कृष्ण सारू मगर
दोहा-कतार, फेब्रुअरी १८ " हाम्रो इतिहास, हाम्रो गौरव " भन्ने मुलमन्त्रका साथ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ र नेपाल मगर संघ कतार शाखाले संयुक्तरूपमा १७ फेव्रुवरी २०१७ सुक्रबारका दिन टपफर्म रेष्टुरेण्टको सभाहल नेपालका प्रथम सहिद लखन थापा मगरको १४०औं स्मृति दिवस मनाएको छ ।
मगर संघका सचिव रविन थापा मगरले प्रथम सहिद क्या. लखन थापा मगरको इतिहास, जीवनी र विविध विषयमा प्रष्टाउँदै, स्वागत मन्तब्य राखेका थिए ।
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष तिर्थ संगम राईले १४० औं लखन थापा मगर स्मृति प्रति समर्पित कविता बाचन गरेका थिए । पत्रकार महासंघका अध्यक्ष गणेश बन्जाडेले राज्यले प्रथम सहिद घोषित गरेता पनि प्रभावकारी हुन नसकेकोमा दु:ख ब्यक्त गरे । पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार भुपराज दुवाडीले लखन थापा मगरको इतिहास, र उनका सन्ततिको पनि खोज अनुसन्धान तर्फ जोड पर्ने धारणा राखेका थिए । जनसम्पर्क समितिका रामजी खत्रीले भुजेल सेवा समाजका अध्यक्ष नियम भुजेल, महासचिव ई.नन्द गर्बुजा मगरले सामान्य ज्ञान तथा हाजिरी जवाफ प्रतियोगिता मात्रै समित रहेता पनि पाठ्यपुस्तकमा समावेश नगरिएको राज्यसत्ताको विभेदकारी नीतिले संघियता र पहिचानवादी समुदायलाई चरम शोषण गरेको औंल्याए ।
संघिय लिम्वुवान समाजका तिल बिक्रम थेबे लिम्बूले निरंकुश जहानिया शासनका विरूद्ध विद्रोहमा उत्रेका प्रथम सहिद क्या.लखन थापा मगरका भनाइलाई उद्धृढ गर्दै भने, यदि मेरो शरीर सुकेर गए मेरा प्रगतिशील विचार पुनर्जिवित भई अमर रहने उल्लेख गरे । यो तीन दलिय गठवन्धन सरकार कुर्सीको मोहमा लागेर पहिचानवादी समुदाय प्रति उत्तरदायी नभएकोले १७ हजार सहिद आ-आफ्ना दल र समुदायलाई पहिलो प्राथमिकता दिएकाले प्रथम सहिद ओझेलमा पारिएको हो । थेबेले भने । जनप्रगतिशिल मंचका रकम ध्वज राई तथा अन्य वक्ताहरूले आ-आफ्नै धारणा राख्दै भने, सहिद, कुनै, जाति, धर्म, वर्ग विशेष नभई सिङ्गो नेपालको रहने तर्क लगाउँदै, वैचारिक संस्था र नेपालीहरूका छाता संगठनले नेपाली दुतावासको समन्वयमा स्मृति दिवस मनाएमा ज्ञात, अज्ञात सहिदको सम्मान हुने धारणा राखे ।
प्रथम सहिद लखन थापा मगरको वारेमा खोज अनुसन्धानमा कृयाशिल हुन जिल्लावासी समाज गोरखाको पनि उत्तरदायित्व रहने भएकोले ऐतिहासिक कार्य थालनीमा लाग्न पहल गर्ने वचन दिएका विशेष अतिथि रेशम आले मगर कतार स्थित मगरहरूका २०१७÷१८ एक वर्षे कार्यकालका मगर (बाङ) राजा गोरखाका स्थानियवासी हुन् ।
विषेश अतिथि, मगर संघका प्रमुख सल्लाहकार भिम तरामु मगरले भन्नू भयो अग्रज बुद्धिजीवीहरूले विभिन्न अध्यन अनुसन्धान पश्चात इतिहास पल्टाउँदै, जाने क्रममा प्रथम सहिद क्या. लखन थापा मगरका विभिन्न तथ्यका आधारमा राज्यको विभिन्न निकायमा पुगेर उहाँका दस्तावेजहरू पेश गरियो ।
अन्ततः दशकौ वर्षको अन्तराल पछि ३ असोज २०७२का दिन प्रथम सहिदको दर्जा त दिईयो । तर, विडम्बना प्रथम सहिद भनि घोषणा गरिएता यस पनि विभेदकारी नीति र अपमान प्रति नेपाल मगर संघ शाखा कतार गम्भीर ध्यानाकर्षण गरेको छ ।
प्रमुख अतिथि सियाराम चौधरीले भन्नू भयो कि, देशद्रोहीको आरोपमा तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाको निर्देशनमा २ फाल्गुण १९३३का दिन निर्मम हत्या भएका लखन हुन् । उहाँले थप्दै भन्नू भयो कतिपय पराजय, यस्तो पनि हुन्छ त्यो विजय भन्दा पनि महान हुन्छ । सिङ्गो समाज परिवर्तनका लागि आफ्नो जीवन याहुती दिएका गोरखाका राजाका रूपमा मान्यता पाएका उनै बाल्यकालको नाम लक्षमणसिँ थापा मगर नै हो ।
प्रमुख अतिथिमा महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी रहनु भएको थियो । विशेष अतिथिमा मगर (बाङ) राजा रेशम आले मगर, गैरआवासीय नेपाली संघ समन्वय परिसदका महासचिव ई.नन्द गर्बुजा मगर, मगर संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, ने.प्र.आ.ज.महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे रहनु भएको थियो । जनप्रगतिशिल मन्चका रकम ध्वज राई, प्रवासी नेपाली मञ्चका हरि कुमार बस्नेत, थारू कल्याणकारी सभा च्याप्टरका अरविन्द चौधरी, महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, वैचारिक तथा क्षेत्रीय, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, अन्तराष्ट्रिय साप्ताहिक राजधानीका दिल कुमार श्रेष्ठ, राज्यसत्ता डटकमका संवाददाता कृष्ण सारू मगर लगायत विशिष्ट ब्याक्तित्वहरूलाई सीता राई र जानू पुन मगरले अतिथि सत्कार गरेकी हुन् ।
कार्यक्रम संयोजक समेत रहेका मगर संघका महासचिव बिजय कुमार मगरको स्वागत तथा महासंघका का.बा.महासचिव भाईकाजी गुरूङको संचालनमा सम्पन्न कार्यक्रमलाई महासंघका का.बा. अध्यक्ष लिलम चिदी मगरले गर्नु भएको थियो ।
No comments:
Post a Comment