कृष्ण सारू मगर
दोहा-कतार, १३ नोभेम्बर वैदेशिक रोजगारीको शिलशिलमा मध्ये पुर्वीय राष्ट्र दोहा-कतारमा आएका कलाकारले निकै आकर्षक सालैजो गीतको म्युजिक भिडियोलाई मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्रको सह्योगमा " लाहुरे दाई " निर्माण भएको हो ।
विशेषगरी पछिल्लो समयमा थुप्रै नेपाली मौलिकता झल्काउने गीत संगीतहरु बजारमा आईरहेको अवस्थामा कलाकारले नेपाली समुदायको मौलिक पहिचान र अस्तित्वको जगेर्ना संगै संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने अभिप्रायले चर्चित गायक, संगीतकार डोलराज बाह्रघरे मगर र निरु श्रीष मगरको स्वरमा रहेको सालैजो गीत "लाहुरे दाई" एल्बमलाई युटुवमा सार्वजनिक गरिएको छ । https://m.youtube.com/watch?v=Z_U1Or2bhhI
निकै आकर्षक बनेको उक्त म्युजिक भिडियोमा चर्चित मोडेल तथा नृत्यकार जनक लाफा मगर, सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरले अभिनय गरेका छन् ।
सर्जक खेम राना मगरको शब्द संगीत भरेको गीतमा डोलराज बाह्रघरे मगर र निरु श्रीष मगरले स्वरमा साथ दिएकी छन् । गायक बाह्रघरे मगरले नै संगीत सम्योजनको भुमिका निर्वाह गरेका हुन् । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार विधार्थीलाई अक्षकोष सह्योगार्थ " प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ को निमन्त्रणामा कतार आएका नेपाल मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष समेत रहेका नृत्य निर्देशक सुमन थापा मगरको निर्देशनमा तैयार भएको हो ।
जनक लाफा मगरको विशेष पहल र अनुषका थापा मगर, सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्माण भएको हो । भविन्द्र तामांङ्गले कतारको प्रतिष्ठित बिभिन्न ठाउँहरुमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रविन रेश्मी मगरले सम्पादन गरेका हुन् ।
No comments:
Post a Comment