Tuesday, 31 October 2017

इराकबाट एक महिलाको शव ल्याउन कठिन चन्दा संकलनमा सहयोगको अपिल ।


कृष्ण सारू मगर

काठमाडौ, १५ कार्तिक इराकमा आत्महत्या गरेकी कैलाश गाँउ पालिका २ बैकुण्ठ मकवानपुरकी (राहदानी न ०८६९४१६) वाहक मृतक लक्ष्मी बल तामाङ्गको शव नेपाल ल्याउन समस्या भएको हो ।


अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङ्गका अनुसार मृतक लक्ष्मीको शव ल्याउन स्वैच्छिक रुपमा गाँउमा १००, २००, ५०० गरी चन्दा संकलन भईरहेको छ । मैले पनि ५ हजार सह्योग गरेँ, वडा अध्यक्ष तामाङले भने, शव ल्याउन झण्डै ४ लाख लाग्ने रहेछ ३, ४ दिनमा बल्ल २० हजार जति मात्रै संकलन भएको छ ।


४ लाख रकम जम्मा हुन यही गतिले महिनौ लाग्ने देखिए पछि शोकमा डुबेका परिवार झन तनावमा परेका मृतक लक्ष्मीकी श्रीमान अशोक बल तामाङ्गले सकेको आर्थिक सह्योग गर्न सबै सँग आग्रह गरेका छन् ।


स्रोतका अनुसार अवैध बाटो हुँदै गएकि मृतक तामाङ्गकी ५ वर्षीया नावालिका छोरी छन् । परिवारको आर्थिक स्थिति सुधार्न बैदेशिक रोजगारीका लागी सिन्धुपाल्चोकका एक एजेण्ट मार्फत भारतको बाटो हुँदै अवैधानिक रूपमा दुई वर्ष पहिले इराक पुगेकी हुन् ।


मृत्युको खवर इस्लामावाद स्थित नेपाली राजदुतावास बाट कन्सुलर सेवा विभाग काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर हुँदै १५ दिन अघि परिवारमा खबर पुगेको थियो ।

तर लक्ष्मी र परिवार विचको सम्पर्क भने ६ महिना अघि बाटै टुटेको मृतकका परिवारलाई उद्धृत गर्दै वडा अध्यक्ष तामाङले जानकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्रलाई युके बाट ३५ लाख सहयोग ।


कृष्ण सारू मगर
लण्डन, ३१ अक्टोबर, विभिन्न पुरस्कार विजेता डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका लागि सह्योगार्थ गत शुक्रबार अल्डर्सटमा सम्पन्न च्यारिटी कार्यक्रममा संकलित रकम ३५ लाख नेपाली रुपैयाँको चेकलाई गैर आवासीय नेपाली संघका अध्यक्ष योगकुमार फगामी र नेेपाल मगर संघ शाखा यूकेका अध्यक्ष नेम थापा मगरले सह्योग चेक डा. पुनलाई सोही समारोहबीच हस्तान्तरण गरेको हो ।


स्रोतका अनुसार युकेमा नेपाली समुदायले समाजिकले
अवधारणा बोकी स्थापना भएका विभिन्न संघ, संगठनले ऐक्यबद्धता जनाएका संघ, संस्थाहरू निम्न तपशील रहेका छन् ।
पाल्पाली भञ्ज्याङ्ग, एन.आर.एन, पुन समाज, गुल्मी समाज, पर्वत वेलफेयर सोसाइटी,  बाग्लुङ समाज,  तनहुँ समाज यूके, तमु धी, ग्रेटर रश्मोर नेपाली सोसाइटी, लगायतको सहकार्यमा उक्त रकम संकलित भएको हो ।

हामीलाई प्राप्त जानकारीअनुसार उक्त च्यारिटी कार्यक्रम
योजनामा विभिन्न, बुद्धिजीवी, समाजसेवीहरूले प्रतक्ष साथ, सह्योग पाएकाले यति ठूलो राशीको रकम संकलन गर्न आयोजक सफल भएका हुन् ।


नेपालको समृद्धि देश विकाशको अभियानलाई समर्थकहरूले साथ, सहयोगार्थ संकलन सह्योग आउने क्रम जारी रहेको आयोजकले बताएका छन् ।

उक्त च्यारिटी कार्यक्रममा सहभागी सबैलाई स्थानीय चर्चित कलाकारहरूको समुहले साँङ्गितिक प्रस्तुति प्रस्तुत गर्दै थप मनोरञ्जन गराएका थिए ।

राष्ट्रियता र राष्ट्रको बिकासकार्यमा सरकारले अपहेलित गरेता पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पाएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन मगरले
भने, जनस्तरबाट पाएको हौसला, प्रेरणाले यो अभियानलाई प्रतक्ष वा अप्रत्यक्षरूपमा आर्थिक, भौतिक, नैतिक, वैचारिक साथ, सह्योग दिनु हुने सबै-सबैमा विशेष आभार प्रकट गर्दै हार्दिक कृतज्ञता ब्यक्त गरेका मगरले थप्दै भनेका छन् ।
(https://m.youtube.com/watch?v=93pYsIojev4)

विभिन्न प्रोजेक्टहरुको अध्ययन, अनुसन्धान र सन्चालन गर्ने केन्द्रको अभियानमा आफुसंगै सम्बन्धित क्षेत्रका विज्ञहरुको ससक्त टीम रहेको जानकारीका बताएका छन् ।


सह-सचिव रुद्र थापाले हेल्थ एन्ड सेफ्टी संग सम्बन्धित विविध विषयमा जानकारी गराएको उक्त च्यारिटी कार्यक्रमको संयोजक समेत रहेकी संघका उपाध्यक्ष सिता पुन मगरको स्वागत तथा महासचिव लाल ब. पुन मगरको संचालनमा सम्पन्न च्यारिटी सो कार्यक्रमको सभापतित्व नेपाल मगर संघ शाखा युकेका अध्यक्ष नेम थापा मगरले गरेका च्यारिटी सो कार्यक्रमका प्रमुख अतिथी नेपाली नियोग बेलायतका का.बा महामहिम राजदुत डा. दुर्गाबहादुर सुबेदीले भन्नू भयो राष्ट्रको गौरव र देशको स्वार्थमा जुट्नु हुने सम्ममानित महान हात र सह्योगी मनहरू प्रति सम्बोधन सब्दमा हाँसेर बाँच्नुहोस् बाँचेर हाँस्नुहोस् भन्दै, नेपालीको एकताले राष्ट्रिय गौरवमा महत्त्वपूर्ण योगदान पुगेको छ । महामहिम राजदुत सुवेदीले भन्नू भयो ।

अक्टोबरको पहिलो साता बेलायत पुगेका आविस्कार केन्द्रका डा. पुनले विभिन्न क्षेत्रमा बस्ने नेपालीहरू माझ अन्तरक्रिया गरिरहेका आविष्कार केन्द्रको बारेमा प्रस्तुत एक भिडियो प्रिजेन्टेसनलाई गैर आवासीय नेपाली संघ यूकेका प्रवक्ता रमेश सराङकोटी मगरले गरेका थिए ।

