Wednesday, 17 August 2016

सम्बन्धमा खटपट भएपछि सोनमको विभत्स हत्या ।



किशोरावस्थामै प्रेम । त्यसपछि आफुखुशी विवाह । अन्तर्जातिय सम्बन्धका कारण परिवारको अस्विकृति । सम्बन्धमा खटपटपछि सम्बन्ध विच्छेद । २१–२२ वर्षकै उमेरमा दुवैको ज्यान गयो । पोखरामा बुधबार दिउँसै स्याङ्जा पौवेगौंडे गाविस वडा नं. २ की सोनम रेग्मीले सम्बन्धमा खटपट भएकै कारण २१ वर्षकै उमेरमा ज्यान गुमाएकी छिन् ।
पूर्वपति स्याङ्जा किचनास गाविस वडा नं. ३ का संजीवबहादुर नेपालीले सोनमको विभत्स तरिकाले हत्या गरेका हुन् । २२ वर्षीय नेपाली र २१ वर्षीया रेग्मीबीच सम्बन्ध विच्छेद भईसकेको थियो । रेग्मी पोखरा ८ चालिसेमार्ग स्थित दामोदर चालिसेको घरमा विगत चार महिनादेखि डेरा गरी बस्दै आएकी थिईन् । बुधबार अपरान्ह पाँच बजेको समयमा रेग्मीको डेरामा पुगेर उनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार युवक एक्कासी आएर रेग्मीलाई कोठाबाहिर निकालेर आँगनमै हत्या गरेका थिए । घाँटी र पेटमा पटकपटक छुरी रोपेर हत्या गरेको देखिन्छ । घटनास्थलमा प्रहरी पुग्दा सञ्जीव सोनमसँगै लडेको अवस्थामा भेटिएका थिए । कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीका अनुसार सोनमको हत्यापछि सञ्जीवले विष सेवन गरेका थिए ।
CRIME SPOT
निलो ब्यागमा सबै डकुमेन्ट थिए । सुसाईड नोट समेत सँगै थियो । दुई ओटा मोबाईल, दुवै जनाको नागरिकता, सम्बन्ध विच्छेदको प्रमाणपत्र र विषको डिब्बा नजिकै थियो ।’– ईन्सपेक्टर अधिकारीले भने– ‘मार्ने र मर्ने नियतले आएको भेटियो । कोठाबाट बाहिरै गेटभित्रको आँगन प्राङणको कुनामा हत्या गरेको थाहा पाउनासाथ हामी पुग्यौं ।’ यद्यपी, प्रहरीले तुरुन्तै सञ्जीवलाई गण्डकी मेडिकल कलेज, नयाँबजार पु¥याएपनि साँझ ६ः१० मा सञ्जीवको पनि विष सेवनका कारण ज्यान गएको छ । अहिले दुवै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याईएको छ ।
स्थानीयका अनुसार सञ्जीव र सोनमले किशोर उमेरमै अन्तर्जातिय विवाह गरेका हुन् । उनीहरुलाई घरपरिवारले स्वीकार गरेका थिएनन् । उनीहरुबीच पनि राम्रो सम्बन्ध थिएन । यसअघि, पटक पटक श्रीमानश्रीमतीबीच प्रहरी कार्यालयसम्मै पुगेर मेलमिलाप गरिएको र केहि महिना अघि मात्रै सम्बन्ध विच्छेद भएको प्रहरीले जानकारी दिएको छ । सञ्जीव दुबई गएर दुई महिनामै फर्केका थिए । सोनम चालिसेमार्गमा डेरा गरी बस्दै आएकी थिईन् ।
SANJIV
सञ्जीवले लेखेको सुसाईड नोटमा पनि सोनमलाई सम्बोधन गरी सम्बन्ध राम्रो नभएको र अब दुबै नरहने उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबीच के कारण सम्बन्ध बिग्रिएको भने खुलेको छैन । तर सञ्जीवले सोनमलाई छाड्न नसक्ने, अन्र्तजातिय कारण सोनमले साथ दिन नसकेको, परिवारको साथ नपाएको कारण नै जघन्य अपराध भएको हुनसक्ने प्रहरीको पुर्वानुमान रहेको छ ।
DEAD BODY
सञ्जीवले सोनमको हत्या गर्दा घरभेटी र छरछिमेकी कसैले पत्तो पाएनन् । सञ्जीव नचिनिने तरिकाले मास्क लगाएर आएको देखिन्छ । सोनमको घटनास्थलमै ज्यान गईसकेपछि मात्र उनलाई पनि संगै लडिरहेको अवस्थामा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

No comments:

Post a Comment