Monday, 31 October 2016
कतारमा मगर संघले "अक्षय कोष स्थापनार्थ दिपावली साँझ-२०१६" मनाउने ।
कृष्ण सारू मगर
दोहा-कतार ३१, अक्टोबर नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक बिभागको द्वरा आयोजित मगर समुदायका अत्यन्त निम्न वर्गीय गरिव तथा जेहेन्दार विद्यार्थीहरुको “अक्षय कोषमा, प्रतक्ष लाभ पुर्याउने हेतुले यहि आउँदो ११ नोभेम्वर २०१६ शुक्रबारका दिन दोहा स्थित गल्फ प्याराडाईज होटलमा दीपावली साँझ कार्यक्रम मनाउने भएको छ ।
नेपालका चर्चित राष्ट्रिय लोक तथा दोहरी गायिका द्वय सृष्टि पुन मगर, अनु गुरुङ, गायक आशिष वि.सी. र नृत्य तथा हाँस्यकलाकार निर आले मगरको साथमा नेपाल मगर संघ, शाखाको कला तथा सांस्कृतिक विभागको बेजोड प्रस्तुति नेपाली मौलिक परम्परागत संस्कृति झल्किने बिभिन्न प्रस्तुतिहरुको साथमा धमाकेदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराउने कार्यक्रमका संयोजक सोम थापा मगरले गुम्बेली खबरलाई बताएका छन् ।
मध्यपूर्वीय राष्ट्र दोहामा समाजिक अवधारणा बोकी स्थापित विभिन्न जातिय, क्षेत्रीय, वर्गीय, तथा धार्मिक संघ संस्था, संगठनमा आवद्ध, समाजसेवी, बुद्धिजिवि, उधोग, ब्यवसायी, कलाकार तथा, खेलाडी एवं विभिन्न मिडियामा आबद्ध पत्रकारवन्धु लगायत समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त दिपावली साँझ कार्यक्रमलाई भब्य र सभ्य संपन्न गराउन गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।
नोट: विस्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित सम्पर्क गर्नु हुन अनुरोध गरेको छ !
Saturday, 29 October 2016
तिहारको उपलक्ष्यमा लेखिएको काल्पनिक तर मन छुने प्रेम पत्र ।
प्रिय सानु
आराम रहि आरामताको कामना गर्दछु ।
जीवनका गोरेटाहरुमा पाइला चाल्दै जाँदा एउटा सुन्दर बगैँचामा कुनै भ्रमराको व्यग्र पतिक्षा गरि आफ्नो यौवनलाई फक्राएर सजिएकी सुन्दर कुसुमलाई पहिलो पत्रमा नै प्रियको सम्बोधन गरेँ, थाहा छैन यो कति सम्म उपयुक्त छ ? तर जुन दिन तिमीलाई देखेँ तिम्रो त्यही नसालु नजर, मन्द मुस्कुराई र चतुर चालले गर्दा होला मस्तिस्कलाई मुटुले जितेर तिम्रो नामको अगाडि प्रिय शब्द थपिदियो, फलस्वरुप यो पत्रमा पनि त्यै शब्द लेखिदिएछ हातको कलमले । तिमी एक झल्को देखियौ र तुरुन्तै लुक्यौ पनि, तर यो लुकामारी झन अविश्मरणिय बन्न पुग्यो फिक्का बादलभित्र लुकेको पूर्णिमाको जून सरी……।
हाम्रो भेट नै अनौठो रहयो । एक दिनको त्यो भेट आजसम्म पनि ताजा बनेर सम्झनामा आइरहेछ हरक्षण, हरपल । त्यो तिहारको दिन, हामी संगै नाँच्न गाउन पुगेको.....मैैले मादल बजाउँदै भट्ट्याउँदा तिमी छमछम्ति नाँच्थ्यौं । जब जब तिमी मन्द चालमा मेरो समिप भएर मधुर बोलीले बिना सम्बोधन विभिन्न रोटी, अचारहरुको अनुरोध गथ्र्यौ, मेरो भोक, तिर्खा र थकाइ हराएर जान्थ्यो त्यसै त्यसै.... अनि शरिरमा नयाँ स्फुर्ति बढेर आउँथ्यो । गलाभरि सयपत्री र मखमली फूलले सजिएकी तिमी स्वर्गकी अप्सरा झै देखिदा म मग्नमुग्ध बनेर सयर गरेको थिएँ, तिम्रो कोमल तनभरी । तिम्रो हात समाएर सहयात्रा गर्दा त्यो टाढाको बाटो पनि नजिक लाग्थ्यो, हाम्रो यात्रा कहिल्यै नसकियोस्, अनि त्यो समय नै युगयुगसम्म लम्किरहोस् भन्ने लागिरहन्थ्यो ताकी तिमीलाई त्यो समीपबाट गुमाउनु नपरोस् जुनी जुनी सम्म…....