राष्ट्रिय आविष्कार केन्द्रलाई युके बाट ३५ लाख सहयोग ।



कृष्ण सारू मगर
लण्डन, ३१ अक्टोबर, विभिन्न पुरस्कार विजेता डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका लागि सह्योगार्थ गत शुक्रबार अल्डर्सटमा सम्पन्न च्यारिटी कार्यक्रममा संकलित रकम ३५ लाख नेपाली रुपैयाँको चेकलाई गैर आवासीय नेपाली संघका अध्यक्ष योगकुमार फगामी र नेेपाल मगर संघ शाखा यूकेका अध्यक्ष नेम थापा मगरले सह्योग चेक डा. पुनलाई सोही समारोहबीच हस्तान्तरण गरेको हो ।



स्रोतका अनुसार युकेमा नेपाली समुदायले समाजिकले
अवधारणा बोकी स्थापना भएका विभिन्न संघ, संगठनले ऐक्यबद्धता जनाएका संघ, संस्थाहरू निम्न तपशील रहेका छन् ।
पाल्पाली भञ्ज्याङ्ग, एन.आर.एन, पुन समाज, गुल्मी समाज, पर्वत वेलफेयर सोसाइटी,  बाग्लुङ समाज,  तनहुँ समाज यूके, तमु धी, ग्रेटर रश्मोर नेपाली सोसाइटी, लगायतको सहकार्यमा उक्त रकम संकलित भएको हो ।

हामीलाई प्राप्त जानकारीअनुसार उक्त च्यारिटी कार्यक्रम
योजनामा विभिन्न, बुद्धिजीवी, समाजसेवीहरूले प्रतक्ष साथ, सह्योग पाएकाले यति ठूलो राशीको रकम संकलन गर्न आयोजक सफल भएका हुन् ।


नेपालको समृद्धि देश विकाशको अभियानलाई समर्थकहरूले साथ, सहयोगार्थ संकलन सह्योग आउने क्रम जारी रहेको आयोजकले बताएका छन् ।

उक्त च्यारिटी कार्यक्रममा सहभागी सबैलाई स्थानीय चर्चित कलाकारहरूको समुहले साँङ्गितिक प्रस्तुति प्रस्तुत गर्दै थप मनोरञ्जन गराएका थिए ।

राष्ट्रियता र राष्ट्रको बिकासकार्यमा सरकारले अपहेलित गरेता पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पाएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन मगरले
भने, जनस्तरबाट पाएको हौसला, प्रेरणाले यो अभियानलाई प्रतक्ष वा अप्रत्यक्षरूपमा आर्थिक, भौतिक, नैतिक, वैचारिक साथ, सह्योग दिनु हुने सबै-सबैमा विशेष आभार प्रकट गर्दै हार्दिक कृतज्ञता ब्यक्त गरेका मगरले थप्दै भनेका छन् ।
(https://m.youtube.com/watch?v=93pYsIojev4)

विभिन्न प्रोजेक्टहरुको अध्ययन, अनुसन्धान र सन्चालन गर्ने केन्द्रको अभियानमा आफुसंगै सम्बन्धित क्षेत्रका विज्ञहरुको ससक्त टीम रहेको जानकारीका बताएका छन् ।


सह-सचिव रुद्र थापाले हेल्थ एन्ड सेफ्टी संग सम्बन्धित विविध विषयमा जानकारी गराएको उक्त च्यारिटी कार्यक्रमको संयोजक समेत रहेकी संघका उपाध्यक्ष सिता पुन मगरको स्वागत तथा महासचिव लाल ब. पुन मगरको संचालनमा सम्पन्न च्यारिटी सो कार्यक्रमको सभापतित्व नेपाल मगर संघ शाखा युकेका अध्यक्ष नेम थापा मगरले गरेका च्यारिटी सो कार्यक्रमका प्रमुख अतिथी नेपाली नियोग बेलायतका का.बा महामहिम राजदुत डा. दुर्गाबहादुर सुबेदीले भन्नू भयो राष्ट्रको गौरव र देशको स्वार्थमा जुट्नु हुने सम्ममानित महान हात र सह्योगी मनहरू प्रति सम्बोधन सब्दमा हाँसेर बाँच्नुहोस् बाँचेर हाँस्नुहोस् भन्दै, नेपालीको एकताले राष्ट्रिय गौरवमा महत्त्वपूर्ण योगदान पुगेको छ । महामहिम राजदुत सुवेदीले भन्नू भयो ।

अक्टोबरको पहिलो साता बेलायत पुगेका आविस्कार केन्द्रका डा. पुनले विभिन्न क्षेत्रमा बस्ने नेपालीहरू माझ अन्तरक्रिया गरिरहेका आविष्कार केन्द्रको बारेमा प्रस्तुत एक भिडियो प्रिजेन्टेसनलाई गैर आवासीय नेपाली संघ यूकेका प्रवक्ता रमेश सराङकोटी मगरले गरेका थिए ।

Monday, 30 October 2017

;कतारमा दुई वर्ष अगाडी दुर्घटना परेका सुशिलले पाए नेरु झण्डै पौने दुई करोड ।


दिल कुमार श्रेष्ठ,

दोहा-कतार ३१ अगष्ट, मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशील कुमार यादवले घटनाको झण्डै २ वर्षपछि ‘पूर्ण अपाङ्गता’ आधारको क्षतिपूर्ति पाएका छन् ।

निर्माणको काम गर्ने क्युबिसी कम्पनी सम्बद्ध रहेर सेफ्टी–हेल्परको काममा जोडिएका यादव सडक निर्माणको कार्यरतस्थलमै दुर्घटनामा परेर ह्वीलचेयर र सहयोगीका भरमा हिँड्डुल गर्न सक्ने भएका थिए ।

‘दोहा नजिकै मन्सुरामा सडकको पाइप लाइनमा काम गरिरहेका बेला रातको दुइ बजे एउटा गाडीले आएर हानेको सम्झना छ, त्यसपछिका २० दिन बेहोस भएछु,’ सनैया स्थित एक प्रतिष्ठित कम्पनीमा आबद्ध सुशीलले हालै भनेका थिए, ‘त्यसपछि हमाद र रुमैला हस्पिटल हुँदै उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको छ, ह्वीलचेयर र एकजना सहयोगीका भरमा दुइ वर्षयताको जीवन धानिरहेको छु ।’ सुशील सँग स्पाइनल कर्ड (सी–सिक्स)को गम्भीर समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

आफू राम्रै कम्पनी (क्युबीसी) सम्बद्ध रहेको र कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले जानकारी दिएका थिए । उनको साथ–सहयोगका लागि कम्पनीले सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पुरै जिम्मा दिएको छ । दिसा–पिसाब गराउने देखि ह्वील चेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन् ।

कम्पनीले झण्डै १ हजार रियालको मासिक तलब पनि नियमित रुपमा दिइरहेकै छ । २६ वर्षे अविवाहित सुशीलले रोजगारदाता नियम र बीमा शुल्क सहित गरेर तत्काल ५ लाख ५० हजार रियाल (झण्डै १ करोड ६५ लाख रुपैंया) क्षतिपूर्ति पाएका छन् । उनको क्षतिपूर्ति रकम उठाउन पछिल्ला महिनामा दोहा स्थित नेपाली दूतावासले पनि ताकेता गरिरहेको थियो ।

कतार आएको ८ वर्ष भई सकेको छ, फर्केर जान पाएको छैन । अब यो अपाङ्ग रुपमा घर फिर्दैछु, अब घर फर्केर फरक जीवन जिउन चाहन्छु,’ सुशीलले भने ।

कतारमा पाल्पाली समाजले कलाकारहरुलाई गरे सम्मान


कृष्ण सारू मगर,
दोहा-कतार, ३० अक्टोबर
पाल्पाली सेवा समाज र वसन्त फिल्मस (प्रा.लि.)को समन्वयमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरूलाई गैर आवासीय नेपाली संघका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यतामा वेलकम डाईन रेष्टुरेन्टको शभाकक्षामा भेटघाट तथा सम्मान गरेको छ ।

विशेष अतिथिमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रथम उपाध्यक्ष समेत रहेका पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार लिलम चिदी मगर, नेपाल मगर संघका महासचिव बिजय कुमार मगर, जनसम्पर्क समितिका महामन्त्री मोहम्मद अजिज अलि, गुल्मी सेेेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, लमजुङ्ग सेवा समाजका सल्लाहकार कृष्ण बराल, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, पाल्पाली समाजका उपाध्यक्ष हेम बगाले मगर, समाज सेवा अभियान रुपन्देहीका सल्लाहकार दिल भट्टराई, अन्तराष्ट्रिय साप्ताहिक राजधानीका दिल कुमार श्रेष्ठ, साझा नेटवर्कका कुमार अबिरल पन्थी, युरो खवरका उत्तम भट्टराई, डि.सी नेपालका महेश कार्की, समाजसेवी बिक्की बि.क, लगाएत अन्य विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।


बसन्त फिल्मस् प्रा.लि. का प्रवन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रम शरद पाण्डेको स्वागत तथा फिल्मसका सचिव मोहन शाहको संचालनमा सम्पन्न कार्यक्रम समाजको बारेमा तिलु शर्मा पौडेलले प्रष्टाएको समारोहमा क्रमशः दोसल्ला ओडाएर सम्मानित भएका कलाकारहरू राष्ट्रका गहना हुन् भन्दै अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै, प्रमुख, अतिथि, विशेष अतिथि र सभापतिको सह्योगमा बसन्त फिल्मस (प्रा.लि.) र पाल्पाली समाजले सम्मान पत्र प्रदान गरेको हो ।

नेपाल मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष नृत्य निर्देशक सुमन थापा मगर, नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष मयुर नृत्यकार कबिराज मगर, चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगर र गाउँवेसी, भञ्ज्याङ्ग, चौतारीमा गुन्जिने सालैजो, सोरठी, पञ्चेबाजा सब्द सृजनाका सर्जक तथा गायक प्रसाद खप्तरी मगर, नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार बिधार्थी अक्षकोष सह्योगार्थ "प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७" कार्यक्रम सफल बनाउन दोहा-कतार आएका हुन् ।

श्रमजिबी पत्रकारका धर्मपत्नी शारदालाई बचाऊ अभियानमा सहयोगको अपिल ।


कृष्ण सारू मगर
तम्घास- गुल्मी, १३ कार्तिक नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला स्थित पत्रकार महासंघमा आवद्ध पत्रकार सहित विभिन्न शुभेच्छुकहरूको सह्योगमा संगठनले वरिष्ट श्रमजिवि पत्रकार जनार्दनका धर्मपत्नी स्तन क्यान्सर घिमिरेलाई बचाउ अभियान सुचारु गरेको गुल्मी सेवा समाजका उपाध्यक्ष समेत साझा नेटवर्कका कुमार अविरल पन्थीले जानकारी दिए ।

स्रोतका अनुसार काठमाण्डौको टिचिङ्ग अस्पताल र अल्का अस्पतालको उपचार पश्चात्, हाल ललितपुरको हरिशिद्धी नेपाल क्यान्सर अस्पतालमा भर्ना भएकी ३५ वर्षिया शारदा घिमिरेलाई थप उपचारका लागि भारतको राजिव गान्धी अस्पतालमा क्यान्सर भएको स्तनलाई निर्मुल पार्न सम्बन्धित वरिष्ठ चिकित्सकहरूले सल्यक्रिया उपचार्थ खर्च झण्डै बीसलाख सम्म लाग्ने अनुमान गरिएको छ ।

गुल्मी मुसिकोटको सामन्य परिवारमा जन्मेका घिमिरेले गुल्मी जिल्लाको तम्घासमा दुई दशक अघि देखि पत्रकारितामा महत्वपुर्ण भुमिका निभाउँदै आएका क्रियाशिल रहेका पत्रकार घिमिरेका पत्नीलाई एक्कासी यति ठुलो रोगबाट ग्रसित भई आर्थिक संकटमा परेका उनि स्तव्ध बनेका छन् ।

नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष शिव सुवेदी, प्रेस सेन्टर गुल्मीका संयोजक दधि खनाल र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका पत्रकारहरुले महासंघका पुर्व अध्यक्ष वरिष्ट श्रमजिवि पत्रकार जनार्दन घिमिरेकी पत्नीको उपचार्थ देश विदेशमा रहनु हुने नेपाली दाजु-भाई तथा दिदी-वहिनी, एवं विभिन्न समाजिक संघ, संस्था, संगठन साथै समाजसेवीहरूमा स्तन क्यान्सर घिमिरेलाई बचाउ अभियानलाई सह्योगको अपिल गरेका छन् ।

नोट: सह्योगी मनका धनि ईच्छुक महानुभावले नेपाल पत्रकार महासंघ गुल्मी शाखा वा कतारका लागि अध्यक्ष बुध्द पाण्डे, उपाध्यक्ष कुमार अविरल पन्थी तथा अन्य गुल्मी सेवा समाजका पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Sunday, 29 October 2017

कतारमा धनकुटा सेवा समाजले कलाकार मगरलाई गर्यो सम्मान ।


कृष्ण सारू मगर
दोहा, कतार २९ अक्टोबर साविक मुढेबास २, हाल चौविसे गाउपालिका २, मुढेबाँस धनकुटाका गृह जिल्लावासी मयुर नृत्यकार तथा हुर्रा कृतिका सर्जक कबिराज मगरलाई धनकुटा प्रवासी सेवा समाजले सनैया स्थित हिमालयन होटलको सभा हलमा एक कार्यक्रम गरि समान गरेको छ ।

मयुर नृत्यकार मगरको कला र प्रतिभाको उच्च मुल्यांकन गरि समाजले गरेको समाजका अध्यक्ष ललित लिम्बूले बताए ।


समाजको प्रमुख सल्लाहकार समेत रहेका संस्थापक तथा अन्य सल्लाहकार सदस्यहरू एवं समाजको विभिन्न पद्धेन पदाधिकारीहरूले क्रमश : पवित्र खादाले सम्मानित भएका कलाकारलाई संस्थापक, सभापति, प्रमुख सल्लाहकारहरूको
सह्योगमा प्रशंसा पत्र प्रदान गर्दै मायाको चिनो उपहार दिएको समाजका महासचिव रबिन मगरले हामीलाई जानकारी दिए ।

नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ "प्रथम हुर्रा महोसव तथा दिपावली २०१७" को कार्यक्रमलाई सफल बनाउन नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष मगर प्रमुख अतितिको रुपमा संघको निमन्त्रणामा दोहा-कतार आएका हुन् ।


उक्त भेटघाट तथा सम्मान कार्यक्रम समारोहमा धनकुटा प्रवासी समाजका संस्थापक सदस्यहरू, प्रमुख सल्हाकार तुलसी सुबेदी, डि.एन मगर, प्रथम उपाध्यक्ष पदम कुमार घिमिरे, तनहुँ सेवा समाजका अध्यक्ष केश गुर्मछान मगर, कामेश्वर मण्डल लगायत विशिष्ट समाजसेवी, बुद्धिजीवी, तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरूले उपस्थिति जनाएका थिए ।


दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था संग समाजिक सद्भाव, भातृत्व एकता गरी समन्वय, सहकार्य गर्दै, समाजमा आवद्ध धनकुटेवासीहरुले गरेका विभिन्न समाजिक कार्यको खुुुलेरै प्रशंसा गरे ।

आफु जन्मेको माटो धनकुटा समाजबाट सम्मानित हुन पाउँदा निकै गौरवान्वित महशुस गरेका कलाकार मगरले थप्दै भने, समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै भने यो सम्मानले आफ्नो कलाकारितामा थप हौसला, प्रेरणा मिलेको बताए ।


समाजका द्धितिय उपाध्यक्ष डिल्ली कुमार सुबेदीको स्वागत तथा महासचिव रबिन मगरको संचालनमा सम्पन्न भएको भेटघाट तथा सम्मान कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ललित लिम्बुले गरेका थिए ।

Saturday, 28 October 2017

कतारमा "गरीब तथा जेहेन्दार विधार्थीको अक्षयकोष सहयोगार्थ" हुर्रा महोत्सब भब्य रुपमा सम्पन्न ।


कृष्ण सारू मगर,
दोहा-कतार २८ अक्टोबर मगर एकता आजको आवश्यकता" भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले "गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ" प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्वमा सनैैैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा भब्य सम्पन्न भएको छ ।



प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले संयुक्तरूपमा द्धिप प्रज्वलन पश्चात्, नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर एवं ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनपश्चात अौपचारिक कार्यक्रम अगाडि बढेको थियो ।


बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्यको विशेषता र महत्त्वका बारेमा हुर्रा नृत्यका सम्योजक डिएन पाङ्गी मगरले प्रष्टाएका थिए ।


विशेष अतिथि २०१७/०१८ का मगर (बाङ्ग) राजा रेशम आले मगर, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, गैर आवासीय नेपाली संघका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रमुख सल्लाहकार समेत रहेका बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक तथा पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, गुल्मेली सेवा समाजका अध्यक्ष बुद्धि पाण्डे, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू, विभिन्न कृयाशिल संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट समाजसेवी तथा बुद्धिजीवी, विभिन्न मिडियामा आवद्ध स्थानीय पत्रकारहरूलाई जानू थापा मगर र आशा थापा मगरले पवित्र खादाले अतिथि सत्कार गरेका थिए ।


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई, बुद्धिजीवी तथा समाजसेवी सियाराम चौधरी, धनकुटा सेवा समाजका अध्यक्ष ललित लिम्बू लगायत विभिन्न वक्ताहरूले शुुुुभकामना मन्तब्य राखेका थिए ।


संघकी महिला विभागीय संयोजक ईशोरा थापा मगर तथा डिएन पाङ्गी मगरको संयुक्त संचालनमा संपन्न साँस्कृतिक कार्यक्रमलाई भब्य र सभ्यताको साथ सम्पन्न गराउन संघको निमन्त्रणालाई स्विकार्दै नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको संयोजकत्वमा आएका अतिथि कलाकारहरू मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष सुमन थापा मगर, प्रसाद खप्तरी मगर र चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगरलाई संघको मातहतमा रहेको साँस्कृतिक विभागीक कलाकरहरूले साथ दिएका थिए ।


नेपाली भुगोल, गाउँवेशी तथा नेपाली मौलिक परम्परालाई प्रार्थामिकतामा राख्ने पञ्चेबाजा, सालैजो, सोरठीका सर्जक तथा लोक गायक प्रसाद खप्तरी मगरको आधा दर्जन भन्दा बढी गीत तथा नृत्यले भरपुर मनोरञ्जन लिएका उपस्थित दर्शक तथा पाहुनागणलाई नृत्य निर्देशक सुमन थापा मगर र चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगरको "सान्नानीले झुक्यायो मलाई" गीतको बोलमा रहेको झ्याउरे गीतमा मनोरञ्जन लिएका दर्शकलाई "राम्दी पुल तरने बित्तिकै" गीतको बोलमा द्वय कलाकारको अभिनयले दर्शक दिर्घमा एकाएक सुन्यतामा झारेको थियो ।


प्रमुख अतिथि समेत रहेका मयुर नृत्यकार कबिराज मगरले प्रथम हुर्रा महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भने, नेपालको गौरव तथा नेपालीहरूको सान, मान र प्रतिष्ठालाई उच्च राख्नुका साथै मगर साँस्कृतिक संघले परम्परागत विभिन्न २५ वटा नेपाली मौलिक राष्ट्रिय पहिचान झल्किने संस्कृतिको संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनका लागि नेपाल सरकारमा दर्ताको प्रकृयामा लागेको जानकारी दिँदै वैदेशिक शाखाहरूलाई पनि संघको मातहतमा रहने गरि विभिन्न विधाका कलाकारलाई संगठानि एकता बनाउन अपिल गरेका छन् ।


कविराज मगरको संयोजकत्वमा आएका अतिथि कलाकारहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथिको सह्योगमा दोसल्ला तथा पबित्र खादा ओढाउँदै सोही समारोहबीच सम्मान पत्र प्रदान गरेको छ । कलाकार राष्ट्रका गौरव र गहना हुन् भन्दै थप उत्तरोत्तर प्रगतिको कामना गर्दै, कार्यक्रम संयोजक, संघका अध्यक्ष तथा प्रमुख सल्हाकारले संघको लोगो अंकित मायाँको चिनो उपहार दिए ।


संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरको स्वागत तथा महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरले सभापतित्व गरेका थिए ।


गतवर्ष भुम्या महोत्सव भब्य सम्पन्न गरेको थियो । यसवर्ष हुर्रा महोत्सव मनाएको संघले आगामी दिनहरूमा मगर समुदायका विभिन्न मौलिक परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिने आयोजकले जानकारी दिएका छन् ।

