Friday, 24 February 2017

बौघा गुम्बा पाल्पामा ३५ औं मगर दिवस भब्य मनाइने ।


१४ फागुन २०७३
नेपाल मगर संघ बौघा गुम्बा गाउँ इकाई समिति पाल्पाले "यहि फागुन १५ गते बौघा गुम्बा मगर होम स्टे जाऔं, ३५ औं मगर दिवस मनाऔं" भन्ने नाराका साथ ३५ औं मगर दिवस भब्य रुपमा मनाउने अन्तिम तयारी गरेको छ । संघका अध्यक्ष टेक बहादुर राना मगरको अध्यक्षतामा बसेको बैठकले बिभिन्न समिति तथा उप-समितिहरु गठन गरि प्रक्रियाहरु पुरा गरिसकेको जानकारी दिएको छ । ३५ औं मगर स्थापना दिवसको अवसरमा दीप ज्योति बौद्ध विहार बौघा गुम्बा-७ मा विहान ९ बजे बुद्ध पुजा गरि १० बजे विभिन्न संघ संस्था तथा क्लबहरुको ब्यानर, मगरी बाजा, प्ले कार्ड, नाचगानको साथमा झाँकी र अतिथिहरुको उपश्थितिमा र्याली उदघाटन गरिने र उक्त र्यालीले वडा नम्बर ४,५ र ६ हुँदै सर्बोदय उ.मा.बि. पुगी औपचारिक रुपमा कार्यक्रम गर्ने जानकारी गराएको छ ।
तस्तैगरि कार्यक्रममा मगरी खानाहरु, ठुलो नाँच, जिवै मामा नाँच, कौडा नाँच, मगरी बाजा, सालै जो नाँच, झ्याउरे नाँचको साथमा साधना साँस्कृतिक कला केन्द्र द्धारा आयोजित किड्स डान्सिङ आईकन २०७३ की उत्कृष्ठ नृत्याङ्गना ४ बर्षिय निक्की राना मगरको विशेष प्रस्तुतिहरु पनि रहने र नेपाल सेपाता राष्ट्रिय स्थरका खेलाडीहरु श्री नर बहादुर घर्ती मगर र श्री लिल बहादुर बुच्चा मगरको संयोजकत्वमा विशेष प्रस्तुति चोयाको बलबाट खेलिने प्रतियोगिता पनि हुने जानकारी गराईएको छ । कार्यक्रम संघका सचिब श्री चेत बहादुर अर्घाली मगरले गर्नुभएको थियो ।

Monday, 20 February 2017

बहराईनमा पर्वत सेवा समाजले प्रथम साधारण सभा सम्पन्न गर्यो ।


कृष्ण सारू मगर
मानमा-बहराईन, २० फेब्रुअरी बहराईनको राजधानी मनामा स्थित सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा पर्वत सेवा समाजले गएको १० फेब्रुअरी २०१७ का दिन प्रथम साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तिलक सापकोटाको अध्यक्षतामा बसेको बैठकले प्रथम उपाध्यक्ष रामहरि शर्मा, द्वितिय उपाध्यक्ष पदम बि.क. महासचिव कृष्ण प्रसाद पौडेल, सचीव ख्याम प्र. न्यौपानेलाई चयन गरेको छ । कोषाध्यक्ष कृष्ण घतान र सह-कोषाध्यक्षमा राम चन्द्र परियारलाई जिम्मेवारी दिएका छन् । मिन प्रसाद भुसाललाई युवा संयोजक महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । महिला संयोजकमा सरिता बि.कले पाएकी छन् ।

यसैगरी नवीन चापागाईं, आर्यन शर्मा, कमला बि.क, प्रताप श्रेष्ठ, रेशम परियार, सुनिल हमाल, दिपक बि.क, रोशन अधिकारी, अमर सेन्चुरी, धन बहादुर बि.क, लोक बहादुर के.सी. रोशन बि.क, डम्बर बि.क, याम हमाल, ख्याम काफ्ले, गुरुदत्त भुर्तेल, हिरा शर्मा, मान बि.क सदस्य रहेका छन ।
रघुनाथ गिरीले संरक्षक पाएका छन् । इन्दिरा क्षेत्री र ठाकुर राज सुनारलाई सल्लाहकार समितिमा सर्वसम्मतिले मनोनीत भएको हो ।

समाजका संस्थापक सचिव स्व. गमानसिँ थापा मगरको सम्मानमा १ मिनट मौन धारण पश्चात औंपचारिक कार्यक्रम अगाडि बढाएको हो ।
संस्थाका महासचिव तिलक सापकोटाले प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष पदम बि.क.ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सार्वजनिक गरे ।
उक्त साधारणसभामा विभिन्न कृयाशील संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय पत्रकार, साहित्यकार एवं विभिन्न विशिष्ट ब्याक्तित्वहरुले उपस्थिति जनाएका थिए ।

संस्थापक अध्यक्ष रघुनाथ गिरि, उपाध्यक्ष रामहरी शर्मा लगायत अन्य वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
संस्थापक कोषाध्यक्ष पदम बि.क.को संचालनमा सम्पन्न कार्यक्रम संस्थापक अध्यक्ष रघुनाथ गिरिले सभापति गर्नु भएको थियो ।

Sunday, 19 February 2017

तमु प्ये ल्हु संघले कलाकार सलिनालाई स-सम्मान गरे बिदाई ।


कृष्ण सारू मगर,
दोहा-कतार, १९ वैदेशिक रोजगारीका शिलशिलामा दोहा आएकी जिमुरे ६ नाघिधार कास्की सलिना थिम्छे तमुस्योलाई १७ फेब्रुअरी शुक्रबारका दिन दोहाको म्युजियम पब्लिक गार्डेनमा तमु प्ये, ल्हु संघले सम्मान तथा विदाई गरेको छ ।

विगत डेढ वर्ष पूर्व संघको स.प्र.नं २१४ प्राप्त गरेकी सलिना थिम्छे तमुस्योले संघलाई तन, मन, वचन र कर्मले लगनशीलताको उच्च मुल्यांकन गरि संघका अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमुले (क्रमु) पछ्यौरी ओढाए । संघको मातहतमा रहेको महिला विभागकी संयोजक सविता ल्हेंगे तमुस्योले पछ्यौरी ओढाएर सम्मान गरेका छन् । संरक्षक युद्धजंग प्हच्यु तमु, प्रमुख सल्लाहकार अमर ल्हेगे तमुको सह्योगमा संघले मायाको चिनो उपहार सुन ५ ग्राम सहित कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
कास्की आदर्श सेवा समाजले समाज प्रति दिएको योगदानलाई कदर गर्दै, (क्रमु) पछ्यौरी ओढाएर सम्मान पत्रले सोही समारोहमा कलाकार सलिनालाई सम्मान गरेका हुन् ।


संघका अध्यक्ष लिल कुमार टु क्ल्हेप्री तमुको अध्यक्षतामा बसेको पहिलो बैठकले सोम प्रु क्ल्हेप्री तमु, रेशम पह्च्यु तमु, सारा लेम तमुस्यो, क्षेत्र ब. थिम्छ्र तमुलाई विभिन्न विभागीय पदमा पदपूर्ति गरेको छ । यसैगरी आस ब.योज्मे तमु, ईच्छे पह्च्यु तमु, युबराज प्ल्हे तमु, रेखमान टु क्ल्हेप्री तमु गुरूङलाई सल्लाहकार समितिमा सर्वसम्मतिले मनोनीत गरेको हो । संस्थापक सदस्य समेत रहेकी अनिता क्रोम्छे तमुस्योलाई संघले महिला संयोजकको महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।


निवर्तमान महिला संयोजक अनिता क्रोम्छे तमुस्यो तथा सदस्य क्षेत्र ब. थिम्छे तमु गुरूङका पुजनीय पिता प्रति श्रदासुमन अर्पण गरी क्ल्ह्प्री खेगी चिबा रिपा लगाई स्याई-स्याई गरे ।

तमु समाजको भाग्यशाली पुरस्कार संगिता गुरुङलाई


कृष्ण सारू मगर
दोहा-कतार, २० फेब्रुअरी तमु जातिहरूको दोस्रो महान पर्व (चेलीबेटी भेट) तथा सम्मान कार्यक्रम दोहाको अल नख्यान रेष्टुरेन्टको सभाहलमा डा. हर्क गुरूङको “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु” अर्थात, शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सँस्कृति हराउछ, सँस्कृति हराए मानव अस्तित्व हराउछ भन्ने मुलमन्त्रका साथ २००४ मा स्थापित तमु (गुरूङ) सेवा समाजले "तमु (गुरूङ) समाज" ले विशेष कार्यक्रम गरि भब्य मनाएका छन् ।


परम्परागत ईतिहासको संरक्षण संवर्द्धन प्रतिको विशेष महत्त्व बोकेको तमू समुदायको राजा (म्रुर) लाई सम्मान गरे । नृत्य निर्देशक भिम प्र. गुरूङलाई समाजले सम्मान पत्र सहित विशेष सम्मान गरेको छ । यसै गरि समाजलाई विशेष तन, मन, वचन र कर्मले सह्योग दिएका विशेष ब्याक्तित्व महिला तथा पुरूष कलाकार खेलाडी, सबैलाई क्रमशः प्रमुख अतिथि, विशेष अतिथि, संस्थापक तथा प्रमुख संरक्षक र सभापतिको सह्योगमा सम्मान पत्र प्रदान गर्दै समाजले सम्मान गरेको हो । सोही समारोहमा समाजका प्रमुख संरक्षक र सभापतिले आजीवन सदस्यता पत्रलाई संयुक्तरूपमा स-सम्मान प्रदान गरेको छ ।

तमु (गुरूङ) समाजकी महिला विभाग संयोजक तौ मायाँ तमु गुरूङ र "तमु प्ये ल्हु संघ" की ईशा पह्च्यु गुरूङ द्वयले माईति घरको मुलीलाई विभिन्न परिकारका स्वादिष्ट परिकार तथा मिष्ठान भोजन दिँदै "रि-च्हमी कै पिबा" का बरेमा नेपाली भाषामा अनुवाद गर्दै अन्तर संवन्धका केही महत्त्वपूर्ण विषयमा बताए ।


प्रमुख सल्लाहकार रस तमु गुरूङले तमु समुदायको संस्कार, संस्कृति एवं विविध विषयमा प्रष्टाउँदै स्वागत मन्तब्य राखेका थिए ।

राजेन्द्र भण्डारीको पहिलो साँगितिक कोसेली लोक पप दोहोरी "हलहलेको साग" गीती एल्बमलाई प्रमुख अतिथि, विशेष अतिथि सभापतिले सोही, कार्यक्रममा "लोकार्पण" गरेको हो । नवोदित गायक भण्डारीको शब्द सृजनालाई राष्ट्रिय लोक तथा दोहोरी चर्चित गायिक देवी घर्ती मगरलाई स्वर तथा संगीतमा दिपक शर्माले साथ दिएका छन् । कामना म्युजिक प्रालिले बजारमा ल्याएको हो । "फेवाताल मोना" नामक आपतकालीन अक्षकोष स्थापना गरी उक्त एल्बम बाट संकलित रकम मृगौला पिडितका लागि सह्योग गर्ने बताएका अर्मन ६ म्यादीका भण्डारी तमु समाजका मानर्थ सदस्य हुन् ।


प्राविधिक समस्याको कारण गएको ३० डिसेम्बर खोलिने उक्त भाग्यशाली चिट्ठा १० फेब्रुअरीका दिन अल नाख्यम रेष्टुरेन्टको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि, प्रबिण गुरुङ, विशेष अतिथि लिलम चिदी मगर, सभापति, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, बसन्त फिल्मसकी प्रमुख सल्लाहकार समेत रहेकी समाजसेवी मायाँ के.सी, राष्ट्रिय लोक तथा दोहोरी गायिका देवीका के.सी गुरूङले बाहिर ल्याएकी नतिजालाई समाजका संरक्षक एवं विशिष्ट ब्याक्तित्वहरूको प्रतक्ष निगरानीमा समाजका प्रमुख संरक्षक बिल गुरूङको सह्योगमा सचिव खुसी गुरूले नतिजालाई सार्वजनिक गरेका हुन् ।


निम्न पुरुस्कार तपशिल क्रमशः
प्रथम रसिद नं- ०५९४ की संगिता गुरुङ एक तोला सुन,
द्धितिय रसिद नं- ०९५२ का रमेश तमु ५ ग्राम सुन
तृतीय रसिद नं- १२२२ का दल ब.तामाङ ३२ इन्च LED टिभी
क्रमशः रसिद नं- १५७७ का जितेन्द्र पुन मगर, ०१५४की मिना गुरूङ, ०३३७ का सुरेन्द्र लामा, ०६१५ का प्रतीक गुरूङ, ११९७ का नवराज गुरूङलाई सान्त्वना पुरस्कार मोबाइल परेको छ ।


समाजका सचिव खुसी गुरुङको संचानलमा संपन्न कार्यक्रमको सभापति खेम गुरूङले गरेका थिए ।

Saturday, 18 February 2017

कतारमा नेपाली महिला समाजको दोस्रो अधिवेशन सम्पन्न ।


कृष्ण सारू मगर
दोहा-कतार, १९ फेब्रुअरी नेपाली महिला समाजको चाहना ! एकता र सह्योगको विशुद्ध समाजिक भावना भन्ने उद्धेश्यका साथ स्थापित नेपाली महिला समाजले सनैया स्थित रोटाना रेष्टुरेन्टको सभाहलमा १५ सदस्यीय कार्यसमितिको चयन गर्दै दोस्रो अधिवेशनलाई भब्य सम्पन्न गरेको छ ।


अध्यक्षमा सुस्मिता भुसाल निर्विरोध चयन भएकी छन् । प्रथम उपाध्यक्षमा अमिन खान, द्धितिय उपाध्यक्ष जानुका बस्नेत (खड्का) महासचिव अम्बिका खत्री, सचिव ईशोरा थापा मगर रहेकी छिन । कोषाध्यक्षमा मिना गैह्रे, सह-कोषाध्यक्ष हिलारी तामाङ राईले पाएकी छन् ।
क्रमशः जानुका मगर, वाहिदा खातुन, सीता राई, अनु राई, कबिता तुम्बापो नेम्वाङ, शर्मिला भण्डारी, सानू थापा र शर्मिला जोशी सदस्यमा रहेका छन् ।


तिर्थसंगम राईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।
वरिष्ठ समाजसेवी कमलमणि गुरागाई, तिल बिक्रम थेबे लिम्बू, डम्बर लिवाङ, र विरेन्द्र कु. याक्थुम्बा लिम्बू रहेका थिए ।
बन्द सत्रको शून्य समय राख्दै दर्ता भएका दोस्रो अधिवेशनको पदाधिकारी दावेदारको उमेदवारी नपरे पश्चात् अध्यक्ष पदमा सुस्मिता भुसाललाई निर्वाचन समितिका संयोजक राईले निर्विरोध चयन भएको घोषणा गरेको हो ।


प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष विनेश तामाङ रहनु भएको थियो । विशेष अतिथि, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा. अध्यक्ष लिलम चिदी मगर, प्रमुख सल्लाहकार सियाराम चौधरी, मानर्थ सदस्य तिल बिक्रम थेबे लिम्बू, राष्ट्रिय जनमुक्ति मंचका अध्यक्ष राज खम्बु, खालिङ्ग राई, प्रवासी नेपाली मंचका अध्यक्ष रामहरि गैह्रे, संघिय लिम्बुवान मंचका देउ कु. नेम्वाङ लिम्बू, सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र कु. याक्थुङ्बा लिम्बू, नेपाली जनसम्पर्क समितिका अबुर अली, मुस्लिम सेवा समाजका अब्दुल हसिम, नेपाली जनप्रगतीशिल मञ्चका मोहन केसी, समाजसेवी कमल मणि गुँरागाई, तमु (गुरुङ) समाजकी टौमाया गुरुङ, व्यवसायी अम्बिका खत्री, मगर समाजकी गायित्री थापा मगर लगायत अन्य विशिष्ट ब्याक्तित्व रहेका थिए ।
अन्य विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार समाजसेवी बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।


सोही कार्यक्रममा महिला समाजलाई सह्योग गरेका झण्डै ७ दर्जन सह्योगदातालाई प्रमुख अतिथि, विशेष अतिथि, सभाध्यक्षको सह्योगमा समाजले सम्मान-पत्र प्रदान गर्दै सम्मान गरेको हो ।
कोषाध्यक्ष सुस्मिता भुसालले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै, नवनिर्वाचित अध्यक्षलाई हस्तान्तरण गरेको हो ।
महासचिव जानुका बस्नेत खड्काले प्रगति विवरण सार्वजनिक गरेकि हुन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै, प्रमुख अतिथि तामाङले नवगठित कार्य समितिलाई अग्रिम शुभकामना दिँदै रोजगारीका शिलशिलामा कतार स्थित रहेका आम महिलाको विविध समस्या र समाधानका लागि अग्रजहरूको सुझाव सल्लाह, परामर्श लिई सम्पुर्ण महिला मुक्ति र न्याय अधिकारका लागि महिलाहरू एकजुटमा जोड दिनु पर्ने । पुरानो कार्यसमितिले हरेक संघ, संस्था संग, समन्वय, सहकार्य, तथा भातृत्व एकता गरि दोस्रो अधिवेशनलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन सफल भएकोमा हार्दिक बधाई दिनु भएको थियो । यसै गरि अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै अग्रिम बधाई तथा शुभकामना दिएका थिए ।


समाजकी प्रथम उपाध्यक्ष अमिना खानको स्वागत तथा महासचिव जानुका बस्नेत (खड्काको संचालमा संपन्न कार्यक्रमको सभापति रेखा राईले गर्नु भएको थियो ।

नेपाली संघीय समाजको प्रथम अधिवेशन सम्पन्न, नेतृत्वमा मगर ।


सुबोध घलान तामाङ
दोहा-कतार १९ फेब्रुअरी, "जातिय मुक्तिको लागि सङ्घियता ! वर्गीय मुक्तिको लागि समाजवाद !!" भन्ने मुल नाराको साथ संसफो नेपाल पार्टी भातृ संगठन नेपाली संघीय समाजले १७ फेब्रुवरी सुक्रबारका दिन दोहा स्थित ढाका रेष्टुरेन्टको सभाहलमा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

अध्यक्षमा डिएन मगर, प्रथम उपाध्यक्ष गणेश कुमार राई, द्धितिय उपाध्यक्ष हिराधन राई, तृतीय उपाध्यक्ष तेज मोक्तान तामाङ, महासचिव सुबोध घलान तामाङ, सचिव चरण राई, सह-सचिव पुर्ण ब. राई निर्वाचित भएका छन् । कोषध्यक्षमा विष्णु नन्द लिम्बू, सह-कोषध्यक्ष ननिन्द्र राईले जिम्मेवारीको पद पाएका छन् । सदस्यमा क्रमशः मत्तिबुल अन्सारी, विनोद लो तामाङ, पदम ब. राई, कविता राई, ज्ञानु राई, बिन्द्रा जोरोक्स राइ, बिज्ञान राई, पाँचथरे पुर्ण ब. राई, र राज कुमार राईलाई डिएन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।


समाजका सल्लाहकार प्रमोद श्रेष्ठ प्रमुख आतिथि रहनु भएका थिए । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष तिर्थ संगम राई र नवोदित बाचनालयका कवि राजन राईले राष्ट्रियता, नेपाली अस्तित्व र पहिचानमा आधारित कविता बाचन गरेका थिए ।

गैर आवासीय नेपाली संघ समन्वय परिषद सचिव उत्तिम शाह, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश प्र.बन्जाडे, ने.प्र.आदिवासी जनजाति महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार, महासंघका पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ समाजसेवी सियाराम चौधरी, धिरज चाम्लिङ राई, बिमल सुवेदी, चाणक पोख्रेल लगयतका वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, र बहुपहिचानवादी समुदायको आ-आफ्नै परम्परागत भाषा, संस्कार, संस्कृति, इतिहास, पहिचान छन् । क्षेत्रीय, वर्गीय र जातीय धर्म विविधता युक्त विशेषता रहेको "हाम्रो देश" शाझा फुलबारी सार्वभौम राष्ट्र नेपाल हो ।
सत्ताको नेतृत्व पंक्ति र दल बाट सब्दमा मात्रै सिमित राखेकोले यस्तो हुनु दु:ख पक्ष रहेको औंल्याए ।


जिल्लावासी सस्थाहरुको काभ्रे सम्पर्क सेवा समितिका नारायण बिस्ट, मातृ सस्थाहरुको  प्रतिनिधित्त्व गर्दै सुनुवार सेवा समाजका सोम सुनुवारले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए ।
नयाँ शक्ति नेपालका अध्यक्ष बिबी खरालले परापुर्व कालदेखि राज्यसत्तालाई हालिमुहाली गरि रहेका खस आर्यनहरूका नेपालमा कुनै इतिहास र पहिचान नरहेकाले राजनितीक समाजिक स्वतन्त्र अधिकार दिन नचाहेको दावी गरे ।

राज्यसत्ता डटकम डिजिटल मिडियाका पत्रकार कृष्ण सारू मगर (मीझार)ले पत्रकार महासंघको विधि,दविधान, मापदण्ड आचारसंहिता हुन्छन् । तथापि समाजमा भए गरेका विभेद, अन्याय, अत्याचारको विविध समाचारलाई संप्रेषण गर्दा राज्यको चौथो अंग स्वतन्त्र पत्रकारिता माथि राज्यसत्ताका केही तत्व बाट कहि न कतै, अंकुश लगाइएकाले खुलेर बाहिर ल्याउन समस्या भएको हो । उहाँले थप्दै भन्नू भयो । अबका दिनहरूमा आदिवासी जनजाति कृयाशिल पत्रकारले आ-आफ्नो समुदायका विविध जानकारीलाई समाजमा चुस्त दुरुस्त संप्रेषण गरि सचेत नागरिक बनाउन कलमको भुमिका निर्वाह गर्न आग्रह गरे ।


संघिय लिम्बूवान मंचका वरिष्ठ उपाध्यक्ष समेत रहेका पत्रकार तिल बिक्रम थेबे, लिम्बूले प्रवासको हरेक देशमा संघियता र पहिचानको आवाज ससक्तरूपमा उठेका छन् । संघियताले हिमाल, पहाड र तराई जोडिएको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा जस्ता केही दलले समाजलाई टुक्र्याउन लागेको दावी गरे । उहाँले भन्नु भयो । हामी सबै नेपाली हौँ । भन्ने सब्दमा मात्रै सिमित रहेकोले, हिमाल पहाड, तराई समानुपातिक ब्यावहारमा कार्यनयन नभएकै कारणले सिके राउत जस्ता राष्ट्रघाती ब्यक्ति जन्माएको हो । यदि समयमै ध्यान नदिएमा अब सिँह दरवार केन्द्रित राज्यसत्ता संञ्चानको छिट्टै अन्त्य हुनेमा कुनै संका छैन । उहाँको भनाइ थियो ।


जनप्रगतिशिल मंचका रकम ध्वज राई, संघिय लिम्बूवान मंचका अध्यक्ष नरेन्द्र एभेङ लिम्बू, राष्ट्रिय जनमुक्ति मंचका राजखम्बु खालिङ राईले अब प्रवासमा रहेता पनि जातीय मुक्ति, तथा राष्ट्रिय मुक्तिका विपरीत रहेर सदियौ देखी राज्यसत्तामा हालिमुहाली गरेका एकात्मकवादीहरूले आदिवासी जनजातिलाई निरंकुशता लाद्ने दुश्प्रयास गरे ती नश्लवादीलाई परास्त गराउन संघियतावादी शक्तिहरू एकजुट भई आफ्नो भुगोलमा पहिचानको अस्तित्व जोगाउन सबै लाग्नु पर्ने बताए ।


एकात्मकवादी रणनितीलाई तोड्न नेपाली संघिय सामाज पार्टिको जन्म भएको हो । पश्चवगामी तत्त्वहरुलाई जरै देखी उखेलेर फाल्नु युवाको काँधमा ठुलो जिम्मेवारी थपिएको गणेश कुमार राईले भने ।

प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यथास्थितिवादी प्रतिगामी तत्वहरु सलबलाई रहेका छन्  सबैले सतर्क र सावधानी अपनाउनु पर्ने धारणा राख्दै नयाँ कार्यसमितिले यी मुद्दाको अनुसरण गरि दोहामा स्थापित विभिन्न संघ, संस्था संगठन संग समन्वय सहकार्य गर्दै जानू पर्ने धारणा राख्दै प्रमुख अतिथी श्रेस्ठले शुभकामना दिए ।


प्रथम उपाध्यक्ष डिएन मगरको स्वागत तथा हिराधन राई र सुबोध घलान तामाङको संयुक्त संचालित सम्पन्न कार्यक्रम समाजका अध्यक्ष चन्द्रसेर राईले सभापतित्व गर्नु भएको थियो ।

कतारमा प्रथम सहिद लखन थापा मगरको १४० औं स्मृति दिवस मनाए ।


कृष्ण सारू मगर
दोहा-कतार, फेब्रुअरी १८ " हाम्रो इतिहास, हाम्रो गौरव " भन्ने मुलमन्त्रका साथ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ र नेपाल मगर संघ कतार शाखाले संयुक्तरूपमा १७ फेव्रुवरी २०१७ सुक्रबारका दिन टपफर्म रेष्टुरेण्टको सभाहल नेपालका प्रथम सहिद लखन थापा मगरको १४०औं स्मृति दिवस मनाएको छ ।

मगर संघका सचिव रविन थापा मगरले प्रथम सहिद क्या. लखन थापा मगरको इतिहास, जीवनी र विविध विषयमा प्रष्टाउँदै, स्वागत मन्तब्य राखेका थिए ।


अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष तिर्थ संगम राईले १४० औं लखन थापा मगर स्मृति प्रति समर्पित कविता बाचन गरेका थिए । पत्रकार महासंघका अध्यक्ष गणेश बन्जाडेले राज्यले प्रथम सहिद घोषित गरेता पनि प्रभावकारी हुन नसकेकोमा दु:ख ब्यक्त गरे । पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार भुपराज दुवाडीले लखन थापा मगरको इतिहास, र उनका सन्ततिको पनि खोज अनुसन्धान तर्फ जोड पर्ने धारणा राखेका थिए । जनसम्पर्क समितिका रामजी खत्रीले भुजेल सेवा समाजका अध्यक्ष नियम भुजेल, महासचिव ई.नन्द गर्बुजा मगरले सामान्य ज्ञान तथा हाजिरी जवाफ प्रतियोगिता मात्रै समित रहेता पनि पाठ्यपुस्तकमा समावेश नगरिएको राज्यसत्ताको विभेदकारी नीतिले संघियता र पहिचानवादी समुदायलाई चरम शोषण गरेको औंल्याए ।


संघिय लिम्वुवान समाजका तिल बिक्रम थेबे लिम्बूले निरंकुश जहानिया शासनका विरूद्ध विद्रोहमा उत्रेका प्रथम सहिद क्या.लखन थापा मगरका भनाइलाई उद्धृढ गर्दै भने, यदि मेरो शरीर सुकेर गए मेरा प्रगतिशील विचार पुनर्जिवित भई अमर रहने उल्लेख गरे । यो तीन दलिय गठवन्धन सरकार कुर्सीको मोहमा लागेर पहिचानवादी समुदाय प्रति उत्तरदायी नभएकोले १७ हजार सहिद आ-आफ्ना दल र समुदायलाई पहिलो प्राथमिकता दिएकाले प्रथम सहिद ओझेलमा पारिएको हो । थेबेले भने । जनप्रगतिशिल मंचका रकम ध्वज राई तथा अन्य वक्ताहरूले आ-आफ्नै धारणा राख्दै भने, सहिद, कुनै, जाति, धर्म, वर्ग विशेष नभई सिङ्गो नेपालको रहने तर्क लगाउँदै, वैचारिक संस्था र नेपालीहरूका छाता संगठनले नेपाली दुतावासको समन्वयमा स्मृति दिवस मनाएमा ज्ञात, अज्ञात सहिदको सम्मान हुने धारणा राखे ।

प्रथम सहिद लखन थापा मगरको वारेमा खोज अनुसन्धानमा कृयाशिल हुन जिल्लावासी समाज गोरखाको पनि उत्तरदायित्व रहने भएकोले ऐतिहासिक कार्य थालनीमा लाग्न पहल गर्ने वचन दिएका विशेष अतिथि रेशम आले मगर कतार स्थित मगरहरूका २०१७÷१८ एक वर्षे कार्यकालका मगर (बाङ) राजा गोरखाका स्थानियवासी हुन् ।


विषेश अतिथि, मगर संघका प्रमुख सल्लाहकार भिम तरामु मगरले भन्नू भयो अग्रज बुद्धिजीवीहरूले विभिन्न अध्यन अनुसन्धान पश्चात इतिहास पल्टाउँदै, जाने क्रममा प्रथम सहिद क्या. लखन थापा मगरका विभिन्न तथ्यका आधारमा राज्यको विभिन्न निकायमा पुगेर उहाँका दस्तावेजहरू पेश गरियो ।
अन्ततः दशकौ वर्षको अन्तराल पछि ३ असोज २०७२का दिन प्रथम सहिदको दर्जा त दिईयो । तर, विडम्बना प्रथम सहिद भनि घोषणा गरिएता यस पनि विभेदकारी नीति र अपमान प्रति नेपाल मगर संघ शाखा कतार गम्भीर ध्यानाकर्षण गरेको छ ।

प्रमुख अतिथि सियाराम चौधरीले भन्नू भयो कि, देशद्रोहीको आरोपमा तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाको निर्देशनमा २ फाल्गुण १९३३का दिन निर्मम हत्या भएका लखन हुन् । उहाँले थप्दै भन्नू भयो कतिपय पराजय, यस्तो पनि हुन्छ त्यो विजय भन्दा पनि महान हुन्छ । सिङ्गो समाज परिवर्तनका लागि आफ्नो जीवन याहुती दिएका गोरखाका राजाका रूपमा मान्यता पाएका उनै बाल्यकालको नाम लक्षमणसिँ थापा मगर नै हो ।


प्रमुख अतिथिमा महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरी रहनु भएको थियो । विशेष अतिथिमा मगर (बाङ) राजा रेशम आले मगर, गैरआवासीय नेपाली संघ समन्वय परिसदका महासचिव ई.नन्द गर्बुजा मगर, मगर संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, ने.प्र.आ.ज.महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे रहनु भएको थियो । जनप्रगतिशिल मन्चका रकम ध्वज राई, प्रवासी नेपाली मञ्चका हरि कुमार बस्नेत, थारू कल्याणकारी सभा च्याप्टरका अरविन्द चौधरी, महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, वैचारिक तथा क्षेत्रीय, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, अन्तराष्ट्रिय साप्ताहिक राजधानीका दिल कुमार श्रेष्ठ, राज्यसत्ता डटकमका संवाददाता कृष्ण सारू मगर लगायत विशिष्ट ब्याक्तित्वहरूलाई सीता राई र जानू पुन मगरले अतिथि सत्कार गरेकी हुन् ।


