Monday, 15 August 2016
सरकारलाई पनि जीवन थापाको हावाले छोएछ क्यारे....
सपना देख्नु कुनै नराम्रो होइन अनि मन पराउनु र माया गर्नु पनि....विवशता र बाध्यताको खालले गर्दा आज मुटुमा बज्र परिरहेको आभास हुन्छ । खै कसरी शुरुवात गर्ने ?? सम्झदा पनि मन गरुङ्गो भएर आउँछ, लाग्दछ आकाश पाताल नै खसेजस्तै....किन निष्ठूरी भइदिन्छ यो मान्छेको मन ? टोलाउँछु अनि ति अबोध महिला अनि नावालकहरुलाई सम्झन पुग्छु । कति मिठा सपनाहरु सगालेकी थिइन् होलिन् ?? के सोचेकी थिइन के भयो....संसारलाई जितेर मिठो सपनाहरु बुन्ने अभिलाशा बोकेकी थिइन तर ति सपनाहरु सपनामै सिमित भएका छन् । आफ्नो परिवार र देशलाई भन्दा बढि माया र विश्वास जसलाई गरेकी थिईन् आज उसैले कहिल्यै नविर्सने तितो छाप छाडिदिएको छ । सोझो मायाको फाइदा लिदै आफ्ना हरेक इच्छाहरु लुटिरहे...लुटिरहे....तरपनि उनले मायामा यस्ता कुराहरु हुन्छन् भन्ने ठानिरहिन् र हरेक शोषणहरुलाई पनि आत्मसाथ गरिन् । धेरै सहि रहिन्...सहन सम्म......तरपनि धोकेबाज जीवनको मुर्दारुपि शरिरले चेत पाउन सकेन । अन्तत जिउँदो लाश सरि बनाइयो विचरीलाई.....
जीवनले जिन्दगी भर माफ पाउन नसक्ने गल्ति गरिसकेको छ भनेर भनिरहनु पर्दैन, सारा नेपालीहरुले जीवनको गल्ति र जोयाको सहनशिलताको मुल्याङ्कन गरिसकेका छन् । सारा नेपालीहरुले भन्दैछन् नेपाली बुहारीको हक दिलाऊ, हामी नेपाली यति घटिया र निर्दयी छौ भन्ने सन्देश विश्वलाई नदेऊ, नेपाल हाम्रो घर हो, जोया हाम्रो घर को इज्जत हो, आफुलाई एउटा नामर्द, हुतियारा, नेपाली सरकार भनेर नचिनाऊ । नेपाली युवाले गरेको गल्तिको सजाय तेति सोजि नारीलाई नदेऊ, बिचारा ति दुई अबोध बालकहरुको के गल्ती थियो र नेपाली नागरिक बन्नलाई यति धेरै अन्याय गर्यौ । घरको अविभावकले कस्तो संस्कार दिएछन् आफ्नो छोरालाई भन्ने कुरा हो, गल्ती जोया नेपाल आएर भएको हैन, गल्ती त जीवन थापाले गरेका हुन, ऊ बाटै भएको हो ।
उस्ले जोयाको पासपोर्ट च्यातेर फालेका थिए, यसो गर्न हुदैन थियो। कानुनी रूपमा यो सरासर गलत कदम भएको हो । यो घट्ना बाट यति पनि बुझ्न सकिन्छ कि साहायद जीवनले पनि जोया आफू संंगै बसोस् भन्ने चाहन्थे कि ! यदि हैन भने जीवन थापालाई जोयाको माग अनुसारको सजाय मिल्नै पर्छ । ऊ जोयाको पत्नि हुन भन्ने हामिले भुल्नु हुदैन । जोया नेपाल फर्किनै पर्छ यदि आफुलाई दयालु नेपाली सरकार सम्झिन्छौ भने ति नारी र अबोध नाबालकहरु प्रति अलिकता दया, माया र मानवताको बस्त्र ओढाईदेऊ । जोयाको त्याग, वलिदान र सहनशिलतालाई हामीले स्विकार्नै पर्छ । जीवन थापालाई कुलत लागुपद्धार्थ बाट छुटाएको र यु.ए.ई. को जेल बाट निकालेर ल्याएको उनको कामको प्रशंशा कसले गर्ने ??? साँच्चै भन्ने हो भने उद्धारको नाममा जोया र दुई नावालकहरुलाई देश निकाला गरिएको छ । त्यसो गर्नु भूल भएको छ ।
जोयाले आफ्नो मानवता देखाएकी थिईन् । तर किन सरकारले मानवता देखाउन सकेन ? यो विषयमा प्रश्न माथी प्रश्न खडा भइरहन्छ । अलिकता नेपाल सरकारले ध्यान पुर्याउने कि नपुर्याउने ?? गोर्खालीहरु साहसी अनि निडर हुन्छन् भन्ने विश्वलाई थाहा छ तर फेरि यति बुहारी नै पाल्न नसक्ने हुतिहारा ससुरा किन बन्दैछौ सरकार ? हरेक नारी संंग साहस हुन्छ, क्षमता हुन्छ तर त्यहि जीवन थापा जस्ता कुबुद्धि भएका लोग्ने मान्छेहरुले दिएको पिडाकोे कारणले गर्दा कयौ नारीहरु आफुमा लच्किन पुग्छन्, लच्केका हुन्छन् जुन आज निर्दोष जोयालाई भएको छ ।
यदि नेपाल सगरमाथाको देश, अनि बुद्ध जन्मेको देश भनेर विश्वसामु चिनाउनु छ भने जोयालाई नेपाल बोलाउनै पर्छ, फर्काउनै पर्छ । नेपाल हाम्रो घर हो, हामी जनता त्यस घरका सद्स्य हौँ । सरकार भनेको घरको मुल मान्छे हो, गल्ति त हरेक बुहारीहरु बाट हुन्छ, किनकी गर्दागर्दै कुनै वेला दिमागले काम गर्दैन र गर्न खोज्नेहरु बाट नै गल्ति पैदा हुन्छ तर घरको मूल मान्छेले त गल्ति गर्न भएननी । यदि यसरिनै नेपाल सरकार बाट गल्ती हुँदै जाने हो भने हामीले कसरी नेपाली भनेर गर्व गर्ने ? कसरी सगरमाथा को देश भनेर शिर ठाडो पार्ने ? अनि कसरी बुद्ध जन्मेको देश नेपाल भनी आफू मानव भएको महसुस गर्ने ? अझैपनि केही बिग्रेको छैन सरकार ।
आफ्नो घर सुधार्न सकिन्छ, जोयालाई नेपाल फर्काइयोस् चाहे दस औला जोडि हजुर हाम्रो बुहारी फर्काइ दिनुस् भनेर फिलिपिन्स सरकार सङग आफ्नो घर को इज्जत को लागि झुक्न किन नपरोस् ......अनि मात्र मानवता झल्किन्छ। विश्वको इतिहासमा लेखिनेछ, फेरि हामीले नेपाली हौ भनेर गर्व गर्ने ठाउँ रहन्छ, सदा सदा सगरमाथा जस्तै शिर ठाडो हुनेछ, गौतम बुद्ध जन्मेको देश बास्तवमा नेपाल नै हो रहेछ भनेर विश्ले बुझ्नेछ ।
आज देशमा हुनेगरेका हरेक चित्कारहरु सुन्नै पर्छ सरकार भन्दै आम नेपालीहरु एकै स्वरमा रोइरहेका छन् तर सरकार मौन छ । किन मौन छ थाहा छैन ? सहायद उसलाई पनि जीवन थापाको हावाले छोएछ क्यारे........
📝 सम्यक राना मगर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment