Sunday, 19 November 2017

कतारमा नुवाकोट सेवा समाजको पाँचौ साधारण सभा भब्य रुपमा सम्पन्न ।

कृष्ण सारू मगर
दोहा-कतार, १८ नोभेम्बर, सेवा नै धर्म हो " भन्ने लक्षका २००६ मा स्थापित नुवाकोट सेवा समाजले सनैया स्थित ग्रिन रेष्टुरेन्टको सभाहलमा पाँचौं साधारणसभा भब्य सम्पन्न गरेको छ ।

सफलता पूर्वक दुई कार्यकाल सम्म नेतृत्व सम्हालेका हरिकृष्ण रिमालले आफ्नो कार्य समिति पुर्णरूपमा विघटन भएको घोषणा पश्चात् सर्वसम्मतिले पारित भई निर्वाचित भएका २१ सदस्यीय पदाधिकारीहरूको नामावली अनिल तामाङ्गले सार्वजनिक गरेको हो ।

नवनिर्वाचित पदाधिकारीहरूको नामावली क्रमशः
अध्यक्षमा हरिराम खड्कालाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यमा विष्णु भण्डारी, द्धितिय उपाध्यक्षमा गोमा खड्का, र तृतीय उपाध्यक्षमा बच्चुराम प्याकुरेल रहेका छन् ।

यसैगरी महासचिवमा देपेन्द्र घले तामाङ्ग, सचिवमा लक्ष्मण लामिछाने र सह-सचिवमा कुसुम लोप्चन तामाङ्ग रहेकी छन् ।
कोषाध्यक्षमा नन्दराम सुवेदी र बालकृष्ण गिरीलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।
सदस्यहरू क्रमशः
अजित कुमार थापा मगर, दिपक थापा मगर, कान्छामान तामाङ्ग, दिनेश मिश्र, मान बहादुर तामाङ्ग, दिपक खड्का, सन्दिप तामाङ्ग, सुदर्शन अधिकारी, नविन बस्नेत, पुरूषोतम गिरी, डा घले तामाङ्ग, हरीराम रिमाललाई सर्वसम्मतिबाट समाजको सदस्यमा मनोनीत भएका हुन् ।

गृह जिल्ला तथा विभिन्न समाजिक कार्यलाई तिब्र गतिमा निकै उधारणीय कार्य गरेको समाजको प्रगति विवरणलाई समाजका का.बा महासचिव नन्दराम सुवेदीले प्रस्तुत गरे । कोषाध्यक्ष दिपु ढकाललाई अस्वस्थ भई प्राविधिक समस्याको कारणले गर्दा सुवेदीले नै आर्थिक प्रतिवेदनको विवरणलाई सार्वजनिक गरी समाजका नवनियुक्त अध्यक्ष हरिकृष्ण रिमाललाई बुझाएको हो ।

नुवाकोटकोे ऐतिहासिक, धार्मिक साँस्कृतिक तथा पर्यटकीय संग गाँसिएका परापूर्वकाल देखि वर्तमानको विविध विषयमा पुरूषोतम गिरीले प्रस्टाएका थिए ।

स्वदेशी मातृभूमि पहिलो र प्रदेश दोस्रो घर रहेको बताएका सल्लाहकार देवेन्द्र घले तामाङ्गले भने, दोहा-कतारलाई कर्मथलोका रूपमा बस्दै आउनु भएका नुुुुवाकोटवासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई विशुद्ध समाजको छाता भित्र एकिकृृत हुन आग्रहसमेत गरेका तामाङ्गले भने, घर बलियो भए समाज बलियो हुने बताएका उनले सबै जुटेर समाजको आर्थिक, समाजिक संगठनिक अझ बलियो बनाउन आग्रह समेत गरेका छन् ।

गएको १२ र २९ वैशाख २०७१मा घटेको अकल्पनीय घटना महाविनासकारी प्राकृतिक प्रकोप भुकम्प तथा पटकपटक आएको पराकम्पनबाट जिर्ण अवस्थामा रहेको नुवाकोट स्थित गृह जिल्लाको मुख्य ऐतिहासिक धरोहर सात तले दरवारलाई संरक्षण-संवर्द्धन गर्न राज्यलाई पहल गर्न जोड दिनु पर्न धारणा राख्दै राष्ट्रिय लोक तथा दोहोरी गायिका नानू घले तामाङ्ग लगायत विभिन्न कलाकारहरूको साँगितिक प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।पाँचौ साधारणसभालाई थप आकर्षण दिलाउन बैगुनी प्रति लक्षित गर्दै लम्जुङ्ग सेवा समाजका सिताराम थापाले "तर के गर्नु खै" शिर्षक गजल समेत प्रस्तुत गरेका थिए ।

दोहामा कृयाशील विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु, बुद्धिजीवी तथा समाजसेवी, विशिष्ट ब्याक्तित्वहरूलाई कुसुम लोप्चन तामाङ्ग, गोमा खड्का, प्रतीक्षा लोप्चन तामाङले अतिथि सत्कार गरेकी हुन् ।

समाजलाई विभिन्न कोणबाट तन, मन, वचन र कर्मले साथ सह्योग पुर्‍याउने विभिन्न ब्याक्तित्वहरूलाई कदर-पत्र, प्रशंसा-पत्र र सम्मान-पत्र प्रमुख अतिथि, विशेष अतिथिहरूको सह्योगमा सभापतिले सामुहिक रूपमा समाजले क्रमशः प्रदान गरिएको थियो ।

कास्की आदर्श सेवा समाजका अध्यक्ष मनकुमार राना मगरले नुवाकोट समाजले गरेका स्रहानिय कार्यको खुलेरै प्रशंसा गरेका उनले जिल्ला संस्थाको प्रतिनिधित्व गर्दै, शुभकामना दिए ।

पाँचौ साधारणसभालाई सम्बोधन गर्दै, प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव नितेश सापकोटा, विशेष अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष सुदर्शन भट्ट, नेपाली जनसम्पर्क समितिका महामन्त्री मो. अजिज अली लगायतका विभिन्न अतिथिहरू वक्ताहरूले आ-आफ्नो धारणा राख्दै सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई अग्रिम शुभकामना तथा बधाई दिएका थिए । यसैगरी साउदी अरबको जेल जीवन पाएका आरोपित रामचन्द्र तिमिल्सिनालाई मृत्युको मुखबाट छुटकारा दिलाउन संसारका नेपालीको एकताले नै सफलता पाएको काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले एकता नै बलको उधारण दिए ।

कुटनैतिक नियोग नेपाली दुतावासका सचिव नितेस सापकोटाको प्रमुख आतिथ्यतामा पाँचौ साधारणसभा भब्य सम्पन्न भएको कार्यक्रमलाई समाजकी उपाध्यक्ष गोमा खड्काको स्वागत तथा बिकास लामा तामाङ्ग रअनिल तामाङ्गको संयुक्त संचालनमा संपन्न भएको पाँचौ साधारणसभाको सभापतित्व समाजका अध्यक्ष हरिकृष्ण रिमालले गरेका थिए ।

Saturday, 18 November 2017

कतारमा नुवाकोट सेवा समाजको पाँचौ साधारण सभा भब्य रुपमा सम्पन्न ।

कृष्ण सारू मगर
दोहा-कतार, १८ नोभेम्बर, सेवा नै धर्म हो " भन्ने लक्षका २००६ मा स्थापित नुवाकोट सेवा समाजले स्थित ग्रिन रेष्टुरेन्टको सभाहलमा पाँचौं साधारणसभा भब्य सम्पन्न गरेको छ ।

सफलता पूर्वक दुई कार्यकाल सम्म नेतृत्व सम्हालेका हरिकृष्ण रिमालले आफ्नो कार्य समिति पुर्णरूपमा विघटन भएको घोषणा पश्चात् सर्वसम्मतिले पारित भई निर्वाचित भएका २१ सदस्यीय पदाधिकारीहरूको नामावली अनिल तामाङ्गले सार्वजनिक गरेको हो ।

नवनिर्वाचित पदाधिकारीहरूको नामावली क्रमशः
अध्यक्षमा हरिराम खड्कालाई सर्वसम्मतिले निर्विरोध चयन भएका हुन् । प्रथम उपाध्यमा विष्णु भण्डारी, द्धितिय उपाध्यक्षमा गोमा खड्का, र तृतीय उपाध्यक्षमा बच्चुराम प्याकुरेल रहेका छन् ।

यसैगरी महासचिवमा देवेन्द्र घले तामाङ्ग, सचिवमा लक्ष्मण लामिछाने र सह-सचिवमा कुसुम लोप्चन तामाङ्ग रहेकी छन् ।

कोषाध्यक्षमा नन्दराम सुवेदी र बालकृष्ण गिरीलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।
सदस्यहरू क्रमशः
आशिष कुमार थापा मगर, दिपक थापा मगर, कान्छामान तामाङ्ग, दिनेश मिश्र, मान बहादुर तामाङ्ग, दिपक खड्का, सन्दिप तामाङ्ग, सुदर्शन अधिकारी, नविन बस्नेत, पुरूषोतम गिरी, डा घले तामाङ्ग, हरीराम रिमाललाई सर्वसम्मतिबाट समाजको सदस्यमा मनोनीत भएका हुन् ।

गृह जिल्ला तथा विभिन्न समाजिक कार्यलाई तिब्र गतिमा निकै उधारणीय कार्य गरेको समाजको प्रगति विवरणलाई समाजका का.बा महासचिव नन्दराम सुवेदीले प्रस्तुत गरे । कोषाध्यक्ष दिपु ढकाललाई अस्वस्थ भई प्राविधिक समस्याको कारणले गर्दा सुवेदीले नै आर्थिक प्रतिवेदनको विवरणलाई सार्वजनिक गरी समाजका नवनियुक्त अध्यक्ष हरिकृष्ण रिमाललाई बुझाएको हो ।

