Friday, 24 February 2017

बौघा गुम्बा पाल्पामा ३५ औं मगर दिवस भब्य मनाइने ।


१४ फागुन २०७३
नेपाल मगर संघ बौघा गुम्बा गाउँ इकाई समिति पाल्पाले "यहि फागुन १५ गते बौघा गुम्बा मगर होम स्टे जाऔं, ३५ औं मगर दिवस मनाऔं" भन्ने नाराका साथ ३५ औं मगर दिवस भब्य रुपमा मनाउने अन्तिम तयारी गरेको छ । संघका अध्यक्ष टेक बहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकले बिभिन्न समिति तथा उप-समितिहरु गठन गरि प्रक्रियाहरु पुरा गरिसकेको जानकारी दिएको छ । ३५ औं मगर स्थापना दिवसको अवसरमा दीप ज्योति बौद्ध विहार बौघा गुम्बा-७ मा विहान ९ बजे बुद्ध पुजा गरि १० बजे विभिन्न संघ संस्था तथा क्लबहरुको ब्यानर, मगरी बाजा, प्ले कार्ड, नाचगानको साथमा झाँकी र अतिथिहरुको उपश्थितिमा र्याली उदघाटन गरिने र उक्त र्यालीले वडा नम्बर ४,५ र ६ हुँदै सर्बोदय उ.मा.बि. पुगी औपचारिक रुपमा कार्यक्रम गर्ने जानकारी गराएको छ ।
तस्तैगरि कार्यक्रममा मगरी खानाहरु, ठुलो नाँच, जिवै मामा नाँच, कौडा नाँच, मगरी बाजा, सालै जो नाँच, झ्याउरे नाँचको साथमा साधना साँस्कृतिक कला केन्द्र द्धारा आयोजित किड्स डान्सिङ आईकन २०७३ की उत्कृष्ठ नृत्याङ्गना ४ बर्षिय निक्की राना मगरको विशेष प्रस्तुतिहरु पनि रहने र नेपाल सेपाता राष्ट्रिय स्थरका खेलाडीहरु श्री नर बहादुर घर्ती मगर र श्री लिल बहादुर बुच्चा मगरको संयोजकत्वमा विशेष प्रस्तुति चोयाको बलबाट खेलिने प्रतियोगिता पनि हुने जानकारी गराईएको छ । कार्यक्रम संघका सचिब श्री चेत बहादुर अर्घाली मगरले गर्नुभएको थियो ।

No comments:

Post a Comment