बिजय कुमार मगर, दोहा कतार १२ मार्च २०१७
"एकीकृत मगरात स्वायत्त प्रदेश स्थापनाको साझा अभियानमा लागौ ! नेपाल मगर संघको ३५औ स्थापना दिवस भव्यताका साथ सफल पारौ !!" भन्ने मुल नाराको साथ बिश्वभर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकता भएको दिन मानि मगर दिवस भब्य रुपमा कार्यक्रमहरु गरि मनाएका छन् । यसै अवसरमा २०१७ मार्च १० ( बि. स २०७३ फागुन २७ गते) शुक्रबारका दिन नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय का.वा अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, दोहा कतारका का. वा अध्यक्ष पुर्षोतम सुनुवारको प्रमुख अतिथिथ्यमा दोहाको नज्मा स्थित अल नक्यायन रेस्टुरेन्टमा ३५औं मगर दिवस विबिध मगर सांस्कृतिक प्रस्तुतीहरुका साथ भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मगर संघ, शाखा कतार २०१७/०१८का सांस्कृतिक बाङ (राजा) रेशम आले मगर, एन.आर.एन.(एन.सि.सि.)कतारका बर्तमान अध्यक्ष बिनेश तामाङ र नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर ,नेपाल पत्रकार महासंघ कतारका महासचिव नवराज बिक र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ संग आबद्ध मातृ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरु बिशिस्ट अतिथि रहेका थिए भने अतिथिहरुमा दोहामा रहेका बैचारिक संस्थाहरु, धर्मिक र जातिगत संस्थाहरु, जिल्लाबासी संस्थाहरु, नेपाल मगर संघ शाखा कतारका मातहतमा रहेका ९ वटा एरिया समितिका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी तथा बुध्दिजिवीहरु, संस्थाका मानार्थ सदस्यहरु बविन राई, रोशिका लामा हुनुहुन्थ्यो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत मन्तब्यद्धारा स्वागत संघका केन्द्रिय सदस्य तथा भाषालिपि तथा साहित्य बिभागका का.वा संयोजक अभिमत पुन मगरले गरेका थिए भने मगर दिवसको वारेमा संघका कोषाध्यक्ष केशव राना मगरले जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि, विशेष अतिथीहरु र अतिथिहरुलाई महिला सदस्य खगी पुन मगर, जिना पुलामी मगर, र जानू थापा मगरले खादाले सम्मान गरेका थिए।
कार्यक्रममा उपस्तिथ अतिथिहरु ले मन्तव्य राख्दै मगरहरुको एकता को भएको दिन फागुन १५ अर्थात मगर दिवसको शुभकामना व्यक्त गरेका थिए भने मगर संघ कतारका कलाकारहरु भुपेन्द्र रिखाम मगर, केशव राना मगर , रविन मगर, नरेन्द्र लायो मगर , तिल बिक्रम थापा मगर , जिना पुलामी मगर , जानू थापा मगर , रमा मगर , पुर्णिामा मगर, कैलास मगर, राजेश श्रेष्ठ , अ्मर लामा , किरण लामा र प्रकाश ओलिले कार्यक्रममा मगर सास्कृतिक झल्काउने हुर्रा , मारुनी, कौडा साथै आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए भने मगर संघ कतारका कला तथा सास्कृतिक बिभागका सचिव सोम थापा मगर सल्लाहकार डि एन मगर ,चर्चित लोकदोहोरी गायक बल बिक्रम थापा मगर र गायिका कमला गुरुङले सलोजो , आधुनिक र लोकदोहरी गित गायर उपस्तिथ सम्पुर्ण लाई मनोरंजन गरएका थिए ।
कार्यक्रमका प्रमुख अथिती नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका का.वा अध्यक्ष पुर्षोतम सुनुवारले मगरहरुको एकता दिवसको शुभकामना दिदै सिङ्गो आदिवासी जनजातिहरु संघियता र पहिचानको लागि एकजुट भएर अघि बढनु पर्ने आवश्यकता रहेको जानकारी गराउनु भयो। अन्तमा बोल्नु हुँदै कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले ३५ औं मगर एकता दिवसको शुभकामना दिदै अहिले नेपालमा चलिरहेको मगरात ,पहिचान र संघीयता को लागि मगर संघ कतारले सक्दो सहयोग गर्ने जानकारी गराउनुभयो र कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गर्नु भयो ।
कार्यक्रम मगर संघ कतारका महासचिव बिजय मगर र सचिब रबीन थापा मगरले गर्नुभएको थियो ।







No comments:
Post a Comment