देउँसी भैलो चल्दै गर्दा तिमीले बाँढेको रोटी, अचार त्यो पनि सबैको आँखा छलेर थपुवा दियौ मलाई मात्र...अनि चिसो बढ्दै जाँदा ओढ्ने दियौ त्यो पनि मेरै लागि मात्र । “आऊ न यहि ओढ्ने ओढेर सँगै सहयात्रा गरौँ दुबै जनाले” मुख नखोलेरै बोलेको थिएँ म । तिम्रा हरेक बोली र व्यवाहारले पनि बताइरहेको थियो, तिमी पनि म प्रति आक्रषित छौ भनेर....
देउँसी भैलो उच्चारण गर्दै गर्दा तिमीलाई नै सम्झिरहन्थे, अनि मन मनले भन्दै थिएँ, “हो सानु, तिमी नै मेरो बाबाआमा, मित्र, विद्या र धन हौ । अब यो संसारमा तिमी भन्दा बाहेक मैले प्राप्त गर्नुपर्ने कुनै बस्तु छैन ।” संयोग नै उस्तो, मध्यरातमा मैले तिमीलाई आत्मिक प्रेम गरेको थिएँ । म पूर्ण रुपले तिमीमा समर्पित थिएँ । मैले आँफुले आँफैलाई विर्सिएर तिमी भित्र नै आँफुलाई पाउन थालेको थिएँ, सायद त्यो नै प्रेमको उत्कर्ष थियो । मैले चिच्याएर भनेको थिएँ, “सानु ! म तिमीलाई प्रेम गर्छु ।” तर बोली बाहिर निस्कीएनछ, ओठ बन्दको बन्द नै रहेछन् ।
त्यो दिनदेखि म बेचैन छु । पूर्णिमाको रातमा जुनको शितलता ओढि रोशनीमा औंसीको रातमा अन्धकारमा रुमल्लिदै ताराहरु विचमा तिम्रै मुहार खोजिरहेछु, कुन छितिजबाट चिहाइरहेकी छौ भनेर । साँच्चै, म खाली.... पूरै खाली कागज बनेर उड्दै थिएँ, तिमीले च्याप्प समाएर रंगहरुको वर्षा गराइदियौ...जबजब मैले आँफुलाई नियाल्न थालेको थिए, त्यसैमा घोत्लिएर रहेकी तिमीलाई पाउन थालेको थिए । म त एउटा दुधेबालक थिएँ, तिमी विहानीको घाम बनेर आयौ र न्यानो दियौ । तर सानु, दिन यति धेरै बढिसक्यो कि, अब तिमी नै आएर मायाँको छहारी दिइनौ भने सायद यो मध्यरातमा तड्पिएर रहनुको विकल्प नहोला । हो, सानु ! तिम्रो एक मुस्कानको लागि जीवनभर दुःख झेल्न सक्छु भन्ने हिम्मत आउन थालेको छ अचेल । जब जव किताबका पानाहरु खोल्छु, किताबका पाना पानामा र अक्षरका दाना दानामा तिमी नाँचेको देख्छु, त्यै दिनको तिहारमा जस्तै …….।
समय, न तिम्रो बसमा थियो, न मेरो । भोलिपल्ट छुटिनुपर्यो, नचाहँदा नचाहँदै पनि... जुन दिनदेखि तिमीले आगो झोसेर गयौ, त्यै दिनदेखि म भुटभुटिएको भुटभुटियै छु, सुन्दर हाँडिमा, एउटा पड्कन नसकेको मकैको दाना बनेर । धेरै पटक तिम्रो सम्पर्क नम्बर खोज्न प्रयास पनि गरेँ, फेसबुक र ट्वीटरमा सर्च गरेँ, तर प्रयासहरु एक पछि अर्को गर्दै असफल मात्र भए । तर आज, जब तिम्रो स्थायी बस्तीको ठेगाना पाएँ, मायाँको संसारबाट मुटुको प्यार समेटिएको पत्रको उपहार नचढाइरहन सकिन । बिश्वस्त छु, यो उपहार स्विकार गरेर मुटुको भित्तामा सजाएर राख्नेछौ ।
आजकल म आँफै अनौठो भएको छु । न सद्धे छु, न बिग्रीएको छु, के छु ? म आँफैलाई थाहा छैन ।
