कृष्ण सारू मगर
दोहा-कतार, ७ फेब्रुअरी सहानिया स्थित अल दोसारी पार्कमा गत ३ फेब्रुअरी सुक्रबारका दिन एभरेष्ट नेपाल युथ एसोसिएसनले प्रथम वार्षिकोत्सवलाई विविध सांस्कृतिक कार्यक्रम गरी भब्य मनाए ।
पोखरा बृद्बआश्रमको सह्योगार्थ साँस्कृतिक कार्यक्रमको संचालन बलहरि राना मगर र आशा थापा मगरले संयुक्तरूपमा गरेकी थिए । नेपाल देखि आएका विभिन्न विधाका राष्ट्रिय कलाकारहरू संगीतकार तथा चर्चित गायक कमल खत्री, मोडल तथा नायिका बेनिशा हमाल, लोक दोहोरी गायिका बन्दना पाण्डेको साँगितिक प्रस्तुतिले दर्शक तथा गीत संगीत पारखी सबैमा भरपुर मनोरञ्जनका लागि स्थानीय कलाकारहरूले साथ दिए । चिसो मौसमलाई निकै उत्साहित तथा थप रोचक बनाउन राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका के.सी. गुरूङले उद्घोषिकाको भुमिका निर्वाह गरेकी हुन् ।
प्रमुख अतिथि, विशेष अतिथि सभापतिले सोही कार्यक्रमा गायक रबिन राईको "ज्यानै जाने भो" गिती एल्बमलाई लोकार्पण पश्चात् स्रोत तथा शुभेच्छुकका लागि सार्वजनिक गरेको संस्थाका महासचिव बलहरि राना मगरले बताए ।
गैर आवासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका सह-सम्योजक उमेश अधिकारी प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिहरुमा सस्थाका प्रमुख सल्लाहकार बिल गुरुङ, माया के.सी, तेजेन्द्र महत, कृष्ण गुरुङ, बसन्त फिल्मस प्रा.लि.का प्रबन्ध निर्देशक ईश्वर काफ्ले, NRNA NCC का द्धितिय उपाध्यक्ष प्रबिन गुरूङ, बिनोद भट्टराई, नेपाल पत्रकार महासंघ बैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे, कृष्ण बराल, अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष भबिन्द्र तामाङ, नेपाली जनसम्पर्क समितिका अध्यक्ष केशब भुषाल, कमल खत्री, बेनिशा हमाल, बन्दना पाण्डे, देविका के.सी गुरूङ, बिमल सुवेदी, क्रान्ति सिँ, रमेश क्षेत्री, राजु गुरूङ, राकेश श्रेष्ठ, अब्दुल वासिद, मोहम्मद मुक्तादा, हुसैन खान, बिक्की बिक, रामचन्द्र पन्त, दिन्सन बोहरा, मामुन खान थिए । यसै गरी मन प्रसाद राना मगर, रस गुरूङ, बिजय कु. मगर, पाण्डप थापा मगर, बिजय रानापाली, बिष्णु लाल श्रेष्ठ, बुद्ध पाण्डे, दीपेन्द्र लामिछाने, बसन्त थापा, श्याम डि.सी. राकेश श्रेष्ठ, रुद्र शर्मा स्थानीय पत्रकार लगायत अन्य विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएका थिए ।
उक्त कार्यक्रमलाई व्यवस्थापनको जिम्मेवारी तेजेन्द्र महत पाएका थिए । सन्दिप कुमार भट्टराई र नरेन खड्का द्वयले कलाकार संयोजक गरेका हुन् ।
सस्थाका प्रमुख सल्लाहकार बिल गुरूङको स्वागत तथा सचिव जीबन श्रेष्ठको सन्चालनमा सम्पन्न अध्यक्ष उत्तम गुरूङले सभापतित्वमा गरेका थिए ।
No comments:
Post a Comment