Wednesday, 31 August 2016

कुवेतमा एक नेपाली बिल्डिङ्गबाट लडेर मृत्यु ।



३१, अगष्ठ २०१६ कुवेत ।
कुवेतमा एक नेपालीको बिल्डिङबाट लडेर निधन भएको खबर प्राप्त भएको छ। बसन्तपुर, कोट गाउँ, तनहुँका ४९ बर्षिय बिरबहादुर गुरुङको ड्युटी गरिरहेकै बिल्डिङको २ तल्ला माथिबाट खसेर निघन भएको हो।
तनहुँका राजन माझीले दिनुभएको जानकारी अनुसार ३ बर्ष अगाडी कुवेत आएका गुरुङ अल समसिया कम्पनीबाट ग्रुप फोर कम्पनीमाको कन्ट्याक्टमा अमेरिकन युनिभर्सिटी अफ मिडलईष्ट ( एयुएम) मा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए। एक्कासी आवाज आएपछी हेर्दा उनी जमिनमा लडिरहेको र कसरी माथिबाट खसे भन्ने कुरा थाहा हुन सकेको छैन।
उनी घर जाने दिनको पर्खाईमा थिए तर कम्पनीले आलटाल गरिरहेको थियो। आज आएर यस्तो भयो उनीसंगै ड्युटी गर्ने मध्यका एकजनाले नाम नबताउने सर्तमा बताए। मृतक गुरुङको श्रीमती र दुई सन्तान रहेको बताईएको छ।


No comments:

Post a Comment