Sunday, 28 August 2016
अर्घाखाचीको जीप दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या ११ पुग्यो ।
अर्घाखाँची १२ भदौ – सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदिकोटका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। लु १ ज ४८७८ नम्वरको जीप अर्घाखाँचीको हंसपुर गाविस ५ रतनमारेमा सडकबाट करिव पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि अर्घाखाँची जिल्ला अस्पताल लगिएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा गुल्मी पुर्कोट दह ८ का ५२ वर्षका भेषबहादुर थापा, गुल्मी भनभने १ का ५५ वर्षका बुद्धिराम परियार, प्युठानका ६२ वर्षिय शोभारोका मगर, प्युठान अर्खाका राम बहादुर घर्तिमगर हंसपुरका ६५ वर्षिय भिम केसी, सन्धीखर्क नपा ११ का ३६ देव बहादुर थापा, हंसपुरका हुम बहादुर नेपाली र सिता नेपालीको सनाखत भएको छ ।
दुर्घटनामा घटना स्थलमै ९ जनाको मृत्यु भएको थियो भने उपचारको क्रमकमा अन्य २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment