Tuesday, 31 October 2017

राष्ट्रिय आविष्कार केन्द्रलाई युके बाट ३५ लाख सहयोग ।


कृष्ण सारू मगर
लण्डन, ३१ अक्टोबर, विभिन्न पुरस्कार विजेता डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका लागि सह्योगार्थ गत शुक्रबार अल्डर्सटमा सम्पन्न च्यारिटी कार्यक्रममा संकलित रकम ३५ लाख नेपाली रुपैयाँको चेकलाई गैर आवासीय नेपाली संघका अध्यक्ष योगकुमार फगामी र नेेपाल मगर संघ शाखा यूकेका अध्यक्ष नेम थापा मगरले सह्योग चेक डा. पुनलाई सोही समारोहबीच हस्तान्तरण गरेको हो ।


स्रोतका अनुसार युकेमा नेपाली समुदायले समाजिकले
अवधारणा बोकी स्थापना भएका विभिन्न संघ, संगठनले ऐक्यबद्धता जनाएका संघ, संस्थाहरू निम्न तपशील रहेका छन् ।
पाल्पाली भञ्ज्याङ्ग, एन.आर.एन, पुन समाज, गुल्मी समाज, पर्वत वेलफेयर सोसाइटी,  बाग्लुङ समाज,  तनहुँ समाज यूके, तमु धी, ग्रेटर रश्मोर नेपाली सोसाइटी, लगायतको सहकार्यमा उक्त रकम संकलित भएको हो ।

हामीलाई प्राप्त जानकारीअनुसार उक्त च्यारिटी कार्यक्रम
योजनामा विभिन्न, बुद्धिजीवी, समाजसेवीहरूले प्रतक्ष साथ, सह्योग पाएकाले यति ठूलो राशीको रकम संकलन गर्न आयोजक सफल भएका हुन् ।


नेपालको समृद्धि देश विकाशको अभियानलाई समर्थकहरूले साथ, सहयोगार्थ संकलन सह्योग आउने क्रम जारी रहेको आयोजकले बताएका छन् ।

उक्त च्यारिटी कार्यक्रममा सहभागी सबैलाई स्थानीय चर्चित कलाकारहरूको समुहले साँङ्गितिक प्रस्तुति प्रस्तुत गर्दै थप मनोरञ्जन गराएका थिए ।

राष्ट्रियता र राष्ट्रको बिकासकार्यमा सरकारले अपहेलित गरेता पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पाएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन मगरले
भने, जनस्तरबाट पाएको हौसला, प्रेरणाले यो अभियानलाई प्रतक्ष वा अप्रत्यक्षरूपमा आर्थिक, भौतिक, नैतिक, वैचारिक साथ, सह्योग दिनु हुने सबै-सबैमा विशेष आभार प्रकट गर्दै हार्दिक कृतज्ञता ब्यक्त गरेका मगरले थप्दै भनेका छन् ।
(https://m.youtube.com/watch?v=93pYsIojev4)

विभिन्न प्रोजेक्टहरुको अध्ययन, अनुसन्धान र सन्चालन गर्ने केन्द्रको अभियानमा आफुसंगै सम्बन्धित क्षेत्रका विज्ञहरुको ससक्त टीम रहेको जानकारीका बताएका छन् ।


सह-सचिव रुद्र थापाले हेल्थ एन्ड सेफ्टी संग सम्बन्धित विविध विषयमा जानकारी गराएको उक्त च्यारिटी कार्यक्रमको संयोजक समेत रहेकी संघका उपाध्यक्ष सिता पुन मगरको स्वागत तथा महासचिव लाल ब. पुन मगरको संचालनमा सम्पन्न च्यारिटी सो कार्यक्रमको सभापतित्व नेपाल मगर संघ शाखा युकेका अध्यक्ष नेम थापा मगरले गरेका च्यारिटी सो कार्यक्रमका प्रमुख अतिथी नेपाली नियोग बेलायतका का.बा महामहिम राजदुत डा. दुर्गाबहादुर सुबेदीले भन्नू भयो राष्ट्रको गौरव र देशको स्वार्थमा जुट्नु हुने सम्ममानित महान हात र सह्योगी मनहरू प्रति सम्बोधन सब्दमा हाँसेर बाँच्नुहोस् बाँचेर हाँस्नुहोस् भन्दै, नेपालीको एकताले राष्ट्रिय गौरवमा महत्त्वपूर्ण योगदान पुगेको छ । महामहिम राजदुत सुवेदीले भन्नू भयो ।

अक्टोबरको पहिलो साता बेलायत पुगेका आविस्कार केन्द्रका डा. पुनले विभिन्न क्षेत्रमा बस्ने नेपालीहरू माझ अन्तरक्रिया गरिरहेका आविष्कार केन्द्रको बारेमा प्रस्तुत एक भिडियो प्रिजेन्टेसनलाई गैर आवासीय नेपाली संघ यूकेका प्रवक्ता रमेश सराङकोटी मगरले गरेका थिए ।

No comments:

Post a Comment