एम बर्तमान राना/भाद्र ५, काठमाडौं ।
फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जीबन थापाको सम्बन्ध र जीवन थापालाई लगाईएको आरोपहरु मिडियाहरुले फैलाईएको अफबाह मात्र रहेको पुस्टि भएको छ । उनीहरुको समाचार ब्यापक भए पनि जिबन थापाको बारेमा पुष्ट विवरण भने आएका थिएन । यस बारे डीके मिडिया(दुधकोशी मिडिया)ले खोज तलाश गर्दै जादा जिबन थापाको पुरा नाम जीवन थापा मगर रहेको वहाको स्थायी ठेगाना केरुंग-८, सोलुखुम्बु रहेको थाहा हुन् आएको छ । बिगत ६ बर्ष अघि मात्र कंचनपुरबाट रोजीरोटीको सवालसंगै बसाइ सराई गर्दै चितवनमा अस्थायी बसोबास गर्दै आएको पाईएको छ । बि.स. २०४६ सालमा सोलुबाट रोजीरोटीकै लागि कंचनपुर पुगेको जिबनको आमाले बताएका छन् ।
थापामगर टुहुरा हुनुन्छ । गत २०७२ सालको साउनमा काठमाडौंमा उपचारका क्रममा उनका बुबा बल बहादुर थापा मगर जन्डिसबाट मृत्यु भएको थियो र उहाको अन्तिम काजक्रिया पनि कालोपुल काठमाडौं गरिएको थियो भने थापा र जिया उनका आमा पूर्ण माया मगरसंग चितवन बस्दै आएको थिए । बिगत केहि समयदेखि भने छुट्टै कोठा लिएर जिया र थापा परिवारसंगै बस्दै आएको पाईएको छ । उनीहरुको आर्थिक स्थिति नाजुक भए पनि उनीहरु बिचमा अत्यन्त सुमधुर सम्बन्ध रहेको र एकले अर्कालाई अत्यन्त माया गर्ने पाईएको छ ।
एक दिन बिहान जिया र थापाबीच सामान्य बिबाद भएको पाएपछी यहि बिषयलाई बिबादको केन्द्र बनाएर चितवन स्थित आदर्श संस्थाले जोया लगायत दुई बच्चालाई उठाएर संस्थामा लगेको पाईएको छ । यसरी आफ्नो श्रीमती लगायत बाल बच्चा लगेपछी आफ्नो कोठामा फर्काउन थापा र उसको आमा पूर्ण माया मगर दशौँ चोटी संस्था पुगेको तर संस्थाले कहिल्यै पनि भेट्न नदिएको उल्टै हप्काई दप्काई गरेर फर्काउने गरेको खुल्न आएको छ र मिडियाहरुले अत्यान्तै बिजोक अबस्थामा बाटोबाट उद्दार गरेको भनीए पनि जिया र दुई नाबालकलाई कोठाबाट उठाएर लागिएको खुल्न आएको छ र मिडियामा छाए जस्तो सडकमा बेबारिसे भएको, कयौं दिन देखी भोको राखेको, कुट्ने पिट्ने गरेको, जीवनले ड्रग्स खाने गरेको, पुरै बेवास्ता गरेको भन्ने निराधार हल्ला फैलाईएको देखिएको छ । जुन हल्ला संस्थाले गरेको खुल्न आएको छ ।
“जुन दिन आदर्श संस्थाले बुहारी बच्चा उठाएर लागे त्यस दिन मेरो कामले बाहिर गएको थिए काम सकेर घर आउदा बुहारी र नानीहरु थिएन र जीवनलाई सोधे खै बुहारी नानिहरु ! भनेर सोध्दा निन्याउरो मुख लगाउदै मान्छेहरुले लिएर गए भने पछी म तर्सिए र वरिपरी सोधखोज गर्दा आदर्श संस्थामा लागेको थाहा पाए र तुरुन्तै बुहारीलाई फर्काउन जीवनलाई लिएर संस्थाको कार्यालय पुगे र बुहारी जिया र नानि लिन आएको बताउदा संस्थाका ठुला मान्छेले जोड जोडसंग गाली गरे हप्काए, अब मुद्दा लगाउने, तिमीहरुलाई कारबाही गर्ने भनेर धम्काए । अनि जिया र नानिहरुलाई फर्काउन नसकिने भने पछी हामि आमा छोरा निराश भएर घर फर्कियौ ।एक दुइ दिनको अन्तर पारेर बुहारी र नानीहरुलाई भेट्न जान्थ्यौ तर संस्थाले कहिल्यै भेट गर्न दिदैनथ्यो । हो हामि गरिब छौ, तर बुहारी र नानीहरुलाई एक छाक खाना, लाउन र माया स्नेहमा कहिल्यै कमि थिएन । खै किन यस्तो गर्यो ? आमा पूर्ण माया मगरले टेलिफोनमा बताए ।
उनले भने “हाम्रो स्थायी ठेगाना सोलुखुम्बु, अनि अस्थायी बसाई चितवन, अनि सरकारी प्रक्रिया नबुझ्नको कारणले नानीहरुको जन्म दर्ता, नाता प्रमाणित, बिबाह दर्ता, तथा नागारिकता बनाउन सकेनौ तर उनिहरुसंग त हाम्रो रगतको नाता कायम भईसकेको छ त्यो त हाम्रो आँखाले हेर्न सक्छौ नि ! यहि कमजोरीमाथि टेकेर हाम्रो सन्तानलाई आज त्यो आदर्श संस्था र प्रसासनले अबैधानिक ठहर्याउदै टाढा पुर्यायो । बिदा हुने दिन जोया र जीवन लामो समय अंकमाल गरेर धेरै रुए, आशु झारे तर हामि त निरिह भएर हेर्न बाहेक केहि गर्न सकेनौ । बरु उल्टै मानसिक तनाब डर धाक धम्कि खेप्यौ । त्यो आदर्श संस्थाले म र छोरालाई बारम्बार भन्थ्यो- काम हुन लाग्यो ७/८ लाख क्षेतीपूर्तिको लागि तयार गर्नु नत्र कारबाही होला । तनाब हुन्थ्यो कहाँबाट ल्याउनु होला त्यत्रो पैशा ! निद्रा लाग्दैनथ्यो ..म छोरालाई गालि गरि रहन्थे.. जिबन पनि रुन्थे” आमाले भने ।
यसरि यी सम्पूर्ण घटना हेर्दा नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता नभएकै कारण नेपालको बसाई अबैधानिक भएको ठहर गर्दै लामो समय लगाएर संस्था र प्रसासनले फिलिपिन्स एम्बेसीसंग पत्राचार गरि खर्च झिकाएर जोयालाई उसको परिवारबाट छुटाएर देश निकाला गरेको देखिन्छ । यहा प्रश्न उब्जन्छ किन प्रसासनले त्यत्रा दुइ दुइ बच्चा हुदा हुदै पनि तिनलाई नाता प्रमाणित, विबहा दर्ता, जन्म दर्ता लगायतका आधिकारिक कागजातका लागि पहल गरेन ? त्यो संस्था र प्रसासन माथिको गम्भीर प्रश्न हो । आउनुहोस एक जुट हौ कि अन्यायमा परेको जिबन थापा मगर र उनको परिवारको न्यायको लागि आवाज बुलुन्ध पारौ ।
अहिले ज्यादै सामाजिक संजालमा गालि र भौतिक कारबाहीको चेतावनी आए पछी डरले जिबन भारत पुगेको छ र सम्पर्क भएमा उसको बिस्त्रित खबर निरन्तर तपाईहरुको माझ पुर्याउने छौ __
(थप अझ प्रस्ट हुनका लागि जीवन थापाको आमा पूर्णमाया मगर ९८१९२४७२८६ र मामा कामे मगर ९८५११९१०७१ मा कल गर्न सक्नु हुनेछ)
Adi yo news satya ho bhane tyahako adarsha sanstha dollarwala ho garibko barema naramro matrai garne khalko dekhiyo. Sabai sramjibi uthera ago lagaidiye hunchha. Yo ghatana satya huna pani sakchha kina bhane uniharu solubata ayeka bhane pachhi tyaha katti bapati paschime baschhan kasaile bolne madat ra sahayog garena jasto chha ho nepalma kanun pani bolneka lagi matrai pitho bikai jasto chha. Arko manab adhikar badi sanstha ra sarkari tawarbata sahayog hosh garibko Kalyan gardeu . Esh mamilama jivan thapa le galti suikarnu parchha ani passport chahin kina chyatna lagakota ki tourist ma ako jhan pakdera pathaunchhaki bhanne darle hota,
ReplyDeleteHamro parchand ji ko yeria tyha ko sastha kaato hola vanirakhna sayed pardaina hola maile.....
ReplyDeleteHamro parchand ji ko yeria tyha ko sastha kaato hola vanirakhna sayed pardaina hola maile.....
ReplyDeleteयदि यो घट्ना सत्य हो भने उक्त सँस्थाको पदाधिकारीहरुलाई कडा कारबाहि हुन जरुरी छ। र यस्मा सरकारको ध्यान केन्द्रित होस्। यदि यो घट्ना सत्य साबित भएमा जोयालाई नेपाल फर्काउनु पर्नेछ र जिवनलाई सम्पर्कमा लिएर सत्य तथ्य घट्नाको बारे छानबिन गर्नु पर्छ जस्तो लाग्छ मेरो विचारमा।
ReplyDeleteयदि यो घट्ना सत्य हो भने उक्त सँस्थाको पदाधिकारीहरुलाई कडा कारबाहि हुन जरुरी छ। र यस्मा सरकारको ध्यान केन्द्रित होस्। यदि यो घट्ना सत्य साबित भएमा जोयालाई नेपाल फर्काउनु पर्नेछ र जिवनलाई सम्पर्कमा लिएर सत्य तथ्य घट्नाको बारे छानबिन गर्नु पर्छ जस्तो लाग्छ मेरो विचारमा।
ReplyDeleteAba ta media haru pani kasto ho kasto vannai nasakine ....auta media le arkai xapxa ...arko .media le arko kun satya ho ta ?? FD haru ....
ReplyDeleteखै के खै के जता ओरालो उतै कुलो भने जस्तो
ReplyDeleteमैले दुबै पक्ष लाई संगै राखेर कुरा नगरी कसरी जीवन लाई एक तर्फी दोष दिनु भन्दा सबै मै माथी आई लागे ।।
खै के खै के जता ओरालो उतै कुलो भने जस्तो
ReplyDeleteमैले दुबै पक्ष लाई संगै राखेर कुरा नगरी कसरी जीवन लाई एक तर्फी दोष दिनु भन्दा सबै मै माथी आई लागे ।।
गरिब र निमुखा अनि कानुनी प्रकृया नबुझेको जनतालाई सहयाेग गर्नुकाे सट्टामा उल्टाे दुख दिएर परिवार नै टुकराइदिने अादर्श समाजका सन्चालक र जिल्ला प्रशासन अधिकारीलाई नै जेल काेच्नु पर्ने देखिन्छ।
ReplyDeleteReality ke ho, investigation hunu Dherai jaruri xa ya desksai prestige down vaiskyo yo sano kura le Garda, Nepali lai herne najar nai paribartan va xa. Yeta Huda Samma pani hami maxa maxa vyaguto gardai xau hoina. Saybas Nepal prasan, sabas Nepali media aafnai des ra janata ko beijat garna khub Jane ka xau hai. Ke naya Nepal ko halal chali yestai ho ? Prestige jati sajilo xa gumauna Teti nai garo xa Pauna pani. Chetana vaya��!!
ReplyDelete100% सत्य हो भिदियो पनि हेर्न सक्नु हुन्छ।
ReplyDeletehttps://mobile.facebook.com/dialog/share?app_id=87741124305&href=https%3A%2F%2Fwww.youtube.com%2Fattribution_link%3Fa%3DxcS0Gc0sv6U%26u%3D%252Fwatch%253Fv%253D6aoH_lt-1nY%2526feature%253Dplayer_embedded&display=popup&redirect_uri=https%3A%2F%2Fwww.youtube.com%2Ffacebook_redirect&_rdr