१८ अगष्ट २०१६ दोहा, कतार
नेपालमा आन्दोलनरत २९ दलिय संघीयवादी, पहिचानवादीहरुको गठबन्धनको संयुक्त मोर्चालाई आधार मान्दै संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार) र राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति (जनमुक्ति मंच कतार) ले संयुक्त गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त तीन वैचारिक संगठनहरुद्धारा १८ अगष्ट २०१६ मा संघीय संयुक्त मंच कतार गठन गरिएको छ ।
संयुक्त संघीय मंचले आगामी दिनहरुमा संघीयता र पहिचानको पक्षधरहरुमा वैचारिक संगठन, संघसस्था तथा व्यक्तिहरुलाई समेत आवद्ध गराउने र आवश्यतानुसार संयुक्त कार्यक्रमहरु प्रवासमा पनि गर्दै लैजाने गरी यो संघिय संयुक्त मोर्चा गठन गरिएको हो । नेपाली संघीय समाज कतारको अध्यक्ष चन्द्रसेर राईको संयोजकत्वमा संघीय लिम्बुवान सामाजिक मंच कतारको अध्यक्ष नरेन्द्र एभेङ लिम्बु सहसंयोजक, जनमुक्ति मंच कतारका अध्यक्ष राज खम्बु सहसंयोजक, लिम्बुवान सामाजिक मंच कतारको महासचिव तिलविक्रम थेवे प्रवक्ता, नेपाली संघीय समाज कतारबाट प्रमोद श्रेष्ठ, हिराधन राई, गणेश राई, डीएन मगर संघीय लिम्बुवान सामाजिक मंच कतारबाट रेखा राई, डम्बर लिबाङ, जनमुक्ति मंच कतारबाट रामकिरण तामाङ, बुद्ध मगर र सहविर थापा मगर सदस्य रहेको संयुक्त मोर्चा संघीय संयुक्त मंच गठन गरिएको छ ।
आदिवासी जनजातीहरुलाई अल्मलाउन खोज्ने, संघीयता र पहिचानको खोल ओढेर अनेक बहानाबाजी गर्दै संघियता र पहिचानको विरोध गर्ने, संविधान संशोधन गर्न नचाहने केही आदिवासी जनजातिहरु र नश्लवादी प्रवृतिका व्यक्तिहरु नेपालदेखि प्रवाससम्मै रहेकाले यस्ता प्रवृतिदेखि सचेत र होसियार रहदै सम्पूर्ण न्यायप्रेमी संघीयता र पहिचानको पक्षधरहरु अव नेपालदेखि प्रवाससम्मै ऐक्यवद्ध भएर यस्ता तत्व, प्रवृति र अनुहारहरुको घोर निन्दा र भण्डाफोर गर्दै प्रवासमा समेत एकढिक्को रहन सबैमा अनुरोध गरिएको छ ।
साथै वर्तमान सरकार गठन गर्न २९ दलिय संघीय गठबन्धनसंग भएको ३ बुदे सहमतिको कार्यान्वयन हुनुपर्ने, ७ प्रदेश खारेज भएर राज्य पुनसंरचनामा लिम्बुवान, खम्बुवान, तमुवान, मगरात, नेवा, ताम्सालिङ, थरुहट, खसान, तराई मधेस लगायतका पहिचानजन्य प्रान्तहरु हुनुपर्ने र संविधानमा समेत संबोधन हुनुपर्ने कुरामा २९ दलिय संघीय गठबन्धनसंग ऐक्यवद्धता जनाउदै कुनैपनि किसिमको अलमलबाट आदिवासी जनजाति, मधेसी, सिमांकृत, अल्पसंङ्ख्यक संघीयवादी र पहिचानवादी नेपाली समुदायहरु अव नअल्मलिन समेत अनुरोध गर्दै संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार) र राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति (जनमुक्ति मंच कतार) सम्पूर्ण न्यायप्रेमी संघियता र पहिचान पक्षधरहरुमा अनुरोध गरिएको छ । कार्यक्रम संघिय लिम्बुवान सामाजिक मञ्चका महासचिब तिल विक्रम थेबेले सञ्चालन गर्नुभएको थियो ।
जय संघिय नेपाल !
राज खम्बु
अध्यक्ष
राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति (जनमुक्ति मंच कतार)
नरेन्द्र एभेङ लिम्बु
अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार)
चन्द्रसेर राई
अध्यक्ष
संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार),
No comments:
Post a Comment