Thursday, 28 September 2017

कतारका सल्लाहकार प्रमोद श्रेष्ठलाई ने.स.स.ले गर्यो बिदाई ।


कृष्ण सारू मगर
दोहा-कतार, २९ सेप्टेम्बर नेपाली सं.स.फो.नेपालको प्रवास संगठन नेपाली संघीय समाज कतारका सल्लाहकार सदस्य प्रमोद श्रेष्ठलाई समाजका अध्यक्ष डि.एन. मगरको सभापतित्वमा विदाई गरेको महासचिव सुबोध घलान तामाङले गुम्बेली खवरलाई जानकारी दिए ।

रोजगारीका शिलशिलामा कतार आएका पेशाले प्रोजेक्ट इन्जिनियर प्रमोद श्रेष्ठलेे समाजको सल्लाहकार पदमा रहेर पार्टीको विधि, विधान मापदण्ड मुख्य एजेन्डा मार्गनिर्देशनलाई आत्मासाथ गरी नेपाली संघीय समाजलाई आर्थिक, भौतिक, नैतिक, वैचारिक, सुझाव, सल्लाह दिँदै आएका सल्लाहकार श्रेष्ठलाई समाज प्रति कर्तव्यनिष्ठ भई दिएको अतुलनीय योगदानको उच्च मुल्यांकन गरी समाजले प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा समाजका अध्यक्ष डि.एन. मगरले सामुहिक रूपमा सम्मान पत्रलाई प्रदान गर्दै दोहाको हिमालयन नेपाली रेष्टुरेन्टको सभाकक्षमा २८ सेप्टेम्बर मंगलबारका दिन स-सम्मान विदाई गरेको हो ।

पवित्र खादा ग्रहण गर्दै स-सम्मानित विदाई भएका श्रेष्ठले भने समाज २०१३ मा समाजिक अवधारणा बोकी स्थापना भए संगै प्रवासी भुमिमा आएका नेपालीको राजनैतिक चेतनामूलक ज्ञान बाँड्नुका साथै स्वदेश तथा विदेशमा भए/गरेका विविध अकल्पनीय घटनामा परेका दीन दु:खीहरूको सह्योगमा लागेका आफ्ना सहयात्रीहरू संग भौगोलिक रुपमा आफु टाढा रहेता पनि पार्टीको प्रगतिशील उद्धेश्य तथा अधारणालाई अनुशरण गर्ने प्रतिबद्धता जनाएका उनले थप्दै भनेका छन् । नेपाली समाजमा ब्याप्त विभेदको अन्त्यका लागि निस्वार्थ भावनाले निरन्तर रुपमा आफु लागिरहने बताए ।
महासचिव सुबोध घलान तामाङ्गको संचालनमा सम्पन्न विदाई कार्यक्रमको समाजका विभिन्न पदमा पद्धेन पदाधिकारीहरूले उपस्थिति जनाएको विदाई समारोहमा प्रमुख अतिथि शेरधन राई, विशेष अतिथिमा हिराधन राई रहेका थिए ।

Tuesday, 26 September 2017

लखन थापा मगरको शालिक हटाईएको प्रति, जनमुक्ति मञ्च कतारको प्रेश विज्ञप्ति ।


२६ सेक्टेम्बर २०१७ कतार
हिेजाे असाैज ०९ गते साेमबार बेलुकी अप्रत्याशित रुपमा भएको पाेखरा महानगरपालिका लखन चाेकमा अबस्थित नेपालकै पहिलो सहिद लखन थापा मगरको सालिक त्यहाँका स्थानीय प्रशासनले अत्यन्तै निन्दनीय र निकृष्ट तवरले रातारात हटाइएको खबरले जनमुक्ति मँच कतारकाे ध्यानाकर्षण भएको छ । साथै उक्त अति निन्दनीय र निकृष्ट एवं तानाशाही प्रवृत्तिकाे स्थानीय सरकारकाे काम कार्वाहीकाे जनमुक्ति मँच कतार घाेर भर्त्सना गर्दै नेपालकै प्रथम सहिद स्वर्गीय श्री लखन थापा मगरकाे सालिकलाई यथा स्थानमा पुनः पदस्थापन गरि दाेषि उपर कडाभन्दा कडा कार्वाहीकाे लागि नेपाल सरकारसँग जाेडदार अनुरोध गर्दछ । यश किसिमको गतिविधिले भविष्यमा हुने संभावित घटनाको जवाफदेहीता जनमुक्ति मँच कतार र यसकाे केन्द्रिय राष्ट्रिय जनमुक्ति पार्टी नभई नेपाल सरकार हुनुपर्नेछ । अन्यथा आजकाे लाेकतान्त्रिक व्यवस्थाकाे समेत खिल्ली हुनेगरीकाे घटना बढ्दै जाने हाे भने नेपाली समाजमा कसरी एकताकाे सद्भाव रहन सक्छ र भन्ने विषयमा गाैँण रुपमा अध्ययन गरि नेपाल सरकारले आफ्नो पहल कदम बढाओस् भनि जनमुक्ति मँच कतार सरकारसँग जाेडदार आग्रह गर्दछ ।

बहराईनमा नमस्ते इन्टरटेन्मेन्टको पहिलो साँङ्गेतिक साँझ हुँदै ।


कृष्ण सारू मगर

मानमा-बहराईन २६ सेप्टेम्बर राज्य पक्ष र विद्रोही पक्षबाट द्वन्द्वकालमा परिवार गुमाएका बालबालिकाहरुको शैक्षिक सह्योगार्थ शिर्जनशिल समाज नेेेेपाललाई नमस्ते इन्टरटेन्मेन्ट बहराइनले यहि आउँदो ६ अक्टोबर २०१७ शुक्रबारका दिन अदेलिया स्थित वाङ्गसाङ्ग थाई रेष्टुरेन्टको हलमा "शिक्षाका लागि एक साँझ" साङ्गितिक कार्यक्रम गर्ने भएको छ ।

      कार्यक्रममा अतिथि कलाकार मंगोलियन हार्टका प्रख्यात गायक राजु लामालाई बहराईनका बहुचर्चित स्थानिय कलाकारको बेजोड प्रस्तुतिले साथ दिने छन् ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन बहराईनमा स्थापित रहेका सम्पुर्ण क्रियाशील विभिन्न संघ, संस्था संगठन, उधोग, ब्यावसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै रोजगारीका शिलशिलामा बहराईनलाई कर्मभूमी बनाउँदै रहनु हुने समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नमस्ते ईन्टरटेनमेन्ट आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।


नोट: थप विवरण सहित जानकारीका लागि पोस्टरमा उल्लेखित संवन्धित सम्पर्क गर्नुहोस् ।

बौघा गुम्बामा पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम हुने ।


अशोज १० तानसेन
गुम्बेली संयुक्त यूवा संजाल तानसेन-१३ बौघागुम्बा पाल्पाको आयोजनामा बौघागुम्बामा अवश्थित श्री सर्बोदय उच्च मा.वि.को प्राङ्गणमा यहि असोज १९ गते "पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम २०७४" हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि क्लब स्तरिय भलिबल प्रतियोगिता, सराई मेला तथा राष्ट्रिय स्तरका कलाकारहरु बैकुण्ठ महत, मैना रेश्मी मगर, तारा थापा मगर, निक्की राना मगर र स्थानिय कलाकारहरुको साथमा विभन्न प्रस्तुतिहरु हुने कार्यक्रम छन् । कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनको लागी देशविदेशमा हुनुभएका बौघागुम्बा बासी दाजुभाई, दिदीबहिनी तथा शुवेच्छुक साथीहरु सबैलाई सहयोग, साथ र सहभागिताको लागी अनुरोध समेत गरिएको छ ।


कार्यक्रमहरु :-

१ - भलिबल प्रतियोगिता
   👉 दर्ता मिति : - २०७४ अशोज १६ गते
   👉 दर्तादशुल्क :- रु.१५५०/-
   👉 खेलाडी सङ्ख्या : - अतिरिक्त सहित ८ जना
   👉 प्रथम पुरस्कार रु. २०,०००/- मेडल, खादा र प्रमाण               पत्र, द्धितिय पुरस्कार रु. १०,०००/- मेडल, खादा र                प्रमाण पत्र, तृतिय पुरस्कार रु. ५,०००/- मेडल, खादा              र प्रमाण पत्र ।
   👉 खेल प्रचलित नियम अनुसार खेलाइने छ ।

२ - सराई मेला तथा वृहत साँस्कृतिक कार्यक्रम

   👉 मिति :- २०७४ अशोज १९ गते
   👉 समय : - विहान १०:०० बजे बाट ।



थप जानकारीको लागि सम्पर्क न. ९८४७०६६०४७, ९८०७५९९५६५, ९८२३०४९३९१ 

कतारमा "नेपाल आईडल" को उपाधि बुद्ध लामाको कब्जामा ।



कृष्ण सारू मगर,

दोहा-कतार २६ सेप्टेम्बर, एपी वान टेलिभिजन द्वारा प्रसारित अन्तराष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी एवं सर्वाधिक चर्चामा रहेको "नेपाल आईडल" को उपाधि धादिङ्ग लापा घर भई पोखराको नयाँ बजार बस्दै आएका बुद्ध लामाले सर्वाधिक भोट ल्याएर हात पार्न सफल भएका हुन् ।


विजेता लामाले नेरू २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक्ट प्राप्त गर्नेछन् । यसैगरी मोरङ्ग उर्लाबारीका निशान भट्टराईले नेरू १५ लाख रुपैयाँ पुरस्कार ग्रहण गर्दै द्धितियमै चित्त बुझाउनु पर्‍योभने तृतीय हुने झरुवारासी ललितपुरका प्रताप दासले नेरू १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रथम उपाधी विजेता लामालाई लोकप्रिय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वयको सह्योगमा आयोजकले पुरस्कार प्रदान गरेको हो ।
"नेपाल आईडल" (रियालिटी-सो) गायन प्रतिभालाई कुल भोट ९ करोड ३१ लाख ८३ हजार ३३५ प्राप्त भएको थियो ।


यसैगरी नेपाल आईडलको चौथो राउन्डबाट बाहिरिएका सबै विधाका गीतलाई न्याय दिन सक्ने बहु प्रतिभाका धनी "भर्सटायल" नवोदित गायक सागर आले मगरले आफ्ना शुभेच्छुक तथा सम्पुर्ण नेपालीहरू प्रति समर्पित गीतले सम्बोधन गर्दै भने लाखौंलाख आदरणीय शुभेच्छुकहरूको अशिम माया  र आशिर्वाद नै हाम्रो नेपाली गीत, संगीतको वर्तमान र भविष्य हो । सबै-सबैलाई देब्रे छाती (मुटु) भित्र जीवन्त रहन्छ उनले भने । मेरो कला र प्रतिभाको उच्च मुल्यांकन गरि देश विदेशबाट आर्थिक, भौतिक, नैतिक साथ सह्योगको वातावरण मिलाउनु हुने प्रति सदैव ऋणि रहने बताए ।

 कतारमा सागरले गायका तर नसुनिएका गितहरुको भिडियो

हालसम्म ४० लाख भन्दा बढी रकम आफ्नो खातामा जम्मा भई सकेको जानकारी गराउँदै सह्योगी मन र हात प्रति हार्दिक कृतज्ञ छु । उनले थप्दै भने आफुले प्राप्त गरेको रकमलाई नेपाली कला संस्कृतिको जगेर्ना संरक्षण-प्रवर्द्धनमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका सागरले विशेषगरी "नेपाल आईडल" आयोजक परिवार प्रति धन्यवाद दिए ।
हामीलाई प्राप्त जानकारीअनुसार उनको खातामा २३ सेप्टेम्बर २०१७ सम्ममा ६० लाख पुगिसकेको स्रोतले जनाएको छ ।


अतिथि कलाकारहरू तेरिया मगरले "सिमसिमे पानीमा" रिमिक्स लय गीतको बोलमा आकर्षक नृत्यले रमाएका दर्शकलाई हाँस्यकलाकार नारद खतिवडाको देश र नेताहरू प्रति लक्षित ब्याङ्यात्मक प्रस्तुतिले उपस्थित सबैलाई पेट मिचिमि हाँस्न बाध्य बनाएको थियो । त्यसै गरी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य महजोडीले ठट्यौली पाराको प्रस्तुति संगै नलिना चित्रकार र "सुन साहिँली सुन" गीतका गायक हेमन्त राना मगरको साङ्गितिक प्रस्तुतिको दर्शकले भरपुर मनोरञ्जन लिए ।


ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रताप सहित १२ प्रतिस्पर्धी कलाकारहरु सागर आले मगर, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठले दमदार प्रस्तुति दिएका थिए ।


शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नेपाली दुतावासका का.बा. महामहिम राजदुत प्रो. कोईरालाले भने दुतावास सदैव श्रमिकको हत,हित तथा सेवा-सुविधा उपलब्ध गराउन राजदुतावासले कटिबद्ध रहेको बताउँदै यहाँको स्थानीय प्रशासन, परिधिभित्र रहेर नियम र कानुनको पालना गरि अनुशासित र सभ्य नागरिकको परिचय दिए स्वाभिमानी नेपालीको प्रतिष्ठा झन माथि पुग्ने धारणा थियो ।
दुतावासले सेवा सुविधा प्रभावकारी बनाउन डिजिटल प्रविधिको ब्यावस्थापन सुचार भई सकेको बताए । उहाँले थप्दै भन्नू भयो अब छिट्टै कतारमा नेपाली विधालयको स्थापना, साँस्कृतिक शभाकक्ष, एफएम रेडियो संगै नेपाली डाक्टर तथा स्वास्थ्य सेविका (नर्सले) सरकारी हमाद अस्पतालबाट सेवा-सुविधाको प्रकृयामा प्रवन्ध भई रहेको जानकारी दिँदै विविध समस्या भए दुतावासको हटलाईन नम्बरमा सम्पर्क गर्न अनुरोध गरे ।


गएको २२ सेप्टेम्बरकम दिन सनैया स्थित ग्राण्डमलको एम्पीथिएटर हलमा सम्पन्न भएको नेपाल आईडल गायन प्रतिभा छनौट प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत प्रो. रमेश प्र. कोईराला रहनु भएको थियो । विशेष अतिथिमा हाँस्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्णायक मण्डलका न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा ईन्दिरा जोसी, रहेका थिए ।

     Nepal Idol को Final घोषणा गर्दै गर्दाको भिडियो

गैर आवासीय नेपाली संघ एनसीसीका निवर्तमान उपाध्यक्ष प्रविण गुरूङ्ग, कार्यक्रमका प्रमुख सल्लाहकार सागर नेपाल कार्यक्रम ब्यावस्थापक प्रकाश गुरूङ्ग र एभरेष्ट नेपाल युथ एसोसिएसनका अध्यक्ष समेत रहेका आयोजक उत्तम गुरूङ्गको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई रिमा विश्वकर्मा र सुशील नेपालले संयुक्तरूपमा संचालन गरेका थिए ।

Saturday, 23 September 2017

कतारमा तमु प्ये संघको तेस्रो बार्षिकोत्सब भब्यताका साथ सम्पन्न ।


कृष्ण सारू मगर,
दोहा-कतार २३ सेप्टेम्बर "प्ये म्हस्याँ छ्या म्यु, छ्या म्हस्याँ म्हे म्यु, म्हे म्हस्याँ म्हे, म्हस्याँ ल्हु म्यु" अर्थात् "शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको अस्तित्व रहन्छ " भन्ने मुल मन्त्रलाई आत्मासाथ गरि गएको १९ सेप्टेम्बर २०१४ मा स्थापित तमु प्ये ल्हु संघ कतारले सनैयाको रोताना रेष्टुरेन्टको सभाहलमा तेस्रो वार्षिकोत्सब भब्यताका साथ सम्पन्न गरेको छ ।

वरिष्ठ पत्रकार तिलविक्रम थेबे लिम्बुले माथि उल्लेखित मुल मन्त्रको खुलेरै प्रशंसा गरेका छन् । उनले भने हामी मानव जाति प्राणि मध्यकै सबै भन्दा चेतनशील हौ । हरेक जाति, समुदायको आ-आफ्नै संस्कार संस्कृति परम्परा रहनसहन भाषा, धर्म, लिपि, छन् ।यसलाई जीवन्त राख्न हरेक नेपाली समुदायले आ-आफ्नो मौलिक पहिचान र सह-अस्तित्वलाई बचाउन जिम्मेवारी हुनु पर्ने बताए ।

वास्तवमा लम्जुङ्ग जिल्ला ऐतिहासिकता संग गाँसिएको पौराणिक तत्वले पनि स्पष्ट हुने धारणा राखेका लम्जुङ्ग समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ यसो भन्छन् । तमु÷गुरूङ्ग समुदायहरू थकथलो तथा त्यहाँ भएका उत्पत्तिको भएको तमु गुरूङले गरेको राज्यको नामाङ्गकरण गुरूङ भाषामा (क्होला सोथार) रहेको उल्लेख गरे ।


तमु गुरूङ्ग समाजका अध्यक्ष रस गुरूङ्गका अनुसार विभिन्न कालखण्डमा आफ्नो थाकथलो लम्जुङ्ग बाट विस्थापित भई तमु÷गुरूङ्ग समुदायहरू भौगोलिक रूपमा फरक-फरक स्थानमा बस्ने भएकोले तमु÷गुरूङ्गको भाषा तथा संस्कारमा र सभ्यतामा सामान्यतया केही मत भिन्नता देखियता पनि हाम्रो लक्ष एउटै रहेको उल्लेख गर्दै अनर्थ नलिन सबैला आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासचिवका महासचिव शिव भुजेलले अब आदिवासीजनजाति समुदायले भाषा, धर्म संस्कार, संस्कृतिको संरक्षण-संवर्द्धन प्रवर्द्धन संगै शिक्षा र राजनैतिक चेतनाको विकासलाई तिब्रगतिमा लैजानु पर्ने बताए । वैचारिक संस्थाहरू नेपाली संघिय समाजवादीका हिराधन राई, आबुअली, नरेन्द्र लिम्बु, चानक पोख्रेल, लगायत अन्य वक्ताहरूले हामीलाई प्ये ल्हु संघले विभिन्न संघ, संस्था वीचको, भातृत्व एकता समाजिक सद्भावमा प्रगाढ हुने प्राप्त यो कदर पत्रले एकताको गाँठो अझ मजबुत श्रहानिय कार्य प्रति खुलेरै प्रशंसा गर्दै अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।


सोही समारोहमा गैर आवासीय नेपाली संघ एनसीसी कतारको २०१७÷२०१९ कार्यकालको निर्वाचित महासचिव पदमा बुद्धवल तमु, कोषाध्यक्ष उत्तम गुरूङ्ग, ४ नं क्षेत्रको प्रतिनिधित्व पाएका आस ब. गुरूङ्ग, र एनसीसी कतारको अध्यक्ष नगेन्द्र प्रसाद पोख्रेल (नवीन) लाई तमु-गुरूङ्ग समुदायको संस्कार अनुसार पवित्र क्रेगी लगाएर सम्मान गर्दै हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना सहित सफल कार्यकालको शुभकामना दिँदै संघका संरक्षक युद्धजंग तमु, सभापति का.बा. अध्यक्ष सान पह्च्यु तमुको सह्योगमा संघले कदर पत्र प्रदान गरेको हो ।

संघलाई आर्थिक, भौतिक, नैतिक, वैचारिक तथा सामाजिक कार्यमा समन्वयको भुमिका निर्वाह गरी सहकार्य गर्ने विभिन्न मातृ संस्था, विभिन्न जातीय, क्षेत्रीय, मातृ संस्थाहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।

यसैगरी संघलाई विभिन्न कोणबाट सह्योग पुर्‍याउने संघकी सकृय सदस्य सारा लम तमुल्स्यो, हस्त ल्हेगे तमु र पुर्ण गुरूङ्गलाई कदरपत्र तथा दोसल्लाले सम्मानित भएकी हुन् । विभिन्न कलाकार, खेलाडी, समाजसेवी व्याक्तित्वहरूलाई तेस्रो वार्षिकोत्सबको अवसरमा संघका संरक्षक युद्ध जंग तमु, संघका काबा अध्यक्ष सान पह्च्यु तमु बाट र प्रमुख अतिथिको सह्योगमा कदर पत्र प्रदान गरेका थिए ।


विषेश अतिथिमा जेष्ठ नागरिक खिम ब. प्लेम्हे तमु, नेपाल आदिवासी जनजातिका महासंघका महासचिव शिव भुजेल, समाजसेवी तथा बुद्धिजीवी सियाराम चौधरी, बिल गुरूङ्ग, तमु गुरूङ समाजका रस गुरूङ किराँत याक्थुङ्ग चुम्लुङ्गका महासचिव सागर थुम्वाहाम्फे लिम्बू, मगर संघका रेशम रोका मगर, किराँत राई, यायोक्खाका एकराज राई, लगायत विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू रहेका थिए ।

उक्त कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्दहरूको बाक्लो उपस्थि जनाएको तेस्रो वार्षिकोत्सब कार्यक्रमको केसु ल्ह्गे तमुको संयोजकत्वमा विभिन्न ६ वटा समिति तथा उपस्थितिको सहकार्यमा तेस्रो वार्षिकोत्सब सफल भएको हो ।

संघका महासचिव चन्द्र ल्हेगे तमुको संचालनमा सम्पन्न कार्यक्रमको काबा अध्यक्ष सान पह्च्यु तमुले सभापतित्व गरेका थिए ।

Wednesday, 20 September 2017

कतारमा प्रवासी भुजेल सेवा समाजले चौथो अधिवेशन गर्दै ।


कृष्ण सारू मगर

दोहा-कतार, २० सेप्टेम्बर मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा विशुद्ध समाजिक अवधारणा बोकी २०१० मा नेपाल आदिवासीजनजाति महासंघको मातृसंसथाको रूपमा स्थापित "भुजेल जातिको विकास र उन्नतिको आधार ! साँस्कृतिक चेतना, शिक्षा र रोजगार !!" भन्ने नाराका साथ प्रवासी भुजेल सेवा समाजले यहि आउँदो १३ अक्टोबर २०१७ सुक्रबारका दिन गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा अधिवेशन कार्यक्रम गर्ने भएको छ ।

उक्त महादिवेशन कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु, महिला तथा सज्जन बृन्द ज्यूहरू चौथो अधिवेशन कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन प्रवासी भुजेल सेवा समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवस उक्त अधिवेशन कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भई दिनु हुन समाजका महासचिव शिव भुजेलले हामीलाई जानकारी दिए ।


श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं समस्त भुजेल तथा गैर भुजेल आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूले महादिवेशन कार्यक्रममा उपस्थितिका लागि प्र.भु.से.स. परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

संघय समाजबादी फोरम कतारले दिए बाढी पिडितको लागी १ लाख सहयोग ।


कृष्ण सारू मगर,

काठमाडौ ४ असोज, गृष्म ऋतुको अन्त्य, वर्षा ऋतुको आगमन संगै आएको अविरल भारी वर्षाले देशको विभिन्न पहाड, तराई र मधेशको विभिन्न भु-भागमा जलमग्न भई अलपत्र परेका हजारौं घरधुरीका मानिसहरूको अझै पनि बाढी, पहिरोका कारण भौतिक संरचना ध्वस्त भई नेपालीहरू चार्ड पर्वको संघारमा घरवारविहीन छन् ।


उक्त घटना बारे विभिन्न मिडियाबाट प्रकाशित समाचार अनुसार प्राकृतिक प्रकोपबाट करोडौंको धनजन संगै मानवीय तथा भौतिक क्षति भएको विक्षिप्त परिवारलाई सामान्य राहत पुर्‍याउने हेतुले आर्थिक संकलन अभियानलाई नेपाली संघीय समाज फोरमले "प्राकृतिक प्रकोपले ग्रस्त स्थानलाई अनुदान ! तपाई हाम्रो सानो सह्योग पिडितहरुलाई जिवनदान !!" भन्ने महत्वकाँक्षाका साथ निरन्तरता दिएको झण्डै एक महिनाको अवधिमा सो रकम संकलन गर्न सफल भएको हो ।

ने.स.स. कतारका केन्द्रीय सदस्य बिक्रम चेतनशील राईले स.स.फोरमका महासचिव रणध्वज कन्दवा लिम्बूलाई प्राकृतिक प्रकोप बाट पिडित पक्षको वास्तविक स्थलगत अध्यन गरी संकलित सह्योग रकम नगद नेरू १,००,१२८/-(अक्षरूपि) एकलाख एकसय अट्ठाईस रूपैयाँलाई संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुने स्थित ०३ असोजका दिन काठमाडौंमा पुगेर दिन हस्तान्तरण गरेका हुन् ।


संघिय समाजवादी फोरम कतारले नेपाल स्थित प्रभु मनि ट्रान्सफरको एजेन्ट बाट विक्रम राईले पाउने गरि All Zamam Exchange Co. को सह्योगमा १८ सेप्टेम्बर २०१७ का दिन बृन्दराज राज राईले नेरू १,००,१२८/- पठाएको थियो ।

रोजगारीका शिलशिलामा कतार आएका विभिन्न पेशा, ब्यावसायी, बुद्धिजीवी तथा समाजसेवी स्वदेशी तथा विदेशी सह्योगदाताहरूले यस मानवीय सेवा कार्यका लागि हातेमालो गरी सह्योगमा अभियानलाई आर्थिक, भौतिक, नैतिक वैचारिक तथा विभिन्न किसिमको साथ दिनु हुने सम्पुर्णमा ने.स.स. कतार परिवारले आदरणीय महानुभावहरूमा विषेश धन्यवाद सहित हार्दिक आभार प्रकट गरेको छ ।

Tuesday, 19 September 2017

कतारमा मगर संघले प्रथम हुर्रा महोत्सब तथा दिपावली भब्य मनाउने ।


कृष्ण सारू मगर,
दोहा-कतार, १९ सेप्टेम्बर वैदेशिक शाखाको रूपमा सन २००० मा स्थापित नेपाल मगर संघ कतारले आउँदो २७ अक्टोबर २०१७ शुक्रबारका दिन प्रथम हुर्रा महोत्सव तथा दिपावली कार्यक्रम भब्य मनाउने भएको छ ।

कार्यक्रमको लक्ष गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष सह्योगार्थ रहेकोले मगरहरुको मौलिक परम्परागत साँस्कृतिक पहिचान संग जोडिएको विषेश गरी नेपालको पुर्वीय भेगमा अति नै लोकप्रिय हुर्रा नृत्य संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यका साथ कतारमा पहिलो पटक प्रथम हुर्रा महोत्सव आयोजना गरिएको संघका महासचिव बिजय कुमार मगरले गुम्बेली खवर डटकमका कृष्ण सारू मगरलाई बताए ।

उक्त प्रथम हुर्रा महोत्सव तथा दीपावली कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन नेपाल मगर संघ शाखा कतारका सदस्य तथा संघको कला तथा साँस्कृतिक संयोजक समेत रहेका भुपेन्द्र रिखाम मगरलाई जिम्मेवारी दिएको छ ।

विषेश आकर्षणका अतिथि कलाकारहरू
नेपाल मगर सास्कृतिक संघका अध्यक्ष तथा मयुर नाचका नृत्यकार कविराज मगर, राष्ट्रिय लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, मोडल तथा चर्चित नृत्यगना रिना थापा मगर, मोडल तथा नृत्य निर्देशक सुमन थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका के.सी. (गुरुङ्ग) साथै संघको कला तथा सास्कृतिक विभागीय कलाकारहरुको विशेष प्रस्तुतिले साथ दिने छन् ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन दोहा, कतारमा रहेका सम्पुर्ण संघ, संस्था संगठन, उधोग, ब्यावसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै कतारमा रहनु हुने समस्त मगर तथा गैर मगर आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नेपाल मगर संघ आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

मिती:- २७ अक्टोबर २०१७
स्थान:- सनैया स्थित ग्राण्डमल नजिकै रहेको दल्ला ड्राइभिङ एकेडेमी हल
समय:- बिहान १० बजे देखी
नोट: थप विवरण सहित जानकारीका लागि पोस्टरमा उल्लेखित संवन्धित सम्पर्क गर्नुहोस् ।

कतारमा "नेपाल आईडल" का फाईनल प्रतियोगीलाई खुल्यो एसएमएस भोटिङ सेवा ।


कृष्ण सारू मगर,
दोहा-कतार १९ सेप्टेम्बर एपी वान टेलिभिजन द्वारा प्रसारित अन्तराष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी एवं सर्वाधिक चर्चामा रहेको "नेपाल आईडल" (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाईनल सम्म पुगेका आ-आफ्ना मन परेका प्रतिस्पर्धी कलाकारलाई आफ्नै मोवाइल बाट एसएमएस भोटिङ गर्न पाउने सुचना तथा प्रचारप्रसार समितिका संयोजक एच. बी. राना मगरले गुम्बेली खबर डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।


हामीलाई प्राप्त जानकारी अनुसार नेपाल आईडल गायन विधाको प्रतिस्पर्धामा रहेका तीन जना गायकले भोटको आधारमा यही २२ सेप्टेम्बरका दिन प्रथम, द्धितिय र तृतीय छनौट हुने छन् । एसएमए भोटिङ सेवा सुचारु भए पश्चात् (अर्थात्) अनलाइन भोटिङ्ग सेवा सुविधा बन्द भएको हो ।

समस्त गीत संगीत पारखी श्रोता, कतारका तमाम दर्शक तथा शुभेच्छुकहरुको बढ्दो मागलाई मध्यनजर गरी फाईनलमापुगेका बाँकी तीनजना प्रतिस्पर्धीका मन पर्ने कलाकारलाई विजयी बनाउन सहजीकरणका लागि तल उल्लेखित कोड नम्बर टाईप गरेर ९२८०४ मा एसएमएस गरी सहजै पठाउन सकिने प्रावधान आयोककले मिलाएको स्रोतले जनाएको छ ।


आयोजकले कतार टेलिकम संग समन्वय गरी Ooredoo Sim Card प्रयोगकर्ता शुभचिन्तकहरुले आ-आफ्नो मोबाइल बाटै फाईनलको अन्तिम दिन सम्म प्रतिस्पर्धीहरुलाई (unlimited) एसएमएस भोटिङ्ग गर्न सकिने ब्यावस्था मिलाएको कार्यक्रम संयोजक उत्तम गुरूङले बताए । साथै, थप जानकारी लिनु परेमा पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गरी विस्तृत जानकारी अविलम्ब उपलब्ध गराउने छौँ । उहाँले भने ।


नोट:-
एसएमएस भोटिङ्गका लागि मोबाईलको म्यासेज बक्समा गई प्रतियोगिका निम्न तपशील रहेको (क) बुद्ध लामा ०३ (ख) निशान भट्टराई ०७ र (ग) प्रताप दासलाई १० कोर्ड नम्बर टाईप गरी ९२८०४ मा एसएमएस पठाउनु पर्ने छ।

Saturday, 16 September 2017

कतारमा थारु कल्याणकारी सभा च्याप्टरले "जितिया पर्ब" लाई भब्य मनाए ।


कृष्ण सारू मगर
दोहा-कतार, १६ सेप्टेम्बर थारु समुदाय तथा मिथिलाबासीहरुको महत्वपूर्ण दोस्रो महान चार्ड “जितिया पर्व” लाई थारू कल्याणकारी सभा च्याप्टरले  "जातीय पहिचानको संरक्षण प्रवर्द्धन ! शैक्षिक, आर्थिक, सामाजिक उत्थान, हाम्रो समर्पण !!" भन्ने मुल नाराका साथ दोहा-कतारको नज्मा स्थिन अल नख्यान रेष्टुरेन्टको सभाहलमा जितिया भगवानलाई पुजा आराधना गरी शुभकामना आदान-प्रदान गर्दै भब्य मनाए ।


साँस्कृतिक गीत बाट आगन्तुक पाहुनागणलाई नेपाली भुमिका भुमिपुत्र थारू तथा मिथिला समुदायको मौलिक पहिचानको गीतले स्वागत बाट आरम्भ भएको "जितिया पर्व"लाई बाल कलाकर सुमिता र आसनाले नेपालकी छोरी हुँ म गीतको बोलमा साङ्गितिक कोशेली संगै विभिन्न साँगितिक प्रस्तुतिले सबैलाई भरपुर मनोरञ्जन गराए ।


नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यतामा थारू समुदायको दोस्रो महान चार्ड "जितिया पर्व" सम्पन्न कार्यक्रममा विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि बुद्धिजीवी तथा समाजसेवी, विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु एवं विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।


शान्ति चौधरीको संचालनमा सम्पन्न कार्यक्रम था.क.स.च्याप्टर महिला विभागकी प्रमुख मञ्जु चौधरीले सभापतित्व गरेको कार्यक्रमलाई सम्बोधन गर्दै, विभिन्न वक्ताहरूले आ-आफ्नो भनाई राख्दै जितिया पर्वले सबैलाई शान्ति, समृद्धि, भातृत्व एकता, सामाजिक सद्भाव कायम गर्न थप मद्दत मिलोस् भन्ने कामना सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुमा उत्तररोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।


उपस्थित पाहुनागणलाई श्यामलाल चौधरीको मन्तब्यले स्वागत गर्दै भनेका छन् । राज्यले गरेको हेपाहा प्रबृद्धी प्रति आक्रोशित मुद्रामा प्रस्तुत हुँदै भने, राज्यले हामी मातृभूमि नेपाल आमाका भुमीपुत्र थारू, आदिवासीजनजाति दलित, महिला, मुस्लिम, तथा उत्पिडित समुदायलाई दोस्रो दर्जाको नागरिकको तुलना गर्ने ? के यही हो त समानुपातिक र सार्मभौम अधिकार ? किन यस्तो विभेदपुर्ण ब्यावहार गरेको छ ? तसर्थ, हामी यस्तो ब्यावहार प्रति राज्यसत्ता संचालकलाई था.क.स च्याप्टर गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । उनले थप्दै भने किन राज्यले थारू समुदायको पर्व मनाउन विधार्थी, शिक्षक, तथा कर्मचारीले विरामी विदा लिएर बस्नु पर्ने विडम्बना सुनाउदै माईती र चेली बीचको संवन्ध र अस्तित्व साथै, थारू समुदायको "माघी पर्व" पछिको दोस्रो महान चार्ड "जितिया" पर्वको महत्त्वका बारेमा प्रष्टाएका थिए ।


Friday, 15 September 2017

कतारमा अन्तराष्ट्रिय चर्चित नेपाली कलाकारहरु आउँदै ।


कृष्ण सारू मगर,
दोहा-कतार १५ सेप्टेम्बर
एपी वान टेलिभिजन द्वारा प्रशारित अन्तराष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी प्रतिशप्रधात्मक प्रतियोगिताको नेपाली संस्करणको "नेपाल आईडल" (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाईनल कार्यक्रम यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा हुने कार्यक्रमको स्थल तैयारीका लागि नेपाल बाट नेपाल आईडलका निर्देशक सहित झण्डै आधा दर्जन प्राविधिक टोलीलाई विहिबार राती हमाद अन्तराष्ट्रिय विमानस्थलमा एभरेष्ट युथ यसोसिएसनका अध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम गुरूङ्ग सहितको टोलिले स्वागत गरेको छ ।


हामीलाई प्राप्त जानकारी अनुसार नेपाल आईडलका निर्देशक लक्षमण पौडेलका अनुसार, कार्यक्रम उद्धोषक सुशील नेपाल रहनेछन्, मुख्य क्यामेरामा शिवराम श्रेष्ठले गर्नेछन् यसैगरी मुख्य आईटीमा धनन्जय आचार्य, रहनेछन् भने, कार्यक्रम स्थलको लाईट डिजाईनरमा पङ्कज बि.क.ले मुख्य भुमिका निर्वाह गर्ने कार्यक्रम संयोजक उत्तम गुरूङ्गले गुम्बेली खबरलाई बताए ।

आईडलका निर्देशक पौडेलका अनुसार मध्ये पुर्वीय राष्ट्र कतारको राजधानी दोहामा हुने यो कार्यक्रम हाल सम्मकै ठूलो कार्यक्रम भएकोले आफू सहित प्राविधिक टोली छिट्टै कतारमा आएको स्रोतले जनाएको छ ।


उक्त कार्यक्रमको विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधी विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडाको विशेष प्रस्तुतिमा भरपुर मनोरञ्जन लिई रम्दै रमाउँदै भब्य र सभ्य रूपमा सम्पन्न गराउन समस्त दोहावासी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा आयोजक समिति परिवारले हार्दिक निमन्त्रणा गरेको छ ।


नेपालीहरूको शान, मान, प्रतिष्ठा र नेपालको गौरवता, संगै गाँसिएको दोहामा हुने हाल सम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो । आगामी २२ सेप्टेम्बरका दिन ग्रैण्डमलको एम्पिथिएटमा हुने नेपाल आईडलको फाईनल प्रतियोगिता सम्वन्धित केही सञ्चारले फैैैैलाएको भ्रमात्मक समाचरका कारण उत्पन्न भ्रमले त्रसित फैलिएकोलेे कसैलाई पनि भ्रममा नपर्न हुन कार्यक्रम संयोजक गुरूङले अनुरोध गरेका छन् ।

Thursday, 14 September 2017

कतारमा मगर संघले कलाकार संग भेटघाट तथा बिदाई कार्यक्रम सम्पन्न गरे ।


बिजय कुमार मगर,
दोहा-कतार १५ सेप्टेम्बर नेपाल मगर संघ, शाखा कतारको आयोजनामा गायक बादल थापा मगरलाई गएको ८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको नज्मा स्थित सेयुलन रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सु.प.से.स, कतार द्वारा आयोजित वार्षिकोत्सब तथा गौरा पर्व कार्यक्रमको निमन्त्रणामा कतार आएका गायक बादल थापा मगरलाई संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको सह्योगमा संघले सम्मान पत्र तथा संघका अध्यक्ष शेर बहादुर रोका मगरले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको हो ।

सोही समारोहमा नेपाल मगर संघ, शाखा सदस्य एवं संघको मातहतमा रहेको कला तथा सास्कृतिक विभागकी कलाकार सृजनाले संघलाई दिएको योगदानलाई उच्च मुल्यांकन गर्दै संघबाट सम्मानित भएकी हुन् ।

उक्त कदर पत्र, मायाको चिनोलाई सभापतिले रोकाले, प्रदान गरेका हुन् । यसैगरी कला तथा सास्कृतिक विभागका संयोजक भुपेन रिखाम मगरको सह्योगमा विभागले कलाकार सृजना रेश्मी मगरलाई संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको छ ।


उपस्थित सम्पुर्ण विभागीय पद्धेन पदाधिकारी सदस्यहरूले द्वय कलाकारलाई क्रमशः खादा ओडाएर स-सम्मान विदाई गरेका हुन् ।

