कृष्ण सारू मगर
मस्कट-ओमन, ७ फेब्रुअरी ऐतिहासिक ३५औं "मगर दिवस" को अवसरमा नेपाल मगर संघले दोस्रो साँस्कृतिक प्रस्तुति कार्यक्रमलाई यहि आउँदो ३ मार्च सुक्रबारका दिन रूवी स्थित अल मासाको सभाहलमा भब्यरूपमा मनाउने भएको छ ।
संघको निमन्त्रणामा नेपालका प्रख्यात राष्ट्रिय कलाकाररू चर्चित मोडल तथा राष्ट्रिय लोक तथा दोहरी गायक रामजी खाँण गायिका अमृता लुङ्गेली मगर, र नृत्यङ्गना मेघना रजाली मगरको साथमा नेपाली मौलिक परम्परागत संस्कृति झल्किने प्रस्तुतिको साथमा स्थानीय विभिन्न विधाका कलाकारहरूको धमाकेदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराउने सुक ब. थापा मगरले राज्यसत्ता डटकमलाई बताए ।
मगर संघ ओमन ।
" ईतिहास, भाषा, संस्कृति, संरक्षण-संवर्द्धन मगरहरूको मुल मन्त्र ! जातीय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र !!" भन्ने मुल मन्त्रलाई अनुसरण गरि नेपाल मगर संघले "जहाँ मगर त्यहाँ मगर संघ" भन्ने उद्धेश्यका साथ २०११ मा स्थापित विशुद्ध संस्था हो ।
समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ संस्था, संगठनमा आवद्ध, समाजसेवी, बुद्धिजिवि, उधोग, ब्यवसायी, कलाकार तथा, खेलाडी एवं विभिन्न मिडियामा आबद्ध पत्रकारवन्धु लगायत समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त ३५औं मगर दिवस कार्यक्रमलाई भब्य र सभ्य संपन्न गराउन गरिमामय उपस्थितिका लागि नेपाल मगर संघ केन्द्रीय समिति आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।
नोट: विस्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित सम्पर्क गर्नु हुन !
No comments:
Post a Comment