Saturday, 27 August 2016

पुर्व मन्त्री तथा नेपाल मगर संघका पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको निधन ।



काठमाडौं, ११ भदौ ।
पुर्वमन्त्री तथा नेपाल मगर संघका पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको निधन भएको छ । राजधानीको पुरानो बस पार्क अगाडी २०७० वैशाख १२ गते मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । त्यतिबेला देखि नै अचेत अवस्थामा रहँदै आएका थिए ।
न्युरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका खपाङ्गीको शनिबार राती १० बजेर २२ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी गराउनु भएको छ । कुनै समय निकै चर्चित वाम नेताको रुपमा चिनिएका खपांगी मगर पछिल्लो समय जनजाति नेता बनेका थिए । उनले हजारौं गोरे खपाङ्गीहरु जन्माई देशका कुनाकाप्चामा आफ्ना विचारहरु फैलाएका थिए । उनको विचार र भनाईहरुमा मन्दमुग्द नहुने मान्छेहरु साहायद कमै हुन्थे । अहिले उनले रुपेका विउँहरुले नेपालमा फल लाग्ने क्रम जारी छ तर फल नै चाख्न नपाई उहांले मृत्युवरण गर्नुपरेको छ । आफ्नै नेतृत्वमा छुट्टै पार्टी समेत गठन गरेका खपाङ्गीले पछिल्लो समयमा लिबरल डेमोक्रेटिक पार्टी गठन गरेका थिए ।
तीन वर्षदेखि उपचाररत रहँदा निकै आर्थिक समस्या झेल्नु परेको थियो । जनजाति समुदायको आर्थिक सहयोगमा सिंगापुरमा समेत उनको उपचार भएको थियो । राजधानीकै, अन्नपुर्ण अस्पताल, नर्भिक र पछिल्लो समय न्युरोमा वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उनको उपचार भईरहेको थियो । खपाङ्गीको परिवारमा श्रीमती सहित, दुई छोरी र दुई छोरा रहेका छन् ।
स्थायी घर महोत्तरी रामनगर रहेका खपाङ्गी स्वच्छ र स्थापित नेता थिए ।

No comments:

Post a Comment