अशोज १० तानसेन
गुम्बेली संयुक्त यूवा संजाल तानसेन-१३ बौघागुम्बा पाल्पाको आयोजनामा बौघागुम्बामा अवश्थित श्री सर्बोदय उच्च मा.वि.को प्राङ्गणमा यहि असोज १९ गते "पूर्णिमा मेला तथा वृहत साँस्कृतिक कार्यक्रम २०७४" हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि क्लब स्तरिय भलिबल प्रतियोगिता, सराई मेला तथा राष्ट्रिय स्तरका कलाकारहरु बैकुण्ठ महत, मैना रेश्मी मगर, तारा थापा मगर, निक्की राना मगर र स्थानिय कलाकारहरुको साथमा विभन्न प्रस्तुतिहरु हुने कार्यक्रम छन् । कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनको लागी देशविदेशमा हुनुभएका बौघागुम्बा बासी दाजुभाई, दिदीबहिनी तथा शुवेच्छुक साथीहरु सबैलाई सहयोग, साथ र सहभागिताको लागी अनुरोध समेत गरिएको छ ।
कार्यक्रमहरु :-
१ - भलिबल प्रतियोगिता
👉 दर्ता मिति : - २०७४ अशोज १६ गते
👉 दर्तादशुल्क :- रु.१५५०/-
👉 खेलाडी सङ्ख्या : - अतिरिक्त सहित ८ जना
👉 प्रथम पुरस्कार रु. २०,०००/- मेडल, खादा र प्रमाण पत्र, द्धितिय पुरस्कार रु. १०,०००/- मेडल, खादा र प्रमाण पत्र, तृतिय पुरस्कार रु. ५,०००/- मेडल, खादा र प्रमाण पत्र ।
👉 खेल प्रचलित नियम अनुसार खेलाइने छ ।
२ - सराई मेला तथा वृहत साँस्कृतिक कार्यक्रम
👉 मिति :- २०७४ अशोज १९ गते
👉 समय : - विहान १०:०० बजे बाट ।
No comments:
Post a Comment