कार्यक्रम संयोजक समेत रहेका मगर संघका महासचिव बिजय कुमार मगरको स्वागत तथा महासंघका का.बा.महासचिव भाईकाजी गुरूङको संचालनमा सम्पन्न कार्यक्रमलाई महासंघका का.बा. अध्यक्ष लिलम चिदी मगरले गर्नु भएको थियो ।

Wednesday, 15 February 2017

एम्बुलेन्स अभियानका सहयोगीलाई सम्मान तथा नवौं अधिवेशन गर्दै ।


कृष्ण सारू मगर
दोहा-कतार, १५ फेब्रुअरी खोटाङ्ग सेवा समाजले "प्रदेशको पसिना स्वदेशको साकार सपना" भन्ने मुल लक्ष्यका साथ आयोजना गरिएको एम्बुलेन्स अभियानका सह्योगीदाताहरूलाई निम्न मिति र स्थानमा सम्मान कार्यक्रम गर्ने भएको हो ।

मध्ये पुर्वीय राष्ट्र दोहा स्थित रोजगारीका शिलशलामा कर्मभुमि बनाउँदै रहनु भएका समस्त खोटाङ्गवासी आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरुले सदस्यता पत्र नविकरण तथा नयाँ सदस्यता पत्र बनाउन समेत खोटाङ्ग सेवा समाज परिवार सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेको छ ।


सहयोगदाता, विभिन्न, संघ, संस्था, संगठनका प्रमुखमा प्राविधिक समस्याको कारण उक्त कार्यक्रमको निमन्त्रणा पत्र प्राप्त नभएको खण्डमा यसै सुचनालाई आधार मानि यहि आउँदो ३१ मार्च सुक्रबारका दिन दोहाको नज्मा स्थित अल नख्यान रेष्टुरेन्टको सभाहलमा नवौं अधिवेशन तथा सम्मान कार्यक्रमलाई सफल बनाउन गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिएको सम्वन्धित सबैमा यो सार्वजनिक सुचना जारी गरेको छ ।

आवश्यक थप जानकारीका लागि पोष्टरमा उल्लेखित नं-मा संपर्क गर्नुहोस् ।

Tuesday, 14 February 2017

" केन्द्रिय अध्यक्ष ३५ औं मगर दिवसको शुभकामना दिन युएई जाँने तैयारीमा "


कृष्ण सारू मगर
युएई, १३ फेब्रुअरी नेपाल मगर संघ शाखा युएईले यहि आउँदो २४ फेब्रुअरीका सुक्रबारका दिन " पट्ट मगरको काट ठलाङ्ग झोरकिङ्ग ! लहु ढुट, लहु अक्खारिका, ढरम र रोस होरकिङ्ग !!" भन्ने मुल नाराका साथ ऐतिहासिक ३५औं "मगर दिवस" कार्यक्रमलाई बरदुवई स्थित स्वीट इम्पेरियल होटलको सभाहलमा भब्य रूपमा मनाउने भएको छ ।

नेपाली मौलिक परम्परागत मगर कला तथा संस्कृति झल्किने विविध साँस्कृतिक प्रस्तुतिको साथमा स्थानीय कलाकारलाई राष्ट्रिय कलाकार चर्चित मोडल तथा नृत्यङ्गना अरूसी मगरको धमाकेदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराउन नेपाल मगर संघको निमन्त्रणालाई स्विकार्दै युएईमा पुग्ने भएकी छिन ।

विशेष आतिथिका रूपमा संघले मगर तथा आदिवासीजनजाति समुदायका विविध विषयक सम्बन्धि शुभकामना आदान-प्रदान तथा जानकारी लिनका निमित्त उक्त कार्यक्रमको लक्ष रहेकोले नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष समेत रहेका नेपाल संघ केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई निमन्त्रणामा गरेको हो । संघका अध्यक्ष राजु सिङ्गजाली मगरले गुम्बेली खबरलाई भने ।

"ईतिहास, भाषा, संस्कृति, संरक्षण-संवर्द्धन मगरहरूको मुल मन्त्र ! जातीय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र !!" भन्ने मुल मन्त्रलाई अनुसरण गरि नेपाल मगर संघ शाखा युएईले "जहाँ मगर त्यहाँ मगर संघ" भन्ने उद्धेश्यका साथ २००५ मा स्थापित विशुद्ध संस्था हो ।

समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ संस्था, संगठनमा आवद्ध, समाजसेवी, बुद्धिजिवि, उधोग, ब्यवसायी, कलाकार तथा, खेलाडी एवं विभिन्न मिडियामा आबद्ध पत्रकारवन्धु लगायत समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त ३५ औं मगर दिवस तथा १४० औं लखन थापा मगर स्मृति दिवस कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन गरिमामय उपस्थितिका लागि नेपाल मगर संघ केन्द्रीय समिति आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

नोट : विस्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित सम्पर्क गर्नुहोस् ।

Monday, 13 February 2017

युएईमा ३५ औं "मगर दिवस" तथा १४० औं "लखन थापा मगर स्मृति दिवस" भव्य रुपमा मनाउने ।


कृष्ण सारू मगर
युएई, १३ फेब्रुअरी नेपाल मगर संघ शाखा युएईले यहि आउँदो २४ फेब्रुअरीका सुक्रबारका दिन " पट्ट मगरको काट ठलाङ्ग झोरकिङ्ग ! लहु ढुट, लहु अक्खारिका, ढरम र रोस होरकिङ्ग !!" भन्ने मुल नाराका साथ ऐतिहासिक ३५औं "मगर दिवस" कार्यक्रमलाई बरदुवई स्थित स्वीट इम्पेरियल होटलको सभाहलमा भब्य रूपमा मनाउने भएको छ ।

नेपाली मौलिक परम्परागत मगर कला तथा संस्कृति झल्किने विविध साँस्कृतिक प्रस्तुतिको साथमा स्थानीय कलाकारलाई राष्ट्रिय कलाकार चर्चित मोडल तथा नृत्यङ्गना अरूसी मगरको धमाकेदार प्रस्तुतिले भरपुर मनोरञ्जन गराउन नेपाल मगर संघको निमन्त्रणालाई स्विकार्दै युएईमा पुग्ने भएकी छिन ।

विशेष आतिथिका रूपमा संघले मगर तथा आदिवासीजनजाति समुदायका विविध विषयक सम्बन्धि शुभकामना आदान-प्रदान तथा जानकारी लिनका निमित्त उक्त कार्यक्रमको लक्ष रहेकोले नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष समेत रहेका नेपाल संघ केन्द्रीय अध्यक्ष नवीन रोका मगरलाई निमन्त्रणामा गरेको हो । संघका अध्यक्ष राजु सिङ्गजाली मगरले गुम्बेली खबरलाई भने ।

" ईतिहास, भाषा, संस्कृति, संरक्षण-संवर्द्धन मगरहरूको मुल मन्त्र ! जातीय पहिचान र स्वायत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र !!" भन्ने मुल मन्त्रलाई अनुसरण गरि नेपाल मगर संघ शाखा युएईले "जहाँ मगर त्यहाँ मगर संघ" भन्ने उद्धेश्यका साथ २०११ मा स्थापित विशुद्ध संस्था हो ।

समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ संस्था, संगठनमा आवद्ध, समाजसेवी, बुद्धिजिवि, उधोग, ब्यवसायी, कलाकार तथा, खेलाडी एवं विभिन्न मिडियामा आबद्ध पत्रकारवन्धु लगायत समस्त गीत संगीत पारखी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा उक्त ३५औं मगर दिवस तथा १४० औं लखन थापा मगर स्मृति दिवस कार्यक्रमलाई भब्य र सभ्य संपन्न गराउन गरिमामय उपस्थितिका लागि नेपाल मगर संघ केन्द्रीय समिति आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

नोट : विस्तृत जानकारीका लागि पोष्टरमा उल्लेखित सम्पर्क गर्नुहोस् ।

पाल्पाली समाजले गर्यो राष्ट्रिय कलाकारहरुलाई सम्मान ।


कृष्ण सारू मगर,
युएई १३ फेब्रुअरी " एक्काइसौं शताब्दीको आवश्यकता सीप र ज्ञान !
युएईको माटो सुहाउँदो पाल्पालीको अभियान !!" भन्ने उद्धेश्यका साथ २०१५मा स्थापित पाल्पाली समाज युएईले ११ फेब्रुअरी शनिवारका दिन बरदुबई स्थित बाबरर्ची रेष्टुरेण्टको सभकक्षमा गृह जिल्लावासी कलाकार पुष्कल शर्मालाई भेटघाट तथा सम्मान गरेको छ ।


बौघा पोखराथोक ५ पाल्पाका राष्ट्रिय लोक तथा दोहोरी लोक गायक तथा मोडल पुष्कल शर्मा र गायिका अनुस्का थापा मगरलाई साङ्गितिक माध्यम द्वारा यो हाम्रो उथलपुथल सिङ्गो समाजलाई सु-सुचित गराउँदै कला तथा साङ्गितिक प्रगतिको शुभकामना दिँदै समाजले सम्मान गरेको हो ।
" सङीत झन्कार २०१७ " कार्यक्रमलाई भब्य सफल बनाउन मातृभूमि नेपाल देखी पुष्कल शर्मा र युरोपको स्पेन बाट अनुस्का थापा मगर नेपाल कला साँस्कृतिक मंचको निमन्त्रणालाई स्विकार गरी युएईमा पुगेका हुन् ।

समाजका विभिन्न पद्धेन पधादिकारीहरूले क्रमशः मोडल तथा गायक पुष्कल शर्मा र गायिका अनुस्का थापा मगर द्वय कलाकारलाई पवित्र खादाले सम्मान गरे । शर्मा र मगर द्वयकलाकारलाई प्रमुख अतिथि, विषेश, अतिथि र सभापतिको सह्योगमा सम्मान पत्र प्रदान गर्दै समाजले सम्मान गरेको महासचिव वेद प्र.अर्यालले गुम्बेली खबरलाई बताए ।


प्रमुख आतिथि लुम्बिनी वेलफेर सोसाइटीका अध्यक्ष गीतामणि पाण्डे रहेका थिए । विशेष अतिथि पुष्कल शर्मा, अनुस्का थापा मगर, बिक्रम पौडेल रहेका थिए ।

पाल्पाली समाजको यो सम्मान तथा कदरलाई सदैब सम्झि रहने बताएका शर्माले भने, म पाल्पाको ईज्जत, मान र शान हो । हामी कलाकार सिङ्गो राष्ट्रका गौरव हौँ । आदरणीय समस्त गीत, संगीत प्रेमी तथा शुभेच्छुकहरूको मायाँ, हौसला, सद्भाव र प्रेरणाको उपज हो । तथापि सबै कलाकार सर्वेसर्वा होइनन् । सुझव, सल्लाह प्रतिकृयाको पनि उत्तिकै आवश्यकता रहन्छ । उनले भने सफलता पाउन मार्ग निर्देशन रहने बताए ।

समाजकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी महिला विभाग प्रमुख ओम कुमारी खाँण, सल्लाहकार कृष्ण आचार्य, गायक हरि डुम्रे, साँस्कृतिक मंचका अध्यक्ष हरी डाँगी, कलाकार समुहका अध्यक्ष बिक्रम पौडेल र प्रमुख अथिति गीतामणि पाण्डे, लगायत र आ-आफ्नो भनाई राख्दै शुभकामना दिए ।


विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकारलाई अतिथि ग्रहण गराएको भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नरेन सापकोटाको स्वागत तथा महासचिव बेद प्र. अर्यालको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष खुम आले मगरले गरेका थिए ।

नेप्लिज वेलफेयर सोसाइटीले बहराईनको एतिहासिक पुरातत्व भ्रमण गराउने ।


कृष्ण सारू मगर
मानमा-बहराईन, १२ फेब्रुअरी रोजगारीका शिलशिलामा बहराईन रहेका विभिन्न जातीय, वर्गीय, क्षेत्रीय, धर्मिक, तथा संस्कृतिक अवधारणा बोकी स्थापित सबै संघ, संस्था, संगठन संग समन्वय गरि विगत स्थापनाकाल देखि कर्मभुमिमा विविध समस्यामा परेकाहरूलाई उद्धार कार्यमा अहम भुमिका निर्वाह गरी समाजिक सेवा सह्योग पु¥उँदै आएको छ ।

मातृभूमि नेपालमा पनि विभिन्न प्राकृतिक आपत विपतमा परेका समाजलाई आर्थिक, भौतिक नैतिक सह्योग जुटाउन नेप्लिज वेलफेयर सोसाइटीले समस्त समाजसेवी बुद्धिजीवी तथा विभिन्न पेशा व्यावसायिक एवं आदरणीय नेपाली समुदाय बिच र आपसी सद्भावलाई मेलमिलाप गरी भातृत्व एकतालाई अझ मजबुद बनाउँदै लैजान अझ प्रभावकारी ढंगले अगाडि बढ्ने लक्षका साथ यो भ्रमण कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष शालिकराम पन्तले बताए ।

स्रोतका अनुसार कर्मभुमी बहराईनका थानीय अनगिन्ती
मौलिक, ऐतिहासिक प्राकृतिक, पुरातत्व तथा पौराणिक सम्पदा अवलोकन गराउनुका साथै, बस्तुका सम्बन्धमा ज्ञान विज्ञान एवं विविध जानकारी गराउने कार्यक्रमको लक्ष रहेकोले आदरणीय ईच्छुक महानुभावहरूले आ-आफ्नो सिट सुरक्षितका लागि पोष्टरमा उल्लेखित सम्पर्क नं- मा आवश्यक जानकारी प्राप्त गर्न सकिने सोसाइटीले जनाएको छ ।

यी महत्त्वपूर्ण दिनलाई बहराईनमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई यस नेपाली समुदायहरु को एतिहासिक कार्यक्रम " बहराइन भर्मण " मा सहभागिता जनाउन समेत आयोजक समितिले सार्वजनिक सुचना जारी गरेको छ ।

नोट:- विस्तृत जानकारी लिनुका लागि पोस्टमा उल्लेखित छन् ।

तमु सममजको भाग्यशाली पुरस्कार संगिता गुरुङलाई ।


कृष्ण सारू मगर
दोहा-कतार, १२ फेब्रुअरी तमु जातिहरूको दोस्रो महान पर्व (चेलीबेटी भेट) तथा सम्मान कार्यक्रम दोहाको अल नख्यान रेष्टुरेन्टको सभाहलमा डा. हर्क गुरूङको “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु” अर्थात, शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सँस्कृति हराउछ, सँस्कृति हराए मानव अस्तित्व हराउछ भन्ने मुलमन्त्रका साथ २००४ मा स्थापित तमु (गुरूङ) सेवा समाजले "तमु (गुरूङ) समाज" ले विशेष कार्यक्रम गरि भब्य मनाएका छन् ।