Sunday, 22 October 2017

अलपत्र परेका थापालाई मगर संघ कतारको सहयोग ।


२२ अक्टोबर २०१७
 वैदेशिक रोजागारीको सिलसिलामा कतारमा ५ महिना अघि आउनु भएका बेलबारी नगरपालिका वार्ड न. ८ मोरङ निवासी भिम बहादुर थापा मगर कम्पनीमा भिजा र काम नभएको कारणले गर्दा करिब २ महिना देखि अलपत्र परेका थिए । अलपत्र परेका भिम बहादुर थापालाई नेपाल मगर संघ शखा, कतारले नेपाल फ्रकनको लागि हावाइ टिकट काट्न सहयोग गरेका छ । उहाँलाई २१ अक्टोबरका दिन नेपाल मगर शाखा कतारको तर्फबाट संघका अध्यक्ष शेर बहादुर रोका मगरले सनैया स्थित अलअदियामा भेटेर टिकट काट्नका लागि नेपाल मगर संघ शाखा कतार बाट संकलित सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । साथै उहाँको यात्रा सफल रहोस् भनि शुवेक्क्षा समेत प्रकट गर्नुभएको छ । 

Tuesday, 17 October 2017

कतारमा पर्वत सेवा समाजले खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्दै ।


कृष्ण सारू मगर
दोहा-कतार १७ अक्टोबर, "निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत" भन्ने मुलनाराका साथ २०१२ मा स्थापित पर्वत सेवा समाजले शुभ दिपावलीको पावन अवसरमा यही १९ अक्टोबर २०१७ का दिन सनैया स्थित स्ट्रिट नम्बर ४१ एनखालिद सिमेन्ट कम्पनीको कम्पाउण्डमा पुरूष खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


खेलमा सहभागिता जनाउने टिमहरुले निर्धारित समय अगावै आ-आफ्नो टिमलाई दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ ।

रोजगारीका शिलशिलामा कतारमा रहेका समस्त खेल प्रेमी आदरणीय महानुभावहरूको चाहनालाई मध्यनजर गरी शारीरिक ब्यायाम संगै खेलकुदले मानिसलाई स्वस्त स्फूर्त बनाउने भएकोले समाजका अध्यक्ष चिन्तामणि पौडेलका अनुसार समाजले बिगतका दिनहरुमा जस्तै खेललाई निरन्तरता संगै शुभ दिपावलीको अवसरमा आ-आफ्ना साथी, भाईलाई भेटघाट तथा शुभकामना आदान-प्रदानको बाताबरण हुने यो खेलकुद कार्यक्रमको अर्को महत्त्व रहेको बताएका छन् ।

कतारमा स्थापित संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवी, पत्रकार एवंम् सम्पुर्ण खेलप्रेमी आदरणीय नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुको गरिमामय उपस्थितिले खेलाडीलाई थप प्रोत्साहन हुनुका साथै कार्यक्रमलाई भब्य तथा सभ्य रूपमा सफल बनाउन यहाँहरू सबैमा आयोजक समिति परिवारले हार्दिक अपिल गरेको छ ।

समाजको मुख्य लक्ष खेलकुदको संरक्षण-प्रवर्द्धन, नेपाली समुदायको महान चार्ड दिपावलीको अवसरमा सहभागीलाई भरपुर मनोरञ्जन गराउने हेतुले यो कार्यक्रमको आयोजना गरेको हो ।

समाजले कतारमा स्थापित विभिन्न समाजिक संघ, संस्थाहरू संग समाजिक सद्भाव, भातृत्व एकता गरी सहकार्यको भुमिका निर्वाह गर्दै नेपाली समाजको परम्परागत विभिन्न मौलिक तथा साँस्कृतिक पर्वलाई मनाउँदै आएका छन् । सोही अन्तर्गत खेलकुदलाई पनि निरन्तरता दिँदै संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयत्न गरिरहेको दिल कुमार श्रेष्ठले हामीलाई जानकारी दिए ।

नोट: विष्तृत जानकारीका लागि तल उल्लेखित नम्बरमा सम्पर्क गर्न हुन !
३०२६४७७८,५०१२०८१५,७७१९२३२५,५५२८३६९९, ५०७५४६४१

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकमा ने.स.स. कतारले राई र तामाङलाई गर्यो सिफारिश ।


कृष्ण सारू मगर
दोहा-कतार, १७ अक्टोबर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रणालीका लागि समाजवादीका महासचिव सुबोध घलान तामाङ्ग र पुर्व सह-अध्यक्ष गणेश कुमार राईलाई गएको १५ अक्टोबरका दिन समाजका अध्यक्ष डीएन मगरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारको विष्तृत विवरण सहितको नामावली स.स.फो. नेपाल केन्द्रिय कार्यलय तिनकुने काठमाण्डौलाई सिफारिस गरेको छ ।

उक्त सिफारिसमा भनिएको छ । नेपाली संघीय समाज कतारले आगामी मंसिरको ११ र २१ गते सप्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली सङ्घिय समाज कतार (NFSQ)को हकमा देहायको ब्यक्तिलाई उम्मेदवारमा सिफारिस गरिएको ब्यहोरा सार्वजनिक सुचना जारी गर्दै प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।


सक्रिय समाजसेवीका रूपमा परिचित तथा कृयाशील सदस्यका आधारमा प्रतिनिधि सभा निर्वाचन समानुपातिकको तर्फबाट राई र तामाङ्ग द्वय उमेदवारलाई सिफारिस गरेको हो । अध्यक्ष मगरले भने ।

स्थाई घर बकैया गाउँ पालिका-५ बस्ने जिल्ला मकवानपुरका सुबोध घलान तामाङ्ग र चौदण्डीगढी नगर पालिका-४ बस्ने जिल्ला उदयपुरका गणेश कुमार राई ने.स.समाज कतारका महासचिव र पुर्व सह-अध्यक्ष दुवैजना नेपाली संघिय समाजवादी प्रवास समितिका क्रियाशील सदस्य हुन् ।

Monday, 16 October 2017

कतारमा भुजेल समाजको चौथो अधिवेशन भब्य रुपमा सम्पन्न ।


कृष्ण सारू मगर
दोहा-कतार १६ अक्टोबर, “भुजेल जातिको विकाश र उन्नतिका आधार, सांस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ प्रवासी भुजेल समाज कतारले बिन ओमह्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न चौथो महाधिवेशनको नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय समितिका पूर्व उपाध्यक्ष तथा भुजेल समाज सेवा समिति केन्द्रका पूर्व अध्यक्ष सुर्य बहादुर भुजेलको प्रमुख आतिथ्यतामा चौँथो महाधिवेशन सम्पन्न गरेको छ ।


नवनिर्वाचित चौथो महाधिवेशनका पदाधिकारीहरू निम्न तपशील रहेका छन् ।
अध्यक्षमा कुमार जि.सी. भुजेलको नेतृत्वमा कार्यसमिति चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षमा वीर ब. भुजेल, प्रथम उपाध्यक्ष धन बहादुर भुजेल, द्वितिय उपाध्यक्ष रमेश भुजेल रहेका छन् । महासचिव युवराज भुजेल र सचिवमा विकाश भुजेल भएका छन् । यसैगरी कोषाध्यक्ष सन्तोष भुजेल र सह–कोषाध्यक्षमा दुर्गा भुजेललाई जिम्मेवारी दिएको छ ।