हो, सानु
लेख्दा लेख्दै मनका भावना उर्लिएर आए । भावनालाई शव्दमा उतार्न गाह्रो छ भन्ने थाहा हुँदाहुँदै पनि कलम दौडियो । जवरजस्तै कलमलाई बिदा दिन जाँदैछु, तिम्रो सकारात्मक प्रतिक्रियाको आशमा । खै, कसरी रोकुँ यो कलम ? तर बाध्यता नै यस्तो, त्यसैले बाँकी अर्को पत्रमा………….. ।
उही, तिमीलाई आफ्नो ठान्ने
सम्यक राना मगर
📝 यस पत्र काल्पनिक हुन् । अन्यथा नसोचि दिनुहुन अनुरोध छ ।
Friday, 28 October 2016
धुर्मुस-सुन्तली फाउण्डेशन द्धारा निर्मित घरहरु जनतालाई हस्तान्तरण ।
पिडित जनता को घाउमा मलाम पट्टि लगाइदिने श्रृजनशिल मेहनेती र लगनशील हात भएका धुर्मुसे र सुन्तली फाउन्देशन लाई हाम्रो पनि बधाई तथा शुभकामना !!!
बस्ति हस्तान्तरण गर्दै धुर्मुसले भने- अब जनताले विश्वास गरे देश बनाउँछौ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारी, धुर्मुसका बा-आमा र सुन्तलीका बा-आमाबाट आज समुदायलाई हस्तान्तरण गरेका छन् ।
कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवन सहित ६७ घरको बस्ति भूकम्प पीडित स्थानियलाई हन्तान्तरण भएको हो।
कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।
२३ घर, दुईटा चिल्ड्रेन पार्क, एउटा पार्किङ र दुईटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गरे ।
त्यस्तै १५ घर, खेल मैदान र शितल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा भाग लिन मह जोडीसहित विभिनन् कलाकारहरूको समेत सहभागीता रहेको छ।
कार्यक्रममा फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जानकारी दिएको छ ।
फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो। कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भूक्तानी भइसकेको छ। ६१ लाख ४ हजार ९ सय रुपैयाँ तिर्न बाँकी रहेको जानकारी गराइएको छ।
बस्ती हस्तान्तरणसँगै भूकम्पपीडित स्थानीयले यो तिहार आफ्नै घरमा मनाउँदैछन्।
बस्ती हस्तान्तरण गर्दै कलाकार धुर्मुसले सपना देखेको एक वर्षमै परियोजना सकिएको भन्दै अब जनताले विश्वास गरे देश बनाएर देखाउँने दाबी गरे।
‘जतिबेला दिमागमा सुन्दर बस्ती फिट भइसकेको थियो। त्यतिखेर हामीसँग धेरै चुनौती थिए। आज पुरा भयो। लाग्दैछ कि हामी संसार जित्ने प्रयास गर्दैछौ। हाम्रो भोगाइले भन्छ एकीकृत बस्ती समानताको प्रतिविम्ब हो,’ कार्यक्रममा बोल्दै धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले भने।
आज समग्र कला क्षेत्रको विजय भएको दिन भन्दै उनले अगाडि भने, ‘यो बस्ती बनाएपछि के बनाउने भन्ने प्रश्न आउन सक्छ यो दिन कला क्षेत्रको विजय भएको दिन हो।’
Wednesday, 19 October 2016
