चक्र तामाङ २१ पुस २०१७
सखौरा-४ बाग्लुङका पुजनिय बाबा बाबा प्रेम ब पुन तथा आमा दिलकुमारी पुन मगरकि दुई बहिनी मध्ये जेठी छोरी जुनु पुन मगर नेपाल आदिवासी जनजाति युवा महासंघको केन्द्रिय उपाध्यक्ष, ढोरपाटन स्पोर्ट्स क्लबको उपाध्यक्ष, नेपाल राष्ट्रिय भलिबल संघ केन्द्रीय सदस्य समेत रहेकी नृत्य तथा खेलकुदमा विशेष दखल भएकी विधार्थी, आन्दोलन, जनजातिका युवा नेतृ हुनुहुन्छ ।
नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको उज्यालो नेपाल अभियानलाई असहयोग गर्ने, अबरोध पुर्याउने तीन जना बर्खास्त गरिएका भ्रष्ट उज्यालो विरोधी संचालकहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गर्न सक्ने संकेत देखिएकोले उज्यालो नेपाल अभियानले पुस १९ गते खबरदारी जनप्रदर्सन आयोजना गरेको थियो ।
शान्तिपूर्ण स्वस्फुर्त जनताको सहभागिता रहेको उक्त प्रदर्शनमा व्यापक प्रहरी हस्तक्षेप तथा धरपकड भएको थियो, जुन घटनालाई आयोजकहरुले कल्पना सम्म पनि गरेको थिएन । तर अचानक प्रहरी हस्तक्षेपमा परि सयौं प्रदर्शनकारी लगायत प्रदर्शनमा सहभागी एक नागरिक आन्दोलनका एक कुशल हस्ति तथा समाजसेवी चिरपरिचित एकीकृत सिर्जनशील समाज बालगृहकी संचालक जुनु पुन माथी पनि प्रहरीले जबर्जस्ति गरेको थियो । जुन तस्बिर मिडिया तथा सामाजिक संजालहरुमा निकै भाइरल पनि बनेको छ ।
उनै जुनु पुनसँग उज्यालो नेपाल अभियानका चक्र तामाङले लिएको एक अन्तरबार्ता ...
# जुनु जि, नमस्कार । नागरिक सचेतकको रुपमा प्रदर्शनमा सहभागिता दिनुभयो, यहाँलाई धेरै धन्यवाद । कस्तो रह्यो त आजको जनप्रदर्सनको अनुभव ?
जुनु - धन्यवाद तपाईको प्रश्नको लागि । यो लडाई एक व्यक्ती या समुदायको लागि होइन । तीन करोड नेपालीहरुको लागि हो, सिंगो राष्ट्रको लागि हो । भ्रष्टाचारी, कालाबजारी र दलाल
कमिसनखोरीहरुको नकाब खोलेर जनताको सामु नंग्याउनको लागि हो । म महिला हूँ भनेर हात बाँधेर कहिल्यै घरमा बसेकि छुइन । परिवर्तनको निम्ति, अत्याचार, अन्याय र सामाजिक अराजकताको विरुद्ध सधैं सडक मै हुन्छु । र रहने प्रतिबद्धता पनि गर्दछु ।
# आन्दोलन कत्तिको सफल र सार्थक भयो जस्तो लाग्छ यहाँलाई ?
जुनु - आन्दोलन सफल भयो । अन्तर्राष्ट्रिय स्तरमा कुरा पुग्यो सर्वोच्चले न्यायपुर्ण फैसला गर्नसक्यो । धेरै माने र अर्थमा सार्थक बन्यो । गिरफ्तारी भयो/ दिइयो। असल कुरामा जनताको सधैं साथ रहन्छ । प्रदर्सनलाई धेरै अघि बढ्न प्रतिरोधीको इशारामा प्रहरीले नदिए पनि हामीले जित्यौं ।
# धेरैले यहाँलाई धरपकडमा चोट लागेको भनी प्रतिक्रिया दिएका छन् । तपाईको अनुहारमा चोटको निशान जस्तो पनि देखिन्छ, उक्त तस्बिरमा ?
जुनु - धरपकड र ज्यादती प्रहरीबाट भएको हो । शान्तिपूर्ण र्याली गर्न पाउने नागरिक अधिकार माथी कुठाराघात भए कै हो । प्रदर्शनकारीको पहिचान नगरी सर्वसाधारण लाई समेत प्रहरीले भेनमा कोचे कै हो । हा हा हा हा मेरो अनुहारमा चोट लागेको होइन । तर पछाडी नहटी प्रतिकार गर्ने मेरो आदत हो ।
# उर्जा मन्त्री जनार्दन शर्मा र नेबिप्रा प्रमुख कुलमान घिसिङको लोडसेडिङ मुक्त नेपाल बारे कस्तो धारणा छ यहाँको !
जुनु - अर्थमन्त्री जनार्दन शर्मा र NEA प्रमुख कुलमान घिसिङ ज्युहरुको नेपाल उज्यालो बनाउने अभियानले मलाई मात्र होइन उज्यालो बेचेर पैसा कमाउने जन्तुहरु सिबाय सम्पुर्ण नेपालीहरुलाई उहाँहरु प्रती धन्यवादी बनाएको छ । शुरुमा त मैले पत्याए कै थिइन । तर अचम्म बत्ती निभे कै छैन । बल्याबल्यै छ । बिसौं घण्टाको लोडसेडिङको कारण अस्तव्यस्त र धरासयी बनेको नेपाली जनजीवन पुन : उठ्न थालेको छ । कलकारखाना र उद्योग र व्यापारव्यबसायीहरु
लाई सजिलो बनेको छ । देशलाई अझ धेरै जनार्दन र कुलमानको खाँचो देखेकी छु, मैले । किनभने उज्यालोमा बाच्न चाहन्छौं हामी । यदि अन्य निकाय, बिभाग तथा आयोगहरुमा पनि यस्तै स्वच्छ छवि भएको कर्मचारीहरुलाई जिम्मेवारी राज्यले दिनसके हाम्रो देशले अचम्मको बिकास गर्नेछ, छोटो समय मै ।
# हाम्रो उज्यालो नेपाल अभियान अन्तर्गत यो दोश्रो जनप्रदर्शन हो । तपाईं कस्तो सल्लाह दिन चाहनुहुन्छ हामीलाई ?
जुनु - अबको आन्दोलनमा नेता, प्रहरी प्रमुख, अख्तियार प्रमुख जस्ता उच्च ओहोदामा बस्नेहरुलाई पनि सडकमा एक कुलमान विरोधी मात्र होइन तर सम्पुर्ण भ्रष्टहरुको विरुद्ध उतार्नु पर्यो । राष्ट्रव्यापी रुपमा आन्दोलनलाई अगाडि
बढाउनु पर्यो । ताकी भ्रष्टहरुले भ्रष्टाचारलाई महासंकट मान्न सकुन् ।
# आफ्नो बारेमा पनि केही बताइदिनुस ?
जुनु - म सानो छदाँ नृत्यमा असाध्य रुचि राख्थेँ र पोख्त पनि
थिएँ । धेरै ठाउँमा कला प्रस्तुत पनि गरेँ । सँगसगै विद्यार्थी आन्दोलनमा आफूलाई होमे । भलिबलम पनि मेरो रुचिको खेल हो ।
हाल म धेरै संघसंस्थाहरुमा आवद्ध छु । सडक, अनाथ या बेसहारा बालबच्चाहरु देख्दा धेरै मन दुख्छ। गर्नसक्ने भए धेरै गर्न मन लाग्छ । राज्यसँग रिस उठ्छ । म आफ्नो क्षमताले भ्याउन सक्ने गरि गरिव असहाय र अनाथहरुको सेवा सधैं गरि नै रहन्छु । मेरो लक्ष उद्धेश्य नै समाजसेवा हो । किनकी म असहायको वेदनामा आफ्नो आँखाको । आँसु रोक्न सक्दिन । सबैले भन्छन् म फरक खालकि छु वास्तबमै फरक खालकी छु ।
# कसरी आउनुभयो समाजसेवामा ? बाल गृह संचालनको योजना कसरी बन्यो ? कसरी ब्यबस्थापन गर्नुहुन्छ तपाईं एक्लैले ?
जुनु - वालगृह शुरुमा अरुले नै चलाउनु हुन्थ्यो । तर उहाँहरुले
मलाई संस्थामा आइदिन धेरै पटक अनुरोध गरेपछि मैल साथ दिएँ । तर बच्चाहरुको अवस्था अत्यन्तै नाजुक देखेपछि सुन बन्दकी राखेर ब्यबस्थापन गर्न थालें । अहिले आमा बनेको छु ।
# तपाईंको सहयोगी र शुभचिन्तकहरुलाई आफ्नो बालगृह
बारे के भन्न चाहनुहुन्छ ?
जुनु - बाल्गृह संचालनमा मद्धत पुर्याउनु हुने सम्पुर्ण सहयोगी हातहरु र मनहरुलाई हृदय देखि नै धन्यबाद दिन चाहान्छु । साथै हजुरहरुको सहयोगले गर्दा यि साना बाबुनानीहरुको एउटी आमा बन्न सफल भएकी छु । हजुरहरुको सहयोग र साथको लागि धन्यबाद दिदै आगामी दिनहरुमा पनि यसरी सहयोग गर्दिनु होला भन्न चाहान्छु । साथै हजुरहरुको सहयोगी हात र मनहरुको कमि हुने छैन भन्ने विश्वास पनि लिएकी छु ।







No comments:
Post a Comment