कृष्ण सारू मगर,
काठमाडौ ४ असोज, गृष्म ऋतुको अन्त्य, वर्षा ऋतुको आगमन संगै आएको अविरल भारी वर्षाले देशको विभिन्न पहाड, तराई र मधेशको विभिन्न भु-भागमा जलमग्न भई अलपत्र परेका हजारौं घरधुरीका मानिसहरूको अझै पनि बाढी, पहिरोका कारण भौतिक संरचना ध्वस्त भई नेपालीहरू चार्ड पर्वको संघारमा घरवारविहीन छन् ।
उक्त घटना बारे विभिन्न मिडियाबाट प्रकाशित समाचार अनुसार प्राकृतिक प्रकोपबाट करोडौंको धनजन संगै मानवीय तथा भौतिक क्षति भएको विक्षिप्त परिवारलाई सामान्य राहत पुर्याउने हेतुले आर्थिक संकलन अभियानलाई नेपाली संघीय समाज फोरमले "प्राकृतिक प्रकोपले ग्रस्त स्थानलाई अनुदान ! तपाई हाम्रो सानो सह्योग पिडितहरुलाई जिवनदान !!" भन्ने महत्वकाँक्षाका साथ निरन्तरता दिएको झण्डै एक महिनाको अवधिमा सो रकम संकलन गर्न सफल भएको हो ।
ने.स.स. कतारका केन्द्रीय सदस्य बिक्रम चेतनशील राईले स.स.फोरमका महासचिव रणध्वज कन्दवा लिम्बूलाई प्राकृतिक प्रकोप बाट पिडित पक्षको वास्तविक स्थलगत अध्यन गरी संकलित सह्योग रकम नगद नेरू १,००,१२८/-(अक्षरूपि) एकलाख एकसय अट्ठाईस रूपैयाँलाई संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुने स्थित ०३ असोजका दिन काठमाडौंमा पुगेर दिन हस्तान्तरण गरेका हुन् ।
संघिय समाजवादी फोरम कतारले नेपाल स्थित प्रभु मनि ट्रान्सफरको एजेन्ट बाट विक्रम राईले पाउने गरि All Zamam Exchange Co. को सह्योगमा १८ सेप्टेम्बर २०१७ का दिन बृन्दराज राज राईले नेरू १,००,१२८/- पठाएको थियो ।
रोजगारीका शिलशिलामा कतार आएका विभिन्न पेशा, ब्यावसायी, बुद्धिजीवी तथा समाजसेवी स्वदेशी तथा विदेशी सह्योगदाताहरूले यस मानवीय सेवा कार्यका लागि हातेमालो गरी सह्योगमा अभियानलाई आर्थिक, भौतिक, नैतिक वैचारिक तथा विभिन्न किसिमको साथ दिनु हुने सम्पुर्णमा ने.स.स. कतार परिवारले आदरणीय महानुभावहरूमा विषेश धन्यवाद सहित हार्दिक आभार प्रकट गरेको छ ।
No comments:
Post a Comment