परम्परागत ईतिहासको संरक्षण संवर्द्धन प्रतिको विशेष महत्त्व बोकेको तमू समुदायको राजा (म्रुर) लाई सम्मान गरे । नृत्य निर्देशक भिम प्र. गुरूङलाई समाजले सम्मान पत्र सहित विशेष सम्मान गरेको छ । यसै गरि समाजलाई विशेष तन, मन, वचन र कर्मले सह्योग दिएका विशेष ब्याक्तित्व महिला तथा पुरूष कलाकार खेलाडी, सबैलाई क्रमशः प्रमुख अतिथि, विशेष अतिथि, संस्थापक तथा संरक्षक तथा कार्यक्रम सभापतिको सह्योगमा सम्मान पत्र प्रदान गर्दै समाजले सम्मान गरेको हो । सोही समारोहमा समाजका संरक्षक र सभापतिले आजीवन सदस्यता पत्रलाई संयुक्तरूपमा स-सम्मान प्रदान गरेको छ ।


तमु (गुरूङ) समाजकी महिला विभाग संयोजक तौ मायाँ तमु गुरूङ र "तमु प्ये ल्हु संघ" की ईशा पह्च्यु गुरूङ द्वयले माईति घरको मुलीलाई विभिन्न परिकारका स्वादिष्ट परिकार तथा मिष्ठान भोजन दिँदै "रि-च्हमी कै पिबा" का बरेमा नेपाली भाषामा अनुवाद गर्दै अन्तर संवन्धका केही महत्त्वपूर्ण विषयमा बताए ।


संरक्षक रस तमु गुरूङले तमु समुदायको संस्कार, संस्कृति एवं विविध विषयमा प्रष्टाउँदै स्वागत मन्तब्य राखेका थिए ।

राजेन्द्र भण्डारीको पहिलो साँगितिक कोसेली लोक पप दोहोरी "हलहलेको साग" गीती एल्बमलाई प्रमुख अतिथि, विशेष अतिथि सभापतिले सोही, कार्यक्रममा "लोकार्पण" गरेको हो । नवोदित गायक भण्डारीको शब्द सृजनालाई राष्ट्रिय लोक तथा दोहोरी चर्चित गायिक देवी घर्ती मगरलाई स्वर तथा संगीतमा दिपक शर्माले साथ दिएका छन् । कामना म्युजिक प्रालिले बजारमा ल्याएको हो । "फेवाताल मोना" नामक आपतकालीन अक्षकोष स्थापना गरी उक्त एल्बम बाट संकलित रकम मृगौला पिडितका लागि सह्योग गर्ने बताएका अर्मन ६ म्यादीका भण्डारी तमु समाजका मानर्थ सदस्य हुन् ।


प्राविधिक समस्याको कारण गएको ३० डिसेम्बर खोलिने उक्त भाग्यशाली चिट्ठा १० फेब्रुअरीका दिन अल नाख्यम रेष्टुरेन्टको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि, प्रबिण गुरुङ, विशेष अतिथि लिलम चिदी मगर, सभापति, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, बसन्त फिल्मसकी प्रमुख सल्लाहकार समेत रहेकी समाजसेवी मायाँ के.सी, राष्ट्रिय लोक तथा दोहोरी गायिका देवीका के.सी गुरूङले बाहिर ल्याएकी नतिजालाई समाजका संरक्षक एवं विशिष्ट ब्याक्तित्वहरूको प्रतक्ष निगरानीमा समाजका प्रमुख संरक्षक बिल गुरूङको सह्योगमा महासचिव खुसी गुरूले नतिजालाई सार्वजनिक गरेका हुन् ।
निम्न पुरुस्कार तपशिल क्रमशः 
प्रथम रसिद नं- ०५९४की संगिता गुरुङ एक तोला सुन,
द्धितिय रसिद नं- ०९५२का रमेश तमु ५ ग्राम सुन
तृतीय रसिद नं- १२२२का दल ब.तामाङ ३२ इन्च LED टिभी
क्रमशः रसिद नं- १५७७का जितेन्द्र पुन मगर, ०१५४की मिना गुरूङ, ०३३७का सुरेन्द्र लामा, ०६१५का प्रतीक गुरूङ, ११९७का नवराज गुरूङलाई सान्त्वना पुरस्कार मोबाइल परेको छ ।


नोट: निम्न तपशीलका पुरस्कृतले अर्धकट्कीको साथमा आफ्नो परिचय पत्र सहित सार्वजनिक मितको १५ दिन भित्र तमु (गुरूङ) समाजका महासचिव खुसी गुरुङ संपर्क नं- ६६१४३१६८मा यथासिघ्र सम्पर्क गरि आ-आफ्नो भाग्यशाली पुरस्कारलाई लिनु हुन आयोजक समिति तमु (गुरूङ) समाज परिवार हार्दिक अनुरोध गरेको छ ।

समाजका सचिव खुसी गुरुङको संचानलमा संपन्न कार्यक्रमको सभापति खेम गुरूङले गरेका थिए ।

Saturday, 11 February 2017

जन प्रगतिशिल मञ्चले मगरका परिवारलाई गरे सहयोग ।



कृष्ण सारू मगर
दोहा-कतार, १२ फेब्रुअरी चौखावाङ ९ रुकुमका विगत ९ महिना देखि कतारको रूमिल्ला अस्पतालमा उपचार गराईरहेका ललित बुढा मगरका बाबु राम ब. बुढा मगरलाई जनता आधारभुत विधालय गलम्पाटीका प्राधानाध्यापक चुडामणि रोकायको सहयोगमा नेरू एकलाख साठ्ठी हजार रकमलाई स्थानीय समाजसेवी, बुद्धिजीवी, तथा विभिन्न राजनैतिक दलका नेताहरूको उपस्थितिमा कतार बाट पठाएको रकमलाई एक कार्यक्रम गरि आर्थिक सहयोग प्रदान गरेको स्थानीय पत्रकार नरेन्द केसीले जानकारी दिए ।

स्रोतका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा कतार स्थित टेक्निकल अल्युमुनियम कम्पनीमा २०१३ मा आएका स्थाई घर चौखावाङ ९ रुकुमका ललित बुढा मगर कर्तब्य पालनाको क्रममा भवनको माथिल्लो तल्ला बाट स्काफोल्डिङको फलामको पाईप अकस्मात खसेर गम्भीर घाइते भएकाा थिए ।

दुर्घटनाबाट गम्भिर घाईते भएका मगर हाल रूमिल्ला अस्पतालमा उपचार गराईरहेका छन् । अस्पताल सुत्रका अनुसार शल्यक्रिया पश्चात् सामान्य सुधार आएको बताए । टाउकोमा लागेर भुईमा बजारिँदा घाँटीको हड्डीमा गहिरो चोट लागेर गम्भीर घाइते भई अस्पतालमा पुर्याईएको थियो ।

घाँटीको हड्डीमा विशेष उपकरण जोडिए पनि गम्भीर चोटका कारण अर्धचेत रहेका मगरले स्वयं १ इन्च पनि दायाँबायाँ गर्न नसक्ने र पुर्ण अचेत अवस्थामा रहेको नेपाली जनप्रगतीशील मञ्चले अध्यक्ष शनि कुमार ओलीले बताए ।



कानूनी उपचारको लागि लडिदिने भनेको कतारमा दुतावास नै हो । उक्त घटनाको सन्धर्वमा हामीले कुरा राखिसक्यौं । आश्वाशन दिएको स्रोतको दावी छ ।

वैदेशिक रोजगारीका शिलशिलामा विविध कारणले समस्यामा परेका नेपालीहरूको न्याय, अधिकार र उद्धारका लागि कानुनी पहल गरी समस्याको समाधान गर्नु नैतिक जिम्मेवारी प्राप्त नेपालीहरूका अविभाबक कुटनैतिक नियोग नेपाली दुतावासको दायित्व हो । ओलीले भने, कतार स्थित रुमिल्ला अस्पतालको बेड नं- २६६ सैयामा जीवन र मृत्यु संग संघर्षरत अर्धचेत बुढा मगरलाई यति बेला कानुनी न्याय र उनका आश्रित परिवारलाई आर्थिक तथा न्याय दुवै आवश्यकता रहेको बताए । विभिन्न भावनात्मक समाजसेवी ब्याक्तित्वहरूको सहयोगमा मञ्चका अध्यक्ष ओलीको पहलमा मंचले नेरू १ लाख ६० हजार जुटाउन सफल भएको थियो ।

