Thursday, 20 July 2017

जनमुक्ति मञ्च कतारको बैठक सम्पन्न ।


दोहा,कतार २० जुलाई २०१७
जनमुक्ति मंच कतारको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष श्री राज खम्बु ज्यूूको अध्यक्षता र वरिष्ठ सल्लाहकार श्री महेन्द्र थापा ज्यूको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो । बैठकले स्थानिय निर्बाचन सम्बन्धमा, संगठन बिस्तार, समसामयिक राजनीतिक बिषयमा छलफल गरी महत्वपूर्ण निर्णयहरु गरेको छ । बिशिस्ट अतिथिका रुपमा रहनुभएका मन थापा ( डि.बि ) ले मुलुकमा ब्याप्त बेतिथी, बेरोजगारी, राजनीतिक तथा आर्थिक भ्रष्टाचारलाई निर्मुल पार्न र मुलुकलाई बिकसित, ब्यवस्थित, कानुन सम्मत बनाउन अनि हरेक जात-जातिहरुको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी अब जनमुक्तिको काँँधमा आएको बताउदै सदियौ देखि उत्पीडनमा परेका समुदायका अधिकारलाई संविधानमा संसोधन गरी सुनिस्चित गराउन दबाब स्वरुप मुद्दा मिल्ने पार्टीहरु संग एकिकरण अथवा सहकार्य गरेर अब कडा भन्दा कडा आन्दोलनमा उत्रिनुपर्ने बताउनु भएको छ । त्यस्तै प्रमुख अतिथी महेन्द्र थापाले आज नेपाल सन्सारकै गरिब अनि भ्रष्टाचारले ग्रसित राष्ट्रहरुको सुचिमा सुचिकृत हुनुमा नेपालका प्रमुख दलहरु काङ्ग्रेस, एमाले, माओवादी नै जिम्मेवार रहेकोले उनिहरुलाई सत्तामा बस्ने कुनै अधिकार नभएको बताउनु भएको थियो ।


अन्य बक्ताहरु श्री टप थापा मगर, बुद्ध थापा मगर, सन्तोष रन्जन, सहबिर राना मगर र इश्वरा थापा मगर लगायत अधिकास सदस्यहरुले अब पार्टी कडा रुपमा प्रस्तुत हुनुपर्ने बताएका थिए । बैठकलाई समापन गर्ने क्रममा बोल्दै अध्यक्ष खम्बूूले यदि समयमै सरकारले संविधान संसोधन नगरे देश गृहयुद्धमा जाने निश्चित रहेको बताउदै मुलुकमा रोजगारीको ब्यवस्था हुनुपर्ने यदि त्यसो नगरे प्रबासमा रहेका ३५ लाखभन्दा बढी युवाहरु नेपालमा फर्की आन्दोलन गर्ने चेतावनी समेत दिए । बैठक सञ्चालन मञ्चका सचीव श्री लिला दुमि राईले गर्नुभएको थियो ।

No comments:

Post a Comment