Monday, 30 January 2017

पाल्पाली समाजले दुर्घटनामा परि मृत्यु भएका परिवारलाई दिए सहयोग ।


कृष्ण सारू मगर,
युएई-३१ जनवरी, पाल्पाली समाजले गएको २५ डिसेम्बर २०१६का दिन युएईमा हृदयघात भै ज्यान गुमाएका स्व. बिष्णु ब. थापा मगरको परिवारको आर्थिक सहयोगका लागि २४ जनवरीका दिन केश ब. बाह्रघरे मगरको नाउँमा नेरू १,२५,०००/- अक्षरूपी (एकलाख पच्चीस हजार) आई.एम.ई. बैकको पाल्पा शाखा बाट पाउने गरि उक्त रकम पठाएको थियो ।
पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेड पाल्पा शाखाको खाता नं- ५२०९६७०२ प्रतीक थापालाई शिक्षादिक्षामा प्रत्यक्ष लाभ पुर्‍याउने हेतुले मृतकका ६ वर्षीय नावालक छोराका संरक्षकले प्रत्येक दुई वर्षमा नविकरण ब्यावस्था कायम रहने गरि नेरू १ लाख बराबरको मुद्धती खाता खोलेको हो ।


किरिया खर्चका लागि फुजेरा क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर घर्ती मगरको सहयोगमा स्व. थापाका धर्मपत्नी टिकु माया थापा मगरलाई समाजले थप नेरू. २५ हजार प्रदान गरेको छ ।

हृदयघातका कारण ३१ वर्षको अल्पायूमै निधन भएका थापा रोजगारीको शिलशिलामा ४ वर्ष अघि दुवईको लुलु भिलेज मोहिस्ना शाखामा सेल्सम्यानको रुपमा कार्यरत बर्मु, जल्पा ९ पाल्पाका हुन् ।

स्रोतका अनुसार पाल्पाली समाजले यस अघि रामटार स्थित जनकल्याण माविको कक्षा ९ र कक्षा ६ मा अध्यनरत वर्ष १५ का रोशन र १२ वर्षकी मनिषा विकको नाउँमा ५० हजार बराबरको अक्षकोषका लागि अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थामा संयुक्त खाता खोलेको समाजका महासचिव वेद प्र. अर्यालले बताए ।


रामपुर ४ रजघराका स्व. माधव गैरेका परिवारलाई किरिया खर्च सहित नेरू. ७५ हजार सहयोग प्रदान गरेको थियो । रामपुर ११ रामटारका स्व. बाबुराम बि.क.का परिवारलाई थप नेरू २५ हजार फुजेरा क्षेत्रीय अध्यक्ष घर्ती मगरले एक कार्यक्रम गरी हस्तान्तरण गरेका हुन् ।

Saturday, 28 January 2017

संघिय लिम्बुवानले १०+१ नछाड्ने, पहिचानबादी दलको गठबन्धन ।


कृष्ण सारू मगर
दोहा-कतार, २९ जनवरी पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौँ भन्ने उद्धेश्यका साथ संघिय लिम्बुवान लोकतान्त्रिक मञ्च संवद्ध रहेको संघिय लिम्बुवान मञ्चले सनैयाको ग्रैण्ड मल स्थित क्रिकेट खेल मैदानको तत्वधनमा दोस्रो अधिवेशन तथा "प्रवासी स्मारिका" लोकार्पण कार्यक्रमलाई संघिय लिम्बुवान लोकतान्त्रिक मञ्च नेपालका अध्यक्ष कुमार लिङ्गदेन "मिराक" को प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।


माओवादी केन्द्रका शनि कुमार वली, तराई मधेस लोकतान्त्रिकका महमद हुसेन खान, समाजसेवी कमलमणि गुरागाईं, जिल्लावासी समाजको प्रतिनिधित्व गर्दै सु.पश्चिम से.समाजका अध्यक्ष, अमृत शाही लगायत अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए ।


मन्तब्यको क्रममा नेपाली महिला समाजकि प्रथम उपाध्यक्ष अमिना खानले सबै महिला तथा नेपालीहरू बदनामले होइन ईमानले नाम कमाउन जोड दिनु पर्ने बताए । नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडेले हरेक संघ, संस्थाको स्मारिका सबै भन्दा महत्त्व रहने उल्लेख गरे । नेपाल प्रवासी आदिवासी-जनजाति महासंघ विशुद्ध मातृभाषिक समुदायको छाता संस्था हो । विभिन्न साँस्कृतिक पहिचान, धार्मिक तथा राजनैतिक आश्थावान समुदायको शाझा संस्था रहेकोले राजनैतिक संगठनको तर्जुमा नराख्न सबै पक्षमा महासंघका महासचिव शिव भुजेलले आग्रह गरे ।


हिजो राणा तथा पञ्चायतकालिन दिनमा अशिक्षा, अचेतनाको कारणले दासी बनेका हुन् । आज २१ औं सताब्दीको वैज्ञानिक तथा प्रगतिशील ईक्षा शक्ति र स्वतन्त्र मनका कर्तब्यनिष्ठ नेपाली भुमिपुत्र आदिवासी-जनजातिका सन्तति कुलमान घिसिङ तामाङको उधारण दिँदै, संघिय समाजवादीका चन्द्रशेर राई, र किराँत याक्थुङ चुम्लुङका मन ब.आङ्बोले दासता बाट उन्मुक्तिका लागि जस्तोसुकै चुनौतिका लागि सामर्थ्य रहेको दावी गरे ।


भाषिक, धार्मिक, साँस्कृतिक पहिचान र अधिकारका लागि आवाज उठाउँदा जातिबादी, साम्प्रदायिक, विखण्डनकारीको विल्ला भिराएका राज्यसत्ता संचालक दल तथा नेतृत्वलाई प्रश्न गर्दै, राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताका बारेमा राष्ट्रिय जनमुक्ति मञ्चका मन ब.थापा मगरले प्रष्ट पारे ।
नयाँ शक्ति नेपाल कतार संयोजक बिबि खरालले लिम्बूवानले वा आदिवासी जनजातिसमुदायले नेपाली माटोको पहिचान र अस्तित्व जोगाएर राष्ट्रवादी भएको दावी गरे ।


अन्तराष्ट्रिय नेपाली साहित्यीक समाजका अध्यक्ष तिर्थ संगम राईले आफ्नो ईतिहास, पहिचान र माटोको अस्तित्वमा समर्पित "मेरो देश शिर्षक" कविता वाचन गरेका थिए ।


दिलकिरण खजुमले ७ प्रदेशलाई समर्थन जनाउँदै घुमाउरो भाषामा पहिचान र संघियतालाई अस्वीकार गरे । नेपाल राष्ट्रियताको हकमा संघियाले फाईदा नहुने तर्क लगाउँदै नेपाली एकता समाजका मदन श्रीसले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै, सिँह दरवार केन्द्रीकृत एकात्मक ब्यावस्थापन संरचनाको अन्त्य हुनु पर्ने धारणा राख्दै भने, संघियता, पहिचान, धार्मिक, साँस्कृतिक, भाषिक, समाजिक तथा विविध विषयमा प्रटाउँदै झण्डै २६ औं सताब्दी अगाडि विश्व शान्तिका दुत गौतम बुद्धले ल्याएको संघीय प्रणालीको ब्याख्या विश्लेषण सहित प्रमुख अतिथि कुमार लिङ्देन "मिराक" ले लिम्बुवान मञ्चले १०+१ लाई सफल बनाउन पहिचानवादी दलहरूको संघिय गठवन्धनका भएको बताए ।
उहाँले थप्दै भन्नु भयो बाहुन बाधक नभएको उल्लेख गर्दै सबैभन्दा पहिलो प्रदेशी भुमिमा एक नेपालीले अर्को नेपालीलाई सह्योगका लागि एक जुट हुन आग्रह  गर्दै नवनिर्वाचित पदाधिकारीलाई अग्रिम शुभकामना दिए ।


नेपाली महिला समाजका अध्यक्ष समेत रहेकी मञ्चकी केन्द्रीय सदस्य रेखा राईको स्वागत तथा महासचिव तिल बिक्रम थेबे लिम्बू र उपमहासचिव डम्बर लिवाङ लिम्बूले संयुक्तरूपमा संचालित कार्यक्रमको सभापति मञ्चका अध्यक्ष नरेन्द्र कुमार एभेङ लिम्बूले गरेका थिए ।


Wednesday, 25 January 2017

मृगौला पिडितलाई, मगर संघले सहयोग गर्यो ।


कृष्ण सारू मगर
मस्कट ओमन, २५ जनवरी जहाँ मगर त्यहाँ मगर संघ भन्ने उद्धेश्यका साथ २०११ मा स्थापित नेपाल मगर संघ ओमानले "सेवा नै धर्म हो" भन्ने मुल्य र मान्यतालाई अनुशरण गरि ओमानमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग विभिन्न समाजिक कार्यमा समन्वय, सहकार्य, तथा भातृत्व एकता गर्दै विभिन्न प्रकारको समस्यालाई समाधानमा स्थापनाकाल देखि नै सह्योग कार्यमा निरन्तरता दिँदै आएको छ ।


स्थाई घर नमुना १ मदनपोखरा बस्ने मृगौला पिडित मान ब. आले मगरको आर्थिक अवस्था दयनीय भएको संवन्धमा मदनपोखरा नमुना गाविस पाल्पाले आर्थिक सह्योगका लागि जारी गरिएको चलानी नं १९६ पत्र संख्या नं- २०७१/०७३ को परिपत्र अनुसार संघको विशेष पहल तथा संघकी महिला सदस्य शान्ति आले मगरको सकृयतामा अक्षरूपी (चौवन्न हजार चारसय त्रिहत्तर) नेरू. ५४,४७३/- संकलन गर्न सफल भएको हो ।

गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल बुटवल स्थित झण्डै १ वर्ष देखी मृगौलाको डायलासिस गर्दै आएका आले मगरलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मगर संघले संकलित रकम अमृता राना मगरको नाउमा २१ जनवरी सनिवारका दिन हिमालय बैकको बुटवल शाखा बाट पाउने गरी नेरू. ५४,४७३/- पठाएको थियो ।


अमृता राना मगर भन्छिन प्राणी जगतमा मानव सबैभन्दा चेतनशील प्राणी हुन् । जीवन रक्षाका लागि आर्थिक सह्योग कार्यमा हातेमालो गरेका सबै पक्षमा विशेष आभार प्रकट गर्दै उपचारका लागि पठाको सह्योग रकमलाई ग्रहण गर्दै सम्पुर्ण नेपाल मगर संघ ओमन परिवार प्रति मृगौला पिडित मान ब.ले हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् ।

पाल्पाली समाजले, गृह जिल्लामा अक्षयकोष स्थापना तिब्र गतिमा गर्दै ।

कृष्ण सारू मगर
युएई २४ जनवरी पाल्पाली समाज युुएईले गृह जिल्लाको १ गाबिसको १ विद्यालयलाई अक्षयकोष स्थापनाको पहिलो चरणमा जिल्लाका २० गा.बि.स.मा तदारुकताका साथ जुटेको समाजले विदामा आएका ६ जना प्रतिनिधिले देविनगरको मातृभुमि माविको विधालयमै पुगेर अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको हो ।


युुएई फुजेरा क्षेत्रका अध्यक्ष इन्द्र बहादुर घर्ती मगरका अनुसार समाजले जिल्लाका प्रत्येक गाबिसको १ बिद्यालयमा अक्षयकोष स्थापना, युुएईमा भएका विविध घटना, दुर्घटना एवंम प्राकृतिक प्रकोप बाट पिडितलाई समाजले सह्योग र अक्षयकोष स्थापनाको उद्देश्यबारे जानकारी गराए ।

स्रोतका अनुसार समाजका प्रतिनिधि केशब बहादुुर बाह्रघरे मगर, राम बहादुुर सारु मगर, दुुर्गा बाह्घरे मगर, भीम बहादुर थापा, भुवन बि.क.ले समाजको एक्यबद्धता र जिल्लाका अधिकाँस पाल्पालीहरुको एउटै साझा अभियान गृह जिल्लाको विकासको लागि तानसेन र रामपुर नगरपालिका प्रवेश स्वागत द्वारको निर्माण प्रक्रियामा रहेको अवगत गराए ।


आफ्नो जिविको पार्जन संगै परिवारको सुनौलो भविष्यको कल्पना बोकेर श्रमिका लागि दुवईमा पुगेका महान प्रगतिशील तथा समाजसेवी जसले समाज सेवाको लागि उधारणीय कार्यमा जुटेर ग्रामिण शिक्षा र विकास निर्माण कार्यमा रहेको अग्रणि भुमिकाको स्थानिय पत्रकार भुुवन सिंजाली मगरले खुलेरै प्रशंसा गरेका थिए ।

अक्षयकोष स्थापनाका लागि आफ्नो बिद्यालय छनौटमा परेकोले पाल्पाली समाज युएईलाई बिद्यालयका सहायक प्रध्यानाध्यापक यम बहादुर खत्रीले विशेष धन्यवाद दिदै प्रशंसा पत्र प्रदान गरेका हुन् ।


शिक्षक लक्ष्मण कुमार के.सी.को स्वागत तथा शिक्षक पितम प्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष भोज बहादुुर मश्राङ्गी मगरले अध्यक्षता गरेका थिए।

Monday, 23 January 2017

आदिबासी जनजाती महासंघ कतारले चित्रकारलाई सम्मान गर्यो ।


कृष्ण सारू मगर
दोहा-कतार, २३ जनवरी नेपाली प्रवासी आदिवासी जनजाति महासंघले विभिन्न मातृ संस्था तथा क्षेत्रीय संस्थाको समन्वयमा नेपाल देखि आएका आदिवासी जनजाति चित्रकारलाई महासंघका का.बा अध्यक्ष लिलम चिदि मगरको सभापतित्वमा दोहाको भुईयान रेष्टुरेन्टको सभाहलमा २२ जनवरी आईतबारका दिन भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।


विषेश अतिथि शिलसा राजभण्डारी, मेख लिम्बू, डा. डिना बाङ्देल, डा. बिभाकर साक्य, महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी, संस्थापक सदस्य दिल किरण खजुम लिम्बू, सल्लाहकार सदस्य, चन्द्रशेर राई रहेका थिए ।


महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू गैर आवासीय नेपाली संघका महासचिव ईन्जिनियर नन्द प्र. गर्बुजा मगर स्थानीय पत्रकार विशिष्ट ब्याक्तित्वहरूले सहभागिता जनाएको समारोहमा चित्रकारको यो कला र प्रतिभाको परिचय संगै कतार र नेपाल राष्ट्र विच भातृत्व एकताले देशको गौरव बढाएकोमा वक्ताहरूले शुभकामना दिँदै चित्रकार हितमान गुरूङ, शिलसा राजभण्डारी, मेख लिम्बूलाई महासंघले सम्मान गरेको हो ।


सोही समारोहमा महासंघमा आवद्ध मातृ संस्था नेवा पु:च, किराँत याक्थुङ चुम्लुङ, तमु (गुरूङ) समाज रहेका छन् ।
धनकुटा सेवा समाज र तमु प्हेँ ल्हु संघले समन्वय गरेका प्रमुख तथा प्रतिनिधि वक्ताहरूले शुभकामना दिँदै आ-आफ्नो पहिचानको चिनारीलाई उपहार प्रदान गर्दै संघका अध्यक्ष, तथा विशिष्ट पदाधिकारीको सह्योगमा क्रमशः सम्मान पत्र प्रदान गरेका हुन् ।
अन्य मातृ संस्थाहरू नेपाल मगर संघ शाखा माझी सेवा समाज, नेपाल प्रवासी तामाङ सेवा समाज, भुजेल सेवा समाज, सुनुवार सेवा समाज, लगायत अन्य मातृ संस्थाले सम्मान गरेको छ ।


चित्रकार द्वय मेख लिम्बू र शिलसा राजभण्डारीले भनिन् डा. बाङ्देल, डा. शाक्य, एनआएन एनसीसी र महासंले यो वातावरण बनाएकोमा विषेश आभार प्रकट गरेकी छन् ।
कतारको ब्यस्त शहरमा विभिन्न मातृ संस्थाले दिएको मायाँ सम्मानले अगाडि बढ्न विभिन्न चुनौतीको सामना गर्न यो अमुल्य सम्मानले अझ प्रोत्साहित बनाएको बताए ।


महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवारको स्वागत तथा महासचिव शिव भुजेलको संचालनमा सम्पन्न भएको कार्यक्रमलाई संवोधन गर्दै विशेष अतिथि चौधरीले नेपाल आदिवासी जनजाति महासंघ द्वारा सम्वन्धन प्राप्त अमेरिका पछिको दोस्रोमा कतार रहेको अवगत गराउँदै संयुक्त राष्ट्र संघको घोषणापत्रमा उल्लेखित अन्तराष्ट्रिय मानवअधिकार ऐन को धारा-११ मा आदिवासी-जनजाति समुदायको संस्कार, संस्कृति, पहिचान मानिसको अस्तित्व जिवित राख्न सबै मातृ संस्थाले जोड दिनु पर्ने बताए ।

मगर संघ युएई ले माघे सकराटीलाई भब्य रुपमा मनाए ।


कृष्ण सारू मगर
युएई २३ जनवरी, नेपाल मगर संघ शाखा युएईले २२ जनवरी शुक्रबारका दिन युएई स्थित दुबईको क्रुईसमा मगर समुदायको प्रमुख चार्ड (सार ल्हेस) साँस्कृतिक पर्व "माघ्या सकराटी" २०७३ कार्यक्रमका प्रमुख आतिथि अन्तराष्ट्रिय मगर मञ्चका सदस्य गिरमान थापा मगर रहेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्र राना मगरले माघे सकराटी राष्ट्रिय पर्वको विशेषता र महत्त्वका बारेमा प्रष्टाउँदै स्वागत मन्तब्य राखेका थिए ।


