Saturday, 7 October 2017

कलाकार सिता थापा मगरको बिदाई कार्यक्रम सम्पन्न ।


०७ अक्टोबर २०१७ बिजय कुमार मगर, दोहा-कतार
 नेपाल मगर संघ, शाखा कत्तारको अध्यक्ष शेर बहादुर रोका  मगरको सभापतित्वमा मगर संघ कतारको माहतत्मा रहेको महिल बिभागका निवर्तमान सदस्य तथा कलाकार सीता थापा मगर आफ्नो कर्मभुमी  कतारको बसाइँलाइ बिट मार्दै नेपाल फर्किन लाग्नुभएको अवसरमा नेपाल मगर संघ शाखा कतारले ६ अक्टोबर २०१७ मा संघको अध्यक्ष शेर बहादुर रोका मगरको अध्यक्षतामा दोहाको मुन्ताजा पार्कमा सम्मान तथा बिदाई  कार्यक्रम आयोजना गरि बिदाई गरेको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथी स्वयम् सीता थापा मगर हुनुभएकी थिइन् भने विशेष अतिथि नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर हुनुहुन्थ्यो । अतिथिहरुमा सल्लाहकारहरु भिम तरामु मगर, डि एन मगर, नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका सदस्य दिल मरसाङी मगर र मगर  संघ कतारका निवर्तमान सचिव रबिन थापा  मगर रहेका थिए साथै कार्यक्रममा उपस्तिथि सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष अभिमत पून  मगरले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव बिजय मगरले गरेका थिए ।


कार्यक्रममा उपस्तिथि रहेका सम्पुर्ण ले सीता थापालाई खादा ओडाएर सम्मान गरेका थिए भने संघका तर्फबाट विशेष अतिथि र सभापति बाट कदर पत्र र मायाको चिनो  प्रदान गर्नु भएर सम्मान गरेका थिए साथै कला तथा सास्कृती बिभागको तर्फबाट मायाको चिनो  कला तथा सास्कृतिक बिभागका संयोजक भुपेन्द्र रिखाम मगर बाट प्रदान गर्नु भएको थियो ।
साथै उपस्थित सम्पुर्ण कलाकार हरुले खादा ओढाएर सम्मान गरेका थिए ।


मन्तव्य राख्दै विशेष अथिती तथा बर्तमान  प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले उहाँले संस्थामा गरेका योगदानको चर्चा गर्दै उहाँको उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्नुभएको थियो । बिदाई हुनु भएकी निवर्तमान महिला बिभाग सदस्य सीता थापा मगर बोल्दै मगर संघ कतारले दिएको सम्मानका निम्ति मगर संघ कतार र उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै आफू जहाँ रहे पनि मगर संघ कतारले दिएको सम्मान नबिर्सने र मगर संघ कतार लाई आफुले सक्ने सहयोग गरिरहने साथै आफ्नो कलाको माध्यम बाट गर्नसक्ने सहयोगका लागि कहिले पछि नहट्ने प्रतिबद्धता गर्नुभयो ।


अन्तमा कार्यक्रमका सभापति शेर बहादुर रोका मगरले मगर संघ कतारले आफ्नो सदस्यलाई बिदाई गर्नु पर्दा दुखी भएको साथै उहाँको उज्ज्वल भबिस्यको कामना र यात्रा सफलताको शुभकामना गर्दौ  उपस्तिथि भएका सम्पुर्णलाई धन्यवाद दिएर कार्यक्रम सामापन गर्नु भयो ।

No comments:

Post a Comment