कृष्ण सारू मगर
मलेसिया, १५ अक्टोबर शभ दिपावलीको पवन अबसरमा अक्टोबर १५ देखी २२ सम्म मलेसियाको बिभिन्न मुख्य शहराहरुमा नेपाल मगर संघ शाखा मलेसियाले सागर धमाका २०१७ (एभेरेष्ट कन्सर्ट -३) साँगितिक धमाका कार्यक्रम गर्ने भएको छ ।
नेपाल अईडलको टप ४ सम्म पुगेर सर्वाधिक चर्चामा आएका सागर आले मगर, संगै नेपालका ख्याती प्राप्त कलाकारहरु संचारकमर्मी समेत रहेका राष्ट्रिय लोक तथा दोहोरी गायक तथा नायक मनसुधन थापा मगर, चर्चित गायिका निरु श्रीश मगर र अहिलेका व्यस्त मोडेल आरुसी मगरले मलेसियामा हुने २०१७ (एभेरेष्ट कन्सर्ट -३) को "सागर धमाका" लाई साथ दिने भएको हो ।
उक्त कार्यक्रम १५ अक्टोबर केएल (कोताराया कम्प्लेक्स युस्मा फुई चिउ छैटो तल्ला) दोश्रो कार्यक्रम १८ अक्टोबर पेनाङ (बीएम देवानाहल) र तेस्रो कार्यक्रम २२ अक्टोबर जोहरको (देशाचेम्बरलाङ हल) मा समस्त गीत, संगीत पारखी आदरणीय स्रोत तथा दर्शक बृन्दमा नेपाल मगर संघ मलेसियाको आयोजना र बिभिन्न संघ संस्थाहरुको सह्योगमा सम्पन्न हुने उक्त कार्यक्रम अत्यन्तै सभ्य र भब्य रहने कुरा संघका उपाध्यक्ष बेग आले मगरले हामीलाई बताए ।
नोट: विष्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु होला ।
No comments:
Post a Comment