Thursday, 9 February 2017

जनमुक्ति मन्च कतारले पार्टीको "२६ औं स्थापना दिवस" मनायो ।


कतार ,९ फेब्रुअरी २०१७
 जनमुक्ति मञ्च कतारले, राष्ट्रिय जनमुक्ति पार्टीको २६ औ स्थापना दिवस दोहाको अम्वाज रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस भब्य रुपमा मनाएको छ ।

२०४६ सालमा बहुदलीय ब्यबस्थाको पुनर्बहालीपछि २०४७ सालमा एम.एस. थापाको अध्यतामा स्थापना गरिएको पार्टी मूलत : संघीयता, धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, अल्प-संख्यकको स्वायतत्ता जस्ता मूल मुद्दाहरू लिएर स्थापना भएको थियो, र आज यी मुद्दाहरू नै राज्यको मुल बहसको बिषय बनेको छ ।



     उक्त कार्यक्रम मन्चका अध्यक्ष श्री राज खम्बु (खालिङ) राई ज्युको अध्यक्षतामा र मन्चका सल्लाहकार श्री मन थापा मगर ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अन्य अतिथिहरु श्री केशव जि. एम.,तोर्न लिम्बू, सन्तु राना मगर, सीप मगर, बुद्ध जि.एम र अमर मगर रहेका थिए । मंचका सचिव लीला दुमि राईको संचालन रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले पार्टीले २६ औ स्थापना दिवस मनाइरहदा पार्टीको  यो लामो संघर्षको अन्तरालमा पहिचान सहितको संघीयता, समानुपातिक प्रतिनिधित्व, भ्रस्टाचारीलाई देशद्रोहीको कानुनी ब्यवस्था, महिला, सिमान्त्कृत, दलितहरुको लागि विशेष ब्यवस्था आदि जस्ता बिबिध  मुद्दाहरुको उठान गरिरहदा ती मुद्दाहरुलाई जारी संविधानले पनि पुर्णरुपमा सम्बोधन नगरेकोले ती अधिकारहरुलाई संविधानमा लिपिबद्ध गराउन निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाउनुभयो ।


          कार्यक्रमलाई समापन गर्ने क्रममामा बोल्दै अध्यक्ष श्री राज खम्बु (खालिङ) राईले जबसम्म उत्पीडित जातीहरुको मुक्ति हुदैन तबसम्म राष्ट्रिय जनमुक्ति पार्टी  मुक्तिको लागि लडिरहने बताउदै दोस्रो संविधान अपाङ्ग संविधानको रुपमा नेपाली जनताले प्राप्त गरेको भन्दै यो संविधान काम नलाग्ने बताए, यो अपाङ्ग संविधानलाई अधिकारपूर्ण र  जनताको संविधान बनाउनको लागि  नेपालका आदिवासी जनजाती, दलित, मधेसी, महिला, सिल्पीहरुको अधिकारलाई संविधानमा तत्काल सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए ।

No comments:

Post a Comment