Saturday, 29 July 2017

कतारमा पाल्पाली समाजले पाँचौं अधिवेशन गर्दै ।


कृष्ण सारू मगर
दोहा-कतार, २९ जुलाई मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा विशुद्ध समाजिक अवधारणा बोकी एकदशक अगाडि २००७ मा स्थापित पाल्पाली सेवा समाज कतारले यहि आउँदो ४ अगष्ट २०१७ सुक्रबारका दिन बिन उम्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा पाँचौं अधिवेशन तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

उक्त महादिवेशन तथा सम्मान कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्द ज्यूहरू पाँचौ अधिवेशन तथा सम्मान कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन पाल्पाली सेवा समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवश उक्त पाँचौं अधिवेशन तथा सम्मान कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भई दिनु हुन समाजका अध्यक्ष लिलम चिदी मगरले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरूले पाँचौं महादिवेशनमा उपस्थिति भईदिनु हुन समाजका महासचिव दुर्गा अधिकारीले समस्त पाल्पावासीहरूमा हार्दिक अपिल गरेको छ ।

नोट : समयको पावपन्दीलाई विशेष महत्त्व राखिदिनु हुन समेत आयोजक समिति परिवार अनुरोध गरेको छ ।

Tuesday, 25 July 2017

मगर संघ कतारले १२ औं अध्यक्षलाई कार्यभार हस्तान्तरण गर्यो ।


बिजय कुमार मगर
दोहा-कतार, २५ जुलाई नेपाल मगर संघ, शाखा कतारले गत १४ जुलाई शुक्रबारका दिन संघका निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले १२ औं कार्यकालका अध्यक्ष शेर बहादुर रोका मगरलाई कार्यभार हस्तान्तरण गरेको छ ।

सो, कार्यक्रमा निर्तमान अध्यक्ष महेन्द्र थापा मगरले गएको ३० जुनमा सप्पन्न मगर संघ कतारको १२ औं महाधिवेशन बाट निर्विरोध निर्वाचित शेर बहादुर रोका मगरलाई आर्थिक तथा संगठानिक सम्पूर्ण कार्यभारलाई संघका निवर्तमान प्रमुख सल्लाहकार भिम तरामु मगर, पुर्व सल्लाहकार जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर, खिम राना मगर पुर्व कार्यसमितिका विभिन्न विभागीय पदाधिकारीहरु, तथा सदस्यहरुको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

सोही समारोहबीच सनैया " बि " एरिया समितिका सह-कोषाध्यक्ष हेम बहादुर आले मगरलाई संंघका सल्लाहकार हरी दर्लामी मगरले आलेले संघलाई दिएको उच्च योगदानको मुल्यांकन गर्दै, प्रशंसा पत्र प्रदान गरेका हुन् । अन्य पदाधिकारीहरूले क्रमश : खादा ओडाएर स-सम्मान, विदाई गरेको हो ।

विदाई भएका आलेले आफ्नो धारणा राख्दै भनेका छन् । मध्ये पुर्वीय राष्ट्र कतारमा स्थापित विशुद्ध जातीय संगठन मगर संघमा आवद्ध भई समाजिक कार्य तथा प्राप्त विभिन्न ज्ञान, विज्ञान अन्यलाई पनि एकतावद्ध हुनका लागि सक्दो पहल गर्नुका साथै संघले दिएको मायाँको चिनो अमुल्य रहेकोले कहिल्यै नविर्सने बताए ।

उक्त कार्यक्रमको पुर्वसन्ध्या संघले स्थाई घर इटहरी ४ सुनसरीका संघका निवर्तमान कला तथा सास्कृतिक विभाग संयोजक रबि पुलामी मगरका धर्मपत्नी अनिता पुलामी मगर प्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरि शोक मनाए ।

महासचिव विजय कुमार मगरको संचालनमा संपन्न कार्यक्रमलाई संघका निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले अध्यक्षता गरेका थिए ।

