Wednesday, 31 August 2016

कुवेतमा एक नेपाली बिल्डिङ्गबाट लडेर मृत्यु ।



३१, अगष्ठ २०१६ कुवेत ।
कुवेतमा एक नेपालीको बिल्डिङबाट लडेर निधन भएको खबर प्राप्त भएको छ। बसन्तपुर, कोट गाउँ, तनहुँका ४९ बर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेकै बिल्डिङको २ तल्ला माथिबाट खसेर निघन भएको हो।
तनहुँका राजन माझीले दिनुभएको जानकारी अनुसार ३ बर्ष अगाडी कुवेत आएका गुरुङ अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीमाको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलईष्ट ( एयुएम) मा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए। एक्कासी आवाज आएपछी हेर्दा उनी जमिनमा लडिरहेको र कसरी माथिबाट खसे भन्ने कुरा थाहा हुन सकेको छैन।
उनी घर जाने दिनको पर्खाईमा थिए तर कम्पनीले आलटाल गरिरहेको थियो। आज आएर यस्तो भयो उनीसंगै ड्युटी गर्ने मध्यका एकजनाले नाम नबताउने सर्तमा बताए। मृतक गुरुङको श्रीमती र दुई सन्तान रहेको बताईएको छ।


Tuesday, 30 August 2016

बसन्त फिल्मसले, नेपाली कलाकारहरुलाई सम्मान गर्यो ।



बसन्त फिल्मसले नेपाली कलाकारलाई सम्मान गर्यो ।
कृष्ण सारू मगर
दोहा-कतार ३१ अगष्ट "प्रवासमा नेपाली कलाकार एक होऔं, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौँ" भन्ने उदेश्यका साथ संचालित बसन्त फिल्मस् प्रा.लि.ले रानी महल क्यटरिङ & सर्भिसका प्रबन्धक निर्देशक समेत रहनु भएका समाजसेवी महल क्षेत्रीको प्रमुख आतिथ्य तथा ईश्वर काफ्लेको सभापतित्वमा विभिन्न विधाका कलाकारलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

शंकर सिंह बिष्ट, सुर्य विरही साउद, चाँदनी मल्ल, पवित्रा भण्डारी, कृष्ण बराल, छम परियार, अमृत शाही विशेष अतिथि रहेको सम्मान तथा विदाई कार्यक्रममा अन्य विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका मानर्थ सदस्य, पाल्पाली सेवा समाज दोहा-कतारका सल्लाहकार समेत रहनु भएका बसन्त फिल्मस प्रा.लि.का प्रबन्धक निर्देशक काफ्लेले नेपाली कला र साहित्य गीत, संगीत हरेक यूवा तथा बृद्ध सबैका लागि महत्त्व रहेकोले उनिहरूलाई थप प्रोत्साहनका लागि सम्मान गरेको बताएका छन् ।

बसन्त फिल्मस प्रा.लि.द्वारा सम्मानित हुन पाउँदा निकै सौभाग्यमानी महशुस गरेको बताएका उनिहरूले फिल्मसको उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक आभार प्रकट गरे । अक्षयकोष स्थापनार्थ सह्योगका लागि सुदूरपश्चिम सेवा समाजले आयोजना गरेको गौडा साँस्कृतिक कार्यक्रम निमन्त्रणामा नेपाल देखी आएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि क्षेत्रीले भन्नू भयो कुनै पनि विधाका कलाकारहरु सबै राष्ट्रका गौरव हुन् उनिहरूको उचित मुल्यांकन गर्दै सम्मान तथा प्रवर्द्धनलाई विशेष टेवा दिँदै आयोजना गरेको कार्यक्रम श्रहानिय रहेको बताएका उहाँले थप्दै भन्नू भयो कि कलाकारलाई सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहनुका साथै, कतार स्थित विभिन्न सामाजिक सेवा पनि बसन्त फिल्मसले उत्तिकै भुमिका रहेको बताए ।

कार्यक्रमको समापन गर्दै सभापति काफ्लेले भन्नू भयो राष्ट्रिय होस् वा अन्तराष्ट्रिय बसन्त फिल्मस प्रा.लि सबैका लागि यो शाझा घर हो । यस घरमा आउने कलाकार सबैलाई सदैव स-सम्मान स्वागत रहेको बताएका छन् । एक वसन्त पुरा नहुदै झण्डै ४ दर्जन गीती एल्बमको म्यूजिक भिडियोलाई फिल्मसले सर्वत्र बजार व्यवस्थापन गरी सकेको छ । विभिन्न डिजिटल माध्यम द्वारा समावेश गरिएका उक्त गीतको आयश्रोत श्रष्टालाई नै उपलब्ध गराएको बताए छन् ।

श्रोता तथा शुभेच्छुकका मागलाई ध्यानमा राखी २१ औं सताब्दीले ल्याएको बिधुतीय प्रविधिको आविस्कारलाई सदुपयोग गरी अब छिट्टै बसन्त फिल्मसले यूटुबको खाता खोल्ने तैयारी भैरहेको प्रवन्ध निर्देशक काफ्लेले जनाएको छ ।

फिल्मसका सल्लाहकार केशव कंडेलको स्वागत तथा तिलु शर्मा पौडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जनमुक्तिले गर्यो, अशक्त दुई जनालाई सम्मान ।



जनमुक्तिले गर्यो, अशक्त दुई जनालाई सम्मान 

कृष्ण सारू मगरबुटवल १४ भाद्र मंगलबार - रुपन्देही जिल्लाको सैनामैना न.पा. - १२ बस्ने बाँसगढीका ७८ वर्षिय दिलाराम श्रीस मगर र बाँणगंगा न.पा कपिलवस्तुका वर्ष ७३ का भिम बहादुर राना मगरले आफ्नो स्वास्थ्य अनुकुलता बाबजुद पनि विगत लामो समय देखि राष्ट्रिय जनमुक्ति पार्टीको विधि, विधान र मापदण्डलाई अनुसरण गरी तन, मन, वचन र कर्मले कर्तब्यबोध गरी पार्टीलाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष क्या. यम बहादुर बुढाथोकीको नेतृत्वमा गएको टोलीले सँघीय महासभाको प्रमाण पत्र प्रदान गरेको हो ।

७८ वर्षिय दिलाराम श्रीस मगर गृहकार्य शिलशिलाको क्रममा रूख बाट खसेर दुर्घटनामा परि शक्त घाइते परेका थिए । वर्षीय ७३ भिम बहादुर राना मगर रक्तसंचारले शरिरमा प्रयाप्त कारण प्यारालाईसिस भै असक्त रहेका सकृय सदस्य द्वयलाई वरिष्ठ उपाध्यक्ष क्या. यम बहादुर बुढाथोकी मगरको नेतृत्वमा गएको टोली महासचिव केशब सुर्यवंसी मगर, यूरोप संयोजक समेत रहनु भएकी कमला थापा मगर लगायत पार्टीका सदस्यहरूले दुवैजनालाई सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।

७८ वर्षिय श्रीस मगर भारतीय सैनिक सेवा बाट अवकास प्राप्त भुतपुर्व गोर्खा सैनिक हुन् । ७३ वर्षिय राना मगर किसान रहेको यूरोप संयोजक समेत रहनु भएकी कमला थापा मगरले गुम्बेली खबरलाई जानकारी दिनुभएको थियो ।

Monday, 29 August 2016

जोया र जीवनको दिदी शर्मिला मगर बिचको कुराकानी । के भनेकी थिइन त जोयाले ?