७२ वर्षिय चन्द्रविरले वर्ष दिनमा २ कि.मि. बाटो बनाए ।
७२ बर्षका चन्द्रविर वलीले एक बर्ष लगाएर एक्लै पहाड फोडेर झण्डै दुइ किलोमिटर बाटो निर्माण गरे। उनलाई बाटो निर्माण गरुन्जेल गाउँका एक जना (जंगबहादुर वली) बाहेक कसैले सघाएनन् । तर, अहिले गाउँलेहरु सहर–बजार धाउन त्यही बाटो प्रयोग गर्छन् । गोरेटो बाटो समेत नभएको ठाउँमा सजीलै हिड्न सक्ने बाटो बनाए पछि त्यहाँका स्थानियहरु अहिले खुशी भएका छन् ।
‘बुढो भइगो, अब कति बाँचिएलार हुजुर ! म मरे पनि मेरा अन्धाअन्धी श्रीमति र छोराहरु, मैले खनेको बाटो छामेर गाउँ र तल बाटो सम्म जानआउन सकुन भनेर बाटो खनेको हुँ,वलीले भने ।विहानीको मिरमिरे उज्यालो भए देखि साँझ झुसमुस नहुँदासम्म उनी अन्कन्टार जंगलमा बाटो खनिरहन्छन् ।
आर्थिक रुपले निकै कम्जोर उनको दृष्टिविहिन परिवारले वेलामौकामा विभिन्न व्यक्तिले दिनेको गरेको सहयोगले भोको पेट भर्दै आएका छन् । वलीका दृष्टिविहिन छोराहरु केहि समय यता सहरबजारका सडकमा गीत गाएर संकलन भएको रकमले जीवन धान्छन् ।
Monday, 17 October 2016
पाल्पाको बौघा गुम्बामा पूर्णिमा मेला सम्पन्न ।
गुम्बेली संयुक्त यूवा संजाल बौघा गुम्बा पाल्पा द्धारा आयोजित "पूर्णिमा मेला तथा वृहत सांस्कृतिक कार्यक्रम २०७३" भव्य रुपमा सम्पन्न भएको छ ।
वर्षेनी आयोजना हुने यस कार्यक्रममा पाल्पा लगायत विभिन्न जिल्लाहरुबाट १० हजार भन्दा बढि दर्शकहरुको उपश्थिति रहेको थियो ।
विहान ११ बजेबाट शुरु भएको कार्यक्रमहरुमा विगतका तुलनामा यस पटक धेरै दर्शकहरुको उपश्थिति रहेको थियो र भव्य र सव्य रुपमा कार्ययक्रम सम्पन्न भएकोमा सबै खुशी देखिएका छन् ।
कार्यक्रममा विभिन्न संघ संस्थाहरुको झाँकी सहितको सराई नाँच, विभिन्न खेलहरु, ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु राजु गुरुङ, चिना थापा मगरको प्रस्तुतिको साथमा स्थानिय कलाकारहरुको पनि विभिन्न प्रस्तुतिहरु रहेको थियो ।
Saturday, 15 October 2016
लोक गीत क्षेत्रमा उदाउदै गरेकी नक्षत्र तारा थापा मगर ।
विगत २ वर्ष पहिले देखि लोक संगीत क्षेत्रमा लाग्नु भएकी पाल्पा, बौघा गुम्हा - ८ केराबादीकी तारा थापा मगर अहिले देश-विदेशमा हुने कार्यक्रहरुमा व्यस्त देखिन्छिन् ।
यसै अवसरमा अहिले मलेसियामा भईरहेका विभिन्न कार्यक्रमहरुमा सहभागी भईरहेकी छिन् । मिठो स्वरकी धनी तारा थापा मगर उदाउदै गरेकी नक्षत्रको रुपमा पनि लिने गरिन्छ ।
विभिन्न १५ भन्दा बढि लोक गीतहरुमा आफ्नो मिठो स्वर दिइसक्नु भएकी तारा मिलनसार, लगनशिल, सरल स्वभाव र सहयोगी भावनाकी हुनुहुन्छ ।
उनको मलेसियाको सांगेतिक यात्रा सुखमय रहोस् यहि सुवेक्क्षा ।
Wednesday, 12 October 2016
पाल्पा, बौघा गुम्बाको पूर्णिमा मेलामा राजु गुरुङ र चिना थापा मगरले दर्शक नचाउने ।
गुम्बेली संयुक्त यूवा संजाल बौघा गुम्बा, पाल्पाले यहि अशोज ३० गते आयोजना गर्नेे "पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम २०७३" का लागी चर्चित राष्ट्रिय लोक दोहोरी गायक राजु गुरुङ र चर्चित लोक दोहोरी गायिका चिना थापा मगरलाई उपश्थिति गराई भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने भएको छ । विगत लामो समय देखि विभिन्न कलाकारहरुको साथमा सराई मेला, विभिन्न खेलकुदहरु र सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको यस संजालले यस पटक अलि छुट्टै किसिमले कार्यक्रम गरि भव्य र सव्य रुपमा मनाउन लागि परिहेको हुँदा सम्पूर्ण दर्शक महानुभाबहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध समेत गरेको छ ।
Friday, 7 October 2016
बौघा गुम्बामा पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम हुने ।
यहि असोज ३० गते पाल्पाको बौघा गुम्बामा पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम २०७३ आयोजना हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि राष्ट्रिय कलाकारहरुको साथमा सराई मेला तथा विभिन्न खेलहरु आयोजना हुनेछन् । जसमा चर्चित लोकदोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका चिना थापा मगर र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
कार्यक्रमलाई व्यवश्थित र भव्य रुपमा सफल बनाउनको लागी विभिन्न समिति तथा उप-समितिहरु गठन गरिएको संजालकी सदस्य माया लम्तरी मगरले जानकारी दिनुभयो । अहिलेसम्म मोटामोटी कामहरु सकिसकिएको र बाँकी रहेका कामहरु पनि समयमै सक्ने र कार्यक्रमलाई भव्य रुपमा सफल बनाउँने तयारी रहेको कुरा पुन जोड्नुभयो ।
कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी देश-विदेशमा रहनुभएका सम्पूर्ण गुम्बेली बाबाआमा, दाजुभाई, दिदीवहिनी, साथीहरु र सहयोगी महानुभावहरुलाई अपिल गरिएको छ र भनिएको छ, यहांहरुको सहयोग, सुझाब, सल्लाह र सहभागिता विना अपुरो हुनेछौं ।
Monday, 3 October 2016
ओमनमाअन्तर संस्था फुटबला प्रतियोगिता सम्पन्न ।
कृष्ण सारू मगर
मस्कट-ओमन २ अक्टोबर
गत शुक्रबारका दिन नेपाल मगर संघ ओमन द्वारा आयोजित "प्रथम अन्तर नेपाली खुल्ला फुटबल" प्रतियोगिताको सहभागीता जनाउँदै ओमनमा स्थापित विभिन्न क्रियाशिल संघ, संस्था, संगठनका खेलकुद विभाग समुहले ७ टिम दर्ता भएको संघका केन्द्रीय संयोजक सुक बहादुर थापा मगरलेे गुम्बेली खबरलाई बताए ।
उक्त फुटबल प्रतियोगिता संघका अध्यक्ष सुर्य बहादुर थापा मगरले उद्घाटन गरेेका थिए ।
