कृष्ण सारू मगर
दोहा-कतार १७ अक्टोबर, "निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत" भन्ने मुलनाराका साथ २०१२ मा स्थापित पर्वत सेवा समाजले शुभ दिपावलीको पावन अवसरमा यही १९ अक्टोबर २०१७ का दिन सनैया स्थित स्ट्रिट नम्बर ४१ एनखालिद सिमेन्ट कम्पनीको कम्पाउण्डमा पुरूष खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेलमा सहभागिता जनाउने टिमहरुले निर्धारित समय अगावै आ-आफ्नो टिमलाई दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ ।
रोजगारीका शिलशिलामा कतारमा रहेका समस्त खेल प्रेमी आदरणीय महानुभावहरूको चाहनालाई मध्यनजर गरी शारीरिक ब्यायाम संगै खेलकुदले मानिसलाई स्वस्त स्फूर्त बनाउने भएकोले समाजका अध्यक्ष चिन्तामणि पौडेलका अनुसार समाजले बिगतका दिनहरुमा जस्तै खेललाई निरन्तरता संगै शुभ दिपावलीको अवसरमा आ-आफ्ना साथी, भाईलाई भेटघाट तथा शुभकामना आदान-प्रदानको बाताबरण हुने यो खेलकुद कार्यक्रमको अर्को महत्त्व रहेको बताएका छन् ।
कतारमा स्थापित संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवी, पत्रकार एवंम् सम्पुर्ण खेलप्रेमी आदरणीय नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुको गरिमामय उपस्थितिले खेलाडीलाई थप प्रोत्साहन हुनुका साथै कार्यक्रमलाई भब्य तथा सभ्य रूपमा सफल बनाउन यहाँहरू सबैमा आयोजक समिति परिवारले हार्दिक अपिल गरेको छ ।
समाजको मुख्य लक्ष खेलकुदको संरक्षण-प्रवर्द्धन, नेपाली समुदायको महान चार्ड दिपावलीको अवसरमा सहभागीलाई भरपुर मनोरञ्जन गराउने हेतुले यो कार्यक्रमको आयोजना गरेको हो ।
समाजले कतारमा स्थापित विभिन्न समाजिक संघ, संस्थाहरू संग समाजिक सद्भाव, भातृत्व एकता गरी सहकार्यको भुमिका निर्वाह गर्दै नेपाली समाजको परम्परागत विभिन्न मौलिक तथा साँस्कृतिक पर्वलाई मनाउँदै आएका छन् । सोही अन्तर्गत खेलकुदलाई पनि निरन्तरता दिँदै संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयत्न गरिरहेको दिल कुमार श्रेष्ठले हामीलाई जानकारी दिए ।
नोट: विष्तृत जानकारीका लागि तल उल्लेखित नम्बरमा सम्पर्क गर्न हुन !
३०२६४७७८,५०१२०८१५,७७१९२३२५,५५२८३६९९, ५०७५४६४१
No comments:
Post a Comment