सदस्यहरूमा क्रमशः रुद्र भुजेल, निर ब. भुजेल, अन्तर भुजेल, गिता भुजेल, श्रीमान भुजेल, चित्र बहादुर भुजेल, हरि ब. भुजेल, पूर्ण ब. घर्ति भुजेल, बसन्त भुजेल, दिर्घ भुजेल, कुमारि भुजेल, अनिल भुजेल, छवि भुजेललाई चौथो महाधिवेशनले सदस्यमा मनोनयन भएका हुन् । यसैगरी प्रदेश नं १ मा अर्जुन भुजेल, प्रदेश नं ३ को शिव भुजेल र प्रदेश नं ४ को प्रमिला भुजेललाई छुट्टाछुट्टै प्रदेशका आधारमा संयोजक चयन गरेको हो । संस्थालाई विभिन्न कोणबाट योगदान पुर्‍याउन विशेष महत्त्वपूर्ण भुमिका गरेका नियम भुजेल र शिव कुमार भुजेललाई सर्वसम्मतिले संस्थाको संरक्षकमा चयन भएका हुन् ।


विशेष अतिथिहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राई, गैर आवासिय नेपाली सघं, राष्ट्रिय समन्वय परिषद कतारका का.बा.अध्यक्ष शुदर्शन भट्ट,  प्रवासी आदिवासी जनजाति महासंघ कतारको सल्लाहकारहरमा प्रमुख सल्लाहकार सियाराम चौधरी,संस्थापक सदस्य तथा सल्लाहकार सुक ब. तामाङ्ग, संस्थापक सदस्य तथा सल्लाहकार सदस्य जनक थापा मगर,  नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मञ्चका महामन्त्रि मुनाफ मिया,संघिय लिम्बुवान सामाजिक मञ्चका महासचिव डम्बर लिवाङ लिम्बू, मङ्गोल नेशनल अर्गनाईजेशनका अध्यक्ष संजय आदङ्बे लिम्बू, प्रवासी भुजेल समाजका संस्थापक तथा बिशेष सल्लाहकार दिपक भुजेल मातृसंस्थाहरुमा नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बा. थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष राजेन्द्र साम्यखाम लिम्बु, तमु समाजका अध्यक्ष रस तमू गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष एकराज राई, नेपाल प्रवासी तामाङ्ग समाजका प्रथम उपाध्यक्ष तेज माक्तन तामाङ, थारु कल्याणकारिणी सभा च्याप्टरका अध्यक्ष अरविन्द चौधरी, सुनुवार सेवा समाजका अध्यक्ष सामुयल सुनुवार, नेवा पुचःका अध्यक्ष उपेन्द्र रत्न शाक्य, माझी सेवा समाजका प्रथम उपाध्यक्ष भरत माझी, नेपाली धानुक समाजका अध्यक्ष रामकुमार मण्डल रहेका थिए ।



समाजको चौथो महाधिवेशनको निमन्त्रणालाई स्विकार्दै नेपालबाट आएका सुर्य ब. भुजेल आएका थिए । कतारमा स्थापित महासंघ आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि,  कतारमा स्थापित विभिन्न सामाजिक संघ, संस्था तथा समाजसेवी बुद्धिजिवी, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु लगायत भुजेल तथा गैर भुजेलहरूले बाक्लो सहभागिता जनाएको समारोहबीच विभिन्न साङ्गितिक प्रस्तुतिले मनोरञ्जन गराएको थियो । नेपाली कला केन्द्रका अध्यक्ष जनक थापा मगरको कोर्डियोग्राफिमा रहेको "उहि खोलीको पानी" गीतको बोलमा रहेको नृत्यले उपस्थित सबैलाई थप उत्साहित बनाएको थियो ।

कलाकारहरु नृत्य गर्नुहुँदै । 

खुल्ला सत्रका प्रमुख अतिथि तथा विशेष अतिथि र सभापतिले संयुक्त रुपमा ४ वटा द्धिप प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात राष्ट्रिय गीतबाट आरम्भ भएको समारोहमा समाजका प्रथम उपाध्यक्ष मिलन कुमार जि.सी भुजेलको स्वागत तथा महासचिव शिव भुजेलको संचालनमा सम्पन्न अधिवेशनलाई समाजका अध्यक्ष नियम भुजेलले सभापतित्व गरेका थिए ।

यूएई मगर संघले "बृहत साँस्कृतिक साँझ २०१७" को लागी भर्सटाइल गायकलाई गर्यो निम्तो ।


कृष्ण सारू मगर,
युएई, १६ अक्टोबर यहि आउँदो २४ नोभेम्बर शुक्रबारका दिन नेपाल मगर संघ शाखा युएईले अबुधाबिको बस स्टेशन नजिकै रहेको फोल्कर थ्रीएटरको हलमा "बृहत् साँस्कृतिक साँझ २०१७" लाई भब्यताका साथ सम्पन्न गर्ने तैयारीमा जुटेको संघका अध्यक्ष राजु सिङ्गजाली मगरले बताए ।

सागरको भर्सटाएल कला, गला, मेहनत, ईमानदारीता र अनुशासनलाई मुल्यांकन गरि सबै भन्दा पहिले धरान घर भई सिङ्गापुर बाट जेदिन लिम्बुले नेरू- १ लाख बाट आरम्भ सहयोग प्राप्त संगै एककृत सृजनशील समाजकी महान समाजसेवी जुनु पुन मगरले अभियान चलाएकी हुन् । उनलाई "मगर समुदाय" को सहानुभूतिले विभिन्न भौतिक, नैतिक र झण्डै करोड आर्थिक उपहार प्राप्त गरेका सबैभन्दा भाग्यमानी सागर आले मगर पुष्टि भएको हो ।

नेपाल आईडलका अन्य तीन जना बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास पुरस्कार रकममा सीमित रहे संगै, आयोजकको परिवन्दमा छन् ।

स्रोतका अनुसार, आयोजकले पोखरामा एक प्रेस मिटमा सागरलाई चौथो भएकाले रोक्न नसक्ने कुरा सार्वजनिक गरिए संगै विभिन्न विधाका गीतलाई न्याय दिन सक्ने बहु प्रतिभावान सागर सालैजो, लोक गीतबाट बढी चर्चामा आएका हुन् । अहिले देश विदेशको भ्रमण संगै विभिन्न साँँस्कृतिक कन्सर्टको निमन्त्रणामा भ्याई नभ्याई छन् ।