संघबाट प्राप्त सम्मान प्रति अत्यन्तै खुसी रहेका गायक बादलले थप्दै भने, प्रवासमा रहेर पनि संघले आफ्नो मौलिक संस्कार संस्कृतिको कला, संस्कृतीको जगेर्ना, संरक्षण-संवर्द्धन संगै प्रवर्द्धनमा भेषभुषा तथा भाषालिपीलाई जिवन्त राखेकाले अझ उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद दिए ।

यसैगरी सृजना रेस्मी मगरले कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई सम्बोधन गर्दै भनिन् संघले दिएको माया र सम्मानलाई सधै सम्झिरहने र आफू जहाँ रहे पनि आफुले सक्ने सह्योग दिने प्रतिवद्धता वचन दिएकी छन् ।

उक्त भेटघाट तथा बिदाई कार्यक्रम समारोहमा संघको मातहतमा रहेका विभिन्न विभागीय समिति तथा उपसमितिका पद्धेन पदाधिकारीहरू प्रमुख सल्लाहकार महेन्द्र थापा मगर सल्लाहकार सदस्य भिम तरामु मगर, जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर केशव राना मगर, महिला विभागीय संयोजक ईशोरा थापा मगर, कला तथा साँस्कृतिक विभागीय संयोजक भुपेन्द्र रिखाम मगर, पुर्व उपाध्यक्ष प्रकाश आले मगर, मानर्थ सदस्य बबिन राई र टेक रसाइली लगायत विशिष्ट ब्याक्तित्वहरूले उपस्थिति जनाएको थियो ।


उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राखेका थिए । महासचिव विजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरले सभापतित्व गरेका थिए ।

Sunday, 10 September 2017

कतारमा बिचल्लित कामदारलाई उद्धार ।


दोहा-कतार, १० सेप्टेम्बर कतारमा विचल्लित ती ७ जना नेपालीको उद्धार कार्यमा गैर आवासीय नेपाली संघका निवर्तमान युवा संयोजक लिला जिसीको समन्वयमा अलपत्र परेका आफ्ना गृह जिल्ला गुल्मी मदानेका राजेश घर्तीलाई गुल्मी सेवा समाजले उनलाई टिकट सह्योग प्रदान गर्दै स्वदेश फिर्ता गरेको समाजका सल्लाहकार सदस्य भिम तरामु मगरले गुम्बेली खबरलाई बताए ।

हामीलाई प्राप्त जानकारी अनुसार प्युठान जन्म भै हाल बुटवल उपमहानगरपालिका बेलबास घरभई कतारमा बस्दै आएका जिसीले उद्धार कार्यमा पहल थालेका थिए ।

उद्धार हुनेहरूमा क्रमशः गुल्मी मदानेका राजेश घर्ती, खोटाङ्गका जिसीको दिनेश कटुवाल, गंगा ब. कटुवाल, वीर ब. खड्का, सुर्खेतका जीत ब. बिक, भोजपुरका ईरज राई र संखुवासभाका पुष्प भारतीलाई सनिबार एयरलाइन्सको उडान बाट उद्धार गरि नेपाल फर्काएको छ । यसभन्दा पहिले २० जना नेपालीको उद्धार गरि पठाई सकेको छ ।

उनिहरूले विगत ५ महिना सम्मको तलब सेवा-सुविधा नपाएर अलपत्र परेका राप्ती प्लेसमेन्ट सर्भिस बाट विभिन्न प्रलोभनमा परेर रोजगारीका शिलशिलामा कतार आएका हुन् ।

Saturday, 9 September 2017

कतारमा "नेपाल आईडल" (रियालिटी शो) गायन प्रतिभाको फाईनल नतिजालाई सार्बजनिक गर्ने ।


कृष्ण सारू मगर,
दोहा-कतार, ९ अगष्ट अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजन AP-1 TVद्वारा प्रसारित लुकेर रहेका गायन प्रतिभालाई चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करणको "नेपाल आईडल" (रियालिटी सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाइनल यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा तैयारी भब्य कार्यक्रमको सुचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका यसोसियसनका महासचिव बि.एच राना मगरले गुम्बेली डटकमलाई जानकारी दिए ।


नेपाल आईडलको फाईनल नतिजाको सार्वजनिक गर्नुका साथै, उत्कृष्ट बाह्रौं स्थानमा पर्न सफल प्रतिशप्रधि कलाकार, विभिन्न विधाका कलाकारहरू, निर्णायक मण्डल, संचारकर्मी, प्राविधिक सह्योगी सहित ७ दर्जन भन्दा अधिक टोलिलाई कतारमा ल्याउने भएका छन् ।

यसै गरि विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधी विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडा, नलिना चित्रकार उद्घोषक तथा कुशल प्रस्तोता सुशील नेपाल र उद्घोषिका रिमा विस्वकर्मालाई वन ईन्टरनेश्नल तथा एभरेष्ट युथ यसोसियसनको निमन्त्रणामा कतार आउने भएकी हुन् ।


स्रोतका अनुसार मध्येपुर्वीय राष्ट्र दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, सस्था, संगठन तथा आवद्ध समस्त गीत संगीत पारखी श्रोता, दर्शक तथा शुभेच्छुक एवं कतारका उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, विशिष्ट ब्याक्तित्व, नेपाली कला, संस्कृतिलाई मायाँ गर्ने आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनी साथै सम्पुर्ण महानुभावहरूमा उक्त कार्यक्रमलाई भब्य , सभ्य एवं सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन सम्वन्धित सबैमा सह्योगका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।
नेपाल आईडल गायन छनौट प्रतियोगिताको प्रतक्ष प्रशारण सहित फाईनल कार्यक्रमलाई औपचारिक घोषणा अनुसार अन्तिम तैयारीमा रहेको यसोसियसनका अध्यक्ष समेत रहेका नेपाल आईडल ईभेन्ट ब्यावस्थापन मुल समितिका संयोजक समेत रहेका उत्तम गुरूङ्गले बताए ।


गुरूङ्गले भने, उक्त कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन विभिन्न समिति गठन गरेको छ । यसैगरी उप-समितिमा सह-संयोजक प्रविन गुरूङ्ग, र प्रदिप शर्मा पौडेल रहेका छन् । प्रमुख सल्लाहकारमा सागर नेपाल, र प्रकाश गुरूङ्गलाई नेपाल-कतार सेन्सर विभागको जिम्मेवारी दिईएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार अनलाइनको माध्यम द्वारा समेत रहेकोले टिकट ब्यावस्थापनको जिम्मेवारी नवराज श्रेष्ठलाई दिईएको छ । यसै गरि यसोसियसनका महासचिव बि.एच राना मगरले ब्यापक सुचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका छन् ।


