कृष्ण सारू मगर
दोहा-कतार, १७ अक्टोबर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रणालीका लागि समाजवादीका महासचिव सुबोध घलान तामाङ्ग र पुर्व सह-अध्यक्ष गणेश कुमार राईलाई गएको १५ अक्टोबरका दिन समाजका अध्यक्ष डीएन मगरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारको विष्तृत विवरण सहितको नामावली स.स.फो. नेपाल केन्द्रिय कार्यलय तिनकुने काठमाण्डौलाई सिफारिस गरेको छ ।
उक्त सिफारिसमा भनिएको छ । नेपाली संघीय समाज कतारले आगामी मंसिरको ११ र २१ गते सप्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली सङ्घिय समाज कतार (NFSQ)को हकमा देहायको ब्यक्तिलाई उम्मेदवारमा सिफारिस गरिएको ब्यहोरा सार्वजनिक सुचना जारी गर्दै प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
सक्रिय समाजसेवीका रूपमा परिचित तथा कृयाशील सदस्यका आधारमा प्रतिनिधि सभा निर्वाचन समानुपातिकको तर्फबाट राई र तामाङ्ग द्वय उमेदवारलाई सिफारिस गरेको हो । अध्यक्ष मगरले भने ।
स्थाई घर बकैया गाउँ पालिका-५ बस्ने जिल्ला मकवानपुरका सुबोध घलान तामाङ्ग र चौदण्डीगढी नगर पालिका-४ बस्ने जिल्ला उदयपुरका गणेश कुमार राई ने.स.समाज कतारका महासचिव र पुर्व सह-अध्यक्ष दुवैजना नेपाली संघिय समाजवादी प्रवास समितिका क्रियाशील सदस्य हुन् ।
No comments:
Post a Comment