Friday, 7 October 2016

बौघा गुम्बामा पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम हुने ।



यहि असोज ३० गते पाल्पाको बौघा गुम्बामा पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम २०७३ आयोजना हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि राष्ट्रिय कलाकारहरुको साथमा सराई मेला तथा विभिन्न खेलहरु आयोजना हुनेछन् । जसमा चर्चित लोकदोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका चिना थापा मगर र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।


कार्यक्रमलाई व्यवश्थित र भव्य रुपमा सफल बनाउनको लागी विभिन्न समिति तथा उप-समितिहरु गठन गरिएको संजालकी सदस्य माया लम्तरी मगरले जानकारी दिनुभयो । अहिलेसम्म मोटामोटी कामहरु सकिसकिएको र बाँकी रहेका कामहरु पनि समयमै सक्ने र कार्यक्रमलाई भव्य रुपमा सफल बनाउँने तयारी रहेको कुरा पुन जोड्नुभयो ।


कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नको लागी देश-विदेशमा रहनुभएका सम्पूर्ण गुम्बेली बाबाआमा, दाजुभाई, दिदीवहिनी, साथीहरु र सहयोगी महानुभावहरुलाई अपिल गरिएको छ र भनिएको छ, यहांहरुको सहयोग, सुझाब, सल्लाह र सहभागिता विना अपुरो हुनेछौं ।

No comments:

Post a Comment