कतार सरकारले तीन महिनाको लागि आममाफी सुविधा दिने
कृष्ण सारू मगर
दोहा कतार २६ अगष्ट कतार सरकारको आन्तरिक मन्त्रालयले गत बुधबार सूचना जारी गर्दै गैर कानुनी ढंगले कम्पनी छाडेर अबैधानिक रूपमा श्रम गर्दै बसेका आप्रबासी श्रमिकको हकमा अब बिना सजाय आ-आफ्नो देश जान पाउने वातावरण आममाफी आउदो १ सेप्टेम्बर देखि १ डिसेम्बर सम्म तीन महिना सम्मका लागि खुल्ला रहने जनाएको छ ।
विभिन्न कारणले संवन्धित कंपनी बाट भागेर अवैधानिकरुपमा श्रम गर्दै आएका नेपाली लगायत अन्य देशका नागरिकहरू आफमाफीको प्रतिक्षामा थिए । आममाफीको लागि विभिन्न एसियाली देशका दूतावासहरुले कतार सरकार संग अपिल गर्दै आएका थिए ।
कतार सरकारले २००९ को कानुन अनुक्षेद ४ मा उल्लेखित बमोजिम प्रवेश, गमन, आवासीय र स्पोन्सरसीप अन्तर्गत ऐन कानुनको उलंघन गरी बस्ने आप्रबासी मजदुरको हकमा भएको आममाफीले स्वदेश फर्कनेलाई दुई वर्ष पछि पुन: आउन पाउने व्यवस्था गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।
अन्य सामान्य श्रमिकका लागि भने आगामी तेह्र डिसेम्बर देखि नयाँ ऐन कानुन लागू हुने गरि यस अघि नै सार्वजनिक गरेको थियो ।
कम्पनीको (खुरूज पेपर) नभएकै कारणले स्वदेश जान बन्चित भएकाहरुलाई सहजीकरण सुबिधा, प्राप्तिका लागि आफू संग भएको आवश्यक कागजपत्र सहित सलवा राजमार्ग नजिकै रहेको (सिआइडी) खोज तथा अनुगमन विभागमा पुगेर उक्त सुविधा उपलब्ध हुने ब्यहोरा सुचित गरेको छ । यो सुविधा लिनका लागि दैनिक दुई सय भन्दा बढी पुग्ने गरेका छन् । श्रोतका अनुसार आन्तरिक मन्त्रालयले
आममाफीको यो अवसर बाह्र वर्ष पछि खुलेको हो ।
यस अघि २१ मार्च देखि २० जुन सम्म २००४ मा खुल्ला गरिएको थियो । उक्त समयमा अवधी भने थप गरिएको थिएन । त्यस तीन महिनाको अवधिमा छ हजार भन्दा बढी अवैधानिक रूपमा बसेका आप्रवासी मजदुरहरू स्वदेश फर्किएका हुन् ।
त्यस बेला कतारको जनसंख्या छ लाख पचास हजार जनंसख्या बाट बढेर हाल करिब पच्चीस लाख पुगिसकेको छ ।
झन्डै चार लाख नेपाली कार्यरत रहेकोमा करिब तीन लाख पचहत्तर हजार नेपालीले आवासीय अनुमति लिएर बसेका छन् । कतारको ऐन कानुनलाई अवज्ञा गरि बसेकाहरूको तथ्यांक संख्या एकिन नभए पनि करिब पन्ध्र देखि बीस हजार सम्म रहन सक्ने आँकलन गरिएको छ । लामो समय पश्चात् खुलेको यो अवसर बाट धेरै श्रमिककोहरूले प्रतक्ष लाभ लिने अपेक्षा गरिएको छ ।
गैर कानुनी रूपमा रहेका नेपालीहरुलाई स्वदेश जानको लागि दैनिक बीस/तीस जनालाई सहजीकरण सिफारिस सुविधा उपलब्ध गरेको नेपाली दुतावासले जनाएको छ ।
No comments:
Post a Comment