुमिका रहने धारणा राख्दै अग्रिम शुभकामना दिए ।
सम्मानित हुनेहरूमा अनाथ तथा दृष्टिविहिन अभियानका लागि योगदान पुर्याउने विभिन्न संघ, संस्था, संगठन, विशिष्ट समाजसेवी, तथा बुद्धिजीवी, समाजलाई प्रतक्ष वा अप्रत्यक्ष योगदान पुर्याउने विभिन्न पदमा आशिन पदाधिकारी, खेलाडीहरू लगायत अन्य महानुभावहरूलाई पाँचौ साधारणसभा तथा सम्मान कार्यक्रमका सभाध्यक्ष लिलम चिदी मगर, प्रमुख अतिथि र विशेष अतिथिहरूको सह्योगमा समाजले पाल्पालीको पवित्र चिनो ढाकाटोपी तथा कदर पत्र तथा सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अतिथि ज्यूहरु बाट उद्घाटन हुँदै ।
समाजको आर्थिक विवरणको प्रतिवेदनलाई समाजका कोषाध्यक्ष मिन बहादुर सारू मगरले सार्वजनिक गरेका थिए ।
संगठानिक प्रगति विवरणको प्रतिवेदनलाई सचिव दुर्गा अधिकारीले प्रस्तुत गरेका हुन् ।
रामलाल खातीको स्वागत तथा सचिव दुर्गा अधिकारीको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लिलम चिदी मगरले गरेका थिए ।
No comments:
Post a Comment