कृष्ण सारू मगर
मानमा-बहराईन १४ मार्च अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) ले "आजको निकास, आर्थिक विकास ! समृद्धि संभव छ हाम्रै पालामा !! " भन्ने लक्षका साथ आयोजित कार्यक्रमलाई महासचिव प्रमेश तमु गुरुङ तथा डुक्पा तामाङ द्वयको संयोजकत्वमा मानमा स्थित सित्तल नेपाली रेष्टुरेन्टको सभा हलमा १९ सदस्यीय कार्य समिति गठन गरेको छ ।
सदस्य समितिमा निम्न बमोजिम छन् ।
सचिवमा पदम गुरुङ र दिनेश ढुंगेल, रहेका छन् । पदम गुरुङ कोषाध्यक्ष, तथा अमृता नाल्बो लिम्बू र गुनाराज मगरलाई सह-कोषाध्यक्षमा पद दिईएको छ । निमा शेर्पा, तेम्बा शेर्पा, सोनाम दोङ तामाङ, श्रीमती सरु महर्जन, यक बहादुर, मिना गुरुङलाई सदस्य समितिमा चयन गरेको हो । कुमार बि.क. प्रमुख सल्लाहकार, जितु खड्कालाई, विशेष सल्लाहकार र रघु तिवारीलाई सल्लाहकारमा सर्वसम्मतिले मनोनीत भएका हुन् । झहरमान थेबे लिम्बू, र रामसेवग महतो द्वयले सह-संयोजकको भुमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् ।
मध्यपुर्व संयोजक कुमार बि.क. प्रमुख अतिथि रहेका थिए । अतिथिहरुमा नेपाली जनसम्पर्क समितिका प्रतिनिधि पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष शालिकराम पन्त, जन प्रगतिशील मोर्चाका भिम केरूङ लिम्बू संघिय लिम्बुवान सामाजिक मंचका अध्यक्ष प्रदिप केरुंङ लिम्बू नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष काजी थापा मगर, नेपाली क्लवका महासचिव दिपक गुरुङ, गैर आवासीय नेपाली संघका लाल प्रसाद पुन मगर, नेप्लिज वेल्फेयर सोसाइटीका बिरेन्द्र बुढाथोकी, बृहत सामाजिक संस्थाका हर्क लो तामाङ, तमु समाजका महासचिव राजु गुरुङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बू, वरिष्ठ समाजसेवी गम ब. गुरुङ, प्रोफेसर डाक्टर मेदनी भण्डारी, लोकबन्धु कार्की, बहराईनमा स्थापित विभिन्न कृयाशील संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार एवं विशिष्ट ब्याक्तित्वहरू लगायत नयाँ शक्ति प्रति आस्थावान ब्याक्तित्वहरूले बाक्लो सहभागीता जनाएका थिए ।
मन्तब्यको क्रममा नेपाली ‘जनसम्पर्क समितिका पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मंचका अध्यक्ष सालिकराम पन्त, जन प्रगतिशील मोर्चाका भिम केरङ लिम्बू लगायत अन्य वक्ताहरूले शुभकामना दिएका थिए ।
अन्तराष्ट्रिय नेपाली समाजका सह-संयोजक प्रमेश तमु गुरूङले बताए अनुसार नयाँ शक्तिले ५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरे । बहराईन तथा अन्य देशका सदस्यलाई छिट्टै समेट्ने जनाएको छ ।
उक्त समारोहमा सहभागीहरूलाई सित्तल नेपाली रेष्टुरेन्टका प्रवन्धक निमा शेर्पा, अमृता नाल्बो लिम्बु, झहरमान थेबे लिम्बूले भोजन ब्यावस्थापनको सौजन्य गरेका थिए ।
स्रोतका अनुसार विगत १२ वर्ष पूर्व भारत बाट विश्व साईकल यात्राको आरम्भ गरेका लोक बन्धु कार्कीले समारोहलाई सम्बोधन गर्दे भने । संसारको अग्लो "सगरमाथा" विश्व शान्तिका अग्रदुत "गौतम बुद्ध" को देशका स्वाभिमानी नेपालीहरु दिगो शान्ति, सहिष्णुता एवं आपसी सद्भाव तथा भाइचारा चाहन्छन ।
कतार, साउदी, हुँदै विभिन्न १३८ औं देशको भ्रमणको क्रममा बहराईन पुगेका कार्कीलाई थप प्रत्साहनका लागि भोजपुर हातेमालो सेवा समाजको पहलमा आर्थिक सह्योग जुटाएको थियो । स्वाभिमानी राष्ट्र नेपाल नेपालीलाई विश्वसामु चिनाउन थप टेवा मिलोस् भन्ने अभिप्रायले अन्तराष्ट्रिय नेपाली समाजले सोही समारोहमा सम्मान गरेको हो ।
“राजनैतिक स्थिरता, आर्थिक समृद्धि र सुशासनको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा भन्ने लक्षका साथ आयोजित सम्पन्न हस्ताक्षर अभियान कार्यक्रममा सहभागीलाई राम सेवक महतोको स्वागत तथा नयाँ शक्ति अभियान्ता झहरमान थेबे लिम्बूको संचालनमा संपन्न कार्यक्रम अन्तराष्ट्रिय नेपाली समाजका संयोजक समेत रहेका समाजका अध्यक्ष डुक्पा तामाङले सभापति गरेका थिए ।
No comments:
Post a Comment