बागलुङ जिल्लाको रेश गाविस वडा नं.-७ देउराली नजिकै सोमबार राती भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित २ जना घाइते भएका छन् ।
लेखानीको कादेशबाट रेशतर्फ आउदै गरेको ध १ ज ३४८ नंम्बरको जीप देउराली नजिकै दुर्घटना हुदा रेश गाविस ७ का २२ वर्षीय गिरी थापा सोही स्थानका २८ वर्षीय नारायण जिसीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परी जीपका चालक २६ वर्षीय गोरे भन्ने खड्कबहादुर थापा र २५ वर्षीय पदम थापा घाइते भएका छन् । घाइतेको धौलागिरि अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
No comments:
Post a Comment