नुवाकोटकोे ऐतिहासिक, धार्मिक साँस्कृतिक तथा पर्यटकीय संग गाँसिएका परापूर्वकाल देखि वर्तमानको विविध विषयमा पुरूषोतम गिरीले प्रस्टाएका थिए ।

स्वदेशी मातृभूमि पहिलो र प्रदेश दोस्रो घर रहेको बताएका सल्लाहकार देवेन्द्र घले तामाङ्गले भने, दोहा-कतारलाई कर्मथलोका रूपमा बस्दै आउनु भएका नुुुुवाकोटवासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई विशुद्ध समाजको छाता भित्र एकिकृृत हुन आग्रहसमेत गरेका तामाङ्गले भने, घर बलियो भए समाज बलियो हुने बताएका उनले सबै जुटेर समाजको आर्थिक, समाजिक संगठनिक अझ बलियो बनाउन आग्रह समेत गरेका छन् ।

गएको १२ र २९ वैशाख २०७१मा घटेको अकल्पनीय घटना महाविनासकारी प्राकृतिक प्रकोप भुकम्प तथा पटकपटक आएको पराकम्पनबाट जिर्ण अवस्थामा रहेको नुवाकोट स्थित गृह जिल्लाको मुख्य ऐतिहासिक धरोहर सात तले दरवारलाई संरक्षण-संवर्द्धन गर्न राज्यलाई पहल गर्न जोड दिनु पर्न धारणा राख्दै राष्ट्रिय लोक तथा दोहोरी गायिका नानू घले तामाङ्ग लगायत विभिन्न कलाकारहरूको साँगितिक प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।पाँचौ साधारणसभालाई थप आकर्षण दिलाउन बैगुनी प्रति लक्षित गर्दै लम्जुङ्ग सेवा समाजका सिताराम थापाले "तर के गर्नु खै" शिर्षक गजल समेत प्रस्तुत गरेका थिए ।

दोहामा कृयाशील विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु, बुद्धिजीवी तथा समाजसेवी, विशिष्ट ब्याक्तित्वहरूलाई कुसुम लोप्चन तामाङ्ग, गोमा खड्का, प्रतीक्षा लोप्चन तामाङले अतिथि सत्कार गरेकी हुन् ।

समाजलाई विभिन्न कोणबाट तन, मन, वचन र कर्मले साथ सह्योग पुर्‍याउने विभिन्न ब्याक्तित्वहरूलाई कदर-पत्र, प्रशंसा-पत्र र सम्मान-पत्र प्रमुख अतिथि, विशेष अतिथिहरूको सह्योगमा सभापतिले सामुहिक रूपमा समाजले क्रमशः प्रदान गरिएको थियो ।

कास्की आदर्श सेवा समाजका अध्यक्ष मनकुमार राना मगरले नुवाकोट समाजले गरेका स्रहानिय कार्यको खुलेरै प्रशंसा गरेका उनले जिल्ला संस्थाको प्रतिनिधित्व गर्दै, शुभकामना दिए ।

पाँचौ साधारणसभालाई सम्बोधन गर्दै, प्रमुख अतिथि नेपाली राजदुतावासका द्धितिय सचिव नितेस सापकोटा, विशेष अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष सुदर्शन भट्ट, नेपाली जनसम्पर्क समितिका महामन्त्री मो. अजिज अली लगायतका विभिन्न अतिथिहरू वक्ताहरूले आ-आफ्नो धारणा राख्दै सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई अग्रिम शुभकामना तथा बधाई दिएका थिए । यसैगरी साउदी अरबको जेल जीवन पाएका आरोपित रामचन्द्र तिमिल्सिनालाई मृत्युको मुखबाट छुटकारा दिलाउन संसारका नेपालीको एकताले नै सफलता पाएको काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले एकता नै बलको उधारण दिए ।

कुटनैतिक नियोग नेपाली दुतावासका द्धितिय सचिव नितेस सापकोटाको प्रमुख आतिथ्यतामा पाँचौ साधारणसभा भब्य सम्पन्न भएको कार्यक्रमलाई समाजकी द्धितिय उपाध्यक्ष गोमा खड्काको स्वागत तथा बिकास लामा तामाङ्ग रअनिल तामाङ्गको संयुक्त संचालनमा संपन्न भएको पाँचौ साधारणसभाको सभापतित्व समाजका अध्यक्ष हरिकृष्ण रिमालले गरेका थिए ।

Monday, 13 November 2017

कतारमा पहिलो पटक "सालै जो" निर्माण म्युजिक भिडियो युट्युबमा सार्वजनिक ।

कृष्ण सारू मगर
दोहा-कतार, १३ नोभेम्बर वैदेशिक रोजगारीको शिलशिलमा मध्ये पुर्वीय राष्ट्र दोहा-कतारमा आएका कलाकारले निकै आकर्षक सालैजो गीतको म्युजिक भिडियोलाई मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्रको सह्योगमा " लाहुरे दाई " निर्माण भएको हो ।

