Wednesday, 4 January 2017

कतारमा "माघ्या सकराटी" राष्ट्रिय पर्बलाई भब्य रुपमा मनाउने ।


कृष्ण सारू मगर
दोहा-कतार, ४ जनवरी नेपाल मगर संघ, शाखा कतारले बिगतका बर्षहरुमा झैं “माघ्या सकराटी" पर्व संघका सचिव रबिन थापा मगरको संयोकत्वमा यहि आउँदो २० जनवरी २०१७ सुक्रबारका दिन अल समाल पब्लिक गार्डेन स्थित “वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ ।

मगरहरुले मातृभाषा "मिनाम सार" वा "सार ल्हेस" अर्थात, मगर लवजको उच्चारणले "माघ्या सकराटी" मगरहरुको प्रमुख पर्वलाई सफल पारिदिन हुन समस्त कतारबासी मगर तथा गैरमगर दाजु-भाई तथा दिदि-बहिनीहरुमा गरिमामय उपस्थितिका लागि संघका महासचिव बिजय कुमार मगरले सबै पक्षमा हार्दिक निमन्त्रणा गरेकाा छन् ।

श्रोतका अनुसार मगरहरुको परम्परागत मौलिकता झल्किने विविध साँस्कृतिक प्रस्तुतिका साथ विभिन्न महिला तथा पुरूष खेलकुद प्रतियोगिता रहनुका साथै, कतारमा रहेकका मगरहरुको २०१७-०१८ एक वर्ष कार्यकालको लागि मगर राजा (बाङ) (दौड प्रतियोगिता)ले राजा छनौट गर्ने प्रथालाई निरन्तरता दिने आयोजक समितिका संयोजक रबिन थापा मगरले बताए ।

नोट : म्युजिकमा कुर्सी दौडको "महिला" मात्र, डोरी तान्ने खेलमा (पुरूष) ले तथा मगर (बाङ) राजा छनौट (के.स.ए.स र सा.स.) प्राप्त भएका "मगर" लाई मात्र प्रतियोगिताको सहभागि रहने छन् ।

No comments:

Post a Comment