Sunday, 2 October 2016

दक्षिण कोरियामा कार्यरत नेपालीहरुले गरे ने.रु. १ लाख सहयोग ।


श्याम राना मगर
असोज १६, काठमाडौँ
जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियामा कार्यरत शुभद्रा पालुङ्गवा लिम्बुको संयोजकत्वमा संकलन गरिएको नेरू एकलाख रकम १५ असोजका दिन राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन मगरलाई पचास हजार र एकिकृत सिर्जनशील समाज नेपालकी जुनु पुन मगरलाई पचास हजार गरी दुवै संस्थाका प्रमुखलाई मगर्स क्रियशन/मगर मिडियाका पत्रकारको उपस्थितिमा दक्षिण कोरिया बाट आएको उक्त सह्योग रकम शुभद्राकी भाई सुरेन्द्र पालुङ्गवा लिम्बुले काठमाण्डौ स्थित आ-आफ्नै कार्यकक्षमा पुगेर बुझाएका हुन् ।

ताप्लेजुङमा जन्मेकी शुभद्रा पालुङ्गवा लिम्बु जेजु मल्टी कल्चर फेमिली सेन्टरमा सन् २००९ मा कोरिया पुगेर जेजु नेपाल कम्युनिटी नामक समाजिक संस्थाको स्थापनाकाल देखि नै अध्यक्षको पदभार सम्हाल्दै संस्थाको उद्धेश्य अनुरूप नेपाल र नेपालीलाई प्रतक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित पु¥याउने अभिप्रायले संस्था स्थापना गरेकी लिम्बूले दक्षिण कोरियाका नेपालीहरूको सह्योगले उक्त रकम संकलन गर्न सफल भएकी हुन् ।

हाल जेजु मानव संसाधन बिकास बोर्डमा नेपाली भाषा अनुवादक र काउन्सिलिङ्गको भुमिका निर्वाह समेत नि:शुल्क सह्योग दिँदै आएकी छिन् ।
गत वर्ष १२ र २९ वैशाख २०७२मा गएको भुकम्प प्रभावित क्षेत्रको सिन्धुपाल्चोक स्कुलमा सह्योग वितरण गरेको थियो भने संस्थाले कोरियामा हुने विभिन्न किसिमको समस्या समाधानका लागि उनिहरूको आवस्यकता अनुसार अध्यन गरी नेपालीहरुको सह्योग कार्यमा साथ दिँदै आएको छ । समाजिक अवधारणा बोकी २०१०मा स्थापित संस्थाले नेपालमा भएका विविध अकल्पनीय घटना, दुर्घटनाको अवस्थालाई ध्यानमा राखेर हाल सम्म विभिन्न ठाउँमा सहयोग पुर्‍याउँदै आएको छ ।

No comments:

Post a Comment