कार्यक्रमको संचालन महासचिव हर्क ब.थापा मगरको संचालनमा सम्पन्न मगर समुदायको प्रमुख चार्ड (सार ल्हेस) पर्व "माघ्या सकराटी" लाई आपसमा शुभकामना आदान-प्रदान गरि मनाएको कार्यक्रमका सभापतित्व संघका अध्यक्ष राजु सिंजाली मगरले गरेका थिए ।

मगरहरूको प्रचलित गीत, तथा नृत्य एवं मगर पञ्चेबाजा सहितको साँगितिक प्रस्तुतिले पाहुनागणमा भरपुर मनोरञ्जन गराउँदै भब्य र सभ्य रूपमा सम्पन्न भएको उक्त कार्यक्रमलाई स्थानीय कालकारहरूले साथ दिएको संघका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक टंक थापा मगरले जानकारी दिए ।


कलाकार, खेलाडी लगायत संस्थालाई निरन्तर सह्योग दिएका ब्याक्तित्वहरूलाई प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा सभापति राजु सिङजाली मगरले पवित्र खादा ओढाएर सम्मान पत्र प्रदान गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीका गायिका निर्मला थापा मगरलाई संघको लोगो अंकित मायाँको चिनो सहित संघले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
प्रतिष्ठित गायिका निर्मला थापा मगर संघको निमन्त्रणालाई स्विकार्दै नेपाल बाट युएईमा पुगेकी हुन् ।

Sunday, 22 January 2017

कतारमा आले भए मगर (बाङ) राजा ।


कृष्ण सारू मगर
दोहा-कतार, २२ जनवरी "मगरहरूको एकता ! अहिलेको आवश्यकता !!" भन्ने नाराका नेपाल मगर संघ कतार शाखाले समाल स्थित पब्लिक गार्डेनमा २० जनवरी सुकरबारका दिन मगर समुदायको प्रमुख चार्ड "माघ्या सकराटी" (सार ल्हेस) साँस्कृतिक पर्व नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा अध्यक्ष लिलम चिदी मगरको प्रमुख अतिथ्यतामा सम्पन्न वनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको सभापतित्व संघका अध्यक्ष महेन्द्र थापा मगरले गरेका थिए ।

प्रथम शहिद लखन थापा मगर तथा ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौन धारणा पश्चात् औपचारिक कार्यक्रमलाई महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै २१ औं सताब्दीले भित्र्याएको विधुतिय प्रविधिको विकाश संगै लाईब्रेरीलाई अनुशरण गरी आर्थिक, समाजिक रूपान्तरणमा उपलब्धि हुने विश्लेषण सहित यसको महत्त्व र आवश्यकतामा जोड दिनुका साथै विविध विषयमा प्रष्टाउँदै कार्यक्रम संयोजक समेत रहेका संघका सचिव रविन थापा मगरले स्वागत मन्तब्य राखेका थिए ।

संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष सियाराम चौधरी, महासंघमा आवद्ध विभिन्न मातृसंस्थाका प्रमुख तथा प्रतिनिधि विशेष अतिथि थिए ।
विभिन्न धार्मिक, साँस्कृतिक, वैचारिक, साहित्यिक, संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, एवं संघको मातहतमा रहेका विभिन्न एरिया समितिका प्रमुख स्थानीय पत्रकार, बुद्धिजिवि, समाजसेवी, लगायत विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।


संघको मातहतमा रहेको साँस्कृतिक विभागका कलाकारले प्रतक्ष मगर साँस्कृतिक गीत तथा नृत्यले उपस्थित पाहुनागणमा भरपुर मनोरञ्जन गराएको सांस्कृतिक कार्यक्रमलाई ईशोरा मगर, आशा थापा मगर र डिएन मगरले संयुक्तरूपमा संचालन गरेका हुन् ।

कलाकारहरु द्धारा नृत्य प्रस्तुत गरिदै ।

मगर (बाङ) राजा छनौट प्रतियोगितालाई २००८ देखि निरन्तरता दिँदै आएको दौड प्रतियोगितामा रोल्पाका प्रकाश रोका मगरले द्धितिय मै चित्त बुझाउनु पर्यो । झण्डै डेढ दर्जनले सहभागीता जनाएको दौडमा प्रथम भएका रेशम आले मगरलाई २०१७/१८ एक वर्ष कार्यकालका लागि संघले मगर (बाङ) राजा बनाएको हो । सनैया एरिया समितिका सचिव समेत रहेका आले मगर कुसुन्डे -४ बक्राङ गोरखाका हुन् ।


तेह्र जनाले भाग लिएको घैटो फोर खेलमा जोगी डाँडा उदयपुरकी शर्मिला बस्नेत प्रथम भएकी छिन् । डोरी तान्ने खेलमा सात टिमले भाग लिएका अल्फाबेटको समुहले हात पारेको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती चिदि मगरले आदिमकाल देखी नेपाली भुमिपुत्र आदिवासी-जनजाति समुदायहरूले आ-आफ्नो परम्परागत संस्कार संस्कृति विशेषता अनुसार मनाउने भएकोले राष्ट्रिय पर्वको रूपमा सार्वजनिक विदा पाएका हुन् । मगरहरूका (बाँङ) राजा आले मगरलाई फेटा लगाएर बधाई दिए ।


यसै गरी विभिन्न विधाका विजयी खेलाडीहरूलाई प्रमुख अतिथी, विशिष्ट अतिथी, खेलकुद संयोजक र सभाध्यक्षको सह्योगमा संघले क्रमशः प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेको छ ।

असहाय तथा वृद्ध आश्रम सहयोगार्थको लागी एभरेष्टले कार्यक्रम गर्ने ।

कृष्ण सारू मगर
दोहा-कतार, २२ जनवरी समाज परिवर्तनका लागि यूवा अभियान भन्ने मुल नाराका साथ स्थापित एभरेष्ट नेपाली युथ एसोसिएसनले वार्षिक उत्सवको अवसरमा साहनिया स्थित अल दोसरी गार्डेनमा यहि आउँदो ३ फेब्रुअरी सुक्रबारका दिन वनभोज तथा विविध साँस्कृतिक कार्यक्रम गरी भब्य मनाउने भएको छ ।

