Friday, 10 February 2017

मगर संघले मानर्थ सदस्य तामाङलाई गर्यो उपचार्थ सहयोग ।


कृष्ण सारू मगर
दोहा-कतार, ११ फेब्रुअरी नेपाल मगर संघ शाखा कतारको मानर्थ सदस्य हेटौंडा-७ मकवानपुरकि माईली मायाँ वाईवा तामाङलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेरू १,०६,२१०/- (अक्षरूपी) एकलाख छ हजार दुईसय दश रूपैयाँ संघका अध्यक्ष महेन्द्र थापा मगरले स्थानीय भद्र भलाद्मीको उपस्थितिमा गएको ३० जनवरीका दिन उनको निवासमै पुगेर हस्तान्तरण गरेका छन् ।

स्रोतका अनुसार मानर्थ सदस्य तामाङ अस्वास्थ्यका कारण नेपाल एयरलाइन्सको उडान बाट गएको १ जनवरीका दिन उपचारका लागि स्वदेश गएकी हुन् । उपचारका लागि सक्दो सह्योग जुटाउन सघका अध्यक्ष मगरले प्रतिवद्धता जनाए अनुसार उनलाई मानवीयताको कर्तव्य बोध गरी सहयोग गरेको संघका महासचिव बिजय कुमार मगरले गुम्बेली डटकमलाई बताए ।

रोजगारीको शिलशलामा कतार आएकी हेटौंडा-७ मकवानपुरकि माईली मायाँ वाईवा तामाङले संघको मातहतमा रहेको साँस्कृतिक विभागीय आजीवन सदस्य हुँदै, ८ जनवरी २०१६ का दिन संघको मानर्थ सदस्य प्राप्त गरि कुशल कला र प्रतिभाले विगत लामो समय देखी संघलाई योगदान दिदै आएकी थिईन ।

No comments:

Post a Comment