स्थानिय पत्रकार नरेन्द केसीको संचालनमा संपन्न कार्यक्रम भरत कुमार कठायतले अध्यक्षता गरेका थिए ।

कतारका जिल्ला संस्था समन्वय समितिहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न ।


कृष्ण सारू मगर
दोहा-कतार, १२ फेब्रुअरी समाजिक अवधारणा बोकी कतारमा स्थापित विभिन्न क्षेत्रीय संस्थाको जिल्ला संस्था समन्वय समितिले दोहाको नेपाली आँमन रेष्टुरेन्टको सभाहरूमा विविध विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाा स्तरीय समाजिक संस्था एक आपसमा समन्वयकारीको भुमिका निर्वाह गर्दै, समाजिक, साँस्कृतिक र राष्ट्रिय ऐक्यबद्धता राख्न १६ सेप्टेम्बर २०१६ का दिन जिल्ला संस्था समन्वय समितिको तदर्थ समिति गठन भएको हो ।


ईलाम सेवा समाजका महासचिव प्रेम सागर सुवेदी, पाथीभरा सेवा समाजका प्रमुख सल्लाहकार दुर्गा प्याकुरेल, संखुवासभा समाजका उपाध्यक्ष खगेन्द्र खस क्षेत्री, सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमृतकुमार शाहीले विविध समस्याको समाधानलाई केवल संघ, संस्था, तथा संगठनले मात्रै सदैव थेग्न नसक्ने बताउँदै यस्ता यहावत समस्यालाई नेपाल सरकारले कुटनैतिक जिम्मेवारी प्राप्त  नेपालीहरूको अविभावक दुताबासको स्थापना गरेको हो । कुनै पनि नेपालीलाई परेको विविध समस्याका सम्बन्धमा थानीय सरकारको संवन्धित निकाय संग छलफल गरि उद्धार, उत्थान कार्यका थप जिम्मेवारीको भुमिका रहनु पर्ने धारणा राखेका थिए ।

गैर आवासीय नेपाली संघ समन्वय परिषदको समन्वयमा विभिन्न प्रसंगलाई समाधान र विकल्पका लागि बृहत् रूपमा बहस, छलफल तथा अन्तरकृया गरि विकल्प खोजेर समाधान गर्न नेपाली दुतावास संग छिट्टै बस्ने का.बा अध्यक्ष नवीन पोख्रेले आफ्ना धारणा राखे । गैर आवासीय नेपाली संघ आईसीसीका विनोद भट्टराईका अनुसार संघको आफ्नै नीति, नियम हुन्छन् सोही बमोजिम केही प्रविधिक समस्याको कारणले ट्रुटी भए छलफल गरि समाधान गर्न सकिने बताउँदै नेपाली समुदायका विभिन्न राष्ट्रिय पर्वलाई सामुहिक मनाउन सकेमा आर्थिक बचत हुनुका साथै, सके सम्म विभिन्न प्रदेशका आधारमा संस्थालाई समायोजन गराउन सके सम्म अझ प्रभावकारी एवं सफलता पाउने दावी गरे ।


टिबी कार्कीले २००६को स्मरण गराउँदै समन्वय समिति भन्दा महासंघले प्राथमिकता संगै बैधानिकता पाउने तर्क लगाउँदै गैर आवासीय नेपाली संघ सरकार बाट अस्तित्व प्राप्त संस्था भएकोले जातीय, धार्मिक, साँस्कृतिक, वर्गीय विशेष नभएको विशुद्ध नेपालीहरूको सु:ख, दु:खमा विश्राम गर्ने शाझा चौतारी भएकोले आगामी दिनहरूमा प्रभावकारी ढंग बाट अगाडि बढ्न NRNAलाई सुझब दिदै, नेपालीहरूको सामुहिक शाझा संस्था NRNA जस्तो अन्य कुनै पनि संस्था हुनै नसक्ने दावी गरेर भने । दुतावासका विषयमा सकारात्मक विषयमा समर्थन र सह्योग गर्न र प्रतक्ष वा अप्रत्यक्ष रूपमा आघात भएमा आवाज उठाउन पाउने स्वतन्त्र नैसर्गिक अधिकार रहेको बताए ।

एभरेष्ट नेपालका अध्यक्ष उत्तम गुरूङ, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, ठकुरी सह्योग संजालका अध्यक्ष श्रीराम मल्लले बोलीमा भन्दा ब्यावहारमा कार्यनयन तर्फ जोड दिनु पर्ने धारणा राखे ।


दाङ्ग देउखुरी सेवा समाजका का.बा. महासचिव मीन ब.पुन मगरले आर्थिक, जुटाउन विकल्प र बैकल्पिक पाटो अपनाउनु पर्ने बताए । नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले अन्तराष्ट्रिय महिला दिवस र नेपाली राष्ट्रिय पर्व हरितालिका तिजलाई निर्विवाद पाउनु पर्ने दावी गरे ।

विभिन्न १९ वटा जिल्ला संस्थाले संयुक्तरूपमा आयोजना भएको जिल्ला संस्था समन्वय समिति द्वारा आयोजना गरिएको उक्त अन्तरकृया कार्यक्रममा विभिन्न ३२ संघ, संस्था, संगठनले सहभागिता जनाएको कार्यक्रममा NRNAले दायित्वबोध नगरेको धारणा राखेका अधिकाँस वक्ताहरूले नेपाली दुतावासको कृयाकलाप प्रति रुष्ट देखिन्थे ।

१, बुद्ध भुमी कपिलवस्तु सेवा समाज,
२, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय,
३, सुनसरी सृजनशिल परिवार,
४, तेह्रथुम सेवा समाज,
५, दाङ्ग देउखुरी सेवा समाज,
६, ठकुरी सह्योग संजाल,
७, रोल्पा जलजला सेवा समाज,
८, सुदुर पश्चिम सेवा समाज,
९, नेपाली एकता समाज,
१०, नेपाल पत्रकार महसंघ,
११, गोरखा सेवा समाज,
१२, काभ्रे सम्पर्क समिती,
१३, पाल्पाली सेवा समाज,
१४, पाँचथर सेवा समाज,
१५, गुल्मी सेवा समाज,
१६, लम्जुङ्ग सेवा समाज,
१७, एभरेष्ट नेपाल,
१८, चितवन युवा समुह,
१९, संखुवासभा समाज,
२०, गैर आवासीय नेपाली संघ समन्वय परिषद
२१, कास्की आदर्श सेवा समाज,
२२, सेवा समाज अभियान रुपन्देही
२३, ईलाम सेवा समाज,
२४, पाथीभरा सेवा समाज,
२५, मोरङ्ग सुनसरी सेवा समाज,
२६, पर्वत युवा समाज
२७, स्याङ्गजा सह्योग समाज,
२८, ओखलढुंगा सेवा समाज,
२९, नेपाली महिला समाज,
३०,, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ,
३१, प्युठान सेवा समाज,
३२, अर्घाखाँची सेवा समाज


विशेष अतिथिहरू क्रमशः गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय, टिबी कार्की, विनोद भट्टराई, समाजसेवी कमलमणि गुरागाई, बिल गुरूङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका का.बा अध्यक्ष नवीन पोख्रेल, महासचिव नन्द गर्बुजा मगर, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा अध्यक्ष लिलम चिदी मगर, उत्तम गुरूङ, चिरञ्जीवी तिमल्सिना, कर्ण लिम्बू, मदन श्रीस मगर, भेषराज पराजुली, रहेका थिए ।

सुदर्शन भट्टको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रमलाई अशोक तामाङले संचालन गरेका थिए ।