Friday, 7 July 2017

जनमुक्ति मञ्च कतारको अनलाइन बैठक सम्पन्न ।


५ जुलाई २०१७ मा जनमुक्ति मञ्च  कतारले स्थानिय निर्वाचनमा पार्टीले लिएको जनमतकाे समिक्षात्मक अनलाइन बैठक सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष श्री राज खम्बु (खालिङ्ग) राई ज्यूको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा बाेल्नेहरु मञ्चका उपाध्यक्ष श्री तोर्न लिम्बू, सह-कोषाध्यक्ष श्री सहबिर राना मगर साथै मञ्चका बरिस्ठ सल्लाहकारहरु श्री मन थापा मगर, श्री महेन्द्र थापा मगर अनि सदस्य सम्यक राना मगर लगायत अधिकांश सदस्यहरुले अहिलेको स्थानिय निर्बाचनमा पार्टीले अपेक्षाकृत चुनावी परिणाम हासिल गर्न नसके पनि २६ बर्षको गरिमामय राजनीतिक इतिहास बोकेको पार्टी राष्ट्रिय जनमुक्ति पार्टी सैद्धान्तिक र नीतिगत रुपमा सधैँ बिजयी भएको छ, पार्टी खासै सत्तामा नगए पनि यसले उठाएका संघीय गणतन्त्र, धर्म निरपेक्षता, पहिचान, समानुपातिक प्रतिनिधि आदिजस्ता मुद्दाहरु केहीरुपमा भए पनि संविधानमा समेटिएको अनि नेपालका ठूला दल भनाउदाहरुले पनि बाध्य भएर सोही मुद्दालाई उठान गर्दै आइरहेको निष्कर्ष निकालेका छन् । पार्टी सत्तामा गए पनि नगए पनि, चुनाव जिते पनि नजिते पनि मुलुकमा कुशल राजनीतिक ब्यवस्थापन, सम्पूर्ण जनताको अधिकारसम्पन्न राज्य प्रणाली, शान्ति र बिकासको स्थापना गर्न पार्टी सधैं लागिपरेकोले एक दिन अवश्य पनि पार्टीले जित हासिल गर्ने र मुलुकले आमूल परिबर्तनसहितको नयाँ मुहार फेर्ने हुँदा पार्टीका नेता तथा कार्यकर्ताहरु बिल्कुल हतोत्साहित नभई अझै थप उर्जा र उच्च मनोबल लिई अघि बढ्नुपर्ने कुरामा बक्ताहरुले जोड दिदै बर्तमान सरकारले संविधान संसोधन नगरे पार्टी कडारुपमा आन्दोलनमा उत्रनुपर्छ र त्यसको लागि जनमुक्ति मंच कतार जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । बैठकलाई समापन गर्दै मन्चका अध्यक्ष राज खम्बु ज्यूले अब युवाहरू आ-आफ्नो  जिल्ला ठाउँहरुबाट सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताउदै त्यो कार्य अब जनमुक्तिले पूर्बी लिम्बुवानबाट सुरु गर्ने अध्यक्ष खम्बुले बताउनु भएको छ भने कार्यक्रम सञ्चालन मञ्चका महासचिव श्री राम किरण तामाङले गर्नुभएको थियो ।

No comments:

Post a Comment