कृष्ण सारू मगर,
दोहा-कतार, १९ वैदेशिक रोजगारीका शिलशिलामा दोहा आएकी जिमुरे ६ नाघिधार कास्की सलिना थिम्छे तमुस्योलाई १७ फेब्रुअरी शुक्रबारका दिन दोहाको म्युजियम पब्लिक गार्डेनमा तमु प्ये, ल्हु संघले सम्मान तथा विदाई गरेको छ ।
विगत डेढ वर्ष पूर्व संघको स.प्र.नं २१४ प्राप्त गरेकी सलिना थिम्छे तमुस्योले संघलाई तन, मन, वचन र कर्मले लगनशीलताको उच्च मुल्यांकन गरि संघका अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमुले (क्रमु) पछ्यौरी ओढाए । संघको मातहतमा रहेको महिला विभागकी संयोजक सविता ल्हेंगे तमुस्योले पछ्यौरी ओढाएर सम्मान गरेका छन् । संरक्षक युद्धजंग प्हच्यु तमु, प्रमुख सल्लाहकार अमर ल्हेगे तमुको सह्योगमा संघले मायाको चिनो उपहार सुन ५ ग्राम सहित कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
कास्की आदर्श सेवा समाजले समाज प्रति दिएको योगदानलाई कदर गर्दै, (क्रमु) पछ्यौरी ओढाएर सम्मान पत्रले सोही समारोहमा कलाकार सलिनालाई सम्मान गरेका हुन् ।
संघका अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमुको अध्यक्षतामा बसेको पहिलो बैठकले सोम प्रु क्ल्हेप्री तमु, रेशम पह्च्यु तमु, सारा लेम तमुस्यो, क्षेत्र ब. थिम्छ्र तमुलाई विभिन्न विभागीय पदमा पदपूर्ति गरेको छ । यसैगरी आस ब.योज्मे तमु, ईच्छे पह्च्यु तमु, युबराज प्ल्हे तमु, रेखमान टु क्ल्हेप्री तमु गुरूङलाई सल्लाहकार समितिमा सर्वसम्मतिले मनोनीत गरेको हो । संस्थापक सदस्य समेत रहेकी अनिता क्रोम्छे तमुस्योलाई संघले महिला संयोजकको महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।
निवर्तमान महिला संयोजक अनिता क्रोम्छे तमुस्यो तथा सदस्य क्षेत्र ब. थिम्छे तमु गुरूङका पुजनीय पिता प्रति श्रदासुमन अर्पण गरी क्ल्ह्प्री खेगी चिबा रिपा लगाई स्याई-स्याई गरे ।
No comments:
Post a Comment