Monday, 3 October 2016

ओमनमाअन्तर संस्था फुटबला प्रतियोगिता सम्पन्न ।


कृष्ण सारू मगर
मस्कट-ओमन २ अक्टोबर
 गत शुक्रबारका दिन नेपाल मगर संघ ओमन द्वारा आयोजित "प्रथम अन्तर नेपाली खुल्ला फुटबल" प्रतियोगिताको सहभागीता जनाउँदै ओमनमा स्थापित विभिन्न क्रियाशिल संघ, संस्था, संगठनका खेलकुद विभाग समुहले ७ टिम दर्ता भएको संघका केन्द्रीय संयोजक  सुक बहादुर थापा मगरलेे  गुम्बेली खबरलाई बताए ।

उक्त फुटबल प्रतियोगिता संघका अध्यक्ष सुर्य बहादुर थापा मगरले उद्घाटन गरेेका थिए ।
फाईनलमा पुगेका सगरमाथा समुहका टिमलाई दबाउँदै जनप्रगतिशील मंचका खेलाडीको उत्कृष्ट  प्रदर्शन गरेेका थिए । जन प्रगतिशिलले गरेको पहिलो गोल नै निर्णायक गोल हुन पुग्यो भने, प्रतिस्पर्धामा उत्रिएका सगरमाथा समुहका खेलाडीले पनि निकै उत्साहजनक प्रतिस्प्रर्धामा उत्रिएता पनि गोल रहित उप-बिजेतामै चित्त बुझायो ।

प्रथम हुने टिमलाई ने. रु.१४००० सिल्ड, कप तथा प्रमाणपत्र र द्धितिय टिमलाई ने. रु.११००० सिल्ड, कप तथा प्रमाणपत्र संघले प्रदान गरेको हो ।

सभापतित्व संघका अध्यक्ष थापा मगरले गरेका थिए । उपाध्यक्ष गोम बहादुर सारू मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment