कृष्ण सारू मगर,
दोहा-कतार २६ सेप्टेम्बर, एपी वान टेलिभिजन द्वारा प्रसारित अन्तराष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी एवं सर्वाधिक चर्चामा रहेको "नेपाल आईडल" को उपाधि धादिङ्ग लापा घर भई पोखराको नयाँ बजार बस्दै आएका बुद्ध लामाले सर्वाधिक भोट ल्याएर हात पार्न सफल भएका हुन् ।
विजेता लामाले नेरू २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक्ट प्राप्त गर्नेछन् । यसैगरी मोरङ्ग उर्लाबारीका निशान भट्टराईले नेरू १५ लाख रुपैयाँ पुरस्कार ग्रहण गर्दै द्धितियमै चित्त बुझाउनु पर्योभने तृतीय हुने झरुवारासी ललितपुरका प्रताप दासले नेरू १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रथम उपाधी विजेता लामालाई लोकप्रिय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वयको सह्योगमा आयोजकले पुरस्कार प्रदान गरेको हो ।
"नेपाल आईडल" (रियालिटी-सो) गायन प्रतिभालाई कुल भोट ९ करोड ३१ लाख ८३ हजार ३३५ प्राप्त भएको थियो ।
यसैगरी नेपाल आईडलको चौथो राउन्डबाट बाहिरिएका सबै विधाका गीतलाई न्याय दिन सक्ने बहु प्रतिभाका धनी "भर्सटायल" नवोदित गायक सागर आले मगरले आफ्ना शुभेच्छुक तथा सम्पुर्ण नेपालीहरू प्रति समर्पित गीतले सम्बोधन गर्दै भने लाखौंलाख आदरणीय शुभेच्छुकहरूको अशिम माया र आशिर्वाद नै हाम्रो नेपाली गीत, संगीतको वर्तमान र भविष्य हो । सबै-सबैलाई देब्रे छाती (मुटु) भित्र जीवन्त रहन्छ उनले भने । मेरो कला र प्रतिभाको उच्च मुल्यांकन गरि देश विदेशबाट आर्थिक, भौतिक, नैतिक साथ सह्योगको वातावरण मिलाउनु हुने प्रति सदैव ऋणि रहने बताए ।
हालसम्म ४० लाख भन्दा बढी रकम आफ्नो खातामा जम्मा भई सकेको जानकारी गराउँदै सह्योगी मन र हात प्रति हार्दिक कृतज्ञ छु । उनले थप्दै भने आफुले प्राप्त गरेको रकमलाई नेपाली कला संस्कृतिको जगेर्ना संरक्षण-प्रवर्द्धनमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका सागरले विशेषगरी "नेपाल आईडल" आयोजक परिवार प्रति धन्यवाद दिए ।
हामीलाई प्राप्त जानकारीअनुसार उनको खातामा २३ सेप्टेम्बर २०१७ सम्ममा ६० लाख पुगिसकेको स्रोतले जनाएको छ ।
अतिथि कलाकारहरू तेरिया मगरले "सिमसिमे पानीमा" रिमिक्स लय गीतको बोलमा आकर्षक नृत्यले रमाएका दर्शकलाई हाँस्यकलाकार नारद खतिवडाको देश र नेताहरू प्रति लक्षित ब्याङ्यात्मक प्रस्तुतिले उपस्थित सबैलाई पेट मिचिमि हाँस्न बाध्य बनाएको थियो । त्यसै गरी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य महजोडीले ठट्यौली पाराको प्रस्तुति संगै नलिना चित्रकार र "सुन साहिँली सुन" गीतका गायक हेमन्त राना मगरको साङ्गितिक प्रस्तुतिको दर्शकले भरपुर मनोरञ्जन लिए ।
ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रताप सहित १२ प्रतिस्पर्धी कलाकारहरु सागर आले मगर, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठले दमदार प्रस्तुति दिएका थिए ।
शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नेपाली दुतावासका का.बा. महामहिम राजदुत प्रो. कोईरालाले भने दुतावास सदैव श्रमिकको हत,हित तथा सेवा-सुविधा उपलब्ध गराउन राजदुतावासले कटिबद्ध रहेको बताउँदै यहाँको स्थानीय प्रशासन, परिधिभित्र रहेर नियम र कानुनको पालना गरि अनुशासित र सभ्य नागरिकको परिचय दिए स्वाभिमानी नेपालीको प्रतिष्ठा झन माथि पुग्ने धारणा थियो ।
दुतावासले सेवा सुविधा प्रभावकारी बनाउन डिजिटल प्रविधिको ब्यावस्थापन सुचार भई सकेको बताए । उहाँले थप्दै भन्नू भयो अब छिट्टै कतारमा नेपाली विधालयको स्थापना, साँस्कृतिक शभाकक्ष, एफएम रेडियो संगै नेपाली डाक्टर तथा स्वास्थ्य सेविका (नर्सले) सरकारी हमाद अस्पतालबाट सेवा-सुविधाको प्रकृयामा प्रवन्ध भई रहेको जानकारी दिँदै विविध समस्या भए दुतावासको हटलाईन नम्बरमा सम्पर्क गर्न अनुरोध गरे ।
गएको २२ सेप्टेम्बरकम दिन सनैया स्थित ग्राण्डमलको एम्पीथिएटर हलमा सम्पन्न भएको नेपाल आईडल गायन प्रतिभा छनौट प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका महामहिम राजदुत प्रो. रमेश प्र. कोईराला रहनु भएको थियो । विशेष अतिथिमा हाँस्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्णायक मण्डलका न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा ईन्दिरा जोसी, रहेका थिए ।
गैर आवासीय नेपाली संघ एनसीसीका निवर्तमान उपाध्यक्ष प्रविण गुरूङ्ग, कार्यक्रमका प्रमुख सल्लाहकार सागर नेपाल कार्यक्रम ब्यावस्थापक प्रकाश गुरूङ्ग र एभरेष्ट नेपाल युथ एसोसिएसनका अध्यक्ष समेत रहेका आयोजक उत्तम गुरूङ्गको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई रिमा विश्वकर्मा र सुशील नेपालले संयुक्तरूपमा संचालन गरेका थिए ।
No comments:
Post a Comment