उक्त कार्यक्रमलाई सफल बनाउन नेपालका बहुप्रतिभाशाली राष्ट्रिय कलाकारहरू (पप गायक) कमल खत्री, (मोडल तथा नायिका) बेनिसा हमाल र राष्ट्रिय लोक तथा दोहोरी गायिका बन्दना पाण्डेको जोडदार साङ्गीतिक प्रस्तुतिले समस्त गीत, संगीत, पारखीहरूलाई भरपुर मनोरञ्जन दिलाउन, स्थानीय प्रख्यात कलाकारहरूको बेजोड प्रस्तुतिले साथ दिने भएका छन् ।

स्रोतका अनुसार पोखरा स्थित असाहाय तथा बृद्ध आश्रमका लागि सितापाईलाको सह्योगार्थ यो कार्यक्रम गर्न लागेको समाजका महासचिव बलहरी राना मगरले बताए ।

प्राविधिक समस्या भै कारणवश उक्त कार्यक्रमको निमन्त्रणा पत्र यहाँहरूको संघ, संस्था संगठनका प्रमुख, तथा विशिष्ट समाजसेवी सम्म नपुगेको खण्डमा यही सुचनालाई आधारमानी गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार संबन्धित सबैमा हार्दिक निमन्त्रणा गर्दछ ।

नोट: विष्तृत जानकारी लिनु परेमा पोष्टरमा उल्लेखित सम्पर्क नम्बरमा संपर्क गर्नुहोस् ।

Thursday, 19 January 2017

राष्ट्रिय जनमुक्ति पार्टीको २६ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न ।

रोशन अस्लामी मगर
माघ-६ रुपन्देही ।
रास्ट्रीय जनमुक्ती पार्टी जिल्ला रुपन्देही ले २६ औ स्थापना दिवस भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको छ ! पार्टी जिल्ला अध्यक्ष झम गुरुङको अध्यक्षता रहेको समारोहमा प्रमुख अथिती केन्द्रिय उपाध्यक्ष  आदरणीय मोहन धिमालको उपस्थिती रहेको थियो ! त्यसै गरि विशिष्ट अथिती मुल्यांकन तथा अनुगमन बिभागका सदस्य सचिब अशोक पुन, जातिय बिभाग संयोजक दल बहादुर बिर्कट्टा, आयआर्जन तथा भुमी बिभाग इन्चार्ज हरि देब थापा, भुमिदान खेम पुन, संघिय परिषद सदस्य  भैरब थापा, हरि ओम बि क, लिला राना, गिता सारु, छत्र दर्लामी, कर्ण बि क, युवा मोर्चा का केन्द्रिय कोषाध्यक्ष शंकर गाहा, श्रीधर राना, महिला मोर्चा का चन्दा थापा, ममता बुढाथोकी, वसन्त सिन्जाली , संघिय महासभा का सदस्यहरु, भुतपुर्व सैनिक संगठन का पधादिकारिहरु, पत्रकार तर्फ संघीय एक्सप्रेस तथा बुद्ध टेलिभिजनको उपस्थिती रहेको थियो ।


पार्टी उपाध्यक्ष मधु रानाको स्वागत मन्तब्य पछी प्रमुख अथितीको बाहुलीबाट स्थापना दिवसको दिप प्रज्वल गरिएको थियो ! अथितीका शुभकामना मन्तब्य माझ समारोह लाई थप मनोरञ्जन दिन स्थानीय कलाकारले नृत्य र गीत प्रस्तुत गरेका थिए । नव उदयमान गायक सोम बुढाथोकीको कर्ण प्रिय स्वर मन को देउता भन्नेको गितको बोलले उपस्थिती लाई थप मनोरंजन दिएको थियो ! साथै उक्त स्थापना दिवस समारोह मा उपस्थिति सम्पुर्ण उपस्थिती पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक सबै पाहुनाहरु लाई हाई टि र लन्च को ब्यबस्था गरेको थियो । पार्टी को २६ औ स्थापना दिवसका अबसरमा पार्टी शिर्ष बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।


प्रमुख अथिती तथा पार्टी उपाध्यक्ष मोहन धिमाल ज्युको मन्तब्यले पार्टी र जिल्लाबासी रुपन्देही लाई थप उर्जा मिलेको र आशा जागेको उपस्थित हरुको भनाइ रहेको थियो ! उक्त एतिहासिक २६ औ दिवस लाई पार्टी जिल्ला अध्यक्ष झम गुरुङले समापन गर्दै देश-बिदेश देखि सहयोग गर्नु हुने सबै पक्षका सहयोगी हरु लाई आयोजक पार्टी जिल्ला रुपन्देही तर्फ देखि हार्दिक धन्यबाद दिनु भएको थियो ।


समारोह बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म चलेको समारोहलाई जिल्लाका सचिब तथा स-सचिब चित्र प्रसाद गुरुङ र आशा गुरुङ ले संचालन गर्नु भएको थियो । सोही अबसरमा सयौ को संख्यामा पार्टी प्रबेश पनि भएका थिए ।

श्रीस मगरको "सरर, हावा सरर" एल्बम युट्यूबमा सार्बजनिक ।

आशिष पुन मगर
काठमाडौं- माघ ७ बाबा वीर बहादुर तथा आमा जसिन्ता श्रीस मगरकि छोरी सामान्य परिवारमा हुर्केकी जुना श्रीस मगरको बाग्लुङको रिघामा जन्मेकि उनि भविस्यमा कलाकारको पेशामा चर्चित बन्छु भनेर कल्पना समेत नगरेकी अहिलेकी चर्चित तथा ब्यस्त दोहोरी गायिकाको सुचीमा पर्न सफल भएकी छिन्  ।

२०५८ मा एस एल सी उतिर्ण पश्चात केही शीप सिकेर सुनौलो भविष्यको कल्पना बोकेर बाग्लुङ सदरमुकाम आएकी थिईन । आफुमा अद्भुत कला र प्रतिभा कै कारण सदरमुकामको प्रवेशले एका-एक सपना बदलियो उनको ।

