Friday, 28 October 2016

धुर्मुस-सुन्तली फाउण्डेशन द्धारा निर्मित घरहरु जनतालाई हस्तान्तरण ।


पिडित जनता  को घाउमा मलाम पट्टि लगाइदिने श्रृजनशिल  मेहनेती र लगनशील हात भएका धुर्मुसे र सुन्तली  फाउन्देशन लाई हाम्रो पनि  बधाई तथा  शुभकामना !!!
बस्ति हस्तान्तरण गर्दै धुर्मुसले भने- अब जनताले विश्वास गरे देश बनाउँछौ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारी, धुर्मुसका बा-आमा र सुन्तलीका बा-आमाबाट आज समुदायलाई हस्तान्तरण गरेका छन् ।


कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवन सहित ६७ घरको बस्ति भूकम्प पीडित स्थानियलाई हन्तान्तरण भएको हो।
कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।
२३ घर, दुईटा चिल्ड्रेन पार्क, एउटा पार्किङ र दुईटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरण गरे ।
त्यस्तै १५ घर, खेल मैदान र शितल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा भाग लिन मह जोडीसहित विभिनन् कलाकारहरूको समेत सहभागीता रहेको छ।
कार्यक्रममा फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जानकारी दिएको छ ।


फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो। कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भूक्तानी भइसकेको छ। ६१ लाख ४ हजार ९ सय रुपैयाँ तिर्न बाँकी रहेको जानकारी गराइएको छ।
बस्ती हस्तान्तरणसँगै भूकम्पपीडित स्थानीयले यो तिहार आफ्नै घरमा मनाउँदैछन्।
बस्ती हस्तान्तरण गर्दै कलाकार धुर्मुसले सपना देखेको एक वर्षमै परियोजना सकिएको भन्दै अब जनताले विश्वास गरे देश बनाएर देखाउँने दाबी गरे।


‘जतिबेला दिमागमा सुन्दर बस्ती फिट भइसकेको थियो। त्यतिखेर  हामीसँग धेरै चुनौती थिए। आज पुरा भयो। लाग्दैछ कि हामी संसार जित्ने प्रयास गर्दैछौ। हाम्रो भोगाइले भन्छ एकीकृत बस्ती समानताको प्रतिविम्ब हो,’ कार्यक्रममा बोल्दै धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले भने।
आज समग्र कला क्षेत्रको विजय भएको दिन भन्दै उनले अगाडि भने, ‘यो बस्ती बनाएपछि के बनाउने भन्ने प्रश्न आउन सक्छ यो दिन कला क्षेत्रको विजय भएको दिन हो।’

No comments:

Post a Comment