कृष्ण सारू मगर
दोहा-कतार १६ अक्टोबर, “भुजेल जातिको विकाश र उन्नतिका आधार, सांस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ प्रवासी भुजेल समाज कतारले बिन ओमह्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा सम्पन्न चौथो महाधिवेशनको नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय समितिका पूर्व उपाध्यक्ष तथा भुजेल समाज सेवा समिति केन्द्रका पूर्व अध्यक्ष सुर्य बहादुर भुजेलको प्रमुख आतिथ्यतामा चौँथो महाधिवेशन सम्पन्न गरेको छ ।
नवनिर्वाचित चौथो महाधिवेशनका पदाधिकारीहरू निम्न तपशील रहेका छन् ।
अध्यक्षमा कुमार जि.सी. भुजेलको नेतृत्वमा कार्यसमिति चयन भएको छ ।
वरिष्ठ उपाध्यक्षमा वीर ब. भुजेल, प्रथम उपाध्यक्ष धन बहादुर भुजेल, द्वितिय उपाध्यक्ष रमेश भुजेल रहेका छन् । महासचिव युवराज भुजेल र सचिवमा विकाश भुजेल भएका छन् । यसैगरी कोषाध्यक्ष सन्तोष भुजेल र सह–कोषाध्यक्षमा दुर्गा भुजेललाई जिम्मेवारी दिएको छ ।
सदस्यहरूमा क्रमशः रुद्र भुजेल, निर ब. भुजेल, अन्तर भुजेल, गिता भुजेल, श्रीमान भुजेल, चित्र बहादुर भुजेल, हरि ब. भुजेल, पूर्ण ब. घर्ति भुजेल, बसन्त भुजेल, दिर्घ भुजेल, कुमारि भुजेल, अनिल भुजेल, छवि भुजेललाई चौथो महाधिवेशनले सदस्यमा मनोनयन भएका हुन् । यसैगरी प्रदेश नं १ मा अर्जुन भुजेल, प्रदेश नं ३ को शिव भुजेल र प्रदेश नं ४ को प्रमिला भुजेललाई छुट्टाछुट्टै प्रदेशका आधारमा संयोजक चयन गरेको हो । संस्थालाई विभिन्न कोणबाट योगदान पुर्याउन विशेष महत्त्वपूर्ण भुमिका गरेका नियम भुजेल र शिव कुमार भुजेललाई सर्वसम्मतिले संस्थाको संरक्षकमा चयन भएका हुन् ।
विशेष अतिथिहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राई, गैर आवासिय नेपाली सघं, राष्ट्रिय समन्वय परिषद कतारका का.बा.अध्यक्ष शुदर्शन भट्ट, प्रवासी आदिवासी जनजाति महासंघ कतारको सल्लाहकारहरमा प्रमुख सल्लाहकार सियाराम चौधरी,संस्थापक सदस्य तथा सल्लाहकार सुक ब. तामाङ्ग, संस्थापक सदस्य तथा सल्लाहकार सदस्य जनक थापा मगर, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मञ्चका महामन्त्रि मुनाफ मिया,संघिय लिम्बुवान सामाजिक मञ्चका महासचिव डम्बर लिवाङ लिम्बू, मङ्गोल नेशनल अर्गनाईजेशनका अध्यक्ष संजय आदङ्बे लिम्बू, प्रवासी भुजेल समाजका संस्थापक तथा बिशेष सल्लाहकार दिपक भुजेल मातृसंस्थाहरुमा नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बा. थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष राजेन्द्र साम्यखाम लिम्बु, तमु समाजका अध्यक्ष रस तमू गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष एकराज राई, नेपाल प्रवासी तामाङ्ग समाजका प्रथम उपाध्यक्ष तेज माक्तन तामाङ, थारु कल्याणकारिणी सभा च्याप्टरका अध्यक्ष अरविन्द चौधरी, सुनुवार सेवा समाजका अध्यक्ष सामुयल सुनुवार, नेवा पुचःका अध्यक्ष उपेन्द्र रत्न शाक्य, माझी सेवा समाजका प्रथम उपाध्यक्ष भरत माझी, नेपाली धानुक समाजका अध्यक्ष रामकुमार मण्डल रहेका थिए ।
समाजको चौथो महाधिवेशनको निमन्त्रणालाई स्विकार्दै नेपालबाट आएका सुर्य ब. भुजेल आएका थिए । कतारमा स्थापित महासंघ आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, कतारमा स्थापित विभिन्न सामाजिक संघ, संस्था तथा समाजसेवी बुद्धिजिवी, विभिन्न मिडियामा आवद्ध पत्रकारवंधु लगायत भुजेल तथा गैर भुजेलहरूले बाक्लो सहभागिता जनाएको समारोहबीच विभिन्न साङ्गितिक प्रस्तुतिले मनोरञ्जन गराएको थियो । नेपाली कला केन्द्रका अध्यक्ष जनक थापा मगरको कोर्डियोग्राफिमा रहेको "उहि खोलीको पानी" गीतको बोलमा रहेको नृत्यले उपस्थित सबैलाई थप उत्साहित बनाएको थियो ।
कलाकारहरु नृत्य गर्नुहुँदै ।
खुल्ला सत्रका प्रमुख अतिथि तथा विशेष अतिथि र सभापतिले संयुक्त रुपमा ४ वटा द्धिप प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात राष्ट्रिय गीतबाट आरम्भ भएको समारोहमा समाजका प्रथम उपाध्यक्ष मिलन कुमार जि.सी भुजेलको स्वागत तथा महासचिव शिव भुजेलको संचालनमा सम्पन्न अधिवेशनलाई समाजका अध्यक्ष नियम भुजेलले सभापतित्व गरेका थिए ।
No comments:
Post a Comment