विभिन्न हृदय स्पर्शी शब्द सृजनाका गीत संगीत कै कारण लाखौ, हजारौं स्रोतको मन जित्दै अगाडि बढेर जुनाले किन रुन्छौ ए न्याउली, आज माया म संग तरक-तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमाया पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दंग खाएको छु जस्ता थुप्रै कृतिहरू बजारमा ल्याउन सफल संगै अहिले सम्म ५०० भन्दा बढी एल्बमहरूमा स्वर दिई सकेकी छिन ।

उनलाई बाग्लुङको कोईली उपनामले पनि परिचित छिन । अहिले भर्खरै मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसले जुना श्रीस कै नयाँ गीतीएल्वम् कौराह गीत “सरर हावा सरर…” बजारमा ल्याउैदै युटुवमा समेत सार्वजनिक भएको छ । बिष्णु शर्माको सम्पादनमा भएको उक्त गीतमा जुनालाई बरिष्ठ/चर्चित लोक गायक खड्ग गर्बुजा मगरले साथ् दिएका छन् । सर्जक सि.पी. मगरको शब्द/संगीत रहेको छ । बेलायत बस्दै आएकी सबिता राना मगर (नाना) ले अभिनय गरेको म्युजिक भिडियोमा अजय रेग्मीले छायांकन गरेको हो । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तैयार भएको हो ।
https://youtu.be/R7IhVoQWmHM

Tuesday, 17 January 2017

अन्तराष्ट्रिय साँस्कृतिक परिवारको नेतृत्वमा क्षितिज ।


कृष्ण सारू मगर
दोहा कतार, १७ जनवरी “कलाकारलाई सम्मान गरौ ! कला र संस्कृतिको जगेर्ना गरौँ !!" भन्ने लक्षका साथ अन्तराष्ट्रिय साँस्कृतिक परिवारले नयाँ शक्तिका कतार संयोजक बिबी खरालको प्रमुख आतिथ्यतामा “विविध सास्कृतिक धमाका २०१७ तथा महादिवेशनलाई दोहाको अल भुईयान रेष्टुरेन्ट स्थित गएको ६ जनवरी सुक्रबारका दिन भब्य सम्पन्न गरेको छ ।

क्षितिज किरण गैरेको अध्यक्षतामा गठन भएको दुई सल्लाहकार सदस्य सहित विभिन्न विभागीय कार्यसमिति चयन भएका छन् ।
संयोजक-क्षितिज किरण गैरे, सह-सम्योजक सन्जय बर्दैवा, कोषाध्यक्ष-मिमल ओली, सह-कोषाध्यक्ष-पुर्णिमा मगर, सचिव- लंक दर्नाल, सह-सचिव- बिनिता केसी, अनुशासनमा ईन्दल यादबलाई सर्वसम्मतले चयन भएका हुन् ।

सदस्यहरु क्रमशः कृष्ण बाबु छिन्त्याल, जिबन बिसी, भगवता बस्याल, युवराज पाण्डे, होम बिसी, सृजना बस्याल, अर्जुन पासवान, रितु मगर, दिपेन्द्र सुनार, सारुख सुन्दास, तबिता गजमेर, तुल ब .परियार, गित परियार, महोम्मद ईसाम, राजिब सल्यानी, सन्दिप आचार्य, कृष्ण बिसी, अनिल परियार, सरोज बिसी, गृस एन्जेल कार्की, ओम रसाईली र कैलास मगर रहेका छन् ।
यसै गरि कृष्ण परियारलाई प्रमुख सल्लाहकार र अक जिम्बालाई सल्लाहकार समितिमा मनोनयन भएका छन् ।

गैर आवासीय नेपाली संघ, मितेरी फिल्मस प्रालि, आईबोस प्रालि, नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका प्रमुख तथा प्रतिनिधिहरू विशिष्ट अतिथि रहेका थिए । विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न जातीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय पत्रकारहरू लगायत गीत, संगीत पारखीको उल्लेखनीय सहभागिता जनाएको समारोहमा प्रमुख अतिथि खरालले बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
नेपाली राष्ट्रिय झण्डा सहित सगरमाथा र बुद्घको देश नेपाललाई चिनाउने लक्ष लिएर विश्व साईकल यात्राको क्रममा १३५ औं राष्ट्र कतार प्रवेश गरेका जनार्दन खनाल र एल.बी कार्कीलाई प्रमुख अतिथि बिबी खरालको सह्योगमा सभापति गैरेले यात्री द्वयलाई प्रशंसा पत्र सहित आर्थिक सह्योग हस्तान्तरण गरेको छ । सोही कार्यक्रममा अन्य विभिन्न विधाका कलाकहरूलाई पनि सम्मान गरेको संयोजक क्षितिज किरण गैरेले बताए ।

उपस्थित अतिथिगण, गीत संगीत पारखीहरूको उल्लेखनीय सहभागिता जनाएको कार्यक्रमलाई सभ्य र भब्य सम्पन्न गराउन अन्तराष्ट्रिय सास्कृतिक परिवारका दुई दर्जन भन्दा बढी विभिन्न विधाका कलाकारले आ-आफ्नो प्रस्तुतिले भरपुर मनोरञ्जन गराएका थिए ।

उपसंयोजक सन्जय बर्दैवाको स्वागत तथा अनिल परियारको संचालनमा सम्पन्न, कार्यक्रमका सभापति क्षितिज किरण गैरेले गरेका थिए ।

Sunday, 15 January 2017

ओमनमा तमु समाजले हात पार्यो भलिबलको प्रथम उपाधि ।


कृष्ण सारू मगर
मस्कट-ओमन १६ जनवरी श्रमका लागि विभिन्न देशमा पुगेका नेपालीहरू अन्य देशको तुलनामा मध्ये पूर्वीय राष्ट्र ओमानमा संख्यात्मक न्यून पाईन्छ तै पनि विभिन्न नेपाली समुदायले मनाउने मौलिक राष्ट्रिय पर्वलाई लक्षित गरी खेलकुद तथा विविध कार्यक्रम गरि निरन्तरता दिई आफ्नो मातृभूमि र नेपाल राष्ट्र प्रति निकै गम्भीर छन् उनिहरू ।

मस्कटको घाला स्थित सी.सी.सी. कंपनीको खेल मैदानमा सम्पन्न अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगितामा विभिन्न चौध टिमले भाग लिएका थिए । निक्कै प्रतिस्पर्धामा उत्रेका लु.लु. लाली गुराँस समुह "बी" लाई पछाडि पार्दै आयोजक मगर संघको समुह "ए" फाईनलमा प्रवेश गरेका थिए । ठकुरी स्पोर्ट क्लबलाई हराउँदै तमु समाजले सेमिफाइनलको जित पक्का गरेको हो ।

लु.लु. लाली गुराँस तृतीय हुन सफल भयो भने, आयोजक मगर संघले दोस्रोमै चित्त बुझाउनु पर्‍यो । आयोजक समुह "ए" र तमु समाज बीच प्रतिस्पर्धात्मक खेलको भिडन्तमा झिनो अंकले पछार्दै तमु समाजले प्रथम उपाधि हात पारेको हो । मिलन ठकुरीले उत्कृष्टको मेडल तथा प्रमाण-पत्र पाएका छन् । उनि ठकुरी स्पोर्ट क्लबका खेलाडी हुन ।

तृतीय लुलु लाली गुराँसले नेरू झण्डै दस हजार,
द्धितिय मगर संघले साढे बाह्र हजार भन्दा माथी पाएका छन् । प्रथम हुने तमु समाजले नेरू सत्र हजार नगद प्राप्त गरेका छन् ।
खेलकुद संयोजक, चित्र थापा मगर, संघका अध्यक्ष, सुर्य थापा मगर र सल्लाहकार सेवन्त पुर्जा पुन मगरले बिजेता टिमलाई क्रमशः मेडल, कप तथा प्रमाण-पत्र प्रदान गरेका हुन् ।

मगर समुदायको प्रमुख चार्ड "माघ्या सकराटी" (सार ल्हेस) को शुभ अवसरमा आयोजित संघका अध्यक्षले उद्घाटन गरेका थिए । सल्लाहकार क्या. सेवन्त पुर्जा पुन मगरले सर्भिस गरी खेल संचालन गरेका हुन् । १३ जनवरी शुक्रबारका दिन नेपाल मगर संघ ओमानले अन्तर नेपाली पुरुष भलिबल प्रतियोगिता राखेका थिए ।

उक्त कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक पुर्‍याउने सह्योगदाताहरु सबैलाई विशेष धन्यवाद सहित आगामी दिनहरूमा पुन: सह्योगको अपेक्षा राख्दै संघले सम्मान पत्र प्रदान गरेको संघका संयोजक सुशील पुन मगरले बताए ।

बहराइन पुगेकी लिम्बुलाई भब्य सम्मान ।


कृष्ण सारू मगर
मानमा-बहराईन, १५ जनवरी धरान -१९ बिरेन्द्र चोक स्थाई घर भई हाल मेडिष्ट क्यान्ट यु.के. बस्दै आएकी समाजसेवीका नामले परिचत रनमती सामेखाम लिम्बूलाई गएको ०५ जनावरी २०१७ बिहिवारका दिन सेवारो नेपाली रेष्टुरेन्टको सभाकक्षमा किराँत याक्थुङ चुम्लुङले एक कार्यक्रम गरी भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

जनजाति महासंघमा अध्यक्ष काजी थापा मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ तथा किराँत याक्थुम चुम्लुङ्ग बहराइनका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूको सह्योगमा मायाँको चिनो प्रदान गरेका हुन् ।

बहराईनलाई कर्मथलो बनाउँदै आएका समस्त याक्थुम्बा तथा नेपाली समाज संग विविध योजना लिएर मध्ये पूर्वीय राष्ट्र बहराईनको भ्रमण तथा भेटघाटको सिलसिलाको क्रममा आएकी लिम्बूलाई किंरात याक्थुम चुम्लुङ्गले समाजसेवामा अझ हौसला प्रेरणामा थप उर्जा मिलोस् भन्ने अभिप्रायले उहाँलाई सम्मान तथा बिदाई गरेको छ ।

उक्त भेटघाट तथा परिचयात्मक समारोहमा नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिले सहभागी सबैले अतिथि लिम्बूलाई खदाले सम्मान गरेको हो ।

जनजाति महासंघकी कोषाध्यक्ष अमृता नाल्बोले ब्यावस्थापनको सौजन्य गरेकी थिईन ।
कियाचुका झहरमान थेवे लिम्बूको संचालनमा सम्पन्न भएको समारोहलाई चुम्लुङ्गका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बूले सभापतित्व गरेको थियो ।

Saturday, 14 January 2017

कतारमा माघी महोत्सव तथा चौथो महाधिवेशन कार्यक्रम सम्पन्न ।

कृष्ण सारू मगर
दोहा-कतार, १४ जनवरी "जातीय पहिचानको संरक्षण-प्रवर्द्धन ! शैक्षिक, आर्थिक, समाजिक उत्थान हाम्रो अभियान !!" भन्ने मुल उद्धेश्यका साथ स्थापित थारू कल्याणकारी सभा च्याप्टरले थारू समुदायको साँस्कृतिक पर्व २६४१ औं नयाँ वर्षलाई नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा अध्यक्ष लिलम चिदी मगरको प्रमुख आतिथ्यतामा माघी महोत्सव तथा चौथौ महादिवेशनलाई विविध कार्यक्रम गरि सौहार्दपुर्ण वातावरणमा सम्पन्न गरेको छ ।

पहिचानको पोषाकमा सहभागी कलाकारले उपस्थित सबैलाई विविध साँस्कृतिक प्रस्तुतिले भरपुर मनोरञ्जन दिलाएको उक्त माघी महोत्सवमा बाल कलाकारले साथ दिएका थिए ।

स्वदेशमा रहेकी श्रीमतीको ईक्षा आकाँक्षा संगै, बाल-बालिकाको भविष्य एवं विविध कथा वस्तुमा आधारित शिक्षा, आर्थिक, समाजिक रूपान्तरणका महत्त्व र जनचेतनामूलक अभिनय अरूण चौधरी, चाँदनी चौधरी र जागेश्वर चौधरीले गरेका थिए ।