भाद्र १३, काठमाडौं । साच्चिकै जोया लगायत दुई अबोध नेपाली सन्तानलाई देश छोड्न किन बाध्य बनाए भन्ने कुरा जिबन थापा मगरको दिदि सर्मिला मगर संजुसंग जोयाले मेसेन्जरमा पठाएको महत्वपुर्ण मेसेजले धेरै स्पस्ट पार्दछ । जोया चाहान्थ्यो कि आफ्नो पुरा कागजात बनोस र यहि तत्कालका लागि जागिर खाने । र दिर्घकालिन रुपमा आफ्ना दुई बच्चा बजु पूर्णमाया मगरलाई छोड्ने र आफु र जिबन भने बैदेशिक रोजगारीको लागि विदेश जाने तर यो तथाकथित दुर्घटनाले यी जोडीलाई टाढा बनाएको देखिन्छ ।
मेसेज भनेको छ कि "दीदि मा साच्चिकै तपाईसंग मेरो फ्लाइट हुनुभन्दा अगाडी कुरा गर्न चाहान्थे तर म बसेको होटेलमा कुराकानी गर्नका लागि कसैलाई अनुमति थिएन र जसबाट मा सार्है त्रसित थिए । त्यसैले दिदि मलाई साच्चिकै माफ गर्नु होला । "
त्यस्तै दोस्रो मेसेजमा भनिएको छ- "दिदि कृपया तपाईसंग जिबनको सम्पर्क नम्बर छ भने जिबनलाई भनि दिनु होला कि नेपालमा उनलाई नेपालीहरुबाट नै अत्यान्तै खतरा छ, मानिसहरुले उसलाई पिट्न कुट्न र भौतिक आक्रमणको लागि खोजिरहेको छ, दिदि कृपया उसलाई जबसम्म यो घटनाको आक्रोश शान्त हुदैन तबसम्म सुरक्षित स्थानमा बस्न भनिदिनु होला । "
त्यस्तै अर्को मेसेजमा भनेको छ कि "सच्चिने यो इस्स्यु किन बढाईरहेको छ र यसलाई ठुलो बनाउन किन ओभर अयाक्टिंग गरिरहेको छ ? कृपया उसलाई भनिदिनु एकदम सुरक्षित भएर बसिदिनु , हामि सबै जिबनलाई पर्खिरहेका छौं ।"
त्यस्तै नेपालि सरकारी कार्यालयप्रति आक्रोश पोख्दै अर्को मेसेजमा भनिएको छ- "मलाई विबहा दर्ता प्रमाणपत्र दिएको भए सार्है राम्रो हुन्थ्यो तर दुइ छोराको सुरनेम मेरो थरसंग भएकोले टेण्डी मानिस(get lost people) हरु मेरो लागि असहयोगी मुर्ख भए ।" ति सरकारी मानिसहरु जो राजनीतिक रुपले आफ्नो आफ्नो ठाउँ लिन मात्र चाहन्छ, मैले साढे ३ बर्षमा बुझेको कुरा तिनीहरु मेरो कागजातका लागि कुराहरु मात्र गर्दछन तर पटक्कै काम गर्दैनन् जसले मलाई सार्है सतायो ।"

आज बुटवलबाट जिबन थापा मगर उसको गन्तव्यमा हिडिसकेको छ र दुइ दिन भित्र जिबन, जोया, संजु र परिवारको संयुक्त भिडियो च्याट भिडियो रिपोर्ट तपाईहरुलाई पस्कनेछौ ,, काम गर्दा गर्दै पनि ढिलो भएको प्रति हामि क्षमाप्रार्थी छौं -सम्पादक

Sunday, 28 August 2016

अर्घाखाचीको जीप दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या ११ पुग्यो ।


अर्घाखाँची १२ भदौ – सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदिकोटका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। लु १ ज ४८७८ नम्वरको जीप अर्घाखाँचीको हंसपुर गाविस ५ रतनमारेमा सडकबाट करिव पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि अर्घाखाँची जिल्ला अस्पताल लगिएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा गुल्मी पुर्कोट दह ८ का ५२ वर्षका भेषबहादुर थापा, गुल्मी भनभने १ का ५५ वर्षका बुद्धिराम परियार, प्युठानका ६२ वर्षिय शोभारोका मगर, प्युठान अर्खाका राम बहादुर घर्तिमगर हंसपुरका ६५ वर्षिय भिम केसी, सन्धीखर्क नपा ११ का ३६ देव बहादुर थापा, हंसपुरका हुम बहादुर नेपाली र सिता नेपालीको सनाखत भएको छ ।
दुर्घटनामा घटना स्थलमै ९ जनाको मृत्यु भएको थियो भने उपचारको क्रमकमा अन्य २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ ।

बहराईनमा तीज कार्यक्रम भव्य रुपमा सम्पन्न ।



बहराईनमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न
कृष्ण सारू मगर
मानमा-बहराईन २८ अगष्ट
 अन्तराष्ट्रिय नेपाली कलाकार समाजले २६ अगष्ट सुक्रबारका दिन कर्नाटक सोसियल क्लबको सभाहलमा नेपाली दुतावासका महामहिम का.बा राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्यमा समाजकी अध्यक्ष पवित्रा राईको सभापतित्वमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

विशेष अतिथि आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष लाल प्रसाद पुन मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, समाजसेवी गम ब.गुरूङ, दिपक गुरूङ लगायत विभिन्न संघ, संस्था, संगठनका प्रतिनिधि, उधोग ब्यावसायी, विशिष्ट ब्याक्तित्व, स्थानिय संचारकर्मीहरूलाई अतिथि ग्रहण गराएको थियो ।

कार्यममा सहभागी समस्त आगन्तुक पाहुनागणमा अन्तराष्ट्रिय कलाकार समाजका सदस्य राष्ट्रिय लोक तथा दोहरी गायीका सरिता दर्लामी, नानीमायाँ परियार, दया भट्टराई र विश्व विनोदका सामुहिक स्वागत गीत प्रस्तुत रहेका थिए ।

प्रमुख आतिथि, दुतावासका महामहिम का.बा. राजदुत पाण्डे, विशेष अतिथि गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष पुन मगर, नेपाली क्लबका अध्यक्ष श्रेष्ठ, गम ब.तमु गुरूङ, दिपक तमु गुरूङ लगायत अन्य समाजसेवी वक्ताहरूले हरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा समाजले विभिन्न कलाकारहरूको तीज गीत तथा नृत्यको प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।