नेपाल र नेपालीहरूको शान, मान, प्रतिष्ठा संग जोडिएको नेपाली समुदायले कतारमा हाल सम्मकै सबैभन्दा विशाल कार्यक्रम आयोजना रहेकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफल बनाउन समाजिक अवधारणा बोकी मध्ये पूर्विय राष्ट्र दोहा-कतारमा स्थापित विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिलाई ओनेक्स वन ईन्टरनेश्नल र एभरेस्ट युथ यसोसियसनले संयुक्तरूपमा आयोजना गरीएको २६ अगष्टका दिन नेपाल पत्रकार महासंघ संग आवद्ध विभिन्न मिडियामा कार्यरत एक दर्जन पत्रकारको उपस्थितिमा कार्यक्रम बारे औपचारिक घोषणा गर्दै सार्वजनिक गरिएको थियो ।

Monday, 4 September 2017

कतारमा गैर आवशिय नेपाली संघले सातौं अधिवेशन सम्पन्न गर्यो ।


कृष्ण सारू मगर
दोहा-कतार, ३ सेप्टेम्बर, गैर आवसीय नेपाली संघ एनआरएनए, कतारको अध्यक्षमा २ जना उम्मेदवारले दर्ता गरेका थिए । सम्पन्न अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रत्यासी उम्मेदवार मो.मुक्तादा मुसलमानले ७७ मतले पराजित बेहोर्नु पर्‍यो ।

दोहाको एनखालिद स्थित नेपाली राजदुतावासको प्राङ्गणमा सम्पन्न

सातौं अधिवेशनको विभिन्न पदमा ७२ उम्मेदवारीले दर्ता गराएका थिए । बिहान १०:३० देखि आरम्भ भएको मतदान कार्यक्रममा कुल मतदाता संख्या २३१० रहेको थियो ।


गैर आवसीय नेपाली संघ एनआरएनए, कतारको २०१७-२०१९ को सम्पन्न अधिवेशनमा खसेेको मतलाई मध्ये राति ११:३० बजे देखी गणना सुचारू गरिएको कुल मत १७४४ मतदाताले सहभाजागिता जनाउँदै पंजिकृत सदस्यहरुले मत दिएका थिए । जस मध्ये सबैभन्दा बढी ४३९ मत प्ररदेश-५ मा खसेको थियो ।

गैर आवसीय नेपाली संघ अन्तराष्ट्रि परिषद् संघ (आइसीसी) को सदस्य पदमा ५ जनाले दर्ता गरेका थिए । कुमार कार्की र बिमल सुबेदी २ जनाले विजयी हासिल गरेका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार सम्पन्न निर्वाचनको प्रथम उपाध्यक्षमा तेज कटुवाल, द्धितिय उपाध्यक्षमा सुदर्शन भट्ट, तृतिय उपाध्यक्षमा देवकी (देविका) के. सी. गुरुङ्गले ९०२ मत पाएकी थिईन् । उनका प्रतिद्वन्द्वीका रूपमा उत्रेका केशव ढकालले ७०२ मात्रै मत प्राप्त गरेका थिए ।

अन्ततः देवकी (देविका) के. सी. गुरुङ्गले निर्वाचनको पुर्वसन्ध्या (१ दिन) अन्तिम संघारमा आएर स्वईक्षाले दिएको उम्मेदवारी फिर्ताको रित निवेदन उपर  रहेता पनि वैधानिकताको आधारमा निर्वाचन समितिले ढकाललाई विजय घोषणा गरेको हो ।


महासचिवमा बुधबल गुरुङ्ग, सचिवमा रामजी खत्री र युवराज शर्मा रहेका छन् । सह-कोषाध्यक्षमा खगबहादुर खत्री (यासीन मामा) खुल्ला सदस्यमा चिरन्जिवि तिम्सीना, टंक कुमार खड्का, बिजयराज अधिकारी, बिनोद प्रसाद बसौला, रुद्र प्रसाद आचार्य र रेशम बहादुर बस्नेत, विजयी भएका छन् ।

प्रदेश नं १ का अरुण कुमार के.सी, प्रदेश नं २ का रामकुमार मण्डल, प्रदेश नं ३ का नारायण बिष्ट, प्रदेश नं ४ का आश बा. गुरुङ्ग, प्रदेश नं ५ का बुद्ध पाण्डे सातौ अधिवेेेशन बाट निर्वाचित भएका पद्धेन पदाधिकारीहरू हुन् ।

NRNA NCC Qatar को सम्पन्न निर्वाचनमा कुल मत १७४४ खसेको थियो ।


खसेको मत विवरण यसप्रकार छन् ।

प्रदेश नं एकको बुथमा ४२७ मत खसेको थियो । प्रदेश नं दुईमा १९१, प्रदेश नं तीनमा १९६ प्रदेश नं चारमा ३६८ प्रदेश नं पाँचमा ४३९ र प्रदेश नं छ र सातमा १२३ खसेको थियो ।

निर्विरोध निर्वाचित हुने पद्धेन पदाधिकारीहरूको नामावली

क्रमशः
कोषाध्यक्षमा उत्तम गुरुङ्ग, महिला संयोजकमा सरिता गुरुङ्ग,

यूवा संयोजकमा लोकमाया (माया) के.सी क्षेत्री, महिला सदस्यतामा सपना पुन मगर विजयी भएकी छन् ।

यसैगरी, आदिवासीजनजातीको सदस्य तर्फ श्याम कुमार लिम्बु र रामबाबु मण्डल, मुस्लिम समुदायका सदस्यमा, शेख अब्दुल खलिक, मोहम्मद उज्जेर, दलित समुदायका सदस्यमा भिम सुनार र छबिलाल सुचिकार, तराई-मधेश समुदायका सदस्यमा वली ठाकुर र विश्वनाथ ठाकुर हजाम भएका छन् । प्रदेश नं ६ का बसन्त कुवर, र प्रदेश नं ७ का नरेस प्रसाद जैसी, निर्विरोध निर्वाचित पदाधिकारीहरू हुन् ।


लेखा समितीको संयोजक राम प्रसाद गौतम निर्वाचित भएका छन् । लेखा समितीको सदस्यमा बुद्धिप्रसाद भण्डारी र शिव प्रसाद बास्तोला निर्वाचित भएका छन् । अनुशासन तथा अनुगमन समितिको संयोजकमा नन्द प्रसाद ढुङ्गाना भए । भने, अनुशासन तथा अनुगमन समितीको सदस्यमा शिवराज भट्टराई र सीताराम थापा निर्वाचित भएका छन् ।