फाईनलमा पुगेका सगरमाथा समुहका टिमलाई दबाउँदै जनप्रगतिशील मंचका खेलाडीको उत्कृष्ट प्रदर्शन गरेेका थिए । जन प्रगतिशिलले गरेको पहिलो गोल नै निर्णायक गोल हुन पुग्यो भने, प्रतिस्पर्धामा उत्रिएका सगरमाथा समुहका खेलाडीले पनि निकै उत्साहजनक प्रतिस्प्रर्धामा उत्रिएता पनि गोल रहित उप-बिजेतामै चित्त बुझायो ।
प्रथम हुने टिमलाई ने. रु.१४००० सिल्ड, कप तथा प्रमाणपत्र र द्धितिय टिमलाई ने. रु.११००० सिल्ड, कप तथा प्रमाणपत्र संघले प्रदान गरेको हो ।
सभापतित्व संघका अध्यक्ष थापा मगरले गरेका थिए । उपाध्यक्ष गोम बहादुर सारू मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Sunday, 2 October 2016
दक्षिण कोरियामा कार्यरत नेपालीहरुले गरे ने.रु. १ लाख सहयोग ।
श्याम राना मगर
असोज १६, काठमाडौँ
जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियामा कार्यरत शुभद्रा पालुङ्गवा लिम्बुको संयोजकत्वमा संकलन गरिएको नेरू एकलाख रकम १५ असोजका दिन राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन मगरलाई पचास हजार र एकिकृत सिर्जनशील समाज नेपालकी जुनु पुन मगरलाई पचास हजार गरी दुवै संस्थाका प्रमुखलाई मगर्स क्रियशन/मगर मिडियाका पत्रकारको उपस्थितिमा दक्षिण कोरिया बाट आएको उक्त सह्योग रकम शुभद्राकी भाई सुरेन्द्र पालुङ्गवा लिम्बुले काठमाण्डौ स्थित आ-आफ्नै कार्यकक्षमा पुगेर बुझाएका हुन् ।
ताप्लेजुङमा जन्मेकी शुभद्रा पालुङ्गवा लिम्बु जेजु मल्टी कल्चर फेमिली सेन्टरमा सन् २००९ मा कोरिया पुगेर जेजु नेपाल कम्युनिटी नामक समाजिक संस्थाको स्थापनाकाल देखि नै अध्यक्षको पदभार सम्हाल्दै संस्थाको उद्धेश्य अनुरूप नेपाल र नेपालीलाई प्रतक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित पु¥याउने अभिप्रायले संस्था स्थापना गरेकी लिम्बूले दक्षिण कोरियाका नेपालीहरूको सह्योगले उक्त रकम संकलन गर्न सफल भएकी हुन् ।
हाल जेजु मानव संसाधन बिकास बोर्डमा नेपाली भाषा अनुवादक र काउन्सिलिङ्गको भुमिका निर्वाह समेत नि:शुल्क सह्योग दिँदै आएकी छिन् ।
गत वर्ष १२ र २९ वैशाख २०७२मा गएको भुकम्प प्रभावित क्षेत्रको सिन्धुपाल्चोक स्कुलमा सह्योग वितरण गरेको थियो भने संस्थाले कोरियामा हुने विभिन्न किसिमको समस्या समाधानका लागि उनिहरूको आवस्यकता अनुसार अध्यन गरी नेपालीहरुको सह्योग कार्यमा साथ दिँदै आएको छ । समाजिक अवधारणा बोकी २०१०मा स्थापित संस्थाले नेपालमा भएका विविध अकल्पनीय घटना, दुर्घटनाको अवस्थालाई ध्यानमा राखेर हाल सम्म विभिन्न ठाउँमा सहयोग पुर्याउँदै आएको छ ।
Subscribe to:
Posts (Atom)