Tuesday, 28 March 2017

अध्यक्षमा दिलिप राई ।


राष्ट्रिय जनमुक्ति पाटीको अर्जुनधारा नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट दिलिप राई को अध्यक्षता मा २१ सदस्य कार्यसमिति पनि सर्बसम्मत बाट चयन गरिएको छ ।
                 शनिश्चरे बजार स्थित आदिवासी, महिला, दलित सभाहल भएको नगर अधिबेशनमा पाटीका केन्द्रिय उपाध्यक्ष श्रीमति मिना पन्धाक लिम्बुले उत्घाट्न गर्नुभएको थियो । अधिबेशनलाई उत्घाट्न गर्दै पन्धाकले राज्यले पहिचानबादीहरुको मागलाई बेवास्ता गर्दै अगाडी बढ्दै स्थानिय निर्वाचनको मिति तोकेको बताउनु भयो । त्यसको लागि राष्ट्रिय जनमुक्ति पार्टीले बिचारको आन्दोलन गर्दै निर्वाचनमा नजाने बताउनु भयो ।


अर्का बक्ता विशिष्ट अतिथि तथा पाटीका केन्द्रिय उपाध्यक्ष मोहन धिमालले ठुला दलहरुले राष्ट्रिय जनमुक्ति पाटीको सिद्धान्त लाई बेवास्ता गरे पनि कालान्तरमा लागू भयर नै छाड्ने बताए । धिमालले अहिले निकै चर्चामा रहेको थ्रेस्डहोलड आदिवासी जनजाती, अल्पसंख्यक र तिनीहरुको पाटीको बाधकको रूपमा रहेको बताए । अहिले राष्ट्रिय जनमुक्ति पार्टी संग १८ वटा साना दलहरु समेत समाबेश हुने तर्खरमा रहेको जानकारी दिए ।


त्यस्तै अर्को बक्ता महिला मोर्चाका अध्यक्ष रिना थापा मगरले राज्यले ३३% महिला अधिकार भनिएता पनि त्यो राज्यले व्यबहारमा लागु नगरेको बताउदै महिलाहरुमा राजनीति चेतना एकदमै न्यून रहेको र नजानेर पनि पछी परेको भन्दै अब महिलाहरु पनि राजनीति लाग्नुपर्ने बताउनुभयो । त्यस्तै सघियताको नयाँ मोडलको स्थापना गर्ने पहिलो पाटी राष्ट्रिय जनमुक्ति पार्टी भएको भन्दै देस संघियतामा गैसकेकोले अब कसैले पनि रोकेर रोक्न नसक्ने बताउनुभयो ।


                अधिबेशनलाई शुभकामना दिने क्रममा बोल्दै पार्टीका लिम्बुवान राज्य परिषद सचिव कृष्ण कुमार थेबे लिम्बूले एमाले को मेचीमहाकाली अभियान निभ्न लागेको बतिको उज्यालो मात्रै भएको बताउनु भयो ।

Tuesday, 14 March 2017

बहराईनमा अन्तराष्ट्रिय नेपाली समाजको १९ सदस्यीय समिति गठन ।


कृष्ण सारू मगर
मानमा-बहराईन १४ मार्च अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) ले "आजको निकास, आर्थिक विकास ! समृद्धि संभव छ हाम्रै पालामा !! " भन्ने लक्षका साथ आयोजित कार्यक्रमलाई महासचिव प्रमेश तमु गुरुङ तथा डुक्पा तामाङ द्वयको संयोजकत्वमा मानमा स्थित सित्तल नेपाली रेष्टुरेन्टको सभा हलमा १९ सदस्यीय कार्य समिति गठन गरेको छ ।


सदस्य समितिमा निम्न बमोजिम छन् ।
सचिवमा पदम गुरुङ र दिनेश ढुंगेल, रहेका छन् । पदम गुरुङ कोषाध्यक्ष, तथा अमृता नाल्बो लिम्बू र गुनाराज मगरलाई सह-कोषाध्यक्षमा पद दिईएको छ । निमा शेर्पा, तेम्बा शेर्पा, सोनाम दोङ तामाङ, श्रीमती सरु महर्जन, यक बहादुर, मिना गुरुङलाई सदस्य समितिमा चयन गरेको हो । कुमार बि.क. प्रमुख सल्लाहकार, जितु खड्कालाई, विशेष सल्लाहकार र रघु तिवारीलाई सल्लाहकारमा सर्वसम्मतिले मनोनीत भएका हुन् । झहरमान थेबे लिम्बू, र रामसेवग महतो द्वयले सह-संयोजकको भुमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् ।


मध्यपुर्व संयोजक कुमार बि.क. प्रमुख अतिथि रहेका थिए । अतिथिहरुमा नेपाली जनसम्पर्क समितिका प्रतिनिधि पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष शालिकराम पन्त, जन प्रगतिशील मोर्चाका भिम केरूङ लिम्बू संघिय लिम्बुवान सामाजिक मंचका अध्यक्ष प्रदिप केरुंङ लिम्बू नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष काजी थापा मगर, नेपाली क्लवका महासचिव दिपक गुरुङ, गैर आवासीय नेपाली संघका लाल प्रसाद पुन मगर, नेप्लिज वेल्फेयर सोसाइटीका बिरेन्द्र बुढाथोकी, बृहत सामाजिक संस्थाका हर्क लो तामाङ, तमु समाजका महासचिव राजु गुरुङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष  बिरेन्द्र तुम्बापो लिम्बू, वरिष्ठ समाजसेवी गम ब. गुरुङ, प्रोफेसर डाक्टर मेदनी भण्डारी, लोकबन्धु कार्की, बहराईनमा स्थापित विभिन्न कृयाशील संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार एवं विशिष्ट ब्याक्तित्वहरू लगायत नयाँ शक्ति प्रति आस्थावान ब्याक्तित्वहरूले बाक्लो सहभागीता जनाएका थिए ।


मन्तब्यको क्रममा नेपाली ‘जनसम्पर्क समितिका पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष सालिकराम पन्त, जन प्रगतिशील मोर्चाका भिम केरङ लिम्बू लगायत अन्य वक्ताहरूले शुभकामना दिएका थिए ।

अन्तराष्ट्रिय नेपाली समाजका सह-संयोजक प्रमेश तमु गुरूङले बताए अनुसार नयाँ शक्तिले ५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरे । बहराईन तथा अन्य देशका सदस्यलाई छिट्टै समेट्ने जनाएको छ ।

उक्त समारोहमा सहभागीहरूलाई सित्तल नेपाली रेष्टुरेन्टका प्रवन्धक निमा शेर्पा, अमृता नाल्बो लिम्बु, झहरमान थेबे लिम्बूले भोजन ब्यावस्थापनको सौजन्य गरेका थिए ।

स्रोतका अनुसार विगत १२ वर्ष पूर्व भारत बाट विश्व साईकल यात्राको आरम्भ गरेका लोक बन्धु कार्कीले समारोहलाई सम्बोधन गर्दे भने । संसारको अग्लो "सगरमाथा" विश्व शान्तिका अग्रदुत "गौतम बुद्ध" को देशका स्वाभिमानी नेपालीहरु दिगो शान्ति, सहिष्णुता एवं आपसी सद्भाव तथा भाइचारा चाहन्छन ।


कतार, साउदी, हुँदै विभिन्न १३८ औं देशको भ्रमणको क्रममा बहराईन पुगेका कार्कीलाई थप प्रत्साहनका लागि भोजपुर हातेमालो सेवा समाजको पहलमा आर्थिक सह्योग जुटाएको थियो । स्वाभिमानी राष्ट्र नेपाल नेपालीलाई विश्वसामु चिनाउन थप टेवा मिलोस् भन्ने अभिप्रायले अन्तराष्ट्रिय नेपाली समाजले सोही समारोहमा सम्मान गरेको हो ।

“राजनैतिक स्थिरता, आर्थिक समृद्धि र सुशासनको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा भन्ने लक्षका साथ आयोजित सम्पन्न हस्ताक्षर अभियान कार्यक्रममा सहभागीलाई राम सेवक महतोको स्वागत तथा नयाँ शक्ति अभियान्ता झहरमान थेबे लिम्बूको संचालनमा संपन्न कार्यक्रम अन्तराष्ट्रिय नेपाली समाजका संयोजक समेत रहेका समाजका अध्यक्ष डुक्पा तामाङले सभापति गरेका थिए ।

Sunday, 12 March 2017

कतारमा ३५ औं मगर दिवस भब्य रुपमा सम्पन्न ।


बिजय कुमार मगर, दोहा कतार १२ मार्च २०१७
"एकीकृत मगरात स्वायत्त प्रदेश स्थापनाको साझा अभियानमा लागौ ! नेपाल मगर संघको ३५औ स्थापना दिवस भव्यताका साथ सफल पारौ !!" भन्ने मुल नाराको साथ बिश्वभर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकता भएको दिन मानि मगर दिवस भब्य रुपमा कार्यक्रमहरु गरि मनाएका छन् । यसै अवसरमा २०१७ मार्च १० ( बि. स २०७३ फागुन २७ गते) शुक्रबारका दिन नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय का.वा अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, दोहा कतारका का. वा अध्यक्ष  पुर्षोतम सुनुवारको प्रमुख अतिथिथ्यमा दोहाको नज्मा स्थित अल नक्यायन रेस्टुरेन्टमा ३५औं  मगर दिवस विबिध मगर सांस्कृतिक प्रस्तुतीहरुका साथ भब्य रुपमा सम्पन्न भयो ।