कार्यक्रम संयोजक टंक थापा मगरले हामीलाई दिएको जानकारीअनुसार, एपीवान टेलिभिजन द्वारा सञ्चालित सर्वाधिक चर्चामा आएका नेपाल आईडलको टप ४ मा पर्न सफल चितवनको पटिहानीमा जन्मेका भर्सटाएल गायक सागर आले मगर र टप ५ की मणिग्राम रूपन्देहीकि चेली सुमधुर स्वरकी धनी सुजता पाण्डेको विभिन्न विधाको गीत तथा संघको मातहतमा रहेको साँस्कृतिक विभागका साँस्कृतिक कलाकारको बेजोड साँङ्गितिक प्रस्तुतिले थप मनोरञ्जन संगै एक आपसमा शुभ दिपावलीको शुभकामना आदान-प्रदान बाँड्दै युएईमा रहनु हुने गीत, संगीत पारखी समस्त स्रोता तथा दर्शक बृन्दमा आयोजक समिति परिवार हार्दिक अपिल गरेको छ ।

यसैगरी युएईमा बसेर आ-आफ्नो विभिन्न उधोग, व्यावसायिक संचालकज्यूहरू, विभिन्न संघ संस्थाहरुमा आवद्ध सामाजिक अभियन्ताज्यूहरू, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु, समाजसेवी तथा बुद्धिजीवीहरूको साथ, सह्योग, अपरिहार्य रहने भएकोले कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन गरिमामय उपस्थितिका लागि नेेेपाल मगर संंघ शाखा युएई परिवारले संवन्धित सबैमा सादर निमन्त्रणा गरेेेेको छ ।

युएईको विभिन्न स्थान बाट कार्यक्रम स्थलमा आउन/जान समेत आयोजक समितिले यातायातको नि:शुल्क सेवा सुबिधा छ ।

नोट :- विष्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध छ !

Sunday, 15 October 2017

मलेशियाको विभिन्न शहरहरुमा एभरेष्ट कन्सर्ट-३ को सागर धमाका १५ देखि २२ सम्म हुने ।


कृष्ण सारू मगर
मलेसिया, १५ अक्टोबर शभ दिपावलीको पवन अबसरमा अक्टोबर १५ देखी २२ सम्म मलेसियाको बिभिन्न मुख्य शहराहरुमा नेपाल मगर संघ शाखा मलेसियाले सागर धमाका २०१७ (एभेरेष्ट कन्सर्ट -३) साँगितिक धमाका कार्यक्रम गर्ने भएको छ ।

नेपाल अईडलको टप ४ सम्म पुगेर सर्वाधिक चर्चामा आएका सागर आले मगर, संगै नेपालका ख्याती प्राप्त कलाकारहरु संचारकमर्मी समेत रहेका राष्ट्रिय लोक तथा दोहोरी गायक तथा नायक मनसुधन थापा मगर, चर्चित गायिका निरु श्रीश मगर र अहिलेका व्यस्त मोडेल आरुसी मगरले मलेसियामा हुने २०१७ (एभेरेष्ट कन्सर्ट -३) को "सागर धमाका" लाई साथ दिने भएको हो ।


उक्त कार्यक्रम १५ अक्टोबर केएल (कोताराया कम्प्लेक्स युस्मा फुई चिउ छैटो तल्ला) दोश्रो कार्यक्रम १८ अक्टोबर पेनाङ (बीएम देवानाहल) र तेस्रो कार्यक्रम २२ अक्टोबर जोहरको (देशाचेम्बरलाङ हल) मा समस्त गीत, संगीत पारखी आदरणीय स्रोत तथा दर्शक बृन्दमा नेपाल मगर संघ मलेसियाको आयोजना र बिभिन्न संघ संस्थाहरुको सह्योगमा सम्पन्न हुने उक्त कार्यक्रम अत्यन्तै सभ्य र भब्य रहने कुरा संघका उपाध्यक्ष बेग आले मगरले हामीलाई बताए ।

नोट: विष्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु होला ।

Tuesday, 10 October 2017

पाल्पामा प्रथम जिल्ला स्तरिय "मण्डली कप" भलिबल प्रतियोगिता हुदै ।



कृष्ण सारू मगर
रामपुर-पाल्पा, असोज २४, श्री मण्डली स्पोर्ट्स क्लव पुर्वखोला गा.पा -१ सिलुवाले अन्तर जिल्ला स्तरीय "प्रथम मण्डली कप २०७४" खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रम गर्ने भएको छ ।

हामीलाई प्राप्त जानकारी अनुसार यहि असोज २६ देखि २८ गते दुई दिन सम्म संचालन हुन लागिएको "प्रथम मण्डली कप" २०७४" खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्यक्रममा पश्चिमाञ्चलमै प्रथम हुन सफल कौरा नृत्य, तथा रोइला, लाखे, लगायत, विभिन्न विधाका प्रख्यात कलाकारहरूको साङ्गितिक प्रस्तुति संगै थप रोचक ITF तेक्वान्दो र बडा दशै तथा शुभ दिपावलीको अवसरमा यो कार्यक्रमको आयोजना गरेको हो । आयोजकले भने ।

उक्त कार्यक्रमलाई भब्य, सभ्य एवंम् सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन निम्न तपशील मिति र स्थानमा गरिमामय उपस्थितिका लागि समस्त खेल तथा गीत, संगीत प्रेमी आदरणीय महानुभावहरूमा आयोजक समिति परिवार सम्बन्धित सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

आयोजक:- मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गा.पा -१ सिलुवा, पाल्पा
अनन्त श्रेष्ठ ९८५७०६१३३५ कृष्ण पंगेनी, ९८४७३३६३५३ नुन बहादुर खासु मगर ९८४७३७३५७४ शंकर श्रेष्ठ ९८४७३०५४७०

नोट: विस्तृत जानकारीको लागि पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला ।

Monday, 9 October 2017

पाल्पाली समाजले गृह जिल्लाबासी मगरको गरे उद्धार ।


कृष्ण सारू मगर,
दोहा-कतार १० अक्टोबर स्थाई घर साविक चिर्तुङ्गधारा-८ हाल बगनासकाली गाउँ पालिका-१ चिलाङ्गदी बस्ने स्व. बाबा नर बहादुर गाहा मगर तथा आमा नन्द गाहा मगरका छोरा विगत ४ महिना देखि अलपत्र परेका प्रेम बहादुर गाहा मगरलाई  आफ्ना गृहजिल्लावासी पाल्पाली सेवा समाज कतारले उद्धार गरी नेपाल पठाएको छ ।

स्रोतका अनुसार खान, बस्न तथा विभिन्न समस्याका झेल्दै आएका मगरको ईन्ट्रि भिषाको समयावधि समेत सकिएका मगरलाई पाल्पाली समाजले विविध समस्याको थानिय कानुन अनुसारको ओभर स्टेको दस्तुर समेत भरेर ९ अक्टोबर राति १०:४० बजेको उडान नं- ९ W ५५१ को जेट एयरलाइन्सको उडान बाट नेपाल फिर्ता पठाउन सफल भएको हो ।


