कृष्ण सारू मगर
दोहा-कतार, २ सेप्टेम्बर, गैर आवसीय नेपाली संघ एनआरएनए, कतारको अध्यक्षमा २ जना उम्मेदवारले दर्ता गरेका थिए । सम्पन्न अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रत्यासी उम्मेदवार मो.मुक्तादा मुसलमानले ७७ मतले पराजित बेहोर्नु पर्यो ।
दोहाको एनखालिद स्थित नेपाली राजदुतावासको प्राङ्गणमा सम्पन्न
सातौं अधिवेशनको विभिन्न पदमा ७२ उम्मेदवारीले दर्ता गराएका थिए । बिहान १०:३० देखि आरम्भ भएको मतदान कार्यक्रममा कुल मतदाता संख्या २३१० रहेको थियो ।
गैर आवसीय नेपाली संघ एनआरएनए, कतारको २०१७-२०१९ को सम्पन्न अधिवेशनमा खसेेको मतलाई मध्ये राति ११:३० बजे देखी गणना सुचारू गरिएको कुल मत १७४४ मतदाताले सहभाजागिता जनाउँदै पंजिकृत सदस्यहरुले मत दिएका थिए । जस मध्ये सबैभन्दा बढी ४३९ मत प्ररदेश-५ मा खसेको थियो ।
गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा आइसीसी सदस्यमा ५ जनाले दर्ता गरेका थिए ।
२ जना निर्वाचित कुमार कार्की र बिमल सुबेदी विजयी भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार सम्पन्न निर्वाचनको प्रथम उपाध्यक्षमा तेज कटुवाल, द्धितिय उपाध्यक्षमा सुदर्शन भट्ट, तृतिय उपाध्यक्षमा देवकी (देविका) के. सी. गुरुङ्ग, महासचिवमा बुधबल गुरुङ्ग, सचिवमा रामजी खत्री र युवराज शर्मा
रहेका छन् । सह-कोषाध्यक्षमा खगबहादुर खत्री (यासीन मामा) खुल्ला सदस्यमा चिरन्जिवि तिम्सीना, टंक कुमार खड्का, बिजयराज अधिकारी, बिनोद प्रसाद बसौला, रुद्र प्रसाद आचार्य र रेशम बहादुर बस्नेत, विजयी भएका छन् ।
प्रदेश नं १ का अरुण कुमार के.सी, प्रदेश नं २ का रामकुमार मण्डल, प्रदेश नं ३ का नारायण बिष्ट, प्रदेश नं ४ का आश बा. गुरुङ्ग, प्रदेश नं ५ का बुद्ध पाण्डे सातौ अधिवेेेशन बाट निर्वाचित भएका पद्धेन पदाधिकारीहरू हुन् ।
NRNA NCC Qatar को सम्पन्न निर्वाचनमा कुल मत १७४४ खसेको थियो ।
खसेको मत विवरण यसप्रकार छन् ।
प्रदेश नं एकको बुथमा ४२७ मत खसेको थियो । प्रदेश नं दुईमा १९१, प्रदेश नं तीनमा १९६ प्रदेश नं चारमा ३६८ प्रदेश नं पाँचमा ४३९ र प्रदेश नं छ र सातमा १२३ खसेको थियो ।
निर्विरोध निर्वाचित हुने पद्धेन पदाधिकारीहरूको नामावली
क्रमशः
कोषाध्यक्षमा उत्तम गुरुङ्ग, महिला संयोजकमा सरिता गुरुङ्ग,
यूवा संयोजकमा लोकमाया (माया) के.सी क्षेत्री, महिला सदस्यतामा सपना पुन मगर विजयी भएकी छन् ।
यसैगरी, आदिवासीजनजातीको सदस्य तर्फ श्याम कुमार लिम्बु र रामबाबु मण्डल, मुस्लिम समुदायका सदस्यमा, शेख अब्दुल खलिक, मोहम्मद उज्जेर, दलित समुदायका सदस्यमा भिम सुनार र छबिलाल सुचिकार, तराई-मधेश समुदायका सदस्यमा वली ठाकुर र विश्वनाथ ठाकुर हजाम भएका छन् । प्रदेश नं ६ का बसन्त कुवर, र प्रदेश नं ७ का नरेस प्रसाद जैसी, निर्विरोध निर्वाचित पदाधिकारीहरू हुन् ।
लेखा समितीको संयोजक -राम प्रसाद गौतम निर्वाचित भएका छन् । लेखा समितीको सदस्यमा बुद्धिप्रसाद भण्डारी र शिव प्रसाद बास्तोला निर्वाचित भएका छन् । अनुशासन तथा अनुगमन समितिको संयोजकमा नन्द प्रसाद ढुङ्गाना भए । भने, अनुशासन तथा अनुगमन समितीको सदस्यमा शिवराज भट्टराई र सीताराम थापा निर्वाचित भएका छन् ।
No comments:
Post a Comment