विशेषगरी पछिल्लो समयमा थुप्रै नेपाली मौलिकता झल्काउने गीत संगीतहरु बजारमा आईरहेको अवस्थामा कलाकारले नेपाली समुदायको मौलिक पहिचान र अस्तित्वको जगेर्ना संगै संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने अभिप्रायले चर्चित गायक, संगीतकार डोलराज बाह्रघरे मगर र निरु श्रीष मगरको स्वरमा रहेको सालैजो गीत "लाहुरे दाई" एल्बमलाई युटुवमा सार्वजनिक गरिएको छ । https://m.youtube.com/watch?v=Z_U1Or2bhhI

निकै आकर्षक बनेको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल तथा नृत्यकार जनक लाफा मगर, सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरले अभिनय गरेका छन् ।
सर्जक खेम राना मगरको शब्द संगीत भरेको गीतमा डोलराज बाह्रघरे मगर र निरु श्रीष मगरले स्वरमा साथ दिएकी छन् । गायक बाह्रघरे मगरले नै संगीत सम्योजनको भुमिका निर्वाह गरेका हुन् । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार विधार्थीलाई अक्षकोष सह्योगार्थ " प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ को निमन्त्रणामा कतार आएका नेपाल मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष समेत रहेका नृत्य निर्देशक सुमन थापा मगरको निर्देशनमा तैयार भएको हो ।

जनक लाफा मगरको विशेष पहल र अनुषका थापा मगर, सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्माण भएको हो । भविन्द्र तामांङ्गले कतारको प्रतिष्ठित बिभिन्न ठाउँहरुमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रविन रेश्मी मगरले सम्पादन गरेका हुन् ।

कतारमा पहिलो पटक "सालै जो" निर्माण म्युजिक भिडियो युट्युबमा सार्बजनिक ।

Sunday, 12 November 2017

बहराईनमा पहिलो पटक लाइभ फ्युजन रक व्याण्ड र दोहोरी धमाका एउटै मञ्चमा हुँदै ।

कृष्ण सारू मगर
मानमा-बहराईन १२ नोभेम्बर, विगतका वर्षमा झै यसवर्ष पनि मध्ये पुर्वीय राष्ट्र बहराईनको राष्ट्रिय दिवसको अवसरमा नेपाली क्लबले आगामी १५ डिसेम्बर २०१७ सुक्रबारका दिन राष्ट्रियता र नेपाली समुदायको मौलिक पहिचान संगै नेपाली कला, संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनलाई जिवन्त राख्नको लागि बहराईनको राजधानी मानमा स्थित (गोल्ड सिटिको ठिक अगाडी) डेलमन इन्टरनेशनल होटेलमा "नेपाली सांगीतिक साँझ - २०१७ '' को आयोजना गर्न लागेको हो ।

चर्चित रक ब्याण्डका एड्रिन प्रधान एण्ड फ्रेन्ड्स (1974AD), राष्ट्रिय लोक तथा दोहोरी गायक संजय गुरूङ्ग, आधुनिक तथा लोक दोहोरि गायिका रिता के. सी.लाई ख्यातिप्राप्त स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिले साथ दिने छन् । क्लबको नियामित मासिक पाँचौं बैठकले पारित निर्णय अनुसार माथि उल्लेखित निम्न चर्चित राष्ट्रिय कलाकारहरुलाई नेपालबाट आमन्त्रण गरिएको क्लबका अध्यक्ष कमल श्रेष्ठले हामीलाई बताए ।

बहराईनमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक तथा साँस्कृतिक विभिन्न कृयाशील सामाजिक संघ, संस्थाहरु, कलाकारहरू विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धुहरू, उधोग-व्यावसायी लगायत बहराईनलाई कर्मथलो बनाउँदै रहनु भएका सम्पूर्ण गीत संगीत प्रेमी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाली क्लब बहराइनले आयोजना गरेको "नेपाली सांगीतिक साँझ - २०१७" कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सफल गराउन सम्वन्धित सबैमा उपस्थितिको लागि आयोजक समिति परिवारले हार्दिक अनुरोध गरेको छ ।

नोट : थप जानकारीको लागि तपशिल सम्पर्कहरु हुन ! ३३४२१६६०, ३६८७९९५५, ६६३००१२७, ३६८१७५५७, ६६३४७७८८, ६६३३२०८२

Saturday, 11 November 2017

मगर संघ कतारका मानार्थ सदस्य तथा कलाकार रोशिका लामाको बिदाई कार्यक्रम सम्पन्न ।

बिजय कुमार मगर, दोहा कतार
२०१७ नोवेम्बर ११
 नेपाल मगर संघ, शाखा कतारले मानार्थ सदस्य  तथा कलाकार रोशिका लामालाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । लामो समयसम्म कतारमा रहि मगर संघ कतारको मातहतमा रहेर उल्लेखनिय योगदान पुर्याउनु भएकी रोशिकालाई दोहाको आगन रेस्टुरेन्टमा १० नोवेम्बर २०१७ मा सम्मान तथा बिदाई  कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी स्वयम् रोशिका लामा रहेकी थिइन् भने विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर, जनक थापा मगर, डि एन मगर, लिलम्बर चिदी मगर, प्रवाशी भुजेल सेवा समाजका कोषाध्यक्ष सन्तोष भुजेल , दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामि मगर र मगर  संघ कतारका मानर्थ सदस्य टेक रसाइली रहेका थिए भने कार्यक्रममा मगर संघकतार लाई माया गर्ने कलाकारहरु का साथै मगर तथा गैर मगर हरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा उपस्तिथि सम्पुर्ण लाई संघका प्रथम उपाध्यक्ष अभिमत पून  मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।
कार्यक्रममा उपस्तिथि रहेकाहरु सम्पुर्णले  लामालाइ खादा ओडाएर सम्मान गरेका थिए भने संघका तर्फबाट विशेष अतिथि  बाट कदर पत्र र सभापति ,अथितिहरु बाट मायाको चिनो  प्रदान गर्दै दोसल्ला ओडाएर सम्मान गरेका थिए । साथै  कला तथा सास्कृती बिभागको तर्फबाट मायाको चिनो  कला तथा सास्कृतिक बिभागका संयोजक भुपेन्द्र रिखाम मगर र कलाकारहरुबाट प्रदान गर्नु भएको थियो भने प्रवासी भुजेल सेवा समाज बाट मायाको चिनो कोषाध्यक्ष सन्तोश भुजेल र कलाकार गीता भुजेल बाट प्रदान गर्नु भएको थियो ।

मन्तव्य राख्दै अतिथिहरु भुपेन्द्र रिखाम मगर, अशोक आले मगर, टेक रसाइली, लिलम्बर चिदी मगर, डि एन मगर , जनक थापा मगर ,भिम तरामु मगरल, विशेष अथिती महेन्द्र थापा मगर ले उहाँले संस्थामा गरेका योगदानको चर्चा गर्दै उहाँको उज्ज्वल भबिस्यको शुभकामनाका साथ यात्रा सफलताको कामना व्यक्त गरका थिए । मगर संघ कतारले दिएको सम्मानका निम्ति मगर संघ कतार र उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै आफू जहाँ रहे पनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने र मगर संघ कतार लाई आफुले सक्ने सहयोगका लागि कहिल्यै पछि नहट्ने प्रतिबद्धता लामाले गरिन् ।

  कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले मगर संघ कतारले आफ्नो मानर्थ सदस्य तथा कुशल कलाकार लाई बिदाई गर्नु पर्दा दुखी भएको र उहाँको उज्ज्वल भबिस्यको कामना गर्दै सफल यात्राको शुभकामना दिदै कार्यक्रम सामापन गरका थिए ।

धनकुटा समाजले आगलागी पिडित जिमिका परिवारलाई दिए राहत ।

कृष्ण सारू मगर
दोहा-कतार ११ नोभेम्बर, धनकुटा प्रवासी सेवा समाज कतारले गृह जिल्लामा भएको आगजनीबाट पिडित परिवारलाई तत्कालको समस्या समाधानका लागि महालक्ष्मी न.पा. वार्ड नं-४ की महिला सदस्य ईन्द्र कुमारी सारु मगरको नाउँमा समाजका कोषाध्यक्ष प्रेम बहादुर जिमीले ६ नोभेम्बर २०१७का दिन अल जजिरा एक्सचेञ्ज बाट पठाएका हुन् । सो रकम साविक चानुवा गाविस वार्ड- नं-८ हाल महालक्ष्मी न.पा बस्ने आगलागीबाट पिडित तेज बहादुर जिमीका परिवारलाई आर्थिक सह्योग गरेको हो ।

महालक्ष्मी नगरपालिका वार्ड नं-४ की महिला सदस्य ईन्द्र कुमारी सारु मगरले धनकुटा प्रवासी सेवा समाजले प्रवासमा रहेर पनि आफ्नो देश, जिल्ला र गाउँको विकास तथा आपत बिपतमा सह्योग निकै प्रशंसनीय तथा उधारणीय कार्यको प्रसंशा गरेकी उनले आगामी दिनहरूमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग समन्वय सहकार्य गरी समाजिक सद्भाव भातृत्व एकता गर्दै समाजको अझ उत्तरोत्तर प्रगतिको कामना गरेकि उनले थप्दै भनेकी छिन् यो चिसो मौसमलाई छिचोल्न निकै कठिन दिन काटेका ती आगलागीबाट पिडित जिमीका परिवारलाई कतारमा स्थापित धनकुटा समाजले गरेको पुण्य कार्यको खुलेरै प्रशंसा गरे ।