पिडित प्रेमका अनुसार मेनपावरले तलब सेवा सुविधा राम्रो रहेको प्रलोभनमा पारी आफुलाई १ लाख भन्दा बढी रकम असुल गरेको बताएका छन् ।
उनले भने । ११ सय र ३ सय खानाको गरी १४ सय क.रि मा श्रम सम्झौता गरेता पनि उक्त बमोजिमको तलव सेवा-सुविधा नपाएको बताएका उनले बारम्बार आफुलाई पठाउने मेनपावरका मान्छेलाई उद्धार तथा यहाँको वस्तु स्थिती बारे जानकारी गराउन बारम्बार सम्पर्क गर्दा बेवास्ता गरी कहिल्यै फोन नउठाएकोमा आक्रोश छन् । उनले थप्दै भने पाल्पाली सेवा समाज कतारले आफुलाई टिकट सहित उद्धार कार्यमा विषेश सह्योग गर्ने बसन्त फिल्मस प्रालिका प्रवन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्ले, उपाध्यक्ष हेम बहादुर बगाले मगर, सचीव रामलाल खाती, सदस्य धिरज पछाई लगायत सम्पूर्ण पाल्पाली सेवा समाज प्रति हार्दिक कृतज्ञता सहित यो गुण कहिल्यै नविर्सने गुम्वेली खबरका कृष्ण सारू मगर संग बताए ।


मगरलाई ललितपुर स्थित Aalimah Diagnostic Center (Pvt) Ltd मेडिकलले स्वास्थ्य परिक्षण गरि जाउलाखेल नजिकै रहेको Vital international service (p) Ltd म्यानपावरले गएको १४ मे २०१७ का दिन उमसलाल अलि स्थित अल महमद हुसेन अलमुफ्ता मेन्टिनेस डिभिजन कम्पनीमा ईलेक्ट्रिसियन पेशामा  कतार पठाएका थिए ।


अन्ततः आफ्नो जीविकोपार्जन संगै सुनौलो भविष्यको परिकल्पना बोकेर गएकोमा १४ मे २०१७ मा कतार प्रवेश गरेका मगरको स्वास्थ्य परिक्षणमा फेल भई भिषाको नलागेको आरोप लागेका उनलाई कम्पनीले विगत ४ महिना देखि प्राविधिक समस्याको कारण  दोषी देखाउँदै बेरोजगार भएका हुन् ।

Saturday, 7 October 2017

कलाकार सिता थापा मगरको बिदाई कार्यक्रम सम्पन्न ।


०७ अक्टोबर २०१७ बिजय कुमार मगर, दोहा-कतार
 नेपाल मगर संघ, शाखा कत्तारको अध्यक्ष शेर बहादुर रोका  मगरको सभापतित्वमा मगर संघ कतारको माहतत्मा रहेको महिल बिभागका निवर्तमान सदस्य तथा कलाकार सीता थापा मगर आफ्नो कर्मभुमी  कतारको बसाइँलाइ बिट मार्दै नेपाल फर्किन लाग्नुभएको अवसरमा नेपाल मगर संघ शाखा कतारले ६ अक्टोबर २०१७ मा संघको अध्यक्ष शेर बहादुर रोका मगरको अध्यक्षतामा दोहाको मुन्ताजा पार्कमा सम्मान तथा बिदाई  कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथी स्वयम् सीता थापा मगर हुनुभएकी थिइन् भने विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर हुनुहुन्थ्यो । अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर, डि एन मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका सदस्य दिल मरसाङी मगर र मगर  संघ कतारका निवर्तमान सचिव रबिन थापा  मगर रहेका थिए साथै कार्यक्रममा उपस्तिथि सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष अभिमत पून  मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।


कार्यक्रममा उपस्तिथि रहेका सम्पुर्ण ले सीता थापालाई खादा ओडाएर सम्मान गरेका थिए भने संघका तर्फबाट विशेष अतिथि र सभापति बाट कदर पत्र र मायाको चिनो  प्रदान गर्नु भएर सम्मान गरेका थिए साथै कला तथा सास्कृती बिभागको तर्फबाट मायाको चिनो  कला तथा सास्कृतिक बिभागका संयोजक भुपेन्द्र रिखाम मगर बाट प्रदान गर्नु भएको थियो ।
साथै उपस्थित सम्पुर्ण कलाकार हरुले खादा ओढाएर सम्मान गरेका थिए ।


मन्तव्य राख्दै विशेष अथिती तथा बर्तमान  प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले उहाँले संस्थामा गरेका योगदानको चर्चा गर्दै उहाँको उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्नुभएको थियो । बिदाई हुनु भएकी निवर्तमान महिला बिभाग सदस्य सीता थापा मगर बोल्दै मगर संघ कतारले दिएको सम्मानका निम्ति मगर संघ कतार र उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै आफू जहाँ रहे पनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने र मगर संघ कतार लाई आफुले सक्ने सहयोग गरिरहने साथै आफ्नो कलाको माध्यम बाट गर्नसक्ने सहयोगका लागि कहिले पछि नहट्ने प्रतिबद्धता गर्नुभयो ।


अन्तमा कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले मगर संघ कतारले आफ्नो सदस्यलाई बिदाई गर्नु पर्दा दुखी भएको साथै उहाँको उज्ज्वल भबिस्यको कामना र यात्रा सफलताको शुभकामना गर्दौ  उपस्तिथि भएका सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रम सामापन गर्नु भयो ।

Wednesday, 4 October 2017

एनआरएन अन्तराष्ट्रिय पत्रकारिता २०१७ को पुरस्कार कार्की र पोखरेलले पाउने ।


कृष्ण सारू मगर

लण्डन, ४ अक्टोबर, गैर आवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको ‘एनआरएन अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७’ को पत्रकार द्धय नविन पोखरेल र होम कार्कीले पाउने भएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनौट समितिको आइतवार सम्पन्न बैठकले पोखरेल र कार्कीलाई सो पुरस्कार दिने निर्णय गरेको हो । छनौट समितिका अन्य सदस्यहरुमा पत्रकारद्वय बविता वस्नेत र भगीरथ योगी रहेका थिए ।

हामीलाई प्राप्त जानकारीअनुसार काठमाडौंमा हुने गैर आवासीय नेपाली संघको विश्व सम्मेलनका क्रममा नेरू १,१०००/- अक्षरूपि (एकलाख एक हजार) राशीको पुरस्कारबाट पोखरेल तथा कार्कीलाई संयुक्तरुपमा काठमाडौंमा प्रदान गरिने कार्यक्रम रहेको नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघ शाखा वेलायतका अध्यक्ष नरेश खपांगी मगरले गुम्बेली खबर डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।

उक्त पुरस्कारको औपाचारिक घोषणा पत्रकार महासंघले छिट्टै सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

विशेष गरि मानवीय चासो र विकृति विसंगति बारे बेलायत स्थित रिपोर्टिङ्ग, नेपाली समुदायमा चासो राख्ने कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेलले मुलधारको नेपाली पत्रकारितामा विगत डेढ दशक देखि नियमित क्रियाशिल स्वच्छ छवि बनाउन सफल पत्रकार पोखरेल आफ्नो व्यवसायिक दक्षता, मिलनसार र इमान्दारिताले मानिन्छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन् ।

कार्कीले कतारमा लामो समय सम्म कान्तिपुर दैनिकमै कार्यरत खाडी क्षेत्रका नेपालीहरूको विषयमा कलम चलाउने पत्रकार हुन् ।