Thursday, 20 July 2017

जनमुक्ति मञ्च कतारको बैठक सम्पन्न ।


दोहा,कतार २० जुलाई २०१७
जनमुक्ति मंच कतारको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष श्री राज खम्बु ज्यूूको अध्यक्षता र वरिष्ठ सल्लाहकार श्री महेन्द्र थापा ज्यूको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । बैठकले स्थानिय निर्बाचन सम्बन्धमा, संगठन बिस्तार, समसामयिक राजनीतिक बिषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ । बिशिस्ट अतिथिका रुपमा रहनुभएका मन थापा ( डि.बि ) ले मुलुकमा ब्याप्त बेतिथी, बेरोजगारी, राजनीतिक तथा आर्थिक भ्रष्टाचारलाई निर्मुल पार्न र मुलुकलाई बिकसित, ब्यवस्थित, कानुन सम्मत बनाउन अनि हरेक जात-जातिहरुको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी अब जनमुक्तिको काँँधमा आएको बताउदै सदियौ देखि उत्पीडनमा परेका समुदायका अधिकारलाई संविधानमा संसोधन गरी सुनिस्चित गराउन दबाब स्वरुप मुद्दा मिल्ने पार्टीहरु संग एकिकरण अथवा सहकार्य गरेर अब कडा भन्दा कडा आन्दोलनमा उत्रिनुपर्ने बताउनु भएको छ । त्यस्तै प्रमुख अतिथी महेन्द्र थापाले आज नेपाल सन्सारकै गरिब अनि भ्रष्टाचारले ग्रसित राष्ट्रहरुको सुचिमा सुचिकृत हुनुमा नेपालका प्रमुख दलहरु काङ्ग्रेस, एमाले, माओवादी नै जिम्मेवार रहेकोले उनिहरुलाई सत्तामा बस्ने कुनै अधिकार नभएको बताउनु भएको थियो ।


अन्य बक्ताहरु श्री टप थापा मगर, बुद्ध थापा मगर, सन्तोष रन्जन, सहबिर राना मगर र इश्वरा थापा मगर लगायत अधिकास सदस्यहरुले अब पार्टी कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएका थिए । बैठकलाई समापन गर्ने क्रममा बोल्दै अध्यक्ष खम्बूूले यदि समयमै सरकारले संविधान संसोधन नगरे देश गृहयुद्धमा जाने निश्चित रहेको बताउदै मुलुकमा रोजगारीको ब्यवस्था हुनुपर्ने यदि त्यसो नगरे प्रबासमा रहेका ३५ लाखभन्दा बढी युवाहरु नेपालमा फर्की आन्दोलन गर्ने चेतावनी समेत दिए । बैठक सञ्चालन मञ्चका सचीव श्री लिला दुमि राईले गर्नुभएको थियो ।

Wednesday, 19 July 2017

बहराईनमा २३ औं विश्व आदिबासी-जनजाती दिवस भब्य मनाइने ।


कृष्ण सारू मगर
मानमा-बहराईन, १९ जुलाई नेपाल आदिबासी-जनजाति महासंघ बहराइनले २३ औं विश्व आदिबासी-जनजाति दिवसको अवसरमा ‘बहुल जातीय साँस्कृतिक साँझ’ कार्यक्रमको आयोजना यहि आउँदो ११ अगस्त २०१७ का दिन अदेलिया स्थित वाङ्गसाङ्ग थाई रेष्टुरेन्टको सभाहलमा भब्य मनाउने महासंघका सुचना तथा संचार प्रमुख अमरजंग गुरूङले जानकारी दिए ।

महासंघका महासचिव झहर थेबे लिम्बूका अनुसार मध्ये पुर्वीय राष्ट्र बहराईनले महासंघमा आवद्ध स्थापित विभिन्न ६ वटा विशुद्ध जातीय संस्थाहरु क्रमशः

मगर संघ, तमु समाज, तामाङ्ग सेवा समाज, किराँत याक्थुम चुम्लुङ्ग, किराँत राई यायोक्खा र शेर्पा समाजको सहकार्यमा हुन लागेको बाहुल साँस्कृतिक साँझ कार्यक्रमको यो पहिलो प्रस्ततुतिले नेपाल र नेपालीहरुको राष्ट्रिय पहिचान र अस्तित्वलाई संरक्षण तथा प्रवर्द्धनमा प्रतक्ष टेवा पुग्ने हेतुले परम्परागत मौलिकता झल्किने विविध मनोरञ्जनात्मक साँगीतिक कार्यक्रम सहित कार्यक्रम गर्ने भएको हो ।