विशेष अतिथिमा संरक्षक रामलगन चौधरी, सियाराम चौधरी, गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ रहेका थिए । महासंघमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनका प्रतिनिधि तथा उधोग ब्यावसायी समाजसेवी, बुद्धिजीवी, एवं विशिष्ट ब्याक्तित्व लगायत स्थानीय पत्रकारलाई अतिथि ग्रहण गराएको थियो ।

शिक्षा संगै समाज प्रति सेवाभावको ईक्षा शक्ति हुनु पर्ने धारणा राख्दै स्थापनाकाल देखि तन, मन वचन र कर्मले संस्थालाई योगदान पुर्‍याएका पूर्व अध्यक्ष सियाराम चौधरीलाई प्रमुख अतिथि चिदी मगरले दोसल्ला ओढाए । विशेष अतिथि संरक्षक इ.रामलगन चौधरी र कार्यक्रम सभाध्यक्ष इ.पजियारले संयुक्तरूपमा सम्मान पत्रले सम्मान गरेको हो ।
यसै गरि समाजलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै विभिन्न संघ संस्था तथा विभिन्न ब्याक्तित्वहरूलाई प्रमुख अतिथि, विशेष अतिथि सभाध्यक्षको सह्योगमा सम्मान पत्र प्रदान गर्दै थारू क.सभाले सम्मान गरेको छ ।

जनवर्गीय संगठनका अध्यक्ष रामहरि गैह्रे, पाल्पाली सेवा समाजका सचिव दुर्गा अधिकारी, महासंघ आवद्ध मतृ संस्थाहरूको प्रतिनिधित्व गर्दै भुजेल सेवा समाजका नियम भुजेल, विशेष अतिथि गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ्गले नेपाली भुमिपुत्र आदिवासी-जनजाति समुदायका हरेक मातृ संस्थाले आ-आफ्नो परम्परागत संस्कार, संस्कृतिको संरक्षण संवर्द्धन नै राष्ट्रिय पहिचान रहेको बताएका वक्ताहरूले
राष्ट्रिय पर्व माघी महोत्सव तथा चौथो महादिवेशन बाट नव निर्वाचित पदाधिकारीलाई अग्रिम शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले भनिन् आफू विभिन्न कार्यक्रममा उपस्थिति जनाउँदै आएको थिएँ थारू क.स च्याप्टरले महिलालाई समावेशी वातावरणको विशेष अवसर प्रदान गरेकोले अझ थप प्रगतिको कामना गरे ।

विविध विषयमा थारू समुदायको खुलेरै प्रशंसा गरेका प्रमुख अतिथि चिदी मगरले शिक्षाले चेतनाको विकास, आर्थिक रूपान्तरणमा अभिबृद्धि संगै समाजिक समृद्धि यसको आवश्यकता, महत्त्व प्रति हामीले प्रगतिशील विचार, सकारात्मक ईक्षा शक्तिमा बदल्नु पर्ने जरूरी रहेकोले समय सापेक्ष विधुतीय प्रवृधिको विकासको अबलम्वनमा जोड दिनु पर्ने बताउँदै शुभकामना दिए ।

माघी पर्वको महत्त्व र थारू समुदायको विषयमा संरक्षक ई.रामलगन चौधरीले विविध विषयमा प्रष्यटाए ।

आदिमकाल देखि बसोवास गर्दै आएका थारू लगायत आदिवासी-जनजातिलाई विभेद गरेको छ । उनले थप्दै भनिन् नेपाली भुमिको रक्षाका लागि विभिन्न कालखण्डमा पुर्‍याएको त्याग र बलिदानको महत्त्व राज्यसत्ताले चरम दमन र शोषण गरी  विखण्डनकारीको विल्ला भिराउँदै जातीय राजनीति गरेको आरोप प्रति थारू क.स.च्याप्टर गम्भीर ध्यानाकर्षण गरेको छ ।

थारूहरूले आफ्नो मौलिक पहिचान र अस्तित्वलाई संरक्षण र प्रवर्द्धनका लागि एक जुट हुनु जरुरी रहेको धारणा राख्दै राष्ट्रिय पर्व माघी महोत्सवले सबैमा सु:ख, शान्ति, समृद्धि सु-स्वास्थ्य तथा लामो आयूको कामना गर्दै उपस्थित सम्पुर्ण पाहुनागणमा शान्ति चौधरीले स्वागत गरेकी थिए ।

थारू समुदायको साँस्कृतिक पर्व "माघी" महोत्सवकै अवसरमा चौथो महादिवेशन १३ जनवरी सुक्रबारका दिन दोहा स्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा मञ्जु चौधरीको संचालनमा सम्पन्न गरेकी कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ईन्जिनियर अंजनी कुमार पजियारले गरेका थिए ।

शून्य समय राख्दै, सियाराम चौधरीको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले इन्जिनियर सिताराम चौधरी, इ.रामलगन चौधरी, इ. अर्जुन चौधरी इ. अरून भगत रहेका चौथो महादिवेशनका संयोजकले निम्न तपशीलका पदाधिकारीको नामावली सार्वजनिक गरेको हो ।

अध्यक्ष अरविन्द चौधरी,
प्रथम उपाध्यक्ष, सत्य नारायण चौधरी
द्धितिय उपाध्यक्ष, श्यामलाल चौधरी
महामन्त्री, भगवती प्र.चौधरी
सह-महामन्त्री, हरी ब.महतो
सचिव, शान्ति चौधरी
कोषाध्यक्ष, अजय चौधरी
सह-कोषाध्यक्ष, सुर्य नारायण चौधरी
महिला तर्फ चाँदनी चौधरी, पार्वती चौधरी, सबिता चौधरी परेका छन् ।
सदस्यहरू भागेश्वर प्र.चौधरी, विजय जय नारायण, धर्मेन्द्र, हरेराम, प्रदिप कुमार, मनोज, नागराज, र महिला तर्फ लक्ष्मी कुमारी चौधरी रहेका छन् ।

माघी पर्बमा नाँचगान गर्दै ।

यसै गरि अरविन्द चौधरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न विभागीय समिति गठन गर्दै, साँस्कृतिक विभाग प्रमुखमा घनश्याम चौधरी, महिला विभाग प्रमुख, मञ्जु चौधरी र अनुशासन विभागमा सुर्य नारायण चौधरीलाई मनोनय गरेको छ ।