कार्यक्रममा नेपाल मगर संघ, शाखा कतार २०१७/०१८का सांस्कृतिक बाङ (राजा) रेशम आले मगर, एन.आर.एन.(एन.सि.सि.)कतारका बर्तमान अध्यक्ष बिनेश तामाङ र नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर ,नेपाल पत्रकार महासंघ कतारका महासचिव नवराज बिक र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ संग आबद्ध मातृ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरु बिशिस्ट अतिथि रहेका थिए भने अतिथिहरुमा दोहामा रहेका बैचारिक संस्थाहरु, धर्मिक  र जातिगत संस्थाहरु, जिल्लाबासी संस्थाहरु, नेपाल मगर संघ शाखा कतारका मातहतमा रहेका ९ वटा एरिया समितिका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी तथा बुध्दिजिवीहरु, संस्थाका मानार्थ सदस्यहरु बविन राई, रोशिका लामा  हुनुहुन्थ्यो ।


कार्यक्रमको उदघाटन सभापति, प्रमुख अतिथी र बिशिस्ट अतिथिहरु बाट कार्यक्रमको ब्यानर अनावरण  र दिप प्रज्वलन वाट शुरु भएको थियो । कार्यक्रममा राष्ट्र प्रति आगाध प्रेमको साथमा उपस्थित संपूर्णले नेपाली राष्ट्रिय गित र मगर राष्ट्रिय गित गाईएको थियो । नेपालका प्रथम शहिद क्या. लखन थापामगर र अन्य ज्ञात अज्ञात शहिदहरु प्रती सम्मान सहित  हार्दिक श्रद्धनञ्जली अर्पण गर्दै १ मिनट मौनधारण गरिएको थियो ।


कार्यक्रममा उपस्थित अतिथिहरुलाई  स्वागत मन्तब्यद्धारा स्वागत संघका केन्द्रिय सदस्य तथा भाषालिपि तथा साहित्य बिभागका  का.वा संयोजक अभिमत पुन मगरले गरेका थिए भने मगर दिवसको वारेमा संघका कोषाध्यक्ष केशव राना मगरले जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि, विशेष अतिथीहरु र अतिथिहरुलाई महिला सदस्य खगी पुन मगर, जिना पुलामी मगर, र जानू थापा मगरले खादाले सम्मान गरेका थिए।


कार्यक्रममा उपस्तिथ अतिथिहरु ले मन्तव्य राख्दै मगरहरुको एकता को भएको दिन फागुन १५ अर्थात मगर दिवसको शुभकामना व्यक्त गरेका  थिए भने मगर संघ कतारका कलाकारहरु भुपेन्द्र रिखाम मगर, केशव राना मगर , रविन मगर, नरेन्द्र लायो मगर , तिल बिक्रम थापा मगर , जिना पुलामी मगर , जानू थापा मगर , रमा मगर , पुर्णिामा मगर, कैलास मगर, राजेश श्रेष्ठ , अ्मर लामा , किरण लामा र प्रकाश ओलिले कार्यक्रममा मगर सास्कृतिक झल्काउने हुर्रा , मारुनी, कौडा साथै  आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए भने मगर संघ कतारका कला तथा सास्कृतिक बिभागका सचिव सोम थापा मगर सल्लाहकार डि एन मगर ,चर्चित लोकदोहोरी गायक बल बिक्रम थापा मगर र गायिका कमला गुरुङले सलोजो , आधुनिक  र लोकदोहरी गित गायर उपस्तिथ सम्पुर्ण लाई मनोरंजन गरएका थिए ।


कार्यक्रमका प्रमुख अथिती नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका का.वा अध्यक्ष पुर्षोतम सुनुवारले मगरहरुको एकता दिवसको शुभकामना दिदै सिङ्गो आदिवासी जनजातिहरु संघियता र पहिचानको लागि एकजुट भएर अघि बढनु पर्ने आवश्यकता रहेको जानकारी गराउनु भयो। अन्तमा बोल्नु हुँदै कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले ३५ औं मगर एकता दिवसको शुभकामना दिदै अहिले नेपालमा चलिरहेको मगरात ,पहिचान र संघीयता को लागि मगर संघ कतारले सक्दो सहयोग गर्ने जानकारी गराउनुभयो र कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गर्नु भयो ।
कार्यक्रम मगर संघ कतारका महासचिव बिजय मगर र सचिब रबीन थापा मगरले गर्नुभएको थियो ।