श्रोतका अनुसार बाहुल जातीय सास्कृतिक साँझ कार्यक्रमको मुख्य उद्धेश्य नेपाली राष्ट्रिय कला तथा संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धन संगै बहराईनमा स्थापित अन्तराष्ट्रिय नेपाली कलाकार समाज र अन्तराष्ट्रिय कलाकार मंचमा आवद्ध रहेका ख्याति प्राप्त स्थानीय कालाकारहरुको सह्योगमा भब्य मनाउने संघका साँस्कृतिक संयोजक सोनम दोङ्ग तामाङले हामीलाई बताएका छन् ।

महासंघले विभिन्न समाजिक संघ, संस्था, संगठन, तथा उधोग, ब्यावसायी, समाजसेवी एवं विभिन्न मिडियामा आवद्ध स्थानीय पत्रकार बन्धु लगायत सम्पुर्णमा बहराईनबासी दाजु-भाई तथा दिदी-बहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दै आयोजक समिति परिवार सादर निमन्त्रणा समेत गरेको छ ।

Wednesday, 12 July 2017

गरे के हुँदैन ईच्छा शक्ति हुनुपर्छ, विदेशबाट फ्रकिएर भाडामा सामुहिक गोलभेडा खेती शुरु ।


रामपुर, पाल्पा
विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन् ।

एघार रोपनी जग्गा वार्षिक रु ५० हजारमा भाडामा लिएर युवाले रु २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन् । गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ ।

विदेशिएका अर्जुन थापा, शेरबहादुर सोती, पूर्णबहादुर पचभैया र विदेशिन लाग्नुभएका किसान सारुले सामूहिक रुपमा जग्गा भाडामा लिएर थालनी व्यवसाय जिल्लामै नमुनाका रुपमा अघिबढेको छ ।

यो व्यवसायका लागि पाल्पा जिल्ला कृषि विकास कार्यालयले रु दुई लाख ४० हजारका साथै १५ वटा प्लास्टिक टनेल अनुदानमा उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए । सो व्यवसायका लागि जापानी समाजसेवी काजुमासा काकीमी  ले रु तीन लाख सहयोग गरेको व्यवसायी शेरबहादुर सोतीले जानकारी दिए ।

त्यस्तै किसान परियोजना नामक संस्थाले सिमेन्ट पोखरी निर्माणका लागि रु ४५ हजार २०० र दुई वटा प्लास्टिक टनेल उपलब्ध गराएको परियोजनाका कृषि बजार प्राविधिक अशोक गुरुङले बताए । मासिक रुपमा एक बोटमा चार किलो गोलभेँडा उत्पादन गर्ने लक्ष्यका साथ यहाँका युवाले आधुनिक प्रविधिबाट सो व्यवसाय गरेका हुन् ।

रामपुरको बजारलाई लक्षित गरी ती चार युवाले गोलभेँडा खेती सुरु गरेका हुन् । आउँदो माघसम्ममा ६४ वटा टनेल निर्माण गरी गोलभेँडाबाट वार्षिक रुपमा रु १० देखि १५ लाखसम्म आम्दानी लिने उनीहरुको सोच छ ।