विगतका वर्षहरूमा झै यसपटक पनि खुल्ला नृत्यमा अनेकस आयोजकले पुरस्कारको ब्यावस्था गरेको थियो । प्रथम मन्जु सुनार, द्धितिय, विष्णु मायाँ थापा र तृतीय मुना पनेरू बस्नेतलाई क्रमश: समाजका सल्लाहकार नारायण रपाल विश्वकर्मा, तिलक सापकोटा र हिमलाल पाण्डेले उक्त पुरस्कारलाई प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा प्रमुख आतिथि, विशेष अतिथि सभापतिले सामुहिक रूपमा गीतकार जानुका पौडेलको पहिलो प्रस्तुति शिव दर्शन डिजिटल प्रालि द्वारा उत्पादित पञ्चेबाजामा रहेको साह्रै जोस उठायो गीति एल्बमलाई लोकार्पण गरेको थियो ।

प्रमुख अतिथि, नेपाली दुतावासका महामहिम का.बा. राजदुत पाण्डे, वरिष्ठ समाजेवी गम ब.तमु गुरूङको सह्योगमा समाजकी अध्यक्ष सभापति राईले समाजसेवी मायाँ गुरूङलाई सम्मान पत्र प्रदान गरेको छ ।

साँस्कृतिक कार्यक्रमलाई विश्व विनोद र नितु बस्नेतले संयुक्त रूपमा संचालन गरेको तीज विशेष कार्यक्रम अशिम महतको संचालनमा सम्पन्न भएको छ ।

Saturday, 27 August 2016

बहराईनमा २२ औं विश्व आदिबासी दिवस सम्पन्न ।



बहराईनमा २२ औँ विश्व आदिवासी दिवस सम्पन्न

कृष्ण सारू मगर
मानमा बहराईन २८ अगष्ट
 “आदिवासी जनजातिको अभियान’ ‘पहिचान, संघीयता र पूर्णसमानुपातिक समावेशी प्रतिनिधित्वको लागि नयाँ संविधान” भन्ने मूल नाराका साथ २६ अगष्ट शुक्रबारका दिन सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघ बहराईनले विभिन्न पाँच जातिय संस्थाहरुको सहकार्यमा नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्यतामा महासंघका अध्यक्ष बुद्धिराज राईको सभापतित्वमा २२औँ आदिवासी दिवस सम्पन्न गरेको छ ।

नेपाली क्लवका मानार्थ समेत रहनु भएका समाजसेवी, गम बहादुर गुरुङ विशेष अतिथि रहेको थियो । अन्य विभिन्न पाँच वटा जातिय संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, तथा उधोग ब्यावसायी एवं विशिष्ट ब्याक्तित्व साथै, स्थानीय पत्रकारहरूलाई अमृता नाल्बो लिम्बूले स्वागत अभिनन्दन गराएकी थिईन ।

संघका उपाध्यक्ष ज्ञान बहादुर गुरुङको स्वागत तथा महासचिव प्रल्हाद लिङ्देनको सञ्चालन कार्यक्रम सम्पन्न भएको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले भन्नू भयो "नेपाल आदिवासीजनजाति महासंघ द्वारा संवन्धन प्राप्त  “Indigenous Peoples’Right to Education” भन्ने अन्तराष्ट्रिय नारालाई अनुशरण गरी स्थापित महासंघले विभिन्न समाजिक अवधारणा बोकी स्थापित संघ, संस्था, संगठन संग एकता, समन्वय, सहकार्य आपसी सद्भाव बाँड्दै आएकोमा उत्साहित भएको बताउँदै भने, वर्तमान परिपेक्षमा आदिवासी जनजातिका विभिन्न मुद्दाको भ्रम फैलाई रहेकोले जनचेतनामूलक, अन्तरक्रिया, कार्यक्रम आवश्यकताको महसुल भएको बताए ।

अन्तराष्ट्रिय मानवअधिकार ऐन कानुन संबन्धित दस्तावेज ILO -१६९ तथा संयुक्त राष्ट्र संघीय घोषणा पत्रका बारेमा प्रष्टायाउँदै २२ औं आदिवासी दिवसले सम्पुर्ण मानव जगतमा प्रति शान्ति समृद्धि सु-स्वास्थ्य तथा दिर्घायूको कामना गर्दै स्वागत तथा शुभकामना दिए ।

मन्तव्यकै क्रममा वक्ताहरूले आ-आफ्नो धारणा राख्दै नेपाली आदिवासीजनजातिको सवालमा कुनै पनि धर्म वा राजनैनिक आस्थावान रहेता पनि संघियता, पहिचान न्याय, अधिकार, भौगोलिक विविधताको मुद्दामा स्वाधीनताको लागि सबै एकजुट हुनु पर्ने धारणा राख्दै, महासंघको भावी कार्ययोजना प्रति सदैव साथ, सह्योग, समर्थन रहने प्रतिबद्धता गरेका छन् ।

शुभकामना मन्तव्यको क्रममा विशेष अतिथि गुरुङले भन्नू भयो विगतमा भए गरेका घट्नाको समिक्षा गर्दै, कम्जोर पक्षलाई केलाउदै अघि बढे मात्र लक्ष्यमा पुगिने बताउनु भयो ।

शासन, शक्ति र राज्यसत्तालाई मुट्ठीमा राख्ने एकात्मक व्यवस्था विरुद्ध हाम्राे यो मुक्तिको अन्तिम लडाई लड्नु पर्ने धारणा राख्दै सभाध्यक्ष राईले भन्नू भयो आदिवासीजनजातिको मामिला हेर्ने कार्यदलको पहिलो बैठक ९ अगष्ट १९९४ देखि औपचारिकता पाएको जानकारी गराउँदै विविध विषयमा बताउनु भएका उहाँले २२औँ विश्व आदिवासी दिवस कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन उपस्थित सम्पुर्णमा आफ्नो ब्याक्तिगत तर्फबाट एवं महासंघको तर्फ विशेष धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दै सम्पन्न गरेको छ ।

पुर्व मन्त्री तथा नेपाल मगर संघका पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको निधन ।



काठमाडौं, ११ भदौ ।
पुर्वमन्त्री तथा नेपाल मगर संघका पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको निधन भएको छ । राजधानीको पुरानो बस पार्क अगाडी २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यतिबेला देखि नै अचेत अवस्थामा रहँदै आएका थिए ।
न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपाङ्गीको शनिबार राती १० बजेर २२ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी गराउनु भएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी मगर पछिल्लो समय जनजाति नेता बनेका थिए । उनले हजारौं गोरे खपाङ्गीहरु जन्माई देशका कुनाकाप्चामा आफ्ना विचारहरु फैलाएका थिए । उनको विचार र भनाईहरुमा मन्दमुग्द नहुने मान्छेहरु साहायद कमै हुन्थे । अहिले उनले रुपेका विउँहरुले नेपालमा फल लाग्ने क्रम जारी छ तर फल नै चाख्न नपाई उहांले मृत्युवरण गर्नुपरेको छ । आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका खपाङ्गीले पछिल्लो समयमा लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए ।
तीन वर्षदेखि उपचाररत रहँदा निकै आर्थिक समस्या झेल्नु परेको थियो । जनजाति समुदायको आर्थिक सहयोगमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । राजधानीकै, अन्नपुर्ण अस्पताल, नर्भिक र पछिल्लो समय न्युरोमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उनको उपचार भईरहेको थियो । खपाङ्गीको परिवारमा श्रीमती सहित, दुई छोरी र दुई छोरा रहेका छन् ।
स्थायी घर महोत्तरी रामनगर रहेका खपाङ्गी स्वच्छ र स्थापित नेता थिए ।