जि.प्र.का धनकुटाको ई.प्र.का.चानुवाका प्रहरी चौकीका प्रमुख जुलुम कुमार चौधरीको प्रहरी टोलीको प्रारम्भिक अनुसन्धान रिपोर्टिङ पत्र सं.नं- २०७४/०७५ चलानी नं-१५ तथा महालक्ष्मी नगरपालिका चानुवाका वडाध्यक्ष यज्ञ बहादुर चापागाईको सिफारिस पत्र सं-२०७४/०७५ चलानी नं- १८६ को सिफारिस अनुसार समाजले संस्थाको कोष तथा इच्छुक व्यक्तिहरुको सह्योगमा उक्त रकम संकलन गर्न सफल भएको हो । समाजका महासचिव रबिन मगरले हामीलाई  जानकारी दिए ।

"धनकुटा प्रवासी सेवा समाजको चाहना, शुद्द सामाजिक भावना" भन्ने मूल नाराका साथ दोहा-कतारमा २००४मा स्थापित भएको समाजका अध्यक्ष ललित लिम्बूले हामीलाई बताए ।

धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–४ चानुवा स्थित जिमीगाउँमा गत १४ कार्तिक २०७४का दिन राति करिब १० बजेको समयमा आगलागीबाट स्थानीय तेजबहादुर जिमीको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

भावेशको प्रसिद्ध गीतको म्युजिक भिडियो ( भिडियो सहित )

काठमाण्डौ,
गीतकार भावेश भुमरीको एकल रचनाको एल्बम 'भूमिका'मा रहेका लोकप्रिय गीतहरूमध्ये एक गीत हो- "तिमी छैनौ र मलाई हर क्षण तिम्रो अभाव छ, सधैँ सम्झिन्छु तिमीलाई र त बिर्सने दबाव छ..." । यस गीतमा रीमा गुरुङ होडाको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ । भिडियोको जमाना भए तापनि यस गीतले अडियोबाटै धेरै प्रसिद्धि हासिल गर्ने सफलता पाएको हो । रचना अनि स्वर विधामा दुई दुईवटा अवार्ड प्राप्त प्रस्तुत गीत विभिन्न रेडियो र एफएमहरूमा निरन्तर रूपले बज्दै आयो र बजिरहेकै छ ।

सुरप्रभा गीत सङ्गीत (प्रा लि.)को युटुब च्यानलबाट आएको यस म्युजिक भिडियोलाई यहाँहरू सबैले हेरेर, प्रतिक्रिया लेखेर, शेयर गरेर अनि सुरप्रभा गीतसङ्गीतको युटुब च्यानललाई सब्स्क्राइब गरेर सह्योग गरिदिनुहुन गीतकार भावेश भुमरीले अनुरोध गरेका छन् ।https://www.youtube.com/watch?v=fgMsM5P_1Ec

अडियोबाटै नेपाली गीत सङ्गीतका स्रोताहरूको मन मनमा बस्न सफल यस गीतको भिडियो भने अलि ढिलो गरी बनेको छ । वैदेशिक रोजगारका लागि दुवर्इमा बस्दै आएका नेपालका कालाकारहरूले यस गीतको भिडियो बनाएका हुन् । यस गीतलाई निर्देशक केशव कटवालले निर्देशन गरेका छन् भने रवीन, माया, गोपाल र रोमेक्सले अभिनय गरेका छन् । लोकराज पाण्डेले क्यामराम्यानको भूमिका निर्वाह गरेको यस गीतको भिडियोलाई देवकुमार श्रेष्ठले सम्पादन गरेका छन् भने कलर संयोजन टेकेन्द्र शाहले गरेका छन् । दुवर्इका विभिन्न ठाउँमा छायाङ्कन गरिएको र सबै पक्षबाट मेहनत भएको यस गीतको भिडियोले दर्शकहरूको राम्रोसँग मन जित्न थालेको छ ।

Friday, 10 November 2017

कतारमा नुवाकोट सेवा समाजको पाँचौं अधिवेशनको अन्तिम तयारी पुरा ।

कृष्ण सारू मगर
दोहा-कतार, ११ नोभेम्बर मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा "समाज सेवा नै धर्म हो " भन्ने उद्धेश्यका साथ विशुद्ध समाजिक अवधारणा बोकी २००६ मा स्थापित नुवाकोट सेवा समाजले यहि आउँदो १७ नोभेम्बर २०१७ सुक्रबारका दिन सनैयाको ग्रीन गार्डेन रेष्टुरेन्टको सभाहलमा पाँचौं अधिवेशन गर्ने भएको छ ।

उक्त महादिवेशन कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु, महिला तथा सज्जन बृन्द ज्यूहरू पाँचौं अधिवेशन कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवश उक्त अधिवेशन कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भईदिनु हुन समाजका बच्चुराम प्याकुरेलले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं समस्त नुवाकोटवासी तथा गैर नुवाकोटसीहरूमा समाजले नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले महादिवेशन कार्यक्रममा उपस्थितिका लागि नुवाकोट सेवा समाजले परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

Sunday, 5 November 2017

जुना भन्छिन् "प्रदेशी उतै हरायो"

रूद्र श्रीस मगर
पोखरा, कार्तिक १८ - अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले “परदेशी” बोलको अति मर्मस्पर्शी लोकगीत बजारमा ल्याएकी छन् । गायिका जुनाले लोकगीतमार्फत् हराएका परदेशीलाई सम्झिएकी छन् ।
कुनै बेलाका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारीको लय तथा शब्दमा रहेको “परदेशी”को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । गायिका जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

              https://youtu.be/5ql3LoXAgOI

गोविन्द पुनमगरले निर्देशन गरेको म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले अभिनय गरेका छन् । त्यस्तै, वीरबहादुर श्रीसमगर, जसिन्ता श्रीसमगर र एलिस श्रीसमगरको पनि अभिनय रहेको छ ।

दानबहादुर श्रीसमगरको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको हो । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतका एरेञ्जर विनोद बाजुराली हुन् । म्यूजिक भिडियोमा मिलन गुरुङको कलरिङ र पुनम पुनमगरको श्रृंगार रहेको छ ।

Saturday, 4 November 2017

कतारमा महाकवि देवकोटाको १०८ औं जयन्ति मनाइयो ।

महेश्वर नेपाल, दोहा-कतार, ४ नोभेम्बर
 ‘क्रिर्ति रहोस भनि बनाइएका पाटीपौवा मृत आफन्तका नाममा बनाइएका ठुल ठुला फलैचार चौतारा रोपिएका अजङ्गका वरपिपल ती सब अहमका निशानी मात्र हुन्।’
खोलाको गीत कविता सङ्ग्रहमा समावेश कविता मार्फत कविताको पोल्टो फुकाएका कवि उपेन्द्र सुब्बाले हस्यौली पारामा सायद, जड्याँहाको तर्क, समान अन्तर, मेरो आमाको नाम, ना ४ ख ४३८५, ख्यालिमा हारेको धुर्व, अध्यारोको गीत, किस्नेले बिहे गरेछ ढुंगाको मन लगायतका डेढ दर्जन कविता कतारमा रहेका नेपालीलाई  सुनाउनु भयो ।

लक्ष्मी जयन्तीको अवसरमा कतारमा साहित्यकार उपेन्द्र सुब्बा लिम्बूको एकल कविता बाचन सम्पन्न भएको हो  । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, गैर आवासिय नेपाली संघ कतारको साहित्य विभाग, नवोदित साहित्यिक वाचनालय कतार, मुग्लानी सौगात अल्खोर  र  नेपाली कला केन्द्रको संयुक्त आयोजनामा अनेसास नवोदितको ७५ औं डबलीमा सशुल्क एकल कविता वाचन गरिएको हो ।

साहित्यकार सुब्बा लिम्बूले कतार आउँदा आफू नेपालमै भए जस्तै भान भएको बताउनु भयो । सन् १९९८ तिर आफू पनि कतारमा श्रमिकको रुपमा आउन प्रयास गरेको भन्दै लिम्बूले भन्नू भयो ‘तर त्यति बेला म २ पटक असफल भएँ ।’ उनलाई अनेसास कतार तथा नवोदित साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरियो ।

कार्यक्रममा प्रकाश आङ्देम्बे लिम्बू द्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’ को विशेष प्रदर्शनी पनि गरिएको थियो । चलचित्रको विशेष प्रदर्शन गर्न कतार आएका साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बे लिम्बूलाई अनेसास कतार तथा नबोदीत साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रम श्यामराज रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो । यसअघि साहित्यकारहरु खगेन्द्र सङग्रौला, अभि सुबेदी, श्रवण मुकारुङ, गोबिन्दराज भट्टराई, बिमल निभा, राजन मुकारुङ र हेमन यात्रीलाई कतार बोलाएर लक्ष्मी जयन्तीको अवसरमा एकल कविता वाचन गरिएको अनेसास कतारका सल्लाहकार तिर्थ संगम राइले जानकारी दिनु भयो ।

Thursday, 2 November 2017

राष्ट्रिय आविष्कार केन्द्रलाई युकेबाट ३५ लाख सहयोग ।

कृष्ण सारू मगर
लण्डन, ३१ अक्टोबर, विभिन्न पुरस्कार विजेता डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका लागि सह्योगार्थ गत शुक्रबार अल्डर्सटमा सम्पन्न च्यारिटी कार्यक्रममा संकलित रकम ३५ लाख नेपाली रुपैयाँको चेकलाई प्रमुख अतिथि नेपाली दुतावासका महामहिम का.बा. राजदुत डा. दुर्गा ब.सुवेदी, विशेष अतिथि, गैर आवासीय नेपाली संघका अध्यक्ष योगकुमार फगामी मगर र नेेपाल मगर संघ शाखा यूकेका अध्यक्ष समेत रहेका कार्यक्रमका सभापति नेम थापा मगरले उक्त सह्योग चेक डा. पुनलाई सोही समारोहबीच हस्तान्तरण गरेको हो ।

स्रोतका अनुसार युकेमा नेपाली समुदायले समाजिकले
अवधारणा बोकी स्थापना भएका विभिन्न संघ, संगठनले ऐक्यबद्धता जनाएका संघ, संस्थाहरू निम्न तपशील रहेका छन् । १) गैर आवासीय नेपाली संघ, २)नेपाल आदिवासीजनजाति महासंघ, ३) मोना, ४)गुल्मी समाज, ५)पाल्पाली भञ्ज्याङ्ग, ६)तनहुँ समाज, ७)पर्वत कल्याण समाज, ८)बागलुङ समाज, ९)तामुधी, १०)मगर महिला संघ, ११)पुन समाज, १२)पुन मगर समाज, १३)मगर बुद्धिष्ट समाज, १४)खाम भाषी मगर समाज, १५)ठकुरी सेवा समाज, १६)ग्रेटर रेशमूर नेपाली समाज, १७)थकाली कल्याण समाज, १८) किराँत राई यायोक्खा लगायतको सहकार्यमा उक्त रकम संकलित भएको हो ।

हामीलाई प्राप्त जानकारीअनुसार उक्त च्यारिटी कार्यक्रम
योजनामा विभिन्न, बुद्धिजीवी, समाजसेवीहरूले प्रतक्ष साथ, सह्योग पाएकाले यति ठूलो राशीको रकम संकलन गर्न आयोजक सफल भएका हुन् ।

नेपालको समृद्धि देश विकाशको अभियानलाई समर्थकहरूले साथ, सहयोगार्थ संकलन सह्योग आउने क्रम जारी रहेको आयोजकले बताएका छन् ।

उक्त च्यारिटी कार्यक्रममा सहभागी सबैलाई स्थानीय चर्चित कलाकारहरूको समुहले साँङ्गितिक प्रस्तुति प्रस्तुत गर्दै थप मनोरञ्जन गराएका थिए ।

राष्ट्रियता र राष्ट्रको बिकासकार्यमा सरकारले अपहेलित गरेता पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पाएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन मगरले
भने, जनस्तरबाट पाएको हौसला, प्रेरणाले यो अभियानलाई प्रतक्ष वा अप्रत्यक्षरूपमा आर्थिक, भौतिक, नैतिक, वैचारिक साथ, सह्योग दिनु हुने सबै-सबैमा विशेष आभार प्रकट गर्दै हार्दिक कृतज्ञता ब्यक्त गरेका मगरले थप्दै भनेका छन् ।
(https://m.youtube.com/watch?v=93pYsIojev4)

विभिन्न प्रोजेक्टहरुको अध्ययन, अनुसन्धान र सन्चालन गर्ने केन्द्रको अभियानमा आफुसंगै सम्बन्धित क्षेत्रका विज्ञहरुको ससक्त टीम रहेको जानकारीका बताएका छन् ।

सह-सचिव रुद्र थापाले हेल्थ एन्ड सेफ्टी संग सम्बन्धित विविध विषयमा जानकारी गराएको उक्त च्यारिटी कार्यक्रमको संयोजक समेत रहेकी संघका उपाध्यक्ष सिता पुन मगरको स्वागत तथा महासचिव लाल ब. पुन मगरको संचालनमा सम्पन्न च्यारिटी सो कार्यक्रमको सभापतित्व नेपाल मगर संघ युकेका अध्यक्ष नेम थापा मगरले गरेका च्यारिटी सो कार्यक्रमका प्रमुख अतिथी नेपाली नियोग बेलायतका का.बा महामहिम राजदुत डा. दुर्गाबहादुर सुबेदीले भन्नू भयो राष्ट्रको गौरव र देशको स्वार्थमा जुट्नु हुने सम्ममानित महान हात र सह्योगी मनहरू प्रति सम्बोधन सब्दमा हाँसेर बाँच्नुहोस् बाँचेर हाँस्नुहोस् भन्दै, नेपालीको एकताले राष्ट्रिय गौरवमा महत्त्वपूर्ण योगदान पुगेको छ । महामहिम राजदुत सुवेदीले भन्नू भयो ।

अक्टोबरको पहिलो साता बेलायत पुगेका आविस्कार केन्द्रका डा. पुनले विभिन्न क्षेत्रमा बस्ने नेपालीहरू माझ अन्तरक्रिया गरिरहेका आविष्कार केन्द्रको बारेमा प्रस्तुत एक भिडियो प्रिजेन्टेसनलाई गैर आवासीय नेपाली संघ यूकेका प्रवक्ता रमेश सराङकोटी मगरले गरेका थिए ।