Friday, 7 July 2017

जनमुक्ति मञ्च कतारको अनलाइन बैठक सम्पन्न ।


५ जुलाई २०१७ मा जनमुक्ति मञ्च  कतारले स्थानिय निर्वाचनमा पार्टीले लिएको जनमतकाे समिक्षात्मक अनलाइन बैठक सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष श्री राज खम्बु (खालिङ्ग) राई ज्यूको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा बाेल्नेहरु मञ्चका उपाध्यक्ष श्री तोर्न लिम्बू, सह-कोषाध्यक्ष श्री सहबिर राना मगर साथै मञ्चका बरिस्ठ सल्लाहकारहरु श्री मन थापा मगर, श्री महेन्द्र थापा मगर अनि सदस्य सम्यक राना मगर लगायत अधिकांश सदस्यहरुले अहिलेको स्थानिय निर्बाचनमा पार्टीले अपेक्षाकृत चुनावी परिणाम हासिल गर्न नसके पनि २६ बर्षको गरिमामय राजनीतिक इतिहास बोकेको पार्टी राष्ट्रिय जनमुक्ति पार्टी सैद्धान्तिक र नीतिगत रुपमा सधैँ बिजयी भएको छ, पार्टी खासै सत्तामा नगए पनि यसले उठाएका संघीय गणतन्त्र, धर्म निरपेक्षता, पहिचान, समानुपातिक प्रतिनिधि आदिजस्ता मुद्दाहरु केहीरुपमा भए पनि संविधानमा समेटिएको अनि नेपालका ठूला दल भनाउदाहरुले पनि बाध्य भएर सोही मुद्दालाई उठान गर्दै आइरहेको निष्कर्ष निकालेका छन् । पार्टी सत्तामा गए पनि नगए पनि, चुनाव जिते पनि नजिते पनि मुलुकमा कुशल राजनीतिक ब्यवस्थापन, सम्पूर्ण जनताको अधिकारसम्पन्न राज्य प्रणाली, शान्ति र बिकासको स्थापना गर्न पार्टी सधैं लागिपरेकोले एक दिन अवश्य पनि पार्टीले जित हासिल गर्ने र मुलुकले आमूल परिबर्तनसहितको नयाँ मुहार फेर्ने हुँदा पार्टीका नेता तथा कार्यकर्ताहरु बिल्कुल हतोत्साहित नभई अझै थप उर्जा र उच्च मनोबल लिई अघि बढ्नुपर्ने कुरामा बक्ताहरुले जोड दिदै बर्तमान सरकारले संविधान संसोधन नगरे पार्टी कडारुपमा आन्दोलनमा उत्रनुपर्छ र त्यसको लागि जनमुक्ति मंच कतार जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । बैठकलाई समापन गर्दै मन्चका अध्यक्ष राज खम्बु ज्यूले अब युवाहरू आ-आफ्नो  जिल्ला ठाउँहरुबाट सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताउदै त्यो कार्य अब जनमुक्तिले पूर्बी लिम्बुवानबाट सुरु गर्ने अध्यक्ष खम्बुले बताउनु भएको छ भने कार्यक्रम सञ्चालन मञ्चका महासचिव श्री राम किरण तामाङले गर्नुभएको थियो ।

Saturday, 1 July 2017

नेपाल मगर संघ शाखा कतारको अध्यक्षमा शेर बहादुर रोका मगर ।


०१ जुलाई २०१७ दोहा कतार
   नेपाल मगर संघ शाखा कतारको १२ औ अधिबेशन कतारको दोहामा सम्पन्न भएको छ । ३० जुन शुक्रबारका दिन संघका अध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षता र नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरु, अतिथि गण, पत्रकार र विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । बोल्ने अधिकांस वक्ताहरुले मगर संघ कतारले बिगत देखि गर्दै आईरहेका श्रहानिय कामहरुको प्रशंसा गर्दै शुभकामना दिएका थिए । कार्यक्रमको बिच-बिचमा मगर संस्कृति झल्काउने नाँचहरु प्रतुत गर्दा सुनमा सुगन्ध थपिएको थियो ।


 १२ औं अधिवेशन बाट तपशिल बमोजिमका समितिहरु निर्बिरोध निर्बाचित हुनुभएको छ । जसमा
अध्यक्ष - शेर बहादुर रोका मगर
प्रथम उपाध्यक्ष  - अभिमत पुन मगर
द्वितीयत उपाध्यक्ष - केशब घर्ती मगर
महिला उपाध्यक्ष - इस्वरा थापा मगर
महासचिब - विजय मिरिङ्चिङ मगर
कोषाध्यक्ष - केशब राना मगर
बिभागिय सचिब- बिबेक पुलामी मगर
सस्कृतिक बिभाग सम्योजक - भुपेन्द्र रिखाम मगर लगायत गायत्री थापामगर, जनक कुमारी थापा मगर, लक्ष्मि काउछा मगर, ज्ञानु मगर गरि जमा २६ जना सदस्य र एउटा सदस्य रिक्त गरि समिती राखिएको छ ।


यो १२ औं कार्यसमितिका सम्पुर्ण नयाँ पदधिकारी तथा सदस्य ज्युहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान पनि गरिएको थियो । कार्यक्रम संघका महासचिब विजय मगरको संचालनमा भएको थियो ।