Friday, 26 August 2016

पाँचौं मिस यू.के.प्रतियोगिताको उपाधि टेनिसा राना मगरको पोल्टामा



पाँचौ मिस यूके प्रतियोगिताको उपाधि राना मगरको पोल्टामा

कृष्ण सारू मगर
लन्डन– २६ अगष्ट मिस यूके नेपाल २०१६ को फाईनल गत २१ आईतबारका दिन अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा सम्पन्न भएको पाँचौ मिस यूके प्रतियोगितामा टेनिसा राना मगरले मिस ब्युटी वीथ परपोज सहित मिस ट्यालेन्ट टाइटिल उपाधि चुम्न सफल भएकी छिन् ।
पोखरा स्थायी घर भएकी भूपू ब्रिटिस गोर्खा सैनिक अवकास प्राप्तका सुपुत्री राना मगर गएको २००६ देखी यूकेमा रहँदै आएकी छिन् । कोरियोग्राफरको निर्देशन बमोजिम आफुले पनि धेरै मेहनत गरेकोले  उपाधि चुम्न सफल भएको बताइन् । रानाले भनिन ‘म यति उत्साहित छु, वर्णन गर्न पनि सक्दिन’ ‘अबको समय म च्यारिटीमा लगाउनेछु ।’ क्विनम्यारी विश्वविद्यालय लन्डनमा मेडिसिन विषय अध्ययनरत रानाले आफूमा थप आत्मविश्वास  बढेको बताइन् ।
इभेन्ट एण्ड आइडियाजले गरेको उक्त प्रतियोगितामा फस्ट रनर अप भइन्�प्रशंङसा लिम्बु । प्रशंङसाले मिस पर्सनालिटी र मिस क्याटवाकको समेत उपाधि जितेकी छन् । त्यसैदगरि, सेकेन्ड रनर अप भइन् बिभिया श्रेष्ठ । बिभियालाई मिस पब्लिक च्वाइस उपाधि समेत मिलेको छ । ओपनिङ सिक्वेन्समा आकर्षक नृत्य सहित प्रस्तुत भएका सुन्दरीहरुले आ-आफ्नो परिचय दिएका थिए । सहभागीले आ-आफ्नो मौलिक पहिचानको पोषाकमा साँस्कृतिक प्रस्तुत भएका थिए ।

कमल भण्डारी, प्रसुना कंडेल, गौमाया गुरुङ, डा. प्रियम्बडा पौडेल, एकेन्द्र गुरुङ र राष्ट्र �राई र नरेश खपांगीमगरले उक्त प्रतियोगिताको निर्णायक भुमिका निर्वाह गरेका थिए ।

प्रमुख अतिथी लन्डन स्थित नेपाली दूतावासका महामहिम का.बा. राजदूत शरदराज आरन, गैर आवासीय युरोप संयोजक कुल आचार्य, यूकेका अध्यक्ष मुछेत्र गुरुङ, आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङले प्रतियोगिताको विजयीलाई बधाई तथा शुभकामना दिए ।

उक्त कार्यक्रममा विभिन्न विधाका स्थानिय कलाकारहरूले साँस्कृतिक प्रस्तुतिले उपस्थित सम्पुर्णलाई भरपुर मनोरञ्जन दिएको थियो ।

२० वर्षीया टेनिसा लन्डन मेट्रोपोलिटन युनिभर्सिटी यूकेमा मेडिसिनमा डिग्री गर्दै छिन् । पोखराकी टेनिसाको उचाई ५ दशमलव ६ इन्च रहेको छ । उनलाई अभिनेत्री प्रियंका कार्की लगायतले ताज पहिरिएकी हुन् । कार्यक्रम स्थलमा आवश्यक पर्ने विविध सामग्रीको व्यवस्थापनमा सपन इन्टरटेन्मेन्टले गरेको गैर आवासीय नेपाल संघ यूके उपाध्यक्ष, नेपाल मगर संघ केन्द्रीय समिति यूरोप/अमेरिका संयोजक समेत रहनु भएकी मगर महिला संघ यूके कि सल्लाहकार शान्ति कुवर थापा मगरले गुम्बेली खवरलाई जानकारी दिनु भएको छ ।

कतार सरकारले तीन महिनाको लागि आममाफी सुबिधा दिने ।



कतार सरकारले तीन महिनाको लागि आममाफी सुविधा दिने

कृष्ण सारू मगर
दोहा कतार २६ अगष्ट कतार सरकारको आन्तरिक मन्त्रालयले गत बुधबार सूचना जारी गर्दै गैर कानुनी ढंगले कम्पनी छाडेर अबैधानिक रूपमा श्रम गर्दै बसेका आप्रबासी श्रमिकको हकमा अब बिना सजाय आ-आफ्नो देश जान पाउने वातावरण आममाफी आउदो १ सेप्टेम्बर देखि १ डिसेम्बर सम्म तीन महिना सम्मका लागि खुल्ला रहने जनाएको छ ।

विभिन्न कारणले संवन्धित कंपनी बाट भागेर अवैधानिकरुपमा श्रम गर्दै आएका नेपाली लगायत अन्य देशका नागरिकहरू आफमाफीको प्रतिक्षामा थिए । आममाफीको लागि विभिन्न एसियाली देशका दूतावासहरुले कतार सरकार संग अपिल गर्दै आएका थिए ।

कतार सरकारले २००९ को कानुन अनुक्षेद ४ मा उल्लेखित बमोजिम प्रवेश, गमन, आवासीय र स्पोन्सरसीप अन्तर्गत ऐन कानुनको उलंघन गरी बस्ने आप्रबासी मजदुरको हकमा भएको आममाफीले स्वदेश फर्कनेलाई दुई वर्ष पछि पुन: आउन पाउने व्यवस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

अन्य सामान्य श्रमिकका लागि भने आगामी तेह्र डिसेम्बर देखि नयाँ ऐन कानुन लागू हुने गरि यस अघि नै सार्वजनिक गरेको थियो ।

कम्पनीको (खुरूज पेपर) नभएकै कारणले स्वदेश जान बन्चित भएकाहरुलाई सहजीकरण सुबिधा, प्राप्तिका लागि आफू संग भएको आवश्यक कागजपत्र सहित सलवा राजमार्ग नजिकै रहेको (सिआइडी) खोज तथा अनुगमन विभागमा पुगेर उक्त सुविधा उपलब्ध हुने ब्यहोरा सुचित गरेको छ । यो सुविधा लिनका लागि दैनिक दुई सय भन्दा बढी पुग्ने गरेका छन् । श्रोतका अनुसार आन्तरिक मन्त्रालयले
आममाफीको यो अवसर बाह्र वर्ष पछि खुलेको हो ।

यस अघि २१ मार्च देखि २० जुन सम्म २००४ मा खुल्ला गरिएको थियो । उक्त समयमा अवधी भने थप गरिएको थिएन । त्यस तीन महिनाको अवधिमा छ हजार भन्दा बढी अवैधानिक रूपमा बसेका आप्रवासी मजदुरहरू स्वदेश फर्किएका हुन् ।
त्यस बेला कतारको जनसंख्या छ लाख पचास हजार जनंसख्या बाट बढेर हाल करिब पच्चीस लाख पुगिसकेको छ ।

झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब तीन लाख पचहत्तर हजार नेपालीले आवासीय अनुमति लिएर बसेका छन् । कतारको ऐन कानुनलाई अवज्ञा गरि बसेकाहरूको तथ्यांक संख्या एकिन नभए पनि करिब पन्ध्र देखि बीस हजार सम्म रहन सक्ने आँकलन गरिएको छ । लामो समय पश्चात् खुलेको यो अवसर बाट धेरै श्रमिककोहरूले प्रतक्ष लाभ लिने अपेक्षा गरिएको छ ।

गैर कानुनी रूपमा रहेका नेपालीहरुलाई स्वदेश जानको लागि दैनिक बीस/तीस जनालाई सहजीकरण सिफारिस सुविधा उपलब्ध गरेको नेपाली दुतावासले जनाएको छ ।

Thursday, 25 August 2016

त्रिशुलीमा बस खस्दा २० को मृत्यु १७ घाइते ।



चितवन । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ ५कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

करिव बिहान ५ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो।
घटनास्थलबाट चितुवानका एसपी बसन्त कुँवरले दिएको जनकारी अनुसार २० जनाको शव बसबाट बाहिर निकालिएको छ। १७ घाईतेलाई उद्धार गरेर उपचारको लागि भरतपुर पठाइएको केहीको अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ ।

स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।बसको केही भागमात्र नदीबाहिर देखिएको थियो।विहिबार ५ बजे गौरबाट लोकसेबाको परिक्षा दिन पोखरा हिडेका थिए । बसमा करिव ४० को संख्यामा सवार रहेको अनुमान प्रहरीले गरेको छ ।

जिल्लाका विधालयलाई पाल्पाली समाजले अक्षयकोष वितरण अभियान थाल्यो ।



 जिल्लाका विधालयलाई पाल्पाली समाजले अक्षयकोष वितरण अभियान थाल्यो
कृष्ण सारू मगर
यूएई २५ अगष्ट २०१६

"एक्काइसौं सताब्दीको आवश्यकता सीप र ज्ञान ! यूएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान !!" मुल नाराका साथ, शिक्षा मानिसको तेस्रो आँखा हो आजका बालक भोलिको कर्णधार चम्किला तारा हुन भन्ने उद्धेश्यका साथ पाल्पाली समाजले सिलुवा-२ अन्तर्गत पर्ने तामाखानी स्थित श्री अकला निमावि बाट पहिलो चरणको अक्षयकोष हस्तान्तरण कार्यक्रम अभियान आरम्भ गरेको छ ।
गृह जिल्लामाका विभिन्न ६० गाविसका ती गरिब तथा जेहेन्दार विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै विधालयलाई वार्षिक कार्ययोजना अन्तर्गत अक्षयकोषका लागि पाल्पाली समाज युएईले सिलुवा गाविस २ तामाखानीमा पर्ने श्री अकला निमाविका प्रधानाध्यापक तथा स्कुल व्यबस्थापन समितीका अध्यक्षलाई ब्याक्तिगत एक थान ल्यापटप सहित कोषले छुट्याइएको पच्चीस हजारमा पाँच हजार थप गरि नेरू- तीस हजार रकम समाजकी उपाध्यक्ष ओम कुमारी खाँणले २३ अगष्ट मंगलबारका दिन विधालयमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।
रोजगारीको शिलशिलामा युएई स्थित रहनुहुने सम्पुर्ण पाल्पावासीहरूमा यस अभियानको अभिन्न अंग भै ऐक्यबद्धता जनाउन विशेष आग्रह गर्दै महासचिव वेद प्रसाद अर्यालले सबैमा हार्दिक अपिल समेत गर्नु भएको छ ।
समाजको विविध गतिविधिहरुलाई संचार माध्यम द्वारा सम्प्रेषण गरि प्रतक्ष सह्योगको गर्नु भएकी सीता डोटेल प्रति विशेष धन्यवाद दिएका छन् । प्रतक्ष वा अप्रत्यक्ष साथ दिनु भएका साथै यस अभियानमा आर्थिक, भौतिक, नैतिक एवं वैचारिक साथ, सह्योग प्रति समर्थन जनाउँनु हुने सह्योगदाताहरू एवं विशिष्ट ब्यक्तित्वहरू लगायत अहोरात्र खटेर लागि रहनु भएका सहयात्री साथीहरूमा ब्याक्तिगत एवं समाजको तर्फ देखि विशेष धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएका उहाँले पहिलो चरणमा सिलुवा-२ अन्तर्गत पर्ने तामाखानी स्थित श्री अकला निमावि बाट आरम्भ भएको अभियानले तत्काल २० वटा विधालयलाई वितरण गर्ने जनाएको छ । लक्ष्य अनुसार बाँकी रहेका अन्य विभिन्न विधालयलाई क्रमशः वितरण गर्ने समाजका अध्यक्ष खुम आले मगरले गुम्बेली खबरलाई जानकारी गराउनु भएको छ ।

Wednesday, 24 August 2016

नेपालकी बुहारी जोया संग सम्बन्धित प्राप्त भएका फोटोहरु ।



बाताबरणको मौनतालाई पनि जोयाको यादले जितिसक्यो अब त.......
किनकी जोया तिमी हाम्रो हर कणमा छौ ।
याद भुलाउने पनि कुनै कोर्स भएको भए,
प्रत्येक परीक्षामा फेल हुने विधार्थी हामी नै हुने थियौं ।
 हामीलाई पास हुने मन पनि छैन,
तिम्रो यादलाई भुलेेर......






















"क्या राम्री पुतली" गीतिएल्बम बजारमा आयो ।



“क्या राम्री पुतली” गीतिएल्बम बजारमा आयो

काठमाडौँ भदौ -८ हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको आगनले श्रोता तथा दर्शक बृन्दमा उत्साह उमंग त छाएको छ नै कलाकारहरुलाई पनि उत्तिकै तिजको चटारोले छोडेको छैन । दिनहुँ तिज गितहरु निरन्तर आउने क्रम रोकिएको छैन । गायक मोेतिराज खनाल र जिवन बाबु श्रेष्ठले क्या राम्री पुतली नामक तिज गित बजारमा ल्याएका छन् । उक्त तिज गीतलाई गत हप्ता युटुब मार्फत सार्वजनिक गरिएको हो ।

नजर गयो टक्कै, मिल्छ जोडि ठ्याक्कै, क्या राम्री पुतली छम्म छम्म नाची बरिलै यस्तै यस्तै रमाइला शब्दहरुलाई समेटेर खनालले अत्यन्तै रमाइलो तिज गीत बजारमा ल्याएका छन । गायक खनालको लय तथा शब्द संकलनमा रहेको उक्त गीतमा गायक खनाल, गायीका पूर्णकला बिसी र गिता पराजुलीले स्वरमा साथ दिएका छन् ।

जिवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा बब्बु थापा र अनु शाहको अभिनय रहेको छ । दुर्गा पौडेलको छायांकन तथा अर्जुन पोखरेलको सम्पादन रहेको म्युजिक डटकमले बजार व्यवस्थापन गरेको हो । क्या राम्री पुतली नामक गीति एल्वम तिज गीतलाई युट्युबमा श्रोताहरुले निकै नै मन पराएको कुमार "अविरल" पन्थीले गुम्बेली डटकमलाई जानकारी गराएका छन् ।

Tuesday, 23 August 2016

कति ठाउँमा अन्धविश्वासका कारण महिनावरी हुँदा अझै फोहर गोठमा नै बस्न बाध्य ।



महिनावरी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु पर्यो कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान छुईप्रथा न्यूनीकरण गर्ने अभियान सोही गाविसमा चलिरहँदा बाहिर सरेकी कमलाले चार÷पाँच रात बिताउन आफ्नो भन्दा अर्काको पशुचौपाया राख्ने गोठ चाहार्न बाध्य हुनुपयो । पूर्णिमा तिथि नजिक आएको भन्दै वरिपरिका छिमेकीले छुई भएको बेला घरको जग नछुन भनेपछि रात बिताउन अर्काको गोठ चाहार्न बाध्य भएको कमलाले बताइन् ।
“यसभन्दा पहिले आफ्नै गोठमा सुत्थें तर औँंसी पूर्णिमाका बेला समाजको डरले अर्काको गोठमा सुत्न जानु प¥यो, तैपनि सबैले आफ्नो गोठमा सुत्न दिन सहजै मानेनन्,” उनले दुःख पोखिन् ।
एक्काइसांै शताब्दीमा पनि कमला झै यहाँका सबै महिलालाई समाजले ‘मध्ययुगीन’ सभ्यताको दास महिलाका रुपमा प्रस्तुत हुन बाध्य बनाएको छ । यो पटक छाउ हुँदा कमलाले अर्काको गोठमा सुत्नु प¥यो । छिमेकीले दिने अपजस र भनाइबाट उन्मुक्ति पाउन घरको गोठ छोड्नु परेको पीडा उनले व्यक्त गरिन् । छिमेकीले पूर्णिमा नजिक आएको बेला छुईछुतो हुँदा देवता रिसाउने भनेपछि बासका लागि अर्काको गोठ चाहारेको उनको भनाइ छ । उनी भन्छिन्, “पूर्णिमा नआएको भए मेरै गोठमा सुत्थें, तर अहिले एक वर्षको छोरासहित अर्काको गोठमा बस्न बाध्य हुनु पर्यो । यसको मूल कारण नै अन्धविश्वास, अशिक्षा र परम्परागत सोचमा परिवर्तन आउन नसक्नु हो ।”
पशु चौपाया बस्ने गोठमा सुत्ने कमला एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै कर्णालीका सयौं महिला यो पीडाबाट ग्रसित छन् । विशेषगरी, गोठमा सुत्नु हुँदैन, प्रजनन् स्वास्थ्यदेखि अन्य समस्याले महिलाको जीवनमा ठूलो अप्ठयारा आइलाग्छन् भन्ने तालिम लिई ज्ञानगुनका कुरा सिकेका महिला स्वयम्सेविका तथा थुप्रै तालिममा सहभागी भएका महिला अगुवा नै छाउगोठमा बस्दै आएको स्थानीयवासी बताउँछन् ।
एक वर्षको छोरासँगै गोठमा सुत्दै आएकी कमला तीन बच्चाकी आमा हुन् । उनी अहिले २४ वर्षकी भइन् । गरिबी र अशिक्षाका कारण उनले १६ वर्षमै विवाह गर्न पुगिन् । सात वर्षमै एक छोरा र दुई छोरी जन्माएकी उनी शारीरिक रुपले स्वस्थ पनि छैनन् । उनका अनुसार महिला जति कमजोर भए पनि छुई हुँदा गोठमै सुत्नुपर्छ । नभए केही अशुभ घटना घट्दा छुईछुतोको आरोपमा कष्टकर जीवन जीउनुपर्छ । विद्यमान कुप्रथाका कारण गाउँका सबै महिला अहिले पनि छुई हुँदा पशुवस्तु रहने फोहर गोठमा बस्न बाध्य छन् ।

Monday, 22 August 2016

शान्ति राज राई (बाम्बुले) ले दाजु जीवनलाई लेखेको पत्र ।



शान्ति राज राई "वाम्बुले" जीवन दाईलाई लेखेको पत्र ।

सकुशल हुनुहुन्छ होला सकुशलताको कामना गरे ।
आदरणीय जीवन दाई, खै म कसरी सुरु गरु यी पत्रका हरफहरु मैले तपाईको विविध विषयमा नजानेर अनेक सब्दहरू प्रयोग गरेको थिएँ त्यसैमा हजुर प्रति एक भाईले अन्जान बाट भएको ट्रुटीका लागि तपाईं प्रति हृदय देखि नै क्षमा प्रार्थी छु ।

यो मानेमा कि माफी चाहन्छु की एउटा मानव भएर मानवता ब्याबहार सम्बोधन गर्नु पर्नेमा आवेगमा आएर केही शब्दहरू ट्रुटीपुर्ण र अलि नै असन्दार्भिक थियो । अब बिषय तिर लागौ नेपाल एउटा यस्तो देश हो । कागले कान लग्यो भन्दैमा कानै नछामी त्यस्को पछाडि दौडने नेपाली प्रबृत्तिले बारम्बार दु:ख पाई रहेका छौ त्यो धुर्व सत्य हो । त्यसैको सिकार भईन नेपाल आमाकी बुहारी हाम्री प्यारी जोया भाउजू र तपाईंले प्रत्यक्ष बेहोर्नु पर्यो ।

मैले भाउजुलाई लेखेको चिठिमा स्पष्टीकरण ढंगले तपाईंको बारेमा लेखेको छु । किन कि त्यहाँ तपाईंको कुनै उपस्थितिको माग गरिएन सोधपुछको आवस्यकता पनि तर, मलाई त्यतिनै बेला मन भित्र लागेको थ्यो "दालमे कुछ काला हे" पक्कै पनि फिलिपिनी विदेशी नागरिक जोया नेपाल आउनु चानचुने कुरा पनि थिएन ।
ऊनि तपाईंको साच्चिकै प्रेममा पर्नु भयो होला त्यो भगवान जान्ने कि तपाईं दुइले जान्ने कुरा हो । तपाईंले अहिलेको निकै चर्चामा रहेको  "खासखुस" नामक टेलिश्रृखला त सायद हेर्नु भएकै होला ?
जुन केशमा साच्चिकै तपाईंहरु विचमा भएको घटना संग मेल खान्छन् त्यहाँ एउटा यस्तो दृश्य समावेश गरिएको छ जुन दृश्यको सम्बादले मलाई पनि यहि कुरा लागू भएको आभाष खड्किएको छ ।

तपाईंको समर्थनमा आएको लेखहरु हेरिरहेको छु केही सत्य र केही कपोकल्पित फिल्मका दृश्य जस्तै छन । तपाईंले सामन्य वादविवादका कारण देखाउँदै जोयालाई एउटा आदर्श गृहका उच्च पदाधिकारीले विभिन्न सान्त्वना देखाउँदै लगेको तपाईंलाई लिन जाँदा तपाईं र ती बृद्ध आमाले विभिन्न धाक, धम्की तथा आरोप खेप्नुपरेको आदि आदि यस्तै दुखेसो पोख्नु भएछ ।

यी विविध वाधा अवरोध समस्याका बारेमा तपाईंको निजि फेशबुका संजालमा किन लेख्न सक्नु भएन ? जोया भाउजुले जाँदा जाँदै, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट मन भरी विछोडिएको पिडालाई सम्हाल्दै Take Care You & ur Mum साथै, आफ्नो स्टाटुसमा "मलाई नसोध म कोहु भनेर नेपालको चन्द्र सुर्य छापमा औठा छाप लाको तस्बिर पोस्ट गर्नु भएको छ । साच्चिकै उहाँमा तपाईं र नेपाली प्रती माया थिएन भने यसो गर्नु हुन्नथ्यो नै होला ? जति नै पतिको विकृति विसंगति भए पनि पत्नीलाई माया हुन्छ त्यसै गरी जतिनै पत्नीको विविध समस्याहरू भए पनि आफ्नो पतिलाई माया हुन्छ । त्यसैगरी तपाईंका ती अवोध दुई बच्चाको अविभावक भै सक्नु भएको छ । जोया भाउजुले भने जस्तै तपाई जतिनै दुर्व्यसनी भएनी आफ्नो रगतको माया तपाईंकै मनमा होला त ? त्यसैले त त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट आफ्नो माईतीदेशको यात्रा तय गर्नु पुर्व निकै भावनात्मक मुद्रामा Take Care u & ur Mum हृदय स्पर्सी सब्द सायदै मैले सिकाई रहनु पर्दैन त्यो तपाईंकै मनमा पनि बितिरहेको होला ? यी भावना तिर नबगी यो चिठी लेख्नुको आसय तिर जाऔ । तपाईंहरु जस्तै पीडितको मलम लाउन र छिटो र छरितो एक अर्कालाई नजिक बनाएको समाजिक सञ्जाल बाटै म भन्न चाहन्छु ।

तपाईं एउटा प्रदेश नम्बर १ को स्थाई नागरिक  र मेरो छिमेकी जिल्ला सोलुखुम्बुको हुनुहुदो रैछ । म छिमेकी जिल्ला मात्रै नभै, तपाईंलाई एउटा भाइको नाताले पुर्ण सहयोग गर्न तयार छु र सारा नेपाली जनता तैयार छन । किनकि जस्ले जे भनेनी जोया भाउजू माथी अन्याय भएको छ । जोया भाउजुले न्याय पाउनु नै तपाईंको जित हो न्याय यो अर्थमा नि हुन्छ किनकि ती दुई अबोध बालक नेपाली हुन उनिहरुले नेपाल सरकार बाट पाउनु पर्ने सेवा सुबिधा संगै न्याय पाउनु पर्छ । त्यो हामी र हाम्रो समाज दिलाउन तैयार छौ ।

म यो चिठी लेखेर मात्रै बस्ने हैन वर्तमान परिपेक्षमा भन्नू पर्दा न्याय, पहिचान र अधिकारका लागि संविधान संसोधनका लागि गाउँ बस्तिका नागरिकलाई जागरूकता संगै सचेतना जगाउँदै परिवर्तनका लागि संघर्षरत छौ । यो उदघोष पनि भयो साच्चिकै आदर्श गृहले त्यो गम्भीर भुल गरेको हो भने यो देसको लाखौ सचेत युवाहरू बाट तिरस्कृत हुने निश्चित छ ।

विभिन्न पटक भएको संघर्ष त्याग बलिदानले नै देशमा परिवर्तनको लागि चल्दै आएको देश हो । राणा, पञ्चायत, निर्दल, बहुदल, राजा जो जो जनताको विरुद्ध आए जनताले सबैको अन्त्य गरेको ईतिहास साक्षी छ । अन्तत आदर्श गृह पनि अछुतो नरहला ? अरु कुरा नगरौ हाम्रो मानव स्वाभाव नै बन्यो अरुको गल्तिमा न्यायाधीश बन्ने र आफ्नो गल्तिमा वकिल बन्ने । अरु धेरै कुरा गरेर यी चिठिको हरफ लम्ब्याउनु भन्दा साच्चिकै पीडामा छौ र तपाईं माथी अन्य भएको छ भने हामी लाखौ न्याय प्रेमी जनता हरु तपाईंको पक्षमा छौ ।  आउनुस खुल्ला हृदयले तपाईंको स्वागत र तपाईंको न्यायको लागि हामी जस्तोसुकै सहयोग र संघर्ष गर्न तयार छौ ।

        उहीँ तपाईंको अपरिचित भाइ शान्ति राज राई "वाम्बुले"                               ओखलढुंगा मोलि ९,
                                  हाल - भक्तपुर

नेपाल मगर संघ केन्द्रिय समितिबाट जीवन थापा मगर र जोयाको बारेमा अनुसन्धान हुँदै ।




विश्वव्यापि जीवन थापा मगर, जोया र दुई नावालकहरुको चर्चा परिचर्चा भएसंगै विभिन्न व्यक्तित्वहरु र संघ सस्थाहरुको ध्यानानार्षण हुने क्रम जारी छ । यसै क्रममा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगरले पनि जीवन थापा मगर र जोयाको बारेमा सत्यतथ्य छानविन गरिनेछ भन्दै फेसबुकमा यस्तो स्टटस लेख्नुभएको छ ।

"जीवन थापा मगर र जोया काण्डको सवालमा नेपाल मगर संघको गंभीर ध्यानाकर्षण भएको र घटनाको यथार्थता बुझ्न संघले कदम थालनी गरीसकेको सम्पूर्ण शुभ चिन्तकहरूमा जानकारी गराउदै मगर समुदायको नेपाली रगत देश निकाला गर्नेहरूले सही जवाफ दिनु पर्नेछ । आदर्श नामक संस्था र संबन्धित कुनै पनि निकाय जवाफको लागि तम तयार भएर बस्दा हुन्छ । जुनसुकै दोषी कानुनको दायरामा आउनु पर्ने हुन्छ ।"
                           नवीन रोका मगर
                                  अध्यक्ष
                  नेपाल मगर संघ केन्द्रीय समिति
                              ९८५१०६४१९६

Sunday, 21 August 2016

जोया र दुई नावालकलाई फिलिपिन्स पठाउनुमा जिवनको कुनै गल्ति नरहेको खुलासा ।



एम बर्तमान राना/भाद्र ५, काठमाडौं ।
फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जीबन थापाको सम्बन्ध र जीवन थापालाई लगाईएको आरोपहरु मिडियाहरुले फैलाईएको अफबाह मात्र रहेको पुस्टि भएको छ । उनीहरुको समाचार ब्यापक भए पनि जिबन थापाको बारेमा पुष्ट विवरण भने आएका थिएन । यस बारे डीके मिडिया(दुधकोशी मिडिया)ले खोज तलाश गर्दै जादा जिबन थापाको पुरा नाम जीवन थापा मगर रहेको वहाको स्थायी ठेगाना केरुंग-८, सोलुखुम्बु रहेको थाहा हुन् आएको छ । बिगत ६ बर्ष अघि मात्र कंचनपुरबाट रोजीरोटीको सवालसंगै बसाइ सराई गर्दै चितवनमा अस्थायी बसोबास गर्दै आएको पाईएको छ । बि.स. २०४६ सालमा सोलुबाट रोजीरोटीकै लागि कंचनपुर पुगेको जिबनको आमाले बताएका छन् ।
थापामगर टुहुरा हुनुन्छ । गत २०७२ सालको साउनमा काठमाडौंमा उपचारका क्रममा उनका बुबा बल बहादुर थापा मगर जन्डिसबाट मृत्यु भएको थियो र उहाको अन्तिम काजक्रिया पनि कालोपुल काठमाडौं गरिएको थियो भने थापा र जिया उनका आमा पूर्ण माया मगरसंग चितवन बस्दै आएको थिए । बिगत केहि समयदेखि भने छुट्टै कोठा लिएर जिया र थापा परिवारसंगै बस्दै आएको पाईएको छ । उनीहरुको आर्थिक स्थिति नाजुक भए पनि उनीहरु बिचमा अत्यन्त सुमधुर सम्बन्ध रहेको र एकले अर्कालाई अत्यन्त माया गर्ने पाईएको छ ।

एक दिन बिहान जिया र थापाबीच सामान्य बिबाद भएको पाएपछी यहि बिषयलाई बिबादको केन्द्र बनाएर चितवन स्थित आदर्श संस्थाले जोया लगायत दुई बच्चालाई उठाएर संस्थामा लगेको पाईएको छ । यसरी आफ्नो श्रीमती लगायत बाल बच्चा लगेपछी आफ्नो कोठामा फर्काउन थापा र उसको आमा पूर्ण माया मगर दशौँ चोटी संस्था पुगेको तर संस्थाले कहिल्यै पनि भेट्न नदिएको उल्टै हप्काई दप्काई गरेर फर्काउने गरेको खुल्न आएको छ र मिडियाहरुले अत्यान्तै बिजोक अबस्थामा बाटोबाट उद्दार गरेको भनीए पनि जिया र दुई नाबालकलाई कोठाबाट उठाएर लागिएको खुल्न आएको छ र मिडियामा छाए जस्तो सडकमा बेबारिसे भएको, कयौं दिन देखी भोको राखेको, कुट्ने पिट्ने गरेको, जीवनले ड्रग्स खाने गरेको, पुरै बेवास्ता गरेको भन्ने निराधार हल्ला फैलाईएको देखिएको छ । जुन हल्ला संस्थाले गरेको खुल्न आएको छ ।
“जुन दिन आदर्श संस्थाले बुहारी बच्चा उठाएर लागे त्यस दिन मेरो कामले बाहिर गएको थिए काम सकेर घर आउदा बुहारी र नानीहरु थिएन र जीवनलाई सोधे खै बुहारी नानिहरु ! भनेर सोध्दा निन्याउरो मुख लगाउदै मान्छेहरुले लिएर गए भने पछी म तर्सिए र वरिपरी सोधखोज गर्दा आदर्श संस्थामा लागेको थाहा पाए र तुरुन्तै बुहारीलाई फर्काउन जीवनलाई लिएर संस्थाको कार्यालय पुगे र बुहारी जिया र नानि लिन आएको बताउदा संस्थाका ठुला मान्छेले जोड जोडसंग गाली गरे हप्काए, अब मुद्दा लगाउने, तिमीहरुलाई कारबाही गर्ने भनेर धम्काए । अनि जिया र नानिहरुलाई फर्काउन नसकिने भने पछी हामि आमा छोरा निराश भएर घर फर्कियौ ।एक दुइ दिनको अन्तर पारेर बुहारी र नानीहरुलाई भेट्न जान्थ्यौ तर संस्थाले कहिल्यै भेट गर्न दिदैनथ्यो । हो हामि गरिब छौ, तर बुहारी र नानीहरुलाई एक छाक खाना, लाउन र माया स्नेहमा कहिल्यै कमि थिएन । खै किन यस्तो गर्यो ? आमा पूर्ण माया मगरले टेलिफोनमा बताए ।

उनले भने “हाम्रो स्थायी ठेगाना सोलुखुम्बु, अनि अस्थायी बसाई चितवन, अनि सरकारी प्रक्रिया नबुझ्नको कारणले नानीहरुको जन्म दर्ता, नाता प्रमाणित, बिबाह दर्ता, तथा नागारिकता बनाउन सकेनौ तर उनिहरुसंग त हाम्रो रगतको नाता कायम भईसकेको छ त्यो त हाम्रो आँखाले हेर्न सक्छौ नि ! यहि कमजोरीमाथि टेकेर हाम्रो सन्तानलाई आज त्यो आदर्श संस्था र प्रसासनले अबैधानिक ठहर्याउदै टाढा पुर्यायो । बिदा हुने दिन जोया र जीवन लामो समय अंकमाल गरेर धेरै रुए, आशु झारे तर हामि त निरिह भएर हेर्न बाहेक केहि गर्न सकेनौ । बरु उल्टै मानसिक तनाब डर धाक धम्कि खेप्यौ । त्यो आदर्श संस्थाले म र छोरालाई बारम्बार भन्थ्यो- काम हुन लाग्यो ७/८ लाख क्षेतीपूर्तिको लागि तयार गर्नु नत्र कारबाही होला । तनाब हुन्थ्यो कहाँबाट ल्याउनु होला त्यत्रो पैशा ! निद्रा लाग्दैनथ्यो ..म छोरालाई गालि गरि रहन्थे.. जिबन पनि रुन्थे” आमाले भने ।

यसरि यी सम्पूर्ण घटना हेर्दा नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता नभएकै कारण नेपालको बसाई अबैधानिक भएको ठहर गर्दै लामो समय लगाएर संस्था र प्रसासनले फिलिपिन्स एम्बेसीसंग पत्राचार गरि खर्च झिकाएर जोयालाई उसको परिवारबाट छुटाएर देश निकाला गरेको देखिन्छ । यहा प्रश्न उब्जन्छ किन प्रसासनले त्यत्रा दुइ दुइ बच्चा हुदा हुदै पनि तिनलाई नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता लगायतका आधिकारिक कागजातका लागि पहल गरेन ? त्यो संस्था र प्रसासन माथिको गम्भीर प्रश्न हो । आउनुहोस एक जुट हौ कि अन्यायमा परेको जिबन थापा मगर र उनको परिवारको न्यायको लागि आवाज बुलुन्ध पारौ ।

अहिले ज्यादै सामाजिक संजालमा गालि र भौतिक कारबाहीको चेतावनी आए पछी डरले जिबन भारत पुगेको छ र सम्पर्क भएमा उसको बिस्त्रित खबर निरन्तर तपाईहरुको माझ पुर्याउने छौ __
(थप अझ प्रस्ट हुनका लागि जीवन थापाको आमा पूर्णमाया मगर ९८१९२४७२८६ र मामा कामे मगर ९८५११९१०७१ मा कल